प्रदेश सरकार व्यवस्थापनमा केही समस्या देखिएको छः मुख्यमन्त्री सिंह
०२ असोज २०८१
•
७ मिनेट पाठ
प्रदेश सरकार व्यवस्थापनमा केही समस्या देखिएको छः मुख्यमन्त्री सिंह
सङ्घीय शासन व्यवस्था विश्वमा नै सर्वोत्कृष्ट तथा उत्तम शासन व्यवस्था रहकाले यसको कार्यान्वयन पक्षलाई दिगो तथा  प्रभावकारी रुपमा अगाडि बढाउनुपर्ने आवश्यकता रहेको छ । शासन व्यवस्था जति उत्तम तथा राम्रो भए पनि कार्यान्वयनमा कमी कमजोरी भएमा असन्तुष्टि बढ्दै जान्छ । नेपालको सन्दर्भमा हेर्ने हो भने २००७ देखि २०७२ सालसम्ममा विभिन्न शासन व्यवस्था लागू भए । संविधान पनि पटकपटक फेरिए तर जनअपेक्षा अनुकूल नभएकाले सविधान पनि टिकेन र शासन व्यवस्था पनि रहेन । यसको मुख्य कारण विश्वको राजनीतिक अवस्था, जनताको आकाङ्क्षा र देशको आर्थिक तथा सामाजिक परिस्थिति हो । त्यसैले शासन व्यवस्थाको कार्यान्वयन पक्ष जनअपेक्षाअनुसार गतिशील रहन आवश्यक हुन्छ ।




नेपालमा जनताको ठूलो त्याग र बलिदानी तथा सबैको सहमतिमा २०७२ असोज ३ गते नेपालमा सङ्घीय संरचना लागू गर्नेगरी संविधानसभाबाट नयाँ सविधान निमार्णको घोषणा गरियो । नेपालमा सङ्घीय शासन व्यवस्था लागू भएको नौ वर्ष पुगिसकेको छ । वर्तमान सविधानका आधारमा सङ्घीय संरचनाअनुरुप नेपालमा सङ्घ, प्रदेश तथा स्थानीय तहको गठन तथा सञ्चालन भएको देखिन्छ । तीनवटै निकाय स्वायत, स्वशासन तथा विकेन्द्रित रहेका छन् । तर सङ्घीय सरचना लागू भएको नौ वर्षको अन्तरालमा यसको कुशल कार्यान्वयन नहुँदा  विभिन्न टीकाटिप्पणी तथा आरोप र प्रत्यारोप हुने गरेको सुनिन्छ । यसको कारण सङ्घीय संरचनाको प्रभावकारी कार्यावन्यनका लागि सङ्घ, प्रदेश तथा स्थानीय तहमा समन्वयको अभावलाई लिन सकिन्छ । त्यसका लागि अधिकारको बाँडफाँट, ऐन कानुनमा परिवर्तन, स्रोत साधन र सङ्घ सरकारको सोचमा परिवर्तन आवश्यक भएको छ ।

संविधान दिवसको सन्दर्भमा मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिहंको कुराकानीमा उनले सङ्घीय शासन व्यवस्था उत्कृष्ट शासन व्यवस्था भएको बताए । सङ्घीय सरकारले प्रदेश सरकारलाई पूर्ण अधिकार दिएको खण्डमा सरल एवम् सहज वातावरणमा काम गर्न सकिने उनको तर्क रहेको छ । सङ्घीय सरकारले प्रदेशको अधिकारको विषयमा सहज रुपमा वातावरण बनाइदिए प्रदेश सरकार बलियो हुने उनी बताउछन । ‘तथापि अधिकारको अभावका बाबजुद हामी निराश नभई उपलब्ध अधिकारको सही सदुपयोग गरी प्रदेश सरकारलाई समृद्ध बनाउन लागिरहेका छौँ’, उनको भनाइ छ ।

उनी भन्छ, ‘सङ्घीय सरकारले पक्कै छिटो प्रदेशको कानुनी जटिलतालाई सम्बोधन गर्नेमा हामी आशावादी रहेका छौँ ।’ सविधानले सुनिश्चित गरेका अधिकार मात्र सङ्घले प्रदेशलाई प्रयोग तथा अभ्यास गर्न दिए सङ्घीयता योजनाबद्ध तरिकाले अगाडि बढ्ने उनको तर्क रहेको छ । सङ्घीयतापछि प्रदेश र स्थानीय तहमा शिक्षा, स्वास्थ्य, रोजगारी, उद्योग तथा पूर्वाधार निमार्णलगायतका क्षेत्रमा विकासले तीव्रता लिएको त्यसको परिणाम गाउँ–गाँउको मुहानै परिर्वतन भएको सिंहको भनाई छ । प्रदेश सरकारले जनताका लागि सबै क्षेत्रमा अत्यावश्यक संरचना तथा संयन्त्र निर्माण तथा तीनलाई प्रभावकारी ढङ्गले सञ्चालमा ल्याएको भन्दै उनले अधिकारविहीन अवस्था र सीमित साधनस्रोतका बाबजुद प्रदेशले प्राप्त गरेका ती उपलब्धिलाई कम आङ्कलन गर्न नसकिने बताए ।

विश्वमा महामारीका रुपमा फैलिएको कोभिडको समयमा प्रदेश र स्थानीय तहले निर्वाह गरेको सफल तथा प्रभावकारी भूमिकाको कारणले हजारौँ नागरिकको ज्यान जोगिएको उल्लेख गर्दै उनी भन्छन, ‘त्यो सङ्कटको बेलामा सङ्घीय सरकारमाथि निर्भर परेको भए परिस्थिति भयावह तथा दुर्भाग्यपूर्ण हुने अवस्था थियो । कोराना महामारीको समयमा नै सङ्घीयताको महत्व र सार्थकता सिद्ध भइसकेको छ ।’

उनले प्रदेश सरकारलाई पूर्ण अधिकार प्राप्त नभए पनि अधिकार क्षेत्र नरहेको स्थानमा जनताका लागि चाहिने कामहरु गरेर प्रदेश सरकाले आफ्नो बलियो उपस्थिति जनाएको  दाबी गरे । उनले आधारभूत शिक्षासम्बन्धी अधिकार प्रदेश सरकारको नभए पनि विद्यालयमा भौतिक संरचना निर्माण गरेर गुणस्तरीय तथा सुविधाजनक पठनपाठनमा प्रदेश सरकारले योगदान पु¥याएको तथा स्वास्थ्य संस्थाको स्तरोन्नतिका लागि औषधि उपकरणको व्यवस्था गरिरहेको उदाहरणसमेत दिए । ६० प्रतिशत कर्मचारी सिहंदरबार वरपर नै रहेका छन् ।

सङ्घबाट प्रदेशमा कर्मचारी आउँदा सजाय नै दिइएको जस्तो विचार सिर्जना भएको औंल्याउँदै मुख्यमन्त्री सिंह भन्छ, ‘प्रदेशमा काम गर्न तथा प्रदेशलाई स्थापित गर्न सङ्घीय सरकार पछि हटेकोजस्तो देखिन्छ । प्रदेश तहमा विभिन्न मन्त्रालय रहेका छन् । त्यसले सबै कार्य गरिरहेकाले सिहंदरबारमा २५ मन्त्रालय रहनु असान्दर्भिक भएको भन्दै सङ्घले पाँचदेखि सात मन्त्रालय राखेर काम गर्न सक्दछ । सङ्घीय मन्त्रालयहरुअन्तर्गतका अधिकांश विभागहरुको काम छैन । ती निकायहरुबाट हुने काम प्रदेशले गरिरहकै छ ।’

मुख्यमन्त्री सिंह काम गर्दै जाँदा देखिने गलत अभ्यासलाई निरुत्साहित गर्ने तथा कमी कमजोरीलाई सच्च्याउँदै अघि बढनुपर्नेमा जोड दिन्छन । अधिकारको कुरा गर्दा सङ्घीयताको भविष्यमाथि प्रहार हुने काम भएमा प्रदेश सरकार चुप लागेर बस्न नसक्ने उनको भनाइ छ । उनले सङ्घीयता विरुद्धको चलखेल भएमा सबै राजनीतिक दल र जनतालाई एकढिक्का भएर लाग्न आग्रह गरे ।

सङ्घीयता महङ्गो भयो भन्ने कतिपय व्यक्तिको धारणामा टिप्पणी गर्दै मुख्यमन्त्री सिंह भन्छन, ‘यसको कुनै वैज्ञानिक आधार पुष्टि छैन । जनताको अधिकार सिहंदरबारबाट नभई गाउँबाट प्राप्त हुनुलाई आर्थिक पक्षसँज खाँजेर हेर्नुहुन्न । विश्वमा युक्रेन तथा रुसको युद्ध तथा कोरोना महामारीका समयदेखि विश्वमा आर्थिक सङ्कट छाएकाले सङ्घीयतालाई जोडेर मुलुकमा आर्थिक सङ्कट परेको भन्न मिल्दैन । सङ्घीयता विरोधीहरुले प्रदेशका बारेमा आर्थिक अभावले सङ्घीयता चल्न नसक्ने झुटो प्रचार गरिरहकाले त्यसबाट आतिने अवस्था नरहेको  उहाँको भनाइ छ ।

सङ्घीय निजामतीसम्बन्धी ऐन नआएकाले पनि प्रदेश निजामती कर्मचारीको व्यवस्थापनमा समस्या रहेको उहाँ बताउनुहुन्छ । अहिले प्रदेश सरकारका पाँचवटा मन्त्रालयमा सचिव छैन र निमित्तको भरमा काम भइरहेको छ । हामीले सुरुदेखि प्रदेशको मातहतमा शान्तिसुरक्षाका लागि नेपाल प्रहरीको सञ्चालन तथा व्यवस्थापन, प्रदेश सचिवको नियुक्ति, सरुवा, वढुवा तथा परिचालन गर्न माग गरिरहेका छौँ तर सुनवाइ भएको छैन । प्रदेश सरकारको सञ्चालन तथा व्यवस्थापनका लागि आवश्यक बजेट दिनका लागि आनाकानी गरेको ’ उनको भनाइ छ । 

प्रदेश सरकारबाट भएका कामहरु 

मधेस प्रदेश सरकार गठनको सात वर्षमा मधेस प्रदेशमा लोक सेवा आयोगको स्थापना,  पाठयक्रम निर्माण, परीक्षा सञ्चालन, कर्मचारी नियुक्ति, सुशासन कायम गर्न  जनलोकपाल आयोगको स्थापना, मधेस प्रज्ञा–प्रतिष्ठानको स्थापना, दुग्ध विकास बोर्ड गठन, युवा परिषद् गठन्, मधेस स्वस्थ्य विज्ञान प्रतिष्ठान स्थापना, चलचित्र विकास बोर्ड गठन, मिडिया काउन्सिलको स्थापना, आमसञ्चार प्राधिकरणको स्थापना, पर्यटन बोर्ड, पर्यटन कार्यालय स्थापना भएका छन् । यस्तै मधेस कृषि विश्वविद्यालयको स्थापना, मधेस विश्वविद्यालय स्थापना, मधेस प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् गठन र प्रदेशसभा सचिवालय स्थापना भएका छन् । जिल्लाहरुमा भूसंरक्षण कार्यालय, यातायात व्यवस्था कार्यालय, सडक तथा सरकारी भवनको निर्माण र अस्पताल भवन निर्माणमा उपकरण सहयोगलगायतका विभिन्न कार्य भएको उनले जानकारी दिए । मधेस प्रदेश सरकारको मुख्यमन्त्री कार्यालयदेखि अन्य मन्त्रालयको भवनलगायत अन्य संरचनाको निर्माणका लागि जग्गाको खोजीसमेत भइहेको छ ।

दैनिक क्रियाकलापअन्तर्गत मुख्यमन्त्री सिंहद्वारा प्रदेशअन्तर्गतका मन्त्रालय, कार्यालय तथा अस्पतालहरुको आकस्मिक स्थलगत  छड्के, पर्यटकीय स्थलहरुको निरीक्षण, कृषि क्षेत्रको अनुगमन तथा जनसाधारणहरुसँग भेटघाट तथा गुनासो सुनवाइलगायतका कार्यहरु भएको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ । सुशासन कायम गर्न सञ्चारमैत्री रहेको तथा त्यहाँबाट भए÷गरेका कार्यहरुलाई प्रदेश सरकारले सार्वजनिक गर्ने गरेको छ । प्रदेशमा गत आर्थिक वर्षमा करिब ५० प्रतिशत पुँजीगत खर्च भएको थियो ।

प्रदेश सरकारले धेरै कानुन निर्माण गरिसकेको मुख्यमन्त्री सिंहको भनाइ छ । उनका अनुसार मधेस प्रदेशसभा सचिवालयबाट हालसम्म प्रदेश आर्थिक कार्यविधि ऐन २०७४, मुख्यमन्त्री तथा मन्त्रीहरुको पारिश्रमिक तथा सुविधाहरुसम्बन्धी ऐन २०७५,  प्रदेश आर्थिक ऐन २०७५् प्रादेशिक सडक ऐन २०७६, स्थानीय तहका पदाधिकारी तथा सदस्यले पाउने सुविधासम्बन्धी ऐन २०७७, प्रदेश सञ्चारसम्बन्धी ऐन २०७७, प्रादेशिक विद्युत् ऐन २०७७,  प्रदेश संस्था दर्ता ऐन २०७९ तथा प्रदेश खोप ऐन २०७९ लगायतका ५५ वटा ऐन पारित भइसकेको छ । अन्य ऐन निर्माणको तयारीमा रहेको बताइएको छ । सङ्घीयताले देशमा धेरै उपलब्धि हासिल भएको बताउँदै मुख्यमन्त्री सिंह प्रदेशका विकास देशको विकास हो भन्ने सङ्घीयतामा विविधताभित्रको एकता रहेकोदेख्छन । सङ्घीयतालाई बलियो बनाउन तीनै तहका सरकारबीच समन्वय, सहयोग र विश्वासको वातावरण बन्न जरुरी रहेको उनको तर्क रहेको छ । 

 प्रस्तुती सुरेश झा  रासस
अर्को समाचार
मधेस सरकारको सुक्खा क्षेत्र घोषणा असंवैधानिक, मन्त्रीहरु नै असन्तुष्ट
०१ साउन २०८२
•
३ मिनेट पाठ
मधेस सरकारको सुक्खा क्षेत्र घोषणा असंवैधानिक, मन्त्रीहरु नै असन्तुष्ट
मधेस प्रदेश सरकारले प्रदेशको भूगोललाई सुक्खा क्षेत्र घोषणा गरेको छ । घोषणासँगै प्रदेश सरकारले नयाँ खरिद भएका वारुणयन्त्र खानेपानीको चर्को अभाव भएको भनिएको वीरगन्ज क्षेत्रमा पठाएको छ ।




त्यसअघि प्रदेश सरकारले सुक्खाको अवस्थाबाट निपटारा पाउन सङ्घ सरकारलाई आग्रह गरिएको जनाएको छ भने सोही विषयमा मुख्यमन्त्री सतिशकुमार सिंहले विभिन्न गैरसरकारी संस्थाहरूसँग छलफल गरेका छन् । मुख्यमन्त्री सिंहले सुक्खा क्षेत्र घोषणालाई प्रदेशमा बर्खा नहुँदा गम्भीर अवस्था उत्पन्न भएको अर्थ्याएका छन् ।

प्रदेशसभामा गत असार ३० गते मुख्यमन्त्री सिंहले प्रदेशलाई सुक्खा क्षेत्र घोषणा गरी संघ सरकारलाई बजेटका लागि आग्रह गरिएको र गैरसरकारी संस्थाहरूको गर्नुपर्ने विभिन्न कामका लागि ध्यानाकृष्ट भएको बताएका थिए ।

अर्थात्, सुक्खाको अवस्थासँग लड्न प्रदेश सरकारले सुक्खा क्षेत्र घोषणा गरी नै कामहरू अघि बढाएको छ । देशको कुनै पनि भूगोलमा प्राकृतिक विपद्का कारण गम्भीर सङ्कट उत्पन्न भएमा राष्ट्रपतिले मात्र सङ्कटकालीन अवस्थाको घोषणा गर्न वा आदेश जारी गर्न सक्ने संवैधानिक प्रावधान छ । त्यस्तो अवस्थामा प्रदेश सरकारले नेपाल सरकारलाई आग्रह गर्ने कानुनमा उल्लेख छ ।

मधेसमा सुक्खाको समस्या अनपेक्षित र अप्रत्याशित भने होइन । चुर क्षेत्रको क्षयीकरण, नदीजन्य पदार्थको अवैध उत्खनन र जलवायु परिवर्तनका कारण केही वर्षयता पानी पर्ने चक्र प्रभावित हुँदा पानीको अभाव उत्पन्न भइरहेको छ। वीरगन्ज क्षेत्रमा यसअघि नै पानीको अभाव देखिएको थियो। प्रदेश सरकारसँग ऊर्जा र सिँचाइसँगै खानेपानीको लागि छुट्टै मन्त्रालय छ । खानेपानी तथा सिँचाइका लागि सो मन्त्रालयले वर्षभरिका लागि पानी जोरजाम गर्ने योजना कार्यान्वयन गरिरहेको हुन्छ । सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले पनि सिँचाइका लागि ट्युबवेल गाड्ने काम गर्दै आएको छ ।

प्रदेशलाई सुक्खा क्षेत्र घोषणा नै गरेर अघि बढ्नुपर्ने स्थितिमा राहतको प्याकेजसमेत आउनुपर्ने अन्यथा घोषणाको उपादेयता नरहेको मधेस प्रदेशको नीति तथा योजना आयोगका पूर्व उपाध्यक्ष डा. भोगेन्द्र झाले बताए ।

उनले प्राकृतिक विपत् घोषणा गर्ने प्रदेश सरकारको संवैधानिक अधिकार नभएको भन्दै प्रदेश सरकारले आपतकाल घोषणा गर्न संघ सरकारसँग आग्रह गर्नुपर्ने उल्लेख गरे । उनले भने, “संघ सरकारले आपतकाल घोषणा गरेको भए विशेष राहत प्याकेज ल्याउने दायित्व पनि संघ सरकारको हुन्थ्यो । अहिले सुक्खा क्षेत्र घोषणा गरेर दमकल पठाएर पानी बाँड्ने काम गरेर प्रदेश सरकारले ठगी गरिरहेको छ ।”

प्रदेश सरकारले गरेको सुक्खा क्षेत्र घोषणालाई लिएर प्रदेश सरकारका केही मन्त्री र उच्च अधिकारीहरूमा गम्भीर असन्तुष्टि देखिएको छ । प्रदेशका गृह, सञ्चार तथा कानुन मन्त्री राजकुमार लेखीले सुक्खा क्षेत्रको घोषणाका लागि प्रदेश सरकारले सिफारिस मात्र गर्ने र घोषणा संघ सरकारले गर्ने संवैधानिक प्रावधान भएको बताए ।

उनले सुक्खा क्षेत्र घोषणा गर्ने मन्त्रिपरिषद् बैठकमा आफू सहभागी नभएको र संविधान विपरीतको काम जानाजानी वा हतारमा गरिएको हो भने विषयमा मुख्यमन्त्रीसँगै सोध्न भने । जनमत पार्टीका सिंहको नेतृत्वमा रहेको मधेस प्रदेशको गठबन्धन सरकारमा गृह, सञ्चार तथा कानुन मन्त्री लेखी नेकपा एमालेका हुन् ।

सरकारमा नेपाली कांग्रेसको नेतृत्व गर्दै सहभागी भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री जनार्दनसिंह क्षेत्रीले सरकारले सुक्खा क्षेत्र घोषणा गरेर राहतका लागि संघ सरकारलाई आग्रह गर्ने, विभिन्न गैरसरकारी संस्थाहरूलाई आह्वान गर्ने र प्रदेश सरकार आफैँले पनि कार्यक्रम ल्याउने काम गरिरहेको बताए । उनले सुक्खा क्षेत्र घोषणा संविधान विपरीत भएको भन्ने प्रश्नमा त्यस विषयलाई परिस्थितिको गम्भीरताका कारण सकारात्मक ढंगले बुझिदिन आग्रह गरे । 

मधेस प्रदेशका प्रमुख सचिव मदन भुजेलले सुक्खा क्षेत्र घोषणा मन्त्रिपरिषद् बैठकले गरेको भन्दै थप कुरा मुख्यमन्त्रीलाई सोध्न भन्दै पन्छिए । 
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
राजनीति
Clock ११ मिनेट अघि | ० मिनेट पाठ
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन आयोजना गर्ने भएको छ।
Whatsapp
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
समाज
Clock २० मिनेट अघि | १ मिनेट पाठ
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
डोल्पाको माथिल्लो भेगका नागरिकले सामान्य प्रशासनिक सेवा लिन सदरमुकाम दुनैसम्म पाँच–छ दिन पैदल हिँड्नुपर्ने बाध्यता अब अन्त्य भएको छ।
Whatsapp
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
राजनीति
Clock २५ मिनेट अघि | १ मिनेट पाठ
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा स्थानीय सरकारलाई दलीय प्रतिस्पर्धा र चुनाव चिह्नबाट मुक्त राख्ने कि विद्यमान दलीय प्रणालीलाई नै निरन्तरता दिने भ...
Whatsapp
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
परियोजनाको आइतबार यहाँ शुभारम्भ गरिने सङ्घद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
Whatsapp
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
कुनै समय धान, कोदो, मकै र गहुँ फल्ने म्याग्दीको बेनी नगरपालिका–४ सुर्केमेलाको खेतबारी अहिले सुन्तलाका बगैँचामा परिणत भएका छन्।
Whatsapp
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
जिल्लाका सातवटै गाउँपालिकामा उत्पादित स्याउ बिक्रीबाट हुम्लाका किसानले रु आठ करोड २६ लाख ५६ हजारको आम्दानी गरेका छन्।
Whatsapp
यो पनि पढौँ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock १० घण्टा अघि | १ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock १० घण्टा अघि | ० मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock १० घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock १० घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock १० घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock १० घण्टा अघि | ० मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस