डब्लिन पुगेर ट्रम्पले भने : म एकीकृत आयरल्याण्ड हेर्न चाहन्छु
२८ भदौ २०८३
•
५ मिनेट पाठ
डब्लिन पुगेर ट्रम्पले भने : म एकीकृत आयरल्याण्ड हेर्न चाहन्छु
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बेलायतअन्तर्गत रहेको उत्तरी आयरल्याण्डलाई आयरल्याण्डसँग एकीकरण भएको हेर्न आफू इच्छुक रहेको बताएका छन्। आयरल्याण्डको राजधानी डब्लिन भ्रमणका क्रममा ट्रम्पले यस्तो धारणा सार्वजनिक गरेका हुन्।




ट्रम्पको यस भनाइप्रति उत्तरी आयरल्याण्डका बेलायत समर्थक युनियनवादी नेताहरूले तीव्र असन्तुष्टि जनाएका छन्।

बेलायती प्रधानमन्त्री एन्डी बर्नह्यामले केही साताअघि उत्तरी आयरल्याण्डलाई संयुक्त अधिराज्यबाट अलग गर्ने विषयमा जनमतसंग्रहको सम्भावना तत्कालका लागि ‘टेबल बाहिर’ रहेको बताएका थिए। शनिबार डाउनिङ स्ट्रिटले पनि सरकारको उक्त धारणा कायमै रहेको स्पष्ट पारेको छ।

आयरल्यान्डका प्रधानमन्त्री माइकल मार्टिनसँग भेटवार्तापछि पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले भने, ‘ठीक छ, म कुनै समस्या निम्त्याउन चाहन्नँ, तर म तपाईंलाई भन्छु, म यसलाई एकताबद्ध भएको हेर्न चाहन्छु।’

उनले आयरल्याण्डको एकीकरण अन्ततः हुने विश्वास व्यक्त गर्दै भने, ‘मलाई लाग्छ, यो एक शानदार कुरा हुनेछ।’ बेलायतले यस विषयमा आफ्नो धारणा राख्नुपर्ने भए पनि आफूलाई आयरल्याण्ड एकीकृत भएको देख्न मन पर्ने ट्रम्पले बताए।

पछि पनि ट्रम्पले आयरिश एकताको विषयमा ‘कुनै राम्रो उत्तर नभएको’ बताए। यद्यपि, उनले एकीकृत आयरल्याण्ड हुनु ‘धेरै राम्रो कुरा’ हुने आफ्नो धारणा दोहोर्‍याए।

अघिल्ला अमेरिकी राष्ट्रपतिभन्दा फरक धारणा

ट्रम्पको यो भनाइलाई अघिल्ला अमेरिकी राष्ट्रपतिहरूले अपनाउँदै आएको सावधानीपूर्ण र तटस्थ अडानभन्दा फरक रूपमा हेरिएको छ।

जो बाइडेनजस्ता आयरिश मूलसँग बलियो सम्बन्ध भएका अमेरिकी राष्ट्रपतिहरूले समेत आयरल्याण्डको एकीकरणको प्रश्नमा प्रत्यक्ष पक्ष लिनबाट जोगिँदै आएका थिए।

सन् १९९८ को ‘गुड फ्राइडे सम्झौता’ले आयरिश एकताको पक्षमा रहेका राष्ट्रवादी र उत्तरी आयरल्याण्ड बेलायतकै हिस्सा रहनुपर्ने पक्षमा रहेका युनियनवादीबीच दशकौँदेखि चलिरहेको हिंसात्मक द्वन्द्व अन्त्य गर्न महत्वपूर्ण भूमिका खेलेको थियो। उक्त शान्ति प्रक्रियामा अमेरिकी सरकारले पनि महत्वपूर्ण मध्यस्थको भूमिका खेलेको थियो।

सम्झौताअनुसार उत्तरी आयरल्याण्डको संवैधानिक भविष्य परिवर्तन गर्ने जनमतसंग्रह बेलायती सरकारको निर्णयमा निर्भर हुन्छ।

युनियनवादी नेताको विरोध

उत्तरी आयरल्याण्डलाई बेलायतसँगै राख्नुपर्ने पक्षमा रहेको सबैभन्दा ठूलो पार्टी डेमोक्रेटिक युनियनिस्ट पार्टीका नेता गेभिन रोबिन्सनले ट्रम्पको भनाइ अस्वीकार गरेका छन्।

उनले सामाजिक सञ्जालमा उत्तरी आयरल्याण्डको संवैधानिक भविष्यको निर्णय लन्डन, डब्लिन वा वासिङ्टनबाट हुने नभई उत्तरी आयरल्याण्डका जनताले गर्ने बताएका छन्।

उनले आयरल्याण्डसँग एकीकरण भएमा ‘हाम्रो देशको विनाश’हुने दाबीसमेत गरेका छन्।

यता बेलफास्टमा आयरिश एकताको समर्थन गर्ने पक्षले भने ट्रम्पको भनाइप्रति मिश्रित प्रतिक्रिया दिएको छ। ट्रम्पका नीतिका कडा आलोचक राष्ट्रवादी पार्टी सिन् फेइनका समर्थक इमोन हन्नाले ट्रम्पको टिप्पणी केवल समाचारको शीर्षक बन्नका लागि आएको हुन सक्ने बताए।

उनले ट्रम्पलाई संयुक्त आयरल्याण्ड हुन्छ वा हुँदैन भन्ने विषयमा खासै चासो नरहेको आफ्नो धारणा राखे।

उत्तरी आयरल्याण्डमा पछिल्ला वर्षहरूमा बेलायतमै रहने पक्षमा सहज बहुमत देखिँदै आएको छ। यद्यपि, बेलायतले युरोपेली संघबाट बाहिरिने निर्णय गरेपछि आयरिश एकताको विषय फेरि राजनीतिक बहसको केन्द्रमा आएको छ र दुवै पक्षबीचको अन्तर केही घटेको देखिन्छ।

आयरिश राष्ट्रपतिसँग भेट

ट्रम्पले आयरिश राष्ट्रपति क्याथरिन कोनोलीसँग पनि भेट गरेका छन्। कोनोली गत वर्ष मुख्यतः औपचारिक भूमिका रहने राष्ट्रपतीय पदमा निर्वाचित हुनुअघि सन् २०१९ मा ट्रम्प आयरल्याण्ड भ्रमणमा आउँदा उनको विरोधमा भएको प्रदर्शनमा सहभागी भएकी थिइन्।

भेटपछि जारी विज्ञप्तिमा कोनोलीले ट्रम्पसमक्ष ‘युद्ध र नरसंहारलाई सामान्यीकरण गर्न नसकिने’ आयरिश जनताको दृढ धारणा राखेको बताइन्।

उनको वक्तव्यमा कुनै विशेष द्वन्द्वको नाम उल्लेख गरिएको थिएन। तर कोनोली यसअघि इरानसँगको अमेरिकी युद्ध तथा गाजामा इजरायलको सैन्य कारबाहीको आलोचना गर्दै आएकी छन्।

आयरल्याण्डले संयुक्त राष्ट्रसंघका अनुसन्धान तथा विभिन्न मानव अधिकार समूहसँगै गाजाको अवस्थालाई नरसंहारका रूपमा वर्णन गर्दै आएको छ।

इजरायलले भने उक्त आरोप अस्वीकार गर्दै आफू सन् २०२३ मा गाजाबाट आक्रमण गर्ने हमासलगायतका लडाकुविरुद्ध युद्ध गरिरहेको बताउँदै आएको छ।

ट्रम्पको विरोधमा डब्लिनमा प्रदर्शन

ट्रम्प आयरल्याण्डको पश्चिमी क्षेत्रमा रहेको आफ्नो एउटा रिसोर्टमा गल्फ प्रतियोगिता हेर्न जानुअघि डब्लिनको मध्य क्षेत्रमा हजारौँ मानिसले प्रदर्शन गरेका थिए।

प्रदर्शनकारीहरूले ट्रम्पलाई युद्धसँग जोडेर लेखिएका पोस्टर बोकेका थिए भने ‘फ्री, फ्री प्यालेस्टाइन’ लगायतका नारा लगाएका थिए। पछिल्ला वर्षहरूमा आयरल्याण्डमा भएको यो सबैभन्दा ठूलो युद्धविरोधी प्रदर्शनमध्ये एक भएको बताइएको छ।

अमेरिका–आयरल्याण्ड आर्थिक सम्बन्ध

ट्रम्पको आयरल्याण्ड भ्रमणका क्रममा दुई देशबीचको आर्थिक सम्बन्ध पनि प्रमुख विषय बनेको थियो। मध्यमार्गी प्रधानमन्त्री माइकल मार्टिनले यसअघि अमेरिकी कम्पनी र आयरल्याण्डबीचको गहिरो आर्थिक सम्बन्धमा जोड दिएका थिए।

दशकौँदेखि आयरिश सरकारले अमेरिकी कम्पनीबाट आउने रोजगारी र कर राजस्वलाई प्राथमिकता दिँदै आएको छ।

विशेषगरी प्रविधि र औषधि क्षेत्रमा सक्रिय अमेरिकी स्वामित्वका कम्पनीहरूले आयरल्याण्डमा ठूलो संख्यामा रोजगारी दिएका छन्।

भेटका क्रममा ट्रम्पले आयरल्याण्डमा अमेरिकी औषधि कम्पनीहरूको ठूलो उपस्थिति रहेको उल्लेख गर्दै ठट्टा गर्दै भने, ‘तपाईंहरूले हाम्रा सबै मेडिकल कम्पनीहरू लिनुभयो, हामीले तीमध्ये केही फिर्ता ल्याउनुपर्छ।’

त्यसपछि उनले आयरल्याण्डसँगको सम्बन्ध उत्कृष्ट रहेको उल्लेख गर्दै भने, ‘तिमीहरूले हामीलाई भाग्यौ, तर त्यो ठीक छ। घुम्नका लागि धेरै ठाउँ छ र तिमीसँगको हाम्रो सम्बन्ध उत्कृष्ट छ।’

ट्रम्पको एकीकृत आयरल्याण्डसम्बन्धी टिप्पणी भने उनको डब्लिन भ्रमणका क्रममा सबैभन्दा बढी राजनीतिक ध्यान तान्ने विषय बनेको छ।
अर्को समाचार
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
१६ मिनेट अघि
•
१ मिनेट पाठ
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
लिमा। पेरुको दक्षिणपूर्वी क्षेत्रमा सैन्य कर्मचारी बोकेको वायु सेनाको हेलिकप्टर दुर्घटनाग्रस्त हुँदा आठ जनाको मृत्यु भएको छ भने पाइलट गम्भीर घाइते भएका छन्। पेरुको रक्षा मन्त्रालयले शुक्रबार दुर्घटनाबारे जानकारी दिँदै हेलिकप्टर कोका उत्पादन हुने दुर्गम नदी उपत्यकामा दुर्घटनाग्रस्त भएको जनाएको छ।




अधिकारीहरूका अनुसार अपुरिमेक, एने र मन्तारो नदीले बनेको उपत्यकाको दुर्गम क्षेत्रमा गस्ती तथा उद्धार अभियानका क्रममा हेलिकप्टर दुर्घटनामा परेको हो।

रक्षा मन्त्रालयले जारी गरेको विज्ञप्तिमा खोजी तथा उद्धार टोलीले दुर्घटनाग्रस्त हेलिकप्टर र त्यसमा सवार नौ जना सैन्य कर्मचारी फेला पारेको उल्लेख छ।

विज्ञप्तिमा भनिएको छ, 'पाइलट तथा दुर्घटनामा बाँच्न सफल एकमात्र व्यक्ति एन्जो एस्पिनोजा रोकलाई थप उपचारका लागि लिमा लगिएको छ।'

पेरुको सबैभन्दा ठूलो कोका उत्पादन क्षेत्र मानिने भाले देल रियो अपुरिमेक, एने इ मन्तारो (भ्राएम) उपत्यका लागुऔषध तस्करी र साइनिङ पाथ गुरिल्ला समूहका अवशेषहरूको उपस्थितिका कारण दशकौँदेखि सैन्यकरण गरिएको क्षेत्र हो।

अयाकुचो क्षेत्रमा पर्ने दुर्गम समुदाय सानाबाम्बामा तीन जना सैनिकको उद्धार गरेपछि बिहीबार राति उक्त हेलिकप्टर बेपत्ता भएको बताइएको थियो। ती सैनिकलाई किन उद्धार गर्नुपरेको थियो भन्नेबारे अधिकारीहरूले कुनै विवरण दिएका छैनन्। दुर्घटनामा मृत्यु हुनेमा ती सैनिक पनि परेको जनाइएको छ।

यसअघि फेब्रुअरीमा दक्षिणी पेरुमा अर्को एमआई–१७ हेलिकप्टर दुर्घटनाग्रस्त हुँदा त्यसमा सवार सबै १५ जनाको मृत्यु भएको थियो।

संयुक्त राष्ट्रसङ्घका अनुसार पेरु कोकाको पात र कोकेन उत्पादन गर्ने विश्वका प्रमुख मुलुकमध्ये एक हो। एएफपी
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
अर्थ
Clock १ मिनेट अघि | १ मिनेट पाठ
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् खपत वृद्धि र गुणस्तरीय विद्युत् उपयोगको सुनिश्चित गर्न वितरण केन्द्र प्रमुखहरूले अग्रसरत...
Whatsapp
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
धर्म/संस्कृति
Clock ८ मिनेट अघि | १ मिनेट पाठ
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
गत भदौको भोटेकोशी बाढी, अन्य प्राकृतिक बिपत्ति, दुर्घटना तथा महामारीमा परेर अकालमा ज्यान गुमाएहरूको स्मृतिमा त्रिवेणीस्थित गजेन्द्रमोक्ष दिव्यधाममा पि...
Whatsapp
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
कला/साहित्य
Clock १२ मिनेट अघि | १ मिनेट पाठ
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
इतिहास, संस्कृति र साहित्यका विविध विषयको खोजी गर्ने क्रममा पन्तले देशविदेशका विभिन्न स्थानमा भ्रमण गर्नुभएको थियो। 
Whatsapp
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock १६ मिनेट अघि | १ मिनेट पाठ
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अधिकारीहरूका अनुसार अपुरिमेक, एने र मन्तारो नदीले बनेको उपत्यकाको दुर्गम क्षेत्रमा गस्ती तथा उद्धार अभियानका क्रममा हेलिकप्टर दुर्घटनामा परेको हो।
Whatsapp
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock २६ मिनेट अघि | १ मिनेट पाठ
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
स्पेनको क्यानरी टापुनजिकै शुक्रबार समुद्रमा प्रवासी बोकेको एउटा डुंगामा १५ जनाको शव फेला परेको छ।
Whatsapp
स्वरसम्राटको संग्रहालय
कला/साहित्य
Clock ३५ मिनेट अघि | १ मिनेट पाठ
स्वरसम्राटको संग्रहालय
स्वरसम्राट नारायणगोपाल (१९९६ असोज–२०४७ मंसिर) काठमाडौंको व्यस्त सहर किलागलमा जन्मिए तापनि युवा अवस्थादेखि नै उनी महाराजगन्जमा बस्दै आए।
Whatsapp
यो पनि पढौँ
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अन्तर्राष्ट्रिय
Clock ४० मिनेट अघि | १ मिनेट पाठ
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अमेरिकाको वासिङ्टन डीसीस्थित रोनाल्ड रेगन राष्ट्रिय विमानस्थलमा उडान भर्नुअघि अमेरिकन एयरलाइन्सका दुई विमानका पखेटा आपसमा ठोक्किएका छन्।
Whatsapp
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
राजनीति
Clock ५२ मिनेट अघि | १ मिनेट पाठ
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
प्रधानमन्त्री बालेन्द्र शाह शीतलनिवास पुग्नुअघि नै रास्वपा सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका हुन्।
Whatsapp
जीवनलयमा लहरिएका गीतकार
कला/साहित्य
Clock ५६ मिनेट अघि | १ मिनेट पाठ
जीवनलयमा लहरिएका गीतकार
हालसम्म नेपाली चलचित्र कति निर्माण भयो होला? त्यसको तथ्याङ्क सहजै उपलब्ध हुन्छ।  तिनै चलचित्रका लागि कति गीत लेखियो होला ?
Whatsapp
बिहानको घन्टी
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
बिहानको घन्टी
उनले श्रीमान्लाई अपमानित गर्ने अभियान चलाइनन्। सामाजिक सञ्जालमा पारिवारिक रहस्य सार्वजनिक गरिनन्। अरूका अगाडि आफूलाई निर्दोष साबित गर्न जीवन खर्चिन पन...
Whatsapp
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
भारतमा निर्वासनमा रहेकी बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले डिसेम्बर १६ मा स्वदेश फर्किने घोषणा गरेपछि बंगलादेशको राजनीति तरंगित बनेको छ।
Whatsapp
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
यहाँ आयोजना हुने दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलको सेमिफाइनल र फाइनल खेलको सबै तयारी पूरा भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस