ताइवानमा चम्पी आँधी : एक जनाको मृ’त्यु हुँदा ५२७ घाइते, २५९ उडान रद्द
०७ कार्तिक २०८३
•
४ मिनेट पाठ
ताइवानमा चम्पी आँधी : एक जनाको मृ’त्यु हुँदा ५२७ घाइते, २५९ उडान रद्द
ताइवानमा शनिबार आएको शक्तिशाली चम्पी आँधीका कारण एक जनाको मृत्यु भएको छ भने ५२७ जना घाइते भएका छन्। 




आँधीका कारण विभिन्न स्थानमा रूखहरू ढलेका छन् भने लाखौँ घरमा विद्युत् आपूर्ति अवरुद्ध भएको छ।

आँधी कमजोर हुँदै उत्तरतर्फ चीनको तटीय क्षेत्रतर्फ अघि बढिरहेको छ। यद्यपि, यो चीनको तटमा ठोक्किने सम्भावना नरहेको बताइएको छ।

ताइवानको केन्द्रीय मौसम प्रशासनका अनुसार चम्पी एक समय सुपर टाइफुनको अवस्थामा पुगेको थियो। यो यस वर्ष प्रशान्त महासागरमा देखिएका शक्तिशाली आँधीमध्ये एक हो।

हाल कमजोर हुँदै गए पनि आँधीको केन्द्रनजिकै हावाको गति प्रतिघण्टा १२६ किलोमिटरसम्म पुगेको छ।

अमेरिकाको संयुक्त आँधी चेतावनी केन्द्र (जेटीडब्लूसी) का अनुसार शनिबार बिहान आँधी ताइवानको उत्तरपूर्वी तटमा रहेको यिलान काउन्टीबाट करिब १७० किलोमिटर उत्तरपूर्वमा थियो।

आँधीको केन्द्र मध्यराततिर दक्षिणतर्फ मोडिँदै यिलानको तटीय क्षेत्रनजिक पुगेको थियो। त्यसपछि दुर्लभ चक्र बनाउँदै पुनः उत्तरतर्फ अघि बढेको थियो।

आँधीको प्रभावका कारण केही तटीय क्षेत्रमा हावाको गति प्रतिघण्टा २२७ किलोमिटरसम्म पुगेको थियो। तीव्र हावाले विद्युत्का तारहरू ढाल्नुका साथै घरका छानामा लगाइएका टायलसमेत उडाएको थियो।

आँधीका कारण ताइवानका विभिन्न क्षेत्रमा ठूलो क्षति पुगेको छ। यिलानका एक सेवानिवृत्त शिक्षक लिनले आफ्नो बगैँचामा ढलेका केराका रूखहरू निरीक्षण गर्ने क्रममा मध्यरातको समय सबैभन्दा डरलाग्दो रहेको बताए।

‘त्यो रात निदाउनै सकिएन। मैले धेरै वर्षदेखि यस्तो अवस्था देखेको थिइनँ’, उनले भने।

आँधीको पूर्वानुमानअनुसार चम्पी उत्तरतर्फ मोडिएर चीनको तटीय क्षेत्र हुँदै अघि बढ्ने र अन्ततः दक्षिणी जापानतर्फ जाने अपेक्षा गरिएको छ।

ताइवानको अग्नि नियन्त्रण विभागका अनुसार आँधीसँग सम्बन्धित घटनामा एक जनाको मृत्यु भएको छ। लिउकिउ टापुबाट आएका छालले एक जनालाई बगाएको बताइएको छ। तीव्र हावा र मुसलधारे वर्षाका कारण ५२७ जना घाइते भएका छन्।

दुई लाख ८८ हजारभन्दा बढी घरमा विद्युत् अवरुद्ध

आँधीका कारण ताइवानको विद्युत् आपूर्ति प्रणालीमा पनि ठूलो असर परेको छ। विद्युत् सेवा प्रदायक ताइपावरका अनुसार दुई लाख ८८ हजारभन्दा बढी घरमा विद्युत् आपूर्ति अवरुद्ध भएको थियो। यद्यपि, तीमध्ये अधिकांश घरमा विद्युत् सेवा पुनः सञ्चालन गरिएको छ।

यातायात क्षेत्रमा पनि आँधीको प्रभाव देखिएको छ। ताइवानको यातायात मन्त्रालयका अनुसार शनिबार २५९ उडान रद्द गरिएका छन्।

यो संख्या शुक्रबारको तुलनामा कम हो। शुक्रबार आँधीको प्रभावका कारण करिब एक हजार उडान रद्द भएका थिए।

राजधानी ताइपेईमा समेत तीव्र हावासहित भारी वर्षा भएको थियो। विभिन्न स्थानमा रूखहरू ढलेका थिए भने सर्वसाधारणको दैनिक जनजीवन प्रभावित बनेको थियो।

ताइपेईका ७० वर्षीय थोमस वाङले आँधीको अनुभव डरलाग्दो चलचित्र ‘पोल्टर्जिस्ट’ हेरेजस्तै भएको बताए।

आँधीको जोखिमलाई ध्यानमा राख्दै राजधानी ताइपेईसहित उत्तरी र मध्य ताइवानका केही क्षेत्रका स्थानीय सरकारले लगातार दोस्रो दिन पनि सरकारी कार्यालय र विद्यालय बन्द गर्ने निर्णय गरेका थिए।

चीनमा पनि उच्च सतर्कता

आँधी गर्मी याममा बढी आउने भए पनि शरद ऋतुमा समेत आउन सक्ने भएकाले यसको प्रभावलाई लिएर चीनमा पनि सतर्कता अपनाइएको छ।

चम्पी चीनको तटीय क्षेत्रनजिक पुग्न थालेपछि चीनको आपतकालीन व्यवस्थापन मन्त्रालयले पूर्वी प्रान्त झेजियाङमा एउटा टोली पठाएको थियो। मन्त्रालयले आइतबारसम्म तीव्र हावा र भारी वर्षा हुन सक्ने चेतावनी दिएको छ।

चीनले सम्भावित विपद् व्यवस्थापनका लागि ४०० उद्धारकर्मी र ६०० वटा उपकरण तयारी अवस्थामा राखेको जनाएको छ। यसैगरी, ४१ हजारभन्दा बढी अग्नि नियन्त्रकलाई आपतकालीन जिम्मेवारीमा खटाइएको छ।

झेजियाङ प्रान्तको तटीय सहर ताइझोउमा तीन हजार ८०० भन्दा बढी माछा मार्ने डुङ्गालाई बन्दरगाहमा फर्काइएको छ। समुद्रमा माछापालनसम्बन्धी काम गरिरहेका कामदारलाई पनि सुरक्षित रूपमा किनारमा ल्याइएको छ।

राज्य सञ्चारमाध्यमका अनुसार उक्त क्षेत्रका टापुमा रहेका दुई हजार ८४ जना आगन्तुकलाई सुरक्षित स्थानमा सारिएको छ।

सम्भावित जोखिमलाई ध्यानमा राख्दै अधिकारीहरूले समुद्री क्षेत्रमा सञ्चालन भइरहेका २५ वटा निर्माण परियोजनाको काम रोकेका छन्। त्यस्तै, १८ वटा यात्रुवाहक फेरी मार्ग पनि अस्थायी रूपमा बन्द गरिएका छन्।

चम्पी आँधी कमजोर हुँदै उत्तरतर्फ अघि बढिरहेको भए पनि ताइवान र चीनका अधिकारीहरूले तीव्र हावा, भारी वर्षा तथा त्यसबाट हुन सक्ने थप क्षतिलाई ध्यानमा राख्दै सतर्कता अपनाइरहेका छन्।
अर्को समाचार
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
११ घण्टा अघि
•
१ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
बालबालिकामा देखिने बोली तथा उच्चारणसम्बन्धी समस्याको कारण पत्ता लगाउन अस्ट्रेलियामा ठूलो स्तरको अनुसन्धान सुरु गरिएको छ। यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।




अनुसन्धानका लागि अस्ट्रेलियाभरबाट बोलीसम्बन्धी समस्या भएका एक हजार ५०० बालबालिकालाई सहभागी गराइने भएको छ। मर्डोक बाल अनुसन्धान संस्थान र मेलबर्न विश्वविद्यालयको नेतृत्वमा सञ्चालन हुने उक्त अध्ययनमा साढे तीन वर्षदेखि १६ वर्षसम्मका बालबालिका समेटिनेछन्।

बिहीबार सार्वजनिक गरिएको संस्थानको विज्ञप्तिअनुसार ‘बोलीमा जिनको भूमिका’ नाम दिइएको यस अध्ययनले बालबालिकामा देखिने बोलीसम्बन्धी समस्यासँग जोडिएका वंशाणुगत कारणहरूको पहिचान गर्नेछ। अनुसन्धानबाट प्राप्त नतिजाले यस्ता समस्या विकास हुनुका पछाडिका कारण बुझ्न र उपचारका प्रभावकारी उपाय खोज्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।

अनुसन्धानकर्ताहरूका अनुसार विश्वभर पूर्वप्राथमिक तहका करिब १० प्रतिशत बालबालिकाले बोल्न सिक्ने क्रममा उच्चारणसम्बन्धी त्रुटि अनुभव गर्छन्। कतिपय बालबालिकामा उमेर बढ्दै जाँदा यस्ता समस्या आफैँ कम हुँदै जान्छन् भने केहीमा लामो समयसम्म कायम रहन सक्छन्।

विशेषगरी लामो समयसम्म बोलीसम्बन्धी समस्या रहँदा बालबालिकाको दैनिक सञ्चार, शैक्षिक उपलब्धि तथा सामाजिक विकासमा असर पर्न सक्छ। स्पष्ट रूपमा बोल्न कठिनाइ हुँदा उनीहरूलाई आफ्नो विचार व्यक्त गर्न, अरूसँग कुराकानी गर्न तथा विद्यालयका सिकाइ गतिविधिमा सहभागी हुन समस्या हुन सक्ने अनुसन्धानकर्ताहरूले बताएका छन्।

यस्ता समस्याको प्रभाव बोल्ने क्षमतामा मात्र सीमित नहुने पनि अनुसन्धानकर्ताहरूको भनाइ छ। सानै उमेरमा देखिने उच्चारणसम्बन्धी कठिनाइ पछि पढ्ने र लेख्ने क्षमतासँग पनि जोडिन सक्ने भएकाले प्रारम्भिक अवस्थामै समस्या पहिचान गर्नु महत्त्वपूर्ण मानिएको छ।

मर्डोक बाल अनुसन्धान संस्थानको बोली तथा भाषा अनुसन्धान समूहकी प्रमुख प्राध्यापक एन्जेला मोर्गनले अध्ययनले बालबालिकामा बोलीसम्बन्धी समस्या किन विकास हुन्छ भन्ने बुझ्न सहयोग गर्ने बताएका छन्।

उनका अनुसार यस अनुसन्धानको मुख्य उद्देश्य समस्यासँग सम्बन्धित वंशाणुगत कारण पत्ता लगाउनुका साथै प्रभावित बालबालिकाको समयमै पहिचान र उनीहरूको आवश्यकताअनुसार उपचार तथा हेरचाहको व्यवस्था गर्न सहयोग पुर्‍याउनु हो।

मोर्गनका अनुसार बोलीसम्बन्धी समस्या भएका प्रत्येक चारमध्ये करिब एक जनाले आफ्नो परिवारमा पनि यस्तै समस्या रहेको इतिहास सुनाएका छन्। यसले परिवारभित्र यस्तो समस्या देखिने सम्भावनालाई संकेत गरे पनि परिवारमा कसैलाई यस्तो समस्या नभएका बालबालिकामा समेत वंशाणुगत कारणको भूमिका हुन सक्ने उहाँले बताए।

यसअघि गरिएका विभिन्न अनुसन्धानमा केही दुर्लभ बोलीसम्बन्धी समस्यासँग सम्बन्धित एकल जिन पहिचान गरिएको थियो। तर, अहिले सुरु गरिएको अध्ययनले तुलनात्मक रूपमा धेरै बालबालिकामा देखिने सामान्य बोलीसम्बन्धी समस्याको कारण पत्ता लगाउन केन्द्रित हुनेछ।

यसका लागि अनुसन्धानमा सहभागी हुने योग्य बालबालिकाका परिवारले इन्टरनेटमार्फत केही छोटा बोलीसम्बन्धी गतिविधि पूरा गर्नुपर्नेछ। साथै, बालबालिकाको र्‍यालको नमुना संकलन गरी वंशाणुगत पदार्थको परीक्षण गरिनेछ। उक्त परीक्षणबाट बोलीसम्बन्धी समस्यासँग जोडिएका वंशाणुगत विशेषताहरू पहिचान गर्ने प्रयास गरिनेछ।

अनुसन्धानकर्ताहरूले बालबालिकामा देखिने बोलीसम्बन्धी समस्यालाई समयमै पहिचान गर्न सके उनीहरूको सञ्चार क्षमता, सिकाइ र सामाजिक विकासमा आवश्यक सहयोग पुर्‍याउन सहज हुने विश्वास व्यक्त गरेका छन्।

यस अध्ययनबाट प्राप्त हुने निष्कर्षले भविष्यमा बोलीसम्बन्धी समस्या भएका बालबालिकाको पहिचान र उपचारलाई थप प्रभावकारी तथा उनीहरूको आवश्यकताअनुकूल बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
कला/साहित्य
Clock १ मिनेट अघि | १ मिनेट पाठ
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
रुकुम पूर्व र रोल्पाका मयूर र भूमे नाच, मध्य पहाडका सराय, सोरठी र मारुनी अनि तराईमा प्रचलित सखिया, लठ्ठहवा र अवधि समुदायका फगुवा तथा झिझिया नाच लुम्बि...
Whatsapp
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
राजनीति
Clock १२ मिनेट अघि | ० मिनेट पाठ
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
४० भन्दा बढी नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने नेपाल सरकारको निर्णयविरुद्ध नेपाली कांग्रेस काठमाडौं महानगर समितिले आज विरोध कार्यक्रम गर्ने भएको...
Whatsapp
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
राजनीति
Clock १८ मिनेट अघि | १ मिनेट पाठ
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा मंसिर १३ देखि १५ गतेसम्म झापाका विभिन्न कार्यक्रममा सहभागी हुने भएका छन्।
Whatsapp
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
खेल
Clock २१ मिनेट अघि | १ मिनेट पाठ
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
नेपाल फुटबल लिग (एनएफएल)को पहिलो संस्करण खेल्ने १० वटै टोलीको टुंगो लागेको छ।
Whatsapp
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
राजनीति
Clock २७ मिनेट अघि | १ मिनेट पाठ
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
चालू आर्थिक वर्षभित्र कास्कीस्थित रुपाताल संरक्षण तथा एकीकृत विकास परियोजना सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको छ।
Whatsapp
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
राजनीति
Clock ३३ मिनेट अघि | १ मिनेट पाठ
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले इनम सापकोटा प्रकरणमा जोडिएका घटनाको निष्पक्ष र पारदर्शी छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्ने ब...
Whatsapp
यो पनि पढौँ
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
राजनीति
Clock ४७ मिनेट अघि | ० मिनेट पाठ
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन आयोजना गर्ने भएको छ।
Whatsapp
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
समाज
Clock ५५ मिनेट अघि | १ मिनेट पाठ
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
डोल्पाको माथिल्लो भेगका नागरिकले सामान्य प्रशासनिक सेवा लिन सदरमुकाम दुनैसम्म पाँच–छ दिन पैदल हिँड्नुपर्ने बाध्यता अब अन्त्य भएको छ।
Whatsapp
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा स्थानीय सरकारलाई दलीय प्रतिस्पर्धा र चुनाव चिह्नबाट मुक्त राख्ने कि विद्यमान दलीय प्रणालीलाई नै निरन्तरता दिने भ...
Whatsapp
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
परियोजनाको आइतबार यहाँ शुभारम्भ गरिने सङ्घद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
Whatsapp
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
कुनै समय धान, कोदो, मकै र गहुँ फल्ने म्याग्दीको बेनी नगरपालिका–४ सुर्केमेलाको खेतबारी अहिले सुन्तलाका बगैँचामा परिणत भएका छन्।
Whatsapp
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
समाज
Clock २ घण्टा अघि | १ मिनेट पाठ
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
जिल्लाका सातवटै गाउँपालिकामा उत्पादित स्याउ बिक्रीबाट हुम्लाका किसानले रु आठ करोड २६ लाख ५६ हजारको आम्दानी गरेका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस