अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीका लागि नयाँ प्रतिबन्ध, आप्रवासन नियममा कडाइ
०१ असोज २०८३
•
४ मिनेट पाठ
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीका लागि नयाँ प्रतिबन्ध, आप्रवासन नियममा कडाइ
अष्ट्रेलियाको लेबर सरकारले आप्रवासन प्रणालीलाई व्यवस्थित बनाउन नयाँ योजना सार्वजनिक गरेको छ।




सरकारले अवैध रूपमा बसोबास गर्ने विदेशी नागरिकलाई देश छाड्न बाध्य पार्ने, अन्तर्राष्ट्रिय विद्यार्थीको भिसा अवधि अनिश्चितकालसम्म लम्ब्याउने प्रवृत्ति रोक्ने तथा ब्याकप्याकर भिसामा कडाइ गर्ने योजना अघि सारेको हो।

अष्ट्रेलियाका गृहमन्त्री टोनी बर्कको योजनाअनुसार सरकारले यस आर्थिक वर्षमा कुल वैदेशिक आप्रवासनलाई २ लाख ४५ हजारमा सीमित गर्ने लक्ष्य राखेको छ। सन् २०२७/२८ सम्ममा यो संख्या घटाएर २ लाख २५ हजारमा झार्ने सरकारको योजना छ।

सरकारी तथ्यांकअनुसार अष्ट्रेलियामा शुद्ध वैदेशिक आप्रवासन सन् २०२५ को डिसेम्बरमा २ लाख ९९ हजार रहेकामा सन् २०२६ को मार्चसम्ममा घटेर २ लाख ९२ हजार पुगेको छ।

गृहमन्त्री बर्कले वैध भिसाबिना अष्ट्रेलियामा बसिरहेका विदेशी नागरिकलाई देश छाड्न सुनिश्चित गर्न नयाँ अनुपालन उपाय लागू गरिने बताए।

यसका लागि मेलबर्नमा रहेको पूर्वक्वारेन्टाइन सुविधालाई पुनः प्रयोग गरी हिरासत केन्द्र बनाउने र थप १०० अनुपालन अधिकारी नियुक्त गर्ने सरकारको योजना छ।

बर्कले यी उपाय अन्य देशमा देखिने आप्रवासनसम्बन्धी कडा धरपकडजस्तो नहुने स्पष्ट पारे। उनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको आप्रवासन तथा भन्सार प्रवर्तन निकाय (आईसीई) को शैलीलाई संकेत गर्दै अष्ट्रेलियाले आफ्नै प्रक्रियाअनुसार काम गर्ने बताए।

सीप भएका कामदारलाई प्राथमिकता

सरकारले आप्रवासनसम्बन्धी मन्त्रीस्तरीय निर्देशन परिवर्तन गर्दै अष्ट्रेलियामा आवश्यक सीप भएका भिसा आवेदकलाई प्राथमिकता दिने भएको छ।

स्वास्थ्य सेवा, निर्माण, शिक्षा र कानून कार्यान्वयनजस्ता क्षेत्रमा आवश्यक जनशक्तिलाई प्राथमिकता दिइनेछ। प्यारामेडिक, इलेक्ट्रिसियन र शिक्षकसहित सयौं पेशा सीपयुक्त रोजगारीको सूचीमा समेटिएका छन्।

त्यस्तै, रक्षा, स्रोतसाधन, कृषि, जलचर तथा माछा मार्ने क्षेत्रमा काम गर्न आउने आवेदकलाई पनि प्राथमिकताका साथ विचार गरिने बर्कले बताएका छन्।

अन्तर्राष्ट्रिय विद्यार्थीका लागि नयाँ प्रतिबन्ध

सरकारले अन्तर्राष्ट्रिय विद्यार्थीले पटकपटक भिसा परिवर्तन गरेर बसाइ लम्ब्याउने प्रवृत्ति रोक्न नयाँ नियम ल्याउने भएको छ। विद्यार्थीका परिवारका सदस्यलाई भिसा उपलब्ध गराउने व्यवस्थामा पनि कडाइ गरिनेछ।

गत वर्ष अष्ट्रेलियाले ३ लाख ३७ हजारभन्दा बढी अन्तर्राष्ट्रिय विद्यार्थी भिसा जारी गरेको थियो। तीमध्ये करिब ४५ हजार भिसा मुख्य आवेदकका आश्रित वा परिवारका सदस्यले प्राप्त गरेका थिए।

नयाँ व्यवस्थाअनुसार अधिकांश अन्तर्राष्ट्रिय विद्यार्थी अष्ट्रेलिया एक्लै आउनुपर्नेछ।

त्यस्तै, भिसा नियमको दुरुपयोग गर्न सहयोग गर्ने माइग्रेसन एजेन्टमाथि नयाँ जरिवाना लगाउने योजना पनि सरकारले अघि सारेको छ।

आगन्तुक भिसामा पनि कडाइ

सरकारले सबै आगन्तुक भिसामा ‘थप बसाइ नदिने’ सर्त लागू गर्ने भएको छ। यसबाट आगन्तुक भिसा वास्तविक छोटो अवधिको भ्रमणका लागि मात्रै प्रयोग होस् र त्यसलाई अष्ट्रेलियामा लामो समय बस्ने माध्यम नबनाइयोस् भन्ने सरकारको उद्देश्य छ।

बर्कका अनुसार हाल केही व्यक्तिले अष्ट्रेलिया पुगेपछि त्यहीँबाट अर्को भिसाका लागि आवेदन दिने र निर्णय नआउँदासम्म ब्रिजिङ भिसामा बस्ने गरेका छन्। सरकारले यस्तो व्यवस्थाबाट उत्पन्न समस्यालाई सम्बोधन गर्न खोजेको उनको भनाइ छ।

ब्याकप्याकर भिसामा नयाँ व्यवस्था

कृषि क्षेत्रमा कामदार अभाव हुन सक्ने र क्रिसमसअघि केही बालीको कटनी तथा प्रशोधन प्रभावित हुन सक्ने चिन्ताका बीच सरकारले ब्याकप्याकर भिसासम्बन्धी नियम पनि परिवर्तन गर्ने भएको छ।

बर्कका अनुसार दुई र तीन वर्षका काम गर्ने तथा बिदा मनाउने भिसाका लागि मतपत्र प्रणाली लागू गरिनेछ। यसमा क्षेत्रीय क्षेत्रमा काम गर्नुपर्ने आवश्यकतालाई पनि समेटिनेछ।

काम गर्ने छुट्टी मनाउने भिसाको आवेदन प्रक्रिया तीन महिनाभित्र पूरा गर्ने लक्ष्य सरकारले राखेको छ। हाल समुद्रपारिबाट आवेदन दिनेहरूको प्रक्रिया पूरा हुन महिनौं लाग्न सक्ने बताइएको छ।

तर अष्ट्रेलिया र बेलायतबीचको स्वतन्त्र व्यापार सम्झौताअनुसार बेलायती नागरिकलाई भिसाको सीमा र क्षेत्रीय क्षेत्रमा काम गर्नुपर्ने आवश्यकताबाट छुट दिइनेछ।

बर्कका अनुसार हाल अष्ट्रेलियामा करिब ८० हजार बेलायती नागरिक बसोबास गरिरहेका छन्। यो संख्या कोरोना महामारीअघि रहेको ३५ हजारको उच्चतम बिन्दुभन्दा दोब्बरभन्दा बढी हो। उनले यस विषयमा बेलायत सरकारसँग छलफल गरिने बताए।

चरित्र परीक्षणमा पनि परिवर्तन

अष्ट्रेलियाले घृणाजन्य गतिविधि र पारिवारिक हिंसालाई रोक्ने आफ्नो प्रतिबद्धताअनुसार भिसा आवेदकको चरित्र परीक्षणसम्बन्धी व्यवस्थामा पनि परिवर्तन गर्ने भएको छ।

बर्कले सरकारले आप्रवासनलाई समर्थन गरे पनि नियमको बेवास्ता गर्नेहरूलाई स्वीकार नगर्ने बताए। उनका अनुसार नयाँ सुधारले अष्ट्रेलियाको वर्तमान आवश्यकता पूरा गर्न आप्रवासन प्रणालीलाई थप व्यवस्थित बनाउनेछ।

अष्ट्रेलियामा आप्रवासनको विषय राजनीतिक बहसको केन्द्रमा रहेका बेला सरकारले यी योजना सार्वजनिक गरेको हो। पछिल्लो समय आप्रवासनसम्बन्धी जनचासो बढ्दै गएको र यसले देशको राजनीतिक बहसलाई समेत प्रभावित पारिरहेको छ।
अर्को समाचार
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
१६ मिनेट अघि
•
१ मिनेट पाठ
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
लिमा। पेरुको दक्षिणपूर्वी क्षेत्रमा सैन्य कर्मचारी बोकेको वायु सेनाको हेलिकप्टर दुर्घटनाग्रस्त हुँदा आठ जनाको मृत्यु भएको छ भने पाइलट गम्भीर घाइते भएका छन्। पेरुको रक्षा मन्त्रालयले शुक्रबार दुर्घटनाबारे जानकारी दिँदै हेलिकप्टर कोका उत्पादन हुने दुर्गम नदी उपत्यकामा दुर्घटनाग्रस्त भएको जनाएको छ।




अधिकारीहरूका अनुसार अपुरिमेक, एने र मन्तारो नदीले बनेको उपत्यकाको दुर्गम क्षेत्रमा गस्ती तथा उद्धार अभियानका क्रममा हेलिकप्टर दुर्घटनामा परेको हो।

रक्षा मन्त्रालयले जारी गरेको विज्ञप्तिमा खोजी तथा उद्धार टोलीले दुर्घटनाग्रस्त हेलिकप्टर र त्यसमा सवार नौ जना सैन्य कर्मचारी फेला पारेको उल्लेख छ।

विज्ञप्तिमा भनिएको छ, 'पाइलट तथा दुर्घटनामा बाँच्न सफल एकमात्र व्यक्ति एन्जो एस्पिनोजा रोकलाई थप उपचारका लागि लिमा लगिएको छ।'

पेरुको सबैभन्दा ठूलो कोका उत्पादन क्षेत्र मानिने भाले देल रियो अपुरिमेक, एने इ मन्तारो (भ्राएम) उपत्यका लागुऔषध तस्करी र साइनिङ पाथ गुरिल्ला समूहका अवशेषहरूको उपस्थितिका कारण दशकौँदेखि सैन्यकरण गरिएको क्षेत्र हो।

अयाकुचो क्षेत्रमा पर्ने दुर्गम समुदाय सानाबाम्बामा तीन जना सैनिकको उद्धार गरेपछि बिहीबार राति उक्त हेलिकप्टर बेपत्ता भएको बताइएको थियो। ती सैनिकलाई किन उद्धार गर्नुपरेको थियो भन्नेबारे अधिकारीहरूले कुनै विवरण दिएका छैनन्। दुर्घटनामा मृत्यु हुनेमा ती सैनिक पनि परेको जनाइएको छ।

यसअघि फेब्रुअरीमा दक्षिणी पेरुमा अर्को एमआई–१७ हेलिकप्टर दुर्घटनाग्रस्त हुँदा त्यसमा सवार सबै १५ जनाको मृत्यु भएको थियो।

संयुक्त राष्ट्रसङ्घका अनुसार पेरु कोकाको पात र कोकेन उत्पादन गर्ने विश्वका प्रमुख मुलुकमध्ये एक हो। एएफपी
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
अर्थ
Clock १ मिनेट अघि | १ मिनेट पाठ
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् खपत वृद्धि र गुणस्तरीय विद्युत् उपयोगको सुनिश्चित गर्न वितरण केन्द्र प्रमुखहरूले अग्रसरत...
Whatsapp
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
धर्म/संस्कृति
Clock ८ मिनेट अघि | १ मिनेट पाठ
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
गत भदौको भोटेकोशी बाढी, अन्य प्राकृतिक बिपत्ति, दुर्घटना तथा महामारीमा परेर अकालमा ज्यान गुमाएहरूको स्मृतिमा त्रिवेणीस्थित गजेन्द्रमोक्ष दिव्यधाममा पि...
Whatsapp
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
कला/साहित्य
Clock १२ मिनेट अघि | १ मिनेट पाठ
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
इतिहास, संस्कृति र साहित्यका विविध विषयको खोजी गर्ने क्रममा पन्तले देशविदेशका विभिन्न स्थानमा भ्रमण गर्नुभएको थियो। 
Whatsapp
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock १६ मिनेट अघि | १ मिनेट पाठ
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अधिकारीहरूका अनुसार अपुरिमेक, एने र मन्तारो नदीले बनेको उपत्यकाको दुर्गम क्षेत्रमा गस्ती तथा उद्धार अभियानका क्रममा हेलिकप्टर दुर्घटनामा परेको हो।
Whatsapp
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock २६ मिनेट अघि | १ मिनेट पाठ
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
स्पेनको क्यानरी टापुनजिकै शुक्रबार समुद्रमा प्रवासी बोकेको एउटा डुंगामा १५ जनाको शव फेला परेको छ।
Whatsapp
स्वरसम्राटको संग्रहालय
कला/साहित्य
Clock ३५ मिनेट अघि | १ मिनेट पाठ
स्वरसम्राटको संग्रहालय
स्वरसम्राट नारायणगोपाल (१९९६ असोज–२०४७ मंसिर) काठमाडौंको व्यस्त सहर किलागलमा जन्मिए तापनि युवा अवस्थादेखि नै उनी महाराजगन्जमा बस्दै आए।
Whatsapp
यो पनि पढौँ
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अन्तर्राष्ट्रिय
Clock ४० मिनेट अघि | १ मिनेट पाठ
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अमेरिकाको वासिङ्टन डीसीस्थित रोनाल्ड रेगन राष्ट्रिय विमानस्थलमा उडान भर्नुअघि अमेरिकन एयरलाइन्सका दुई विमानका पखेटा आपसमा ठोक्किएका छन्।
Whatsapp
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
राजनीति
Clock ५२ मिनेट अघि | १ मिनेट पाठ
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
प्रधानमन्त्री बालेन्द्र शाह शीतलनिवास पुग्नुअघि नै रास्वपा सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका हुन्।
Whatsapp
जीवनलयमा लहरिएका गीतकार
कला/साहित्य
Clock ५६ मिनेट अघि | १ मिनेट पाठ
जीवनलयमा लहरिएका गीतकार
हालसम्म नेपाली चलचित्र कति निर्माण भयो होला? त्यसको तथ्याङ्क सहजै उपलब्ध हुन्छ।  तिनै चलचित्रका लागि कति गीत लेखियो होला ?
Whatsapp
बिहानको घन्टी
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
बिहानको घन्टी
उनले श्रीमान्लाई अपमानित गर्ने अभियान चलाइनन्। सामाजिक सञ्जालमा पारिवारिक रहस्य सार्वजनिक गरिनन्। अरूका अगाडि आफूलाई निर्दोष साबित गर्न जीवन खर्चिन पन...
Whatsapp
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
भारतमा निर्वासनमा रहेकी बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले डिसेम्बर १६ मा स्वदेश फर्किने घोषणा गरेपछि बंगलादेशको राजनीति तरंगित बनेको छ।
Whatsapp
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
यहाँ आयोजना हुने दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलको सेमिफाइनल र फाइनल खेलको सबै तयारी पूरा भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस