‘जात होइन वर्गका आधारमा आरक्षण दिइनुपर्छ’
२३ साउन २०८१
•
८ मिनेट पाठ
‘जात होइन वर्गका आधारमा आरक्षण दिइनुपर्छ’
पूर्वअध्यक्ष डा. रामकृष्ण तिमल्सेना, नेपाल समावेशी आयोग
छिमेकी मुलुक बंगलादेशमा विद्यार्थीहरूले गरेको आरक्षणविरोधी आन्दोलनले नयाँ मोड लिएको छ। आरक्षणविरोधी आन्दोलन सरकारविरोधी आन्दोलनमा रूपान्तरण हुँदा तथा आन्दोलनकारीका मागलाई समयमै सम्बोधन गर्न असमर्थ पूर्वप्रधानमन्त्री शेख हसिना सत्ताच्युत मात्र होइन, देश छाड्नसमेत बाध्य भइन्। यी समग्र पृष्ठभूमिमा बंगलादेशमा भएको आन्दोलनको केन्द्रीय मुद्दा आरक्षण रहेको सन्दर्भमा नेपाल समावेशी आयोगका पूर्वअध्यक्ष डा. रामकृष्ण तिमल्सेनासँग गरिएको कुराकारीको सम्पादित अंश :




आरक्षणको विषयलाई लिएर बंगलादेशको आन्दोलनले राजनीतिक उथलपुथल ल्यायो, शेख हसिनाले सरकारबाट पलायन हुनुपर्ने स्थिति आयो। त्यो आन्दोलनले नेपाललाई के सन्देश दिन्छ ?

यो आरक्षण विशेषगरी दक्षिण एसियामा निकै चर्चाको विषय बनेको छ। यसको ऐतिहासिक परिप्रेक्ष छ, सामाजिक परिपे्रक्ष्य छ, सबैभन्दा बढी त यसको संवैधानिक र कानुनी परिपे्रक्ष्य छ। बंगलादेशको यो अभ्यास नेपालमा केही वर्षदेखि यसमा भएका विभिन्न कोणीय छलफल, भारतको सर्वोच्च अदालतले यसै हप्ता गरेको ऐतिहासिक फैसलासमेतको विचार गर्दा आरक्षण पद्धतिलाई दक्षिण एसियामै पुनरावलोकन गर्नुपर्ने स्थिति देखिएको छ।

जुन उद्देश्यबाट आरक्षण प्रणालीको सुरुवात गरिएको हो, त्यो उद्देश्य आंशिक मात्रामा पूर्ति भएको देखिन्छ। जुन पूर्णतामा जानुपर्ने थियो त्यसभित्र पनि विकृति आएको भन्ने विभिन्न कोणबाट आवाज आएका छन्। त्यसैले नेपालको सन्दर्भमा कुरा गर्दा २०६४ सालबाट निजामती प्रशासनमा आरक्षण पद्धति भित्र्याइयो। १० वर्षमा यसलाई पुनरावलोकन गर्ने भन्ने व्यवस्था थियो । आज १७ वर्ष भइसक्यो, पूर्ण पुनरावलोकन भइसकेको अवस्था छैन।

गत वर्ष राष्ट्रिय समावेशी आयोगले एउटा अध्ययन गरेको थियो, ‘आरक्षण प्रभाव मूल्यांकन अध्ययन’ सन्दर्भमा । त्यो अध्ययनबाट नेपालको आरक्षण पद्धतिमा केही पुनरावलोकन आवश्यक छ भन्ने देखिन्छ। आरक्षित समूहहरूको उपस्थितिलाई अझ वैज्ञानिक बनाउनुपर्ने आवश्यकता छ। र, सर्वोच्च अदालतको विनय पञ्जियारको जुन रिट निवेदन भएको मुद्दा थियो, त्यो मुद्दामा सर्वोच्चले दिएको निर्देशनात्मक आदेशबमोजिम राष्ट्रिय समावेशी आयोगले एउटा अध्ययन पनि गरेको छ।

त्यो अध्ययनबाट पनि के देखिन्छ भने ‘तरमारा वर्ग’ र अर्को अर्थमा भन्दा दक्षिण एसियाकै परिस्थितिमा आरक्षित वर्गभित्रको उच्च वर्गले यसबाट बढी फाइदा लियो। आरक्षण जसले पाउनुपर्ने हो, जहाँ पुग्नुपर्ने हो, जुन किसिमको आवाजविहीनहरूको प्रतिनिधित्व गर्नुपर्ने थियो, ती आवाजविहीन नै रहे। त्यसभित्रको एउटा माथिल्लो तप्काले आरक्षणको फाइदा लियो भन्ने कुरा भर्खरै भारतको सर्वोच्च अदालतबाट भएको फैसला, बंगलादेशमा भएको आन्दोलन जसको राजनीतिक परिदृश्य हामीले देखिरहेका छौं र नेपालले गरेको अध्ययनबाट अब यसबारेमा एकफेर कानुनी, संवैधानिक र सामाजिक रूपमा सोच्नुपर्ने बेला आएको भन्ने मलाई लाग्छ।

आरक्षणबाट बाहिर रहेको जुन वर्ग छ, जुन असन्तुष्ट थियो बंगलादेशमा त्यही किसिमको असन्तोष नेपालमा पनि देखिन्छ ?

प्रशस्त देखिन्छ। आरक्षणको समर्थन र आरक्षणको विपक्षमा दुवैतर्फ यथेष्ट आवाज सुनिन्छ नेपालमा। राष्ट्रिय समावेशी आयोगमै बस्दा जो आरक्षित वर्ग हो, दलितभित्रकै व्यक्तित्वहरूले दलितभित्रको खास दलितले आरक्षण सुविधा लिन सकेनन्, एउटै परिवार, एउटै व्यक्ति अथवा दलितभित्रको एउटै जातले यसको बढी सुविधा लिए, त्यसैले पुनरावलोकन गरिपाऊँ भनेर निवेदनै परेको पनि मैले देखेको छु, मैले त्यो निवेदन पढेको छु। मलाई के लाग्छ भने आरक्षणलाई हेर्ने एउटा बृहत् दृष्टिकोण चाहियो। पहिला त समावेशिता भनेको आरक्षण मात्र होइन, आरक्षण एउटा पद्धति हो।

जस्तो– अमेरिकामा कोटा सिस्टमलाई असंवैधानिक भनेर सन् २०२३ मै फैसला गरिसक्यो त्यहाँको सर्वोच्च अदालतले। भारतको सर्वोच्च अदालतले आरक्षणबाट ‘तरमारा’ हरू हटाउनुपर्छ अथवा आरक्षणभित्रको आरक्षण ‘रिक्लस्टरिङ’ गर्न जरुरी छ भन्यो। नेपालको संवैधानिक आयोग राष्ट्रिय समावेशी आयोगले भने आरक्षण पद्धतिलाई अहिलेकै अवस्थामा चलाइराख्नु हुँदैन। यसलाई आरक्षणभित्र पनि जुन तरमारा हो त्यसलाई छुट्ट्याएर ‘स्पेसल्ली’ हामीले एउटा ‘बेञ्चमार्क’ तयार गरेका थियौं– सम्पत्तिका आधारमा, पदका आधारमा र पहुँचका आधारमा ककसले नपाउने आरक्षण भनेर राष्ट्रिय समावेशी आयोगले गत वर्ष नै सिफारिस गरिसकेको छ। त्यही आधारमा भारतको सर्वोच्च अदालतले पनि आफ्नो राय दिएको छ। त्यस अर्थमा नेपालबाट भारतले पनि केही सिकेको जस्तो अनुभव मलाई भएको छ।

तपाईंंले प्रतिवेदनमा गरेका सिफारिसका मुख्य बुँदा केके थिए ?

त्यसमा काठमाडौं उपत्यकामा कसैको पाँच करोडभन्दा माथिको सम्पत्ति छ, घरजग्गा छ, कुनै मन्त्री पद खाइसकेको छ अथवा माननीय पदभन्दा माथि राजनीतिक नियुक्ति पाइसकेको व्यक्ति छ अथवा सहसचिवभन्दा माथि सरकारी सेवामा जागिर खाएको व्यक्ति छ, सेल्फ फाइनान्समा अन्तर्राष्ट्रिय ख्यातिप्राप्त विश्वविद्यालयमा पढेको व्यक्ति छ भने त्यस्ता व्यक्तिहरूका सन्तानले फर्दर आरक्षण नपाउने।

एकपटक आरक्षण पाइसकेको व्यक्तिले पुनः आरक्षण नपाउने हाम्रो अध्ययनबाट देखिएको छ भने नेपालका ७४ वटा जातजातिको राज्यसंयन्त्रमा जसको उपस्थिति नै छैन, तिनीहरूको जनसंख्या १० प्रतिशतभन्दा बढी छ। उपस्थिति नै नभएको त्यो वर्गलाई एउटा क्लस्टर बनाएर हेर्न आवश्यक छ। अहिले भइरहेको आरक्षण सुविधा लिइरहेको उपल्लो वर्गलाई हटाएर यसो गर्ने हो भने न्याय हुन्छ।

उदाहरणका लागि आदिवासी जनजातिमा नेवारहरू अथवा थकालीहरूको आर्थिक स्थिति उच्च स्तरको छ । उनीहरूको स्थिति र तराईमा बस्ने मुसहर अथवा कर्णालीमा बस्ने गरिब खसआर्यको अवस्था तुलनात्मक रूपमा हेर्न सकिँदैन। त्यसैले आरक्षणलाई वर्गका रूपमा हेर्न जरुरी छ, जातका रूपमा हेर्नु हुँदैन। वर्गीय आधारमा आरक्षणको व्यवस्था गरिनुपर्छ कि भन्ने पनि हाम्रो अध्ययनको एउटा निष्कर्ष छ।

सर्वोच्च अदालतले गरेको आरक्षण व्यवस्थालाई पुनरावलोकन गर्नुपर्छ भन्ने आदेशलाई नेपाल सरकारले राष्ट्रिय समावेशी आयोगलाई यो विषयमा अध्ययन गर्न अनुरोध ग¥यो र आयोगले यस विषयमा अध्ययन गरेको प्रतिवेदन तयारी अवस्थामा छ । चिकित्सा शिक्षा आयोगले पनि यस सम्बन्धमा अध्ययन गरेको छ। यो सबैको निष्कर्ष हेर्दा नेपालको आरक्षण पद्धतिमा पुनरावलोकन जरुरी छ। 

अहिलेका केही असंगतिलाई कानुन संशोधनमार्फत, व्यावहारिक संशोधनमार्फत र आरक्षणलाई मात्र होइन समावेशितालाई व्यापक परिप्रेक्ष्यमा बृहत् दृष्टिकोणबाट बुझ्न जरुरी छ। अहिले समावेशिताबारे जुन बुझाइ छ, त्यो धेरै संकुचित छ भन्ने स्पष्ट भएको छ। मलाई के लाग्छ भने आर्थिक एवं सामाजिक रूपमा पिछडिएका दलित समुदायका लागि छुट्टै शैक्षिक रणनीति बनाउन जरुरी छ। बाँकी वर्गका लागि कोटा भनेर राख्नु त्यति औचित्यपूर्ण छैन। 

जहाँसम्म वर्गीय रूपमा निकै तल्लो तहमा रहेका र हामीले छुट्याएका जुन ७४ जातजाति छन्, उनीहरूको छुट्टै क्लस्टर बनाएर राजनीतिक, पब्लिक सर्भिसमा र त्यति मात्र होइन, निजी क्षेत्रको जागिरमा पनि अवसर दिनुपर्छ र उनीहरूको क्षमता अभिवृद्धि गरेर ठाउँ दिनुपर्दछ। क्षमता नै नबढाई नम्बरको हिसाबले अगाडि गरियो भने लोकतान्त्रिक हाम्रो जुन पद्धति हो, मेरिटबेस पद्धति त्यसमा असर पर्न सक्छ।

यी समग्र सुधारका लागि राजनीतिक इच्छाशक्ति छ नेपालको सन्दर्भमा ?

जब राजनीतिक पार्टीका कुरा आउँछन्, भोट ब्यांकका कुरा आउँछन्। भोट ब्यांकका कुरा आए राष्ट्रिय–अन्तर्राष्ट्रिय प्लेयरले चाहिनेभन्दा बढी राजनीतिक वा कूटनीतिक प्रयोग गरेका कारणले स्पष्ट रूपमा अघि बढ्ने वातावरणलाई कुनै न कुनै खतरा छ। तर नेतृत्वले चाह्यो भने जनताको जवाफदेहिता दृष्टिकोणबाट, सुशासन मेरिटबेस दृष्टिकोणबाट र सामाजिक न्यायलाई सन्तुलनमा राखेर यसबारेमा समीक्षा र पुनर्विचार गरेर वैज्ञानिक बनाउन सकिन्छ।

वर्तमान सरकार झन्डै दुईतिहाइको छ, यसबाट केही आशा गर्न सकिन्छ ?

सरकारले चाह्यो भने अहिले भारतमा भएको दृष्टिकोण, बंगलादेशमा देखिएको लहर र नेपालमै पनि यसअघि विभिन्न कोणबाट उठाइएका सवाल हेर्ने हो भने नेपालको परिस्थितिमा राजनीतिक दलहरूले गर्न सक्छन्। आरक्षणको व्यवस्था नै हामीले जातिगत रूपमा राखिदियौं, यसलाई वर्गीय रूपमा राख्न आवश्यक छ। अब दलितका सवालमा छुट्टै क्लस्टर, मधेस भनेको भूगोल हो, मधेसी भनेर कुनै परिभाषा नै नभएको अवस्थामा मधेसीलाई दिइने आरक्षण, मुसलमानलाई धर्मका नाममा दिइने आरक्षण, महिलालाई लैंगिक रूपमा मात्र दिइने आरक्षणले न्याय दिएको देखिँदैन।

जस्तो– उच्च वर्गका महिलालाई किन आरक्षण चाहियो ? जो आफैंमा सम्पन्न छ, अन्तर्राष्ट्रिय रूपमा ख्यातिप्राप्त छ, अन्तर्राष्ट्रिय स्तरमा पढेको छ, कुल घरानाको छ र आफैं सक्षम छ भने त्यहाँ महिलाका नामबाट आउन जरुरी छैन। त्यस्तै उच्च किसिमको जीवनयापन भएको, बौद्धिक क्षेत्र, व्यापारिक क्षेत्र वा उत्कृष्टता हासिल गरिसकेको, एउटा हैसियत बनाइसकेको वर्ग अथवा त्यो वर्गका व्यक्तिहरूलाई एकपटक भइसकेपछि फेरि पटकपटक दिइँदा अरू पाउनुपर्ने सम्भाव्यता भएका व्यक्ति छुट्न जान्छन्।

अहिले दिगो विकास लक्ष्यअनुसार पनि कोही छुट्नु हुँदैन अर्थात् ‘नो बडी सुड लेफ्ट बिहाइन्ड’ भनिएको छ। त्यो ‘नो बडी’ भनेको व्यक्ति हो र त्यो व्यक्तिको कुरा गर्छौं भने प्रत्येक व्यक्तिको आँकडा राज्यसँग हुनुपर्छ। र, आवश्यक पर्ने व्यक्तिलाई व्यक्तिगत तवरमा आरक्षण गर्नु उपयुक्त हुन्छ। समूहगत रूपमा राख्दा त्यही समूहको माथिल्लो वर्ग पर्छ। अहिले भारतको सर्वोच्च अदालतमा भएको फैसलाको एउटा कोट गर्न चाहन्छु। भारतको त्यो फैसला लेख्ने दलित न्यायाधीश हुन्। दलित न्यायाधीशले लेखेकोमा अरूले सहमति जनाएका छन्।

अहिले पनि जुन वर्गले आरक्षण पाउने हो, आरक्षण पाइसकेको र पाउन सक्ने सम्भावना बोकेको त्यो वर्गको उच्चकोटीको व्यक्तिले अरू त्यही वर्गको व्यक्तिलाई आउन नसकोस्, हाम्रै नियन्त्रणमा रहोस् भन्ने उद्देश्य बोकेजस्तो देखियो।

अन्त्यमा, तपाईंले भनेअनुसार नेपालले आरक्षण व्यवस्थाको पुनरावलोकन र समीक्षा गर्न जरुरी भएकै हो त ?

हो। यो आवश्यक भइसकेको छ। जुन विभिन्न समूह छन्, ती समूहलाई थप प्रशिक्षित गरी त्यही समूहको फाइदा नपुगेको वर्ग अथवा व्यक्तिमा यसलाई पुर्‍याउन जरुरी छ। समूहका नाममा एकपटक फाइदा लिइसकेकालाई पुनः दिन आवश्यक छैन भन्ने हाम्रो निष्कर्ष हो।
अर्को समाचार
बंगलादेशले नयाँ नोटबाट शेख मुजिबुरको तस्बिर किन हटायो ?
२१ जेष्ठ २०८२
•
१ मिनेट पाठ
बंगलादेशले नयाँ नोटबाट शेख मुजिबुरको तस्बिर किन हटायो ?
बंगलादेशले आफ्नो मुद्राबाट देशका संस्थापक नेता शेख मुजिबुर रहमानको तस्बिर हटाएको छ। बंगलादेशमा एक जुनदेखि नयाँ डिजाइनका २०, ५० र एक हजार टाकाका नोटहरू शेख मुजिबुरको तस्बिरबिना नै जारी भएका छन्।




ती नोटहरूमा अब मुजिबुरको सट्टा प्राकृतिक दृश्य, परम्परागत स्थलचिन्ह, हिन्दू र बौद्ध मन्दिर, ऐतिहासिक महल, जैनुल आबेदिनको बंगाल भोकमरी चित्रण गर्ने कलाजस्ता तस्बिरहरू समावेश गरिएका छन्। नयाँ नोटमा १९७१ को स्वतन्त्रता संग्राममा सहिद भएकाहरूलाई सम्मान गर्ने राष्ट्रिय स्मारकको चित्रण पनि राखिएको छ।

यो परिवर्तन पूर्वप्रधानमन्त्री शेख हसिना (शेख मुजिबुर रहमानकी छोरी) सन् २०२४ को अगस्टमा सत्ताबाट बाहिरिएपछि आएको अन्तरिम सरकारले गरेको हो। मुहम्मद युनुस नेतृत्वको अन्तरिम सरकारले विगतको शासनसँग सम्बन्धित प्रतीकहरूलाई हटाउने कदम चालेको जानकारी दिएको छ। 

शेख मुजिबुर रहमानको तस्बिर भएका पुराना नोटहरू नयाँ नोटहरूसँगै प्रचलनमा रहनेछन्। अन्य नोटहरू पनि चरणबद्ध रूपमा पुनः डिजाइन गरिने बताइएको छ। यो कदमले बंगलादेशको इतिहास र राजनीतिमा नयाँ अध्यायको संकेत गर्छ।

यो परिवर्तनले देशको पहिचानलाई नयाँ रूपमा प्रस्तुत गर्ने प्रयासलाई झल्काउँछ। बंगलादेशको विगत बेलायती शासनअधीन भारतसँग जोडिएको छ। सन् १९४७ मा बेलायती उपनिवेशबाट स्वतन्त्र भएर भारत र पाकिस्तान बनेका थिए। 

त्यसको केही दशकपछि सन् १९७१ मा पाकिस्तानबाट अलग भएर बंगलादेश बनेको थियो। अहिले भारतमा महात्मा गान्धी र पाकिस्तानमा मोहम्मद अली जिन्नाहको तस्बिर नोटमा राख्ने गरिएको छ। एजेन्सी
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
स्वास्थ्य
Clock ४४ मिनेट अघि | १ मिनेट पाठ
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
परियोजनाको आइतबार यहाँ शुभारम्भ गरिने सङ्घद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
Whatsapp
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
समाज
Clock ५० मिनेट अघि | १ मिनेट पाठ
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
कुनै समय धान, कोदो, मकै र गहुँ फल्ने म्याग्दीको बेनी नगरपालिका–४ सुर्केमेलाको खेतबारी अहिले सुन्तलाका बगैँचामा परिणत भएका छन्।
Whatsapp
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
समाज
Clock ५९ मिनेट अघि | १ मिनेट पाठ
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
जिल्लाका सातवटै गाउँपालिकामा उत्पादित स्याउ बिक्रीबाट हुम्लाका किसानले रु आठ करोड २६ लाख ५६ हजारको आम्दानी गरेका छन्।
Whatsapp
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock ९ घण्टा अघि | ० मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock १० घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock १० घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock १० घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock १० घण्टा अघि | ० मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
राजनीति
Clock १० घण्टा अघि | १ मिनेट पाठ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
गृहमन्त्री सुधन गुरुङ गुरुङ समुदायको राष्ट्रिय पार्षदसभामा सहभागी हुन सुनसरीको इटहरी प्रस्थान गरेका छन्।
Whatsapp
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
समाज
Clock १० घण्टा अघि | ६ मिनेट पाठ
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
Whatsapp
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अन्तर्राष्ट्रिय
Clock १० घण्टा अघि | १ मिनेट पाठ
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अष्ट्रेलियाका अधिकांश राज्य तथा क्षेत्रमा आगामी गर्मीयाममा डढेलोको जोखिम बढ्ने अधिकारीहरूले शुक्रबार चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस