‘गण्डकी प्रदेशमा क्रिकेट कल्चर कमजोर छ’ (अन्तर्वार्ता)
२८ फागुन २०७७
•
८ मिनेट पाठ
‘गण्डकी प्रदेशमा क्रिकेट कल्चर कमजोर छ’ (अन्तर्वार्ता)
कास्की जिल्ला क्रिकेट संघका अध्यक्ष सन्जयकान्त सिग्देल
खेलकुद र पर्यटन  आर्थिक विकासको लागि परिपुरक हुन् । त्यसमा पनि अझ दर्शकयुक्त खेल पर्यटन प्रवद्र्धनको लागि कोेशेढुंगा नै हो । फुटबलसँगै पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धन गर्ने खेल क्रिकेट हो । क्रिकेटको विकास र विस्तार पर्यटन प्रवद्र्धनको आधार बन्नेमा दुईमत छैन् । घरेलु फ्रेन्चाईज प्रतिस्पर्धा होस या अन्य कुनै पनि प्रतियोगिता पर्यटनसँग जोडिन्छ । राष्ट्रिय खेलकुद परिषदले पोखरा रंगशाला क्रिकेट मैदानलाई अन्तर्राष्ट्रिय न्युट्रल भेन्युको रुपमा विकास गर्दै प्रवद्र्धन गर्ने लक्ष्य राखेको छ । त्यसो त गण्डकी प्रदेश सरकारले पनि क्रिकेट मैदान निर्माणमा चासो र गम्भीरता देखाएको छ । क्रिकेट मैदान निर्माणले क्रिकेटमा नयाँ आयाम थपिने छ भने पर्यटन प्रवद्र्धनमा अर्को इँटा थपिने छ । यसै सन्दर्भमा नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्टस (नाट्टा) गण्डकीका अध्यक्ष समेत रहेका कास्की जिल्ला क्रिकेट संघका अध्यक्ष सन्जयकान्त सिग्देलसँग नागरिककर्मी धन बस्नेतले गरेको कुराकानी ।  




क्रिकेट विकासको लागि संघ, स्थानीयतह, प्रदेश सरकार र संघीय सरकारको भूमिका कस्तो छ ?

–क्रिकेट विकासका लागि नै संघहरुको स्थापना भएका हुन् । त्यसैले खेलको विकास र वृत्तिमा हामी लागेका छौं । सरोकारवालाहरुको भूमिका सकारात्मक नै मान्नुपर्छ ।  कास्कीका पाँचैवटा स्थानीयतहसम्म क्रिकेट लैजान सकिएको छैन् । विशेष गरि पोखरा महानगरमा मात्रै सीमित छ । आशा गरे अनुसार स्थानीय सरकारको सहयोग पाउन नसकेकै हो । प्रदेश सरकारको सन्दर्भमा समग्र खेल क्षेत्रको लागि सकारात्मक छ । पोखरामा क्रिकेटको अन्तर्राष्ट्रियस्तरको स्टेडियम बनाउने योजना अनुसार जग्गा प्राप्तिसंगै डीपीआर समेत सार्बजनिक भईसकेको छ । यस वर्ष २ करोड रुपैयाँ बजेट विनियोजित भएकोले केही आशा गर्न सकिन्छ । तर बजेट कार्यान्वयन पक्ष कमजोर छ । बजेट को सहि सदुपयोग गर्न संघ लागेको छ । केन्द्र सरकारको सन्दर्र्भमा पछिल्लो समय नेपाल क्रिकेटले असामान्य परिस्थितिलाई व्यहोर्न पुग्यो । नेपाली क्रिकेटको नेतृत्व संस्था कामविहीन हुन पुग्यो । पछिल्लो समय प्रतियोगितासँगै भौतिक संरचनामा पनि लगानी बढेको छ । बिडम्बना कोरोनाको महामारीसँगै गतसाल परेको ३ करोड रुपैयाँ बजेट फ्रिज भयो । अब नेपाल क्रिकेटको सर्बोच्च संस्था नेपाल क्रिकेटले पूर्णता पाएको छ । । तीनै तहको सरकार, प्रदेश, संघ र  जिल्ला संघहरुको संयुक्त प्रयासले अन्तर्राष्ट्रिय रुपमा पाएको क्रिकेटको सफलतालाई जोगाउन र चुनौतीको डटेर सामना गर्नुपर्छ ।  

पूर्वाधार विना खेलकुदको विकास सम्भव छैन । क्रिकेटको बर्तमान अवस्थालाई कसरी औल्याउन सकिन्छ ?

खेलकुद विकासको लागि पूर्वाधार अपरिहार्य हो ।  कास्की क्रिकेटको हकमा तयार मैदान छ यो पनि ठुलै कुरा हो ।  यसका साथै अभ्यासका लागि विकेटहरु छन् । हाम्रो तयारी र प्रशिक्षणमा धेरै समस्या छैन र पनि हामी पोखरालाइ क्रिकेटको गन्तब्यको रुपमा विकास गर्ने हो भने हाम्रो मैदानको स्तरोन्नतिसंगै अर्को मैदान पनि आवश्यक रहन्छ । जसका लागि प्रदेश सरकारको पनि चासो रहेको छ ।  नेपालमा खेलकुदलाई  छुट्टिने बजेटको हिसाबले ठिकै हो । तर जसरी नेपाललाइ क्रिकेटले अन्तर्राष्ट्रिय रुपमा सफलता दिएको छ त्यसको तुलनामा बर्तमान अवस्थामा सन्तुष्टी गर्ने ठाँउ छैन् ।  

पूर्वाधारमा संघीय र प्रदेश सरकारको लगानीलाई कसरी हेर्न सकिन्छ ?

लगानी न्यून छ । परेका बजेट पनि कार्यन्वयनमा समस्या छ । सरकारी मेकानिज्म चुस्त र दुरुस्त हुनुपर्छ । सरकारको भूमिका महत्वपूर्ण हुन्छ । यसमा सरकारसँगै निजी क्षेत्र पनि आउनुपर्छ ।  नेपाली क्रिकेटको सर्बोच्च संस्था नेपाल क्रिकेट संघको नेतृत्व र अन्तर्राष्ट्रिय क्रिकेट संघको पनि अनुदान महत्वपूर्ण हुन्छ । हामीले अन्य देशका सफल मोडेलहरु पनि अपनाउन सक्छौ

क्रिकेट आफैंमा दर्शकयुक्त खेल हो । यसलाई अन्तर्राष्ट्रिय बजार क्षेत्रमा बजारीकरण गर्न नसक्नुको कारण के हो जस्तो लाग्छ ?  

नेपालमा क्रिकेटको क्रेज छ । ननटेस्ट प्लेईङ नेशनमा दर्शकको हिसाबले नेपाल अग्रस्थान मै आउँछ । जुन अन्तर्राष्ट्रिय क्रिकेट समुदायमा आकर्षण छ ।  आइसिसीको टार्गेटमा नेपाल पनि पर्छ । नेपाली क्रिकेटको पछिल्लो बिबादले केही दुरी बढाइराखेको छ ।  तरपनि सकारात्मक देखिएको छ । आइसिसीको गाइड लाइन अनुसार नेपालले काम पनि गरिराखेको छ । तर मुख्य समस्या पूर्वाधार कै हो । दोश्रो मिडिया र तेश्रो ठुला लिगहरु, जसमा नाम चलेका अन्तर्राष्ट्रिय खेलाडीहरु सहभागी हुन् ।  हामीसँग तयार पूर्वाधार हुने अबस्थामा धेरै लगानीहरु आउन सक्छ । जसले अन्तर्राष्ट्रिय बजारको पहुच पुग्न सक्छ ।

खेलकुद पर्यटनको संवाहक हो । क्रिकेटलाई टुरिज्मसँग जोड्दै प्रवद्र्धनात्मक अभियानको लागि संघको भूमिका कस्तो छ र हुनुपर्छ ?

पर्यटन प्रवद्र्धनमा खेलको महत्वपूर्ण भूमिका रहन्छ ।  पोखरा खेल शहरसंगै पर्यटनको पनि राजधानी हो ।  पर्यटकका लागि पोखरामा निजीक्षेत्रबाट धेरै लगानीहरु आएका छन् । अब यसलाई पर्यटनसँग जोड्न यो क्षेत्रमा पनि लगानी आबश्यक छ । क्रिकेटमा पनि त्यो लागानी आओस भन्ने चाहेका हौ । यो संगै पोखरामा छिमेकी शहर, जिल्ला र मुलुकका साथै कर्पोरेट, फ्रेन्चाईज क्रिकेट लिग, पत्रकार र  भिआइपीहरुको च्यारिटी खेलहरु पनि आयोजना गर्न हामीले प्रोत्साहन गरेका छौं ।    

गत साल बेलायतको पुरानो क्रिकेटको जननी  क्लब एमसीसी जसको च्यारिटी मार्फत पोखराको सामुदायिक विद्यालयहरुमा एकेडेमी संचालनको साथ पोखरा भ्रमण आगामी चारवर्षका लागि तय भएको थियो । यसले पर्यटनका साथै यहाँको क्रिकेट स्तरोन्नतिको लागि बिशेष हुने थियो ।  मलेसिया गतसाल पोखरा खेलेर गयो । उनीहरु पनि वार्षिक कार्यक्रम मै पोखरा आउन चासो राखेका थिए । ओमान नेपालसंग हुने खेल पोखरामा खेल्न चासो देखाएको थियो । यसले समग्र पोखराको पर्यटनमा महत्वपूर्ण आशा देखाएको छ ।

एकताका निकै नै चर्चा थियो की पोखरालाई अन्तर्राष्ट्रिय न्युट्रल भेन्यु बनाई क्रिकेटको प्रवद्र्धन गर्ने । त्यो चर्चा अहिले सेलाएको छ । सरोकारवालाको ध्यान नपुगेरै हो ?

हिजो चर्चा मात्र हो ।  अहिले काम पनि भईरहेको छ । केही महिना मात्र अगि प्रदेश सरकारले गण्डकी अन्तर्राष्ट्रिय मैदानको डिपीआर सार्बजनिक गरेको छ । यो वर्ष केही टोकन मनी पनि राखेको छ । आगामी वर्ष संघीय सरकारको बजेटमा पार्न मुख्य मन्त्री र सिंगो सरकार लागेको पनि छ ।  प्रदेश खेलकुद विकास परिषदले पनि छिट्टै पूर्णता पाउला आशा गरौं छिट्टै अन्तर्रास्ट्रिय खेलहरु हामी पोखरा मै बसेर हेर्न पाइनेछ ।  

पोखरालाई क्रिकेटको सिटीको रुपमा एक्सपोज गर्न सरोकारवाला निकायको भूमिका कमजोर भएको जस्तो लाग्दैन ?

त्यस्तो अवस्था छैन । यसका लागि धेरै कुराहरुको संयोजन मिल्नुपर्छ । आकर्षण, लगानी, ब्यवस्थापन,  खेलाडी, प्राबिधिक, प्रायोजक, सरकार, समुदाय र बिशेष यसको नेतृत्व गर्ने संस्थाको भूमिका गहन हुनुपर्छ ।  

गण्डकी प्रदेश क्रिकेटमा आफैंमा कमजोर छ । विकासको लागि संघले कस्ता योजना ल्याएको छ ?

नेपाली क्रिकेटले पूर्णता पाइसकेको छ । बिगतका तितामिठा अनुभवबाट सबैले सिक्नु पर्छ । प्रदेशिक क्रिकेट संघ गण्डकी प्रदेश गठन पछि यसले पनि यस प्रदेशको विकास योजनामा काम गरिरहेको छ । गण्डकी प्रदेशमा क्रिकेट कल्चर कमजोर नै छ ।  कास्की बाहेक अन्य जिल्लामा पूर्वाधारको कारण पनि आकर्षण कम छ । क्रिकेट मात्र नभई सबै खेलाडीहरु क्रिकेटको भबिष्यको बारेमा सोच राख्ने सके शतप्रतिशत नजिता दिन सक्छन् । खेलाडीले शतप्रतिशत दिनसकेको अवस्थामा खेलले नतिजा दिन थाल्छ । नतिजाले खेलाडी मात्र होइन यसका सरोकारवालाहरुलाई पनि त्यही खालको बल पुग्छ । जसले यसको विकासका गर्न प्रेरित गर्छ । योजना अनुरुप काम गर्न उर्जा थपिन्छ ।  

पूर्वाधार भएरपनि क्रिकेटको विकास नहुनुको कारण के हो जस्तो लाग्छ ?

मुख्य कुरा त खेलाडीहरुको भविश्य नै हो । प्रशिक्षक नहुनुले पनि यसको बिकासमा असर गरिरहेको छ । करिब १० वर्षदेखि कास्कीले प्रशिक्षक पाएको पनि छैन ।  पोखरामा उच्च शिक्षापछि युनिभर्सिटीको अध्ययन गर्न विदेश जाने चलन नै जस्तो छ । स्कुलसम्म राम्रो देखिन्छन् अनि बिस्तारै खेलबाट टाढा हुन्छन । खेलमा आकर्षण दिन कठिनाई छ । यसमा भबिष्य खोज्ने खेलाडीहरु पनि विभागीय टोलीहरु रोज्छन । हामीले प्रदेश सरकारसँग यस प्रदेशबाट प्रतिनिधित्व गर्ने खेलाडीहरुलाइ आकर्षक प्याकेज दिन योजना बनाउन प्रेरित गरिरहेका छौ । स्थानीयमा क्रिकेटिङ कल्चरको  बिकास नभइन्जेल बाहिरबाट आएर खेल्ने खेलाडीहरुबाट मात्र पनि यसको विकास असम्भव छ ।  

खेलकुदमा राजनीति हावी हुँदै गएको छ । यसले नेपाली खेलकुदको विकासमा बाधा पु¥याएको छ कि छैन ?  

नेपाली खेलकुदलाई पार्टीगत राजनीतिले माथि उठाएको छैन । यसको प्रत्यक्ष उदाहरण नेपाली क्रिकेट नै हो । जबसम्म राजनीतिको प्रभाव कम थियो क्रिकेट राम्रो थियो । प्रभाब बढ्दै गयो भताभुंग भयो।  राजनीति आबश्यक छ यसका नेतृतव गर्ने नेताहरुको पहुँचले बजेट देखि खेलाडीहरुको प्रोत्साहन र आकर्षणका लागि पनि महत्वपूर्ण छ । यस्तो राजनीति व्यव्स्थापनमा स्वच्छता हुनुपर्छ ।  प्राविधिक र खेलाडीहरु सम्म पुग्दा यसको पुरै संरचना ध्वस्त हुनुपर्छ । राजनीतिबाट प्रवेश भएको नेपाली क्रिकेटको बिबादलाई समाधान गर्न यही राजनीति प्रवेश नगरोस भनि आइसिसी नेपाली क्रिकेटको बिधान निर्माण मै सचेत पनि देखिएको छ । नेपाली खेलकुदको सर्वाेच्च संस्था मै राजनैतिक नियुक्तिले प्रभाव पर्नु स्वभाविक नै हो । यसलाई व्यवस्थित गर्दै  खेल र खेलाडीको पक्षमा काम भयो भने र आस्थाको आधारमा खेल संघ र पधादिकारीहरुलाई नकारात्मक रुपमा नहेरीसमेटिएर काम हुदाँ स्वीकार्य नै हुनुपर्छ । 
अर्को समाचार
तनहँु नवलपुरसँग ३७ रनले पराजित
०५ पौष २०७७
•
३ मिनेट पाठ
तनहँु नवलपुरसँग ३७ रनले पराजित
तनहुँ विरुद्ध नवलपुर व्याटिङ गर्ने क्रममा । तस्बिर नागरिक
समीर कँडेल र प्रवेश खड्काले दोश्रो विकेटका लागि ८८ रनको साझेदारी गरेपनि तनहुँ अन्ततः नवलपुरसँग ३७ रनले पराजित भएको छ । १६९ रनको लक्ष्य पछ्याएको तनहुँले कँडेलको महत्वपूर्ण अर्धशतकीय इनिङ खेलेपनि जितसम्म डोहो¥याउने भने सकेन । उनी क्रिजमा रहँदा जितको सम्भावना देखाएपनि कँडेलको विकेट पतनसँगै तनहँु जितबाट निकै टाढा रह्यो ।  




विज्ञान गौतमले १० ओभरमा १९ रन खर्चिएर तीन विकेट लिएपछि तनहुँ धरासायी बन्न पुग्यो । मध्यक्रमका व्याट्सम्यान सस्तैमा पभेलियनको बाटो समाए । राहुल शर्माले एकै ओभरमा महत्वपूर्ण विकेट लिएपछि तनहुँको पक्षमा रहेको खेल नवलपुरको हातमा ल्याएका थिए । ४६ ओभरसम्म तानिएको खेलमा तनहुँ अन्तत १३१ रनमा समेटिन पुग्यो । दोस्रो विकेटको लागि समीर कँडेल र प्रवेश खड्काले ८८ रनको साझेदारी गरेपछि तनहँुको पक्षमा खेल गएको थियो । तर राहुल शर्माले समीर कँडेलको विकेट लिएपछि खेल एकाएक नवलपुरको पक्षमा ढल्किएको थियो ।  

तनहुँको शुरुवात गतिलो रहेन् । ओपनर विनय भण्डारीलाई २ रनमै गुमाएको तनहुँलाई कँडेलले सम्हालेका थिए । उनले तेस्रो नम्बरमा आएका प्रवेश खड्कासँग ८८ रनको साझेदारी गर्दै तनहुँलाई सम्हालेका थिए । तर खड्का पनि ६४ बल खेल्दै १७ रन बनाउँदै क्रिज छाडेपछि तनहुँ धरासायी बन्न पुग्यो । ९०÷२ को स्थितिबाट रन उकास्ने प्रयास गर्दा तनहुँले समीरलाई गुमायो । समीर व्यक्तिगत ६७ रनमा आउट भए । ९३ बल खेल्ने क्रममा ८ चौका र १ छक्का हिर्काए । प्रदेशस्तरीय छनोटमा उनको पहिलो अर्धशतक हो । समीरको विकेट राहुल शर्माले लिए । उनले अर्को विकेट पनि सोही ओभरमा लिदाँ तनहुँ ९८÷४ को स्थितिमा पुग्यो । मध्यक्रमका सचिन अधिकारी, चन्द्रकान्त पौडेल तथा करुण सिरमल दोहोरो अंकको रनविहीनमै आउट भएपछि तनहँुको जितको सम्भावना कमजोर बन्न पुगेको थियो ।  

टस जितेर व्याटिङ रोजेको नवलपुरले चौथो नम्बरमा आएका मन्जिल न्यौपानेले र पाँचौ नम्बरमा आएका सन्देश बस्नेतले चौथो विकेटको लागि ५८ रनको साझेदारीमा तनहुँलाई १६९ रनको लक्ष्य प्रस्तुत गरेको थियो । गण्डकी प्रदेशस्तरीय क्रिकेट छनोट प्रतियोगितामा आईतबार पोखरा रंगशाला क्रिकेट मैदानमा नवलपुरले कमजोर शुरुवात ग¥यो । यद्यपी नवलपुरले ४४.२ ओभर खेल्दै तनहुँलाई मध्यम लक्ष्य दिएको हो । पहिलो विकेट १४ रनमै गुमाएको नवलपुरले दोस्रो विकेट ५० रन पु¥याउँदा गुमायो ।  

दोस्रो नम्बरमा व्याटिङमा रहेका राजेश ढकाल व्यक्तिगत १० रनमा रनआउट हुदैं पभेलियनको बाटो समाएपछि नवलपुरको शुरुवात कमजोर देखिएको थियो । दोस्रो विकेटको लागि ओपनर सनम बुढाथोकी र राहुल शर्माले ३६ रनको साझेदारी गरे । विनय भण्डारीको बलमा आउट उनैको हातबाट क्याच हुँदा शर्मा केवल १२ रनमा खेलिरहेका थिए । नलपुरको खातामा थप दश रन जोडिँदा ओपनर बुढाथोकी आउट भए । उनले व्यक्तिगत २३ रन बनाउने क्रममा ४८ बल खेल्दै ४ चौका हिर्काए ।  

६०÷३ को स्थितिमा रहेको नवलपुरलाई मन्जिल र सन्देशले उकासे । उनीहरुले चौथो विकेटको लागि ५८ रनको साझेदारी निभाए । मन्जिलले नवलपुरको स्कोरलाई उकास्ने क्रममा  ३५ रन बनाए । उनले ५१ बल खेल्दै २ चौका र १ छक्का हिर्काए । उनी लगत्तै चन्द्रकान्त पौडेलको बलमा सन्देश बस्नेत व्यक्तिगत २० रनमा आउट भएपछि नवलपुर ११८÷५ विकेट गुमाउन पुग्यो । मन्जिल भने सुशील गिरीको बलमा तनहँुका कप्तान राजु गुरुङको हातबाट ३० यार्डभित्रै क्याच हुन पुगे ।  

दिपक डुम्रे र कमल परियारले छैटौं विकेटको लागि  २८ रनको साझेदारी निभाईरहँदा राजु गुरुङले डुम्रेलाई बोल्ड गरे । डुम्रेले ४० बल खेल्दै केवल १३ रन जोडिराख्दा बोल्ड हुदैै क्रिज छाडे । परियार पनि करुण सिरमलको बलमा समीर कँडेलको हातबाट क्याचआउट भएपछि नवलपुर १४७ रन बनाउँदा ७ विकेट गुमाईसकेको थियो । परियारले व्यक्तिगत २१ रन बनाउन १६ बल खेल्दै १ चौका र दुई छक्का हिर्काएका थिए । थप २१ रन जोड्ने क्रममा नवलपुरले सबै विकेट गुमाउँदै १६८ को योगफल तयार पा¥यो । ४४.२ ओभर खेल्दै इनिङ टुग्याएको थियो । तनहुँका कप्तान राजु गुरुङ, सुशील गिरी र करुण सिरमलले समान दुई÷दुई विकेट लिएका थिए । सोमबार नवलपुरले स्याङजासँग प्रतिस्पर्धा गर्नेछ ।
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
समाज
Clock ९ मिनेट अघि | १ मिनेट पाठ
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
डोल्पाको माथिल्लो भेगका नागरिकले सामान्य प्रशासनिक सेवा लिन सदरमुकाम दुनैसम्म पाँच–छ दिन पैदल हिँड्नुपर्ने बाध्यता अब अन्त्य भएको छ।
Whatsapp
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
राजनीति
Clock १४ मिनेट अघि | १ मिनेट पाठ
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा स्थानीय सरकारलाई दलीय प्रतिस्पर्धा र चुनाव चिह्नबाट मुक्त राख्ने कि विद्यमान दलीय प्रणालीलाई नै निरन्तरता दिने भ...
Whatsapp
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
परियोजनाको आइतबार यहाँ शुभारम्भ गरिने सङ्घद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
Whatsapp
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
कुनै समय धान, कोदो, मकै र गहुँ फल्ने म्याग्दीको बेनी नगरपालिका–४ सुर्केमेलाको खेतबारी अहिले सुन्तलाका बगैँचामा परिणत भएका छन्।
Whatsapp
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
जिल्लाका सातवटै गाउँपालिकामा उत्पादित स्याउ बिक्रीबाट हुम्लाका किसानले रु आठ करोड २६ लाख ५६ हजारको आम्दानी गरेका छन्।
Whatsapp
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock १० घण्टा अघि | १ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock १० घण्टा अघि | ० मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock १० घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock १० घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock १० घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock १० घण्टा अघि | ० मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
राजनीति
Clock १० घण्टा अघि | १ मिनेट पाठ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
गृहमन्त्री सुधन गुरुङ गुरुङ समुदायको राष्ट्रिय पार्षदसभामा सहभागी हुन सुनसरीको इटहरी प्रस्थान गरेका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस