एसियामा अत्यधिक गर्मी : हिमनदी पग्लिने क्रम जारी, समुद्रमा अत्यधिक तापक्रम
०८ असार २०८३
•
४ मिनेट पाठ
एसियामा अत्यधिक गर्मी : हिमनदी पग्लिने क्रम जारी, समुद्रमा अत्यधिक तापक्रम
सन् २०२५ मा एसियाभर बढ्दो तापक्रम, विनाशकारी वर्षा, बाढी, खडेरी तथा हिमनदी पग्लिने घटनाले करोडौं मानिसको जीवन प्रभावित भएको र यसको आर्थिक तथा मानवीय क्षति निकै गम्भीर रहेको विश्व मौसम संगठन (डब्लुएमओ) ले जनाएको छ।




हालै भुटानको पारोबाट सार्वजनिक गरिएको ‘स्टेट अफ द क्लाइमेट इन एसिया–२०२५’ नामक प्रतिवेदनमा जलवायु परिवर्तनका कारण विश्व औसतभन्दा एसिया तीव्र गतिमा तातिरहेको उल्लेख गर्दै चरम मौसमी घटनाबाट हुने क्षति न्यूनीकरण गर्न प्रभावकारी प्रारम्भिक चेतावनी प्रणाली अपरिहार्य भएको बताइएको छ।

प्रतिवेदनका अनुसार सन् १९९० को दशकयता निरन्तर बढिरहेको समुद्रको तापक्रम सन् २०२५ मा अहिलेसम्मकै उच्च बिन्दुमा पुगेको छ। जुलाईदेखि सेप्टेम्बरसम्म एसियाको करिब सम्पूर्ण समुद्री क्षेत्रमा सामुद्रिक तापलहर (मरीन हिटवेभ) फैलिएको थियो। यस अवधिमा एक करोड वर्ग किलोमिटरभन्दा बढी समुद्री क्षेत्र प्रभावित भएको थियो, जुन चीन वा संयुक्त राज्य अमेरिकाको क्षेत्रफलभन्दा पनि ठूलो हो। महासागरको तापक्रम वृद्धि र समुद्री पानीको अम्लीकरणले समुद्री जैविक प्रणाली तथा तटीय समुदायमा थप जोखिम सिर्जना गरिरहेको प्रतिवेदनले जनाएको छ।

प्रतिवेदनले सन् २०२५ मा एसियाका उच्च हिमाली क्षेत्रका सबै २३ वटा निगरानी गरिएका हिमनदीले हिउँको मात्रा गुमाएको जनाएको छ। औसतभन्दा बढी तापक्रम र औसतभन्दा कम हिमपातका कारण हिमनदीहरू तीव्र रूपमा पग्लिरहेका छन्। यसले विश्वकै सबैभन्दा बढी जनसंख्या रहेको क्षेत्रमा दीर्घकालीन जलसुरक्षामाथि खतरा बढाउनुका साथै हिमताल विस्फोट (ग्लेसियल लेक आउटबर्स्ट फ्लड) र हिमनदी भासिने घटनाको जोखिमसमेत बढाएको प्रतिवेदनमा उल्लेख छ।

डब्लुएमओका अनुसार पछिल्ला केही दशकयता विश्व औसतभन्दा एसिया महादेश छिटो तातिरहेको छ। सन् १९९१ देखि २०२५ सम्मको तापक्रम वृद्धि सन् १९६१–१९९० को तुलनामा झन्डै दोब्बर रहेको छ। उपलब्ध तथ्यांकअनुसार सन् २०२५ एसियाको इतिहासकै दोस्रोदेखि चौथो सबैभन्दा तातो वर्ष बनेको छ।

गत वर्ष अत्यधिक गर्मी एसियाको प्रमुख जलवायु विशेषता बनेको थियो। जापान, चीन र दक्षिण कोरियाले इतिहासकै सबैभन्दा तातो गर्मीयाम अनुभव गरेका थिए भने मध्य एसिया, पश्चिम एसिया र अरब प्रायद्वीपका धेरै क्षेत्रमा लामो समयसम्म तातोलहर चलेको थियो। काजाकिस्तानमा केही महिनासम्म तापक्रम सामान्यभन्दा १४ डिग्री सेल्सियससम्म बढी पुगेको थियो भने बहराइनमा लगातार १० दिनसम्म तापक्रम ४० डिग्री सेल्सियसभन्दा माथि कायम रह्यो। तातो, सुख्खा र हावाहुरीयुक्त मौसमका कारण दक्षिण कोरियामा इतिहासकै सबैभन्दा ठूलो डढेलो लागेको प्रतिवेदनले जनाएको छ।

अर्कोतर्फ, गत वर्ष दक्षिण एसियाका अधिकांश क्षेत्रमा औसतभन्दा बढी वर्षा भएको थियो। विशेषगरी मनसुनका कारण पाकिस्तानमा आएको बाढीमा एक हजारभन्दा बढी मानिसको मृत्यु भएको र ३० लाखभन्दा बढी मानिसलाई राहत आवश्यक परेको प्रतिवेदनमा उल्लेख छ। भियतनाममा विभिन्न मौसमी प्रणालीका कारण लामो समयसम्म आएको बाढीमा कम्तीमा २०० जनाको मृत्यु भएको तथा करिब १ अर्ब ९० करोड अमेरिकी डलर बराबरको आर्थिक क्षति पुगेको थियो। दक्षिणपूर्वी एसियामा आएको ‘साइक्लोन सेन्यार’ ले थाइल्यान्ड, मलेसिया र इन्डोनेसियाका विभिन्न क्षेत्रमा असाधारण वर्षा र बाढी निम्त्याएको थियो।

यसैबीच, पश्चिमी तथा मध्य एसियाका धेरै भागमा भने औसतभन्दा कम वर्षा भयो। इरानमा लामो समयदेखिको खडेरीका कारण गम्भीर पानी अभाव सिर्जना भएको प्रतिवेदनले जनाएको छ। अप्रिल महिनामा पश्चिम एसियाका धेरै क्षेत्रमा आएको शक्तिशाली धुलो तथा बालुवाको आँधीले यातायात, जनस्वास्थ्य र आर्थिक गतिविधिमा ठूलो असर पारेको पनि प्रतिवेदनमा उल्लेख गरिएको छ।

प्रतिवेदनले समुद्री सतह पनि सन् १९९९ मा उपग्रह अभिलेख सुरु भएयताकै उच्च स्तरमा पुगेको जनाएको छ। उत्तरी हिन्द महासागरका अधिकांश तटीय क्षेत्रमा समुद्री सतह वृद्धि विश्व औसतभन्दा धेरै रहेको छ। साथै अरब सागर, बंगालको खाडी र उष्णकटिबन्धीय हिन्द महासागरका केही क्षेत्रमा समुद्री पानीको अम्लीयपन इतिहासकै न्यून स्तरमा पुगेको छ। विश्वकै सबैभन्दा ठूलो आन्तरिक जलाशय क्यास्पियन सागरको जलस्तर पनि निरन्तर घटिरहेको प्रतिवेदनले औँल्याएको छ।

डब्लुएमओकी महासचिव सेलेस्टे साउलोले बढ्दो तापक्रम, तातिँदो महासागर, बढ्दो समुद्री सतह र पग्लिरहेका हिमनदीका कारण एसिया गम्भीर जलवायु संकटको सामना गरिरहेको बताएकी छन्। उनले अत्यधिक वर्षा, बाढी, खडेरी, धुलोका आँधी र हिमताल विस्फोटजस्ता जोखिम बढ्दै गएको उल्लेख गर्दै प्रभावमा आधारित मौसम पूर्वानुमान, अवलोकन प्रणाली र प्रारम्भिक चेतावनी सेवामा लगानी बढाउनुपर्ने आवश्यकता औँल्याइन्।

संयुक्त राष्ट्रसंघअन्तर्गतको एसिया तथा प्रशान्तका लागि आर्थिक तथा सामाजिक आयोग (ईएसक्याप) की कार्यकारी सचिव आर्मिडा साल्सियाह अलिसजाहबानाले पनि बढ्दो गर्मीले खाद्य प्रणाली, सार्वजनिक स्वास्थ्य, पूर्वाधार र जीविकोपार्जनमा बहुआयामिक जोखिम सिर्जना गरिरहेको बताइन्। समयमै चेतावनी, विश्वसनीय सूचना र जोखिममा रहेका समुदायसम्म प्रभावकारी रूपमा सूचना पुर्‍याउन सके धेरैको ज्यान जोगाउन सकिने उनको भनाइ छ।
अर्को समाचार
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
३१ मिनेट अघि
•
१ मिनेट पाठ
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
नयाँ दिल्ली। भारतको सङ्घीय सरकारले नोभेम्बर ३० बाट सुरु हुने संसद्को विशेष अधिवेशनमा सीमाङ्कन (दोस्रो) विधेयक, २०२६ प्रस्तुत गर्ने तयारी गरेको छ। 




मन्त्रिपरिषद्ले सबै राज्यहरूको सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने यो विधेयक पारित गरेको छ। 

सङ्घीय मन्त्रिपरिषद्ले लोकसभामा सीमाङ्कन अभ्यास लागू गर्न संविधानको (१३२ औँ संशोधन) विधेयक, २०२६ र व्यवस्थापिकामा महिलाहरूलाई ३३ प्रतिशत आरक्षण प्रदान गर्न नारी शक्ति वन्दन अधिनियम पनि स्वीकृत गरेको छ। 

सीमाङ्कन (दोस्रो) विधेयक, २०२६ मा महिला आरक्षणका लागि विशेष प्रावधान थपिएको छ। धारा १० अनुसार प्रत्येक राज्य र केन्द्रशासित प्रदेशलाई लोकसभामा व्यवस्था गरिएको सीट सङ्ख्या र प्रत्येक राज्यको विधानसभाको कुल सीट सङ्ख्यामा पचास प्रतिशत वृद्धि हुनेछ।

यो विधेयकले प्रस्तावित ऐन लागू भएपछि सीमाङ्कन आयोग गठन गरी सीमाङ्कन अभ्यास गर्न खोजेको छ।

आन्ध्र प्रदेशका मुख्यमन्त्री एन. चन्द्रबाबु नायडूले लोकसभा सीटमा प्रस्तावित ५० प्रतिशत वृद्धिको पुष्टि गर्दै यसमा आफ्नो दल र व्यक्तिगत समर्थन रहेको बताए। 

उनले जनसङ्ख्यामा आधारित सीमाङ्कनका कारण आफ्नो संसदीय प्रतिनिधित्वको हिस्सा गुमाउने डर राखेका दक्षिणी राज्यहरूलाई राहत दिने बताए।  संविधान संशोधन विधेयकअनुसार सीमाङ्कनका अङ्कहरू सन् २०५१ सम्म स्थिर राखिनेछ। 

अप्रिल १७ मा लोकसभामा दुई–तिहाइ बहुमत जुटाउन असफल भएपछि एनडीएले यो विधेयक प्रस्तुत गर्ने तयारी गरेको हो। कुल ५४३ सदस्यीय सदनमा हाल पाँच रिक्त स्थानलाई ध्यानमा राख्दा प्रभावकारी सङ्ख्या ५३८ छ, जसअनुसार दुई–तिहाइ सीमा लगभग ३५९ मत रहन्छ। संसदीय पर्यवेक्षकहरूले ट्र्याक गरिरहेको सम्भावित परिदृश्यअनुसार राष्ट्रिय लोकतान्त्रिक गठबन्धनअन्तर्गत हाल करिब ३२० सदस्य (२० टीएमसी विद्रोहीसहित) रहेका सत्तारूढ पक्षले आवश्यक सङ्ख्या पुर्‍याउन व्यापक दलीय समर्थन खोज्न सक्नेछन्। 

इन्डिया गठबन्धनको हिस्सा रहेको र लोकसभामा आठ सीट रहेको राष्ट्रवादी काङ्ग्रेस पार्टी (शरदचन्द्र पवार) संसद्मा प्रस्तुत हुने यो विधेयकलाई समर्थन गर्ने प्रतिवद्धता जनाएको छ। 

जितेन्द्र अव्हाडले पार्टीका प्रमुख शरद पवारसँग छलफलपछि संसद् सदस्यका लागि सीमाङ्कन अभ्यासलाई संवैधानिक दायित्व बताउँदै समर्थन गर्ने बताए। 

छलफलको प्रकृति स्पष्ट पार्दै अव्हाडले पत्रकारहरूलाई भने, 'छलफल हाम्रो पार्टीको आधिकारिक अडानबारे थिएन। सामान्य बिन्दु यो थियो कि सीमाङ्कन प्रक्रिया संवैधानिक आवश्यकता हो। सीमाङ्कन प्रक्रियालाई समर्थन गर्ने निर्णय भएको छ, र हामी यसलाई समर्थन गर्नेछौँ।'

'हामी सीमाङ्कनलाई समर्थन गर्नेछौँ,' पूर्व तमिलनाडु मुख्यमन्त्री तथा डीएमके प्रमुख एमके स्टालिनले लोकसभामा राज्यको प्रतिनिधित्वको हिस्सा जोगाउन सुरक्षा उपायको माग दोहोर्‍याउँदै राज्यको हितमा कुनै पनि सम्झौताको प्रश्न नभएको दाबी गरे। 

डीएमके सांसद पी. विल्सनले शुक्रबार भने, 'हाम्रो पार्टीसँग प्रस्तावित सीमाङ्कन अभ्याससम्बन्धी सर्तमा सन् १९७१ को जनगणनामा आधारित तमिलनाडुको विद्यमान ७.१८ प्रतिशत संसदीय प्रतिनिधित्वको हिस्सा जोगाउने र जनसङ्ख्यामा आधारित सीमाङ्कनमा २५ वर्षको स्थिरता सुनिश्चित गर्ने दुई गैर–वार्तायोग्य माग छन्।

यसैबीच, वाईएसआरसीपीले प्रस्तावित सीमाङ्कन विधेयकलाई समर्थन गर्ने झुकाव देखाएको छ, तर विधेयकले क्षेत्रीय सन्तुलन सुनिश्चित गरी राज्यहरू, विशेषगरी दक्षिणी भारतका राज्यहरूको हित र राजनीतिक प्रतिनिधित्व जोगाउनुपर्ने सर्तसहित, पार्टी स्रोतहरूले बताए। काङ्ग्रेस र इन्डिया गठबन्धनका धेरै सहयोगी दलहरूले विधेयकको विरोध गर्ने अडान कायम राखेका छन्। नोभेम्बर ३० मा लोकसभा र डिसेम्बर २ मा राज्यसभाको पुनः बैठक बस्नेछ। एएनआई
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
समाज
Clock ५७ सेकेन्ड अघि | १ मिनेट पाठ
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
जिल्लाको पर्यटकीय सम्भावना बोकेको ग्रेटर मुन्दुम पदमार्गको विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले पाँच स्थानीय तहले संयुक्त रूपमा अल्ट्रा म्याराथन सञ्च...
Whatsapp
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
राजनीति
Clock ३ मिनेट अघि | १ मिनेट पाठ
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
मन्त्री विराज भक्त श्रेष्ठले पर्वतको मोदी गाउँपालिका–२ स्थित सुनछाप पहिरोको स्थलगत अवलोकन गरी स्थानीयवासीका समस्या र क्षतिबारे जानकारी लिएका छन्...
Whatsapp
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
राजनीति
Clock १५ मिनेट अघि | १ मिनेट पाठ
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता पूर्ण बस्नेतले सरकारी निकायबाट भएका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन हुनुपर्ने बताएका छन्।
Whatsapp
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
अर्थ
Clock २४ मिनेट अघि | १ मिनेट पाठ
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
बाँकेको जानकी गाउँपालिका–२ नेवाजीगाउँका किसान प्रेम कश्यपलाई यतिबेला गाउँकै तलाउमा सिंगाडा (फानी फल) टिप्न र बेच्न भ्याइनभ्याइ छ। 
Whatsapp
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
अन्तर्राष्ट्रिय
Clock ३१ मिनेट अघि | १ मिनेट पाठ
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
भारतको सङ्घीय सरकारले नोभेम्बर ३० बाट सुरु हुने संसद्को विशेष अधिवेशनमा सीमाङ्कन (दोस्रो) विधेयक, २०२६ प्रस्तुत गर्ने तयारी गरेको छ। 
Whatsapp
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
समाज
Clock ४४ मिनेट अघि | १ मिनेट पाठ
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले २०७९ सालको स्थानीय तहको निर्वाचनमा गरेका अधिकांश वाचा अधुरै छन्।
Whatsapp
यो पनि पढौँ
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
विकट भूगोल, टाढाको स्वास्थ्य संस्था र आर्थिक अभावका कारण यहाँका महिलाले प्रसूति सेवाका लागि लामो समयदेखि सास्ती खेप्दै आएका थिए।
Whatsapp
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अमेरिकामा आएको शक्तिशाली आँधीका कारण तीव्र हावा र भारी वर्षाले १० लाखभन्दा बढी घरमा विद्युत् सेवा अवरुद्ध भएको छ।
Whatsapp
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
बजार
Clock १ घण्टा अघि | ० मिनेट पाठ
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य सार्वजनिक गरेको छ।
Whatsapp
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
वरिष्ठ अर्थशास्त्री तथा लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध भएका छन्।
Whatsapp
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
कास्कीका दूग्ध उत्पादक किसानले दूधको मूल्य प्रतिलिटर रु ८० कायम गर्न माग गरेका छन्।
Whatsapp
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् खपत वृद्धि र गुणस्तरीय विद्युत् उपयोगको सुनिश्चित गर्न वितरण केन्द्र प्रमुखहरूले अग्रसरत...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस