सीमादेखि अस्पतालसम्म कोरोनाप्रति उच्च सतर्कता
२४ चैत्र २०७७
•
४ मिनेट पाठ
सीमादेखि अस्पतालसम्म कोरोनाप्रति उच्च सतर्कता
तस्बिरः सामाजिक विकास मन्त्रि नवलकिशोर साह, प्रदेश २।
प्रदेश २ मा गत पुसदेखि घट्दै गएको कोरोना संक्रमण पुनः बढ्न थालेको छ। संक्रमण घट्दै गएर प्रदेश २ का पाँच जिल्लामा कोरोना संक्रमितको संख्या शून्यमा झरेको थियो। पछिल्लो समयचैत ५ गतेदेखि पुनः प्रदेश २ मा कोरोना संक्रमितको संख्यामा वृद्धि भइरहेको तथ्यांकले देखाउँछ।  




प्रदेशमा सोमबारसम्म सक्रिय संक्रमितको संख्या ५६ पुगेको छ। भारतसँगको खुला सीमाना तथा नाता सम्बन्धका कारण सीमापारि फैलिएको कोरोना संक्रमणबाट प्रदेश उच्च जोखिममा छ। यस प्रदेशका आठ वटै जिल्लाको सीमाना भारतसँग जोडिएको छ। सीमापारि बढ्दै गएको कोरोना माहामारीको जोखिममा रहेको प्रदेशवासीलाई संक्रमणबाट सुरक्षित राख्न मुख्यमन्त्री लालबाबु राउतले सोमबार सुरक्षा तथा स्वास्थ्य प्रमुखहरूलाई उच्च सतर्क अवस्थामा रहन निर्देशन दिएका छन्। ‘सीमामा पूर्ण कडाई अपनाउनुस्,’ उनले सुरक्षा प्रमुखहरूसँग भने, ‘चेकजाँचमा चुक हुन भएन। बिगतबाट पाठ सिकेर प्रभावकारी कार्य अघि बढाउनुस्।’ स्वास्थ्य प्रमुखहरूसँग मुख्यमन्त्री राउतले भने संक्रमितहरूको पहिचान, परीक्षण र उपचारमा बिगतमा भएका कमजोरी सच्याउँदै उच्च मनोबलका साथ खटिनुस्।  

जनकपुरधाम स्थित मणिपाल अस्पतालको भौतिक संरचना उपयोग गर्दै एक सय शड्ढयाको कोभिड अस्पताल तयार पारिने उनले बताए। सीमामा पहिचान बेगर संक्रमित प्रवेश गर्न नपाउनेगरी व्यवस्था मिलाउनुस् उनले भने, ‘संक्रमितको उपचारका लागि आइसोलेसन अस्पतालहरूलाई चुस्तदुरुस्त अवस्थामा राख्नुस्। आतिहाल्ने अवस्था त आइसकेको छैन तर नआउला भन्न सकिन्न।’

पछिल्लो समय भारतमा कोरोना संक्रमितको संख्यामा वृद्धि हुन थालेपछि नेपालमा पनि जोखिम पुनः बढेको देखिन्छ। भारतसँग खुला सीमाना भएको प्रदेश २ मा अहिलेको परिस्थितिमा के कस्ता चुनौती छन् ?

जनसंख्या धेरै भएको प्रदेश हो यो। बसोबास पनि सघन छ। भारतसँग सीमा जोडिएको प्रदेश हो। यहाँका अधिकांश पुरुष रोजगारका लागि भारतमा छन। उता संक्रमण फैलिएपछि उनीहरू घर फर्किनु स्वभाविक हो। अहिले फर्किनेहरूको भीड त छैन। तर नहोला भन्न सकिने अवस्था छैन। उनीहरूको व्यवस्थापन नै पहिलो चुनौती हो। यस प्रदेशमा भारतबाट संक्रमण बोकेर फर्किनेहरूको व्यवस्थापन नै प्रमुख चुनौती हो।

संक्रमणको जोखिम बढेसँगै भारतबाट कति नेपाली नागरिक फर्किने अनुमान गर्नुभएको छ?

त्यो त भारतमा कुन गतिमा संक्रमण फैलिन्छ, मानिसहरूले आफूलाई कुन हदसम्म असुरक्षित ठान्छन् त्यसमा निर्भर पर्छ। पोहोर जस्तै अवस्था दोहरिने हो भने फेरी यस प्रदेशका विभिन्न जिल्लामा दैनिक सयौं नेपाली नागरिक फर्किन्छन्। अवस्था असमान्य भयो भने २ लाख मानिस फर्किन सक्छन्।

यति धेरै मानिस घर फर्किए भने कसरी सम्हाल्नुहुन्छ?

सम्हाल्न गाह्रो पर्छ। भारतको विभिन्न प्रान्तमा रोजगार गरिरहेकाहरू रोजगार गुमाउने अवस्था आयो भने सम्हाल्न गाह्रो पर्छ। रोजगार रोकिएपछि उनीहरू त्यहाँ रोकिने सवालै हुँदैन। सबै फर्किन्छन्।  

भारतबाट फर्किने मानिसलाई कहाँ कसरी व्यवस्थापन गर्ने रु योजना बनाउनुभएको छ ?

प्रदेश सरकारले पोहोर त सम्हालेकै थियो। तर यसपाली मुस्किल देख्दैछु। त्यो हाम्रो कारणले भने होइन। प्रदेश सरकारको पहलकदमी, गम्भीरता र सक्रियतामा कुनै कमी छैन, हुँदैन। तर सरकारका मन्त्रीले त योजना पो दिने हो। यसको कार्यान्वयन त सचिवले गर्ने गराउने हो नि। अहिलेका सचिव हाम्रो कुनै योजना कार्यान्वयन गर्दैनन्। दुनियाँ बहाना गरेर अल्झाउँछ। यस्तो अवस्थामा व्यवस्थापन अझ चुनौतीपूर्ण बनेको छ।

सरकारलाई सचिवले नटेर्ने पनि हुन्छ र ?

कहीँ नभएको जात्रा हाँडिगाउँमा भनेझैंको हालत प्रदेश २ को भएको छ। प्रदेश सरकारसँग राम्रो समन्वय गरेर अघि बढ्ने सचिवलाई कूबेला सरुवा गरेर अन्यत्र पठाइन्छ। अनि असहयोग गर्ने सचिवलाई पठाउँछन्। यो मिल्दैन, त्यो मिल्दैन भनेर कुनै कामै अघि बढाउँदैन। सरकारी पैसा सरकारको निर्देशनमा जनहितमा खर्च गर्न पनि गाह्रो मान्छन्। आफ्नै गोजीबाट दिनुपरेजस्तै गर्छन। आफ्नै सम्पत्ति गएजस्तै गरेर अप्ठ्यारो बनाउँछ। गत वर्ष कोरोना संक्रमण नियन्त्रणमा खटाएका कर्मचारीको तलबभत्ता अहिलेसम्म भुक्तानी गरिएको छैन, भन्दा कुरै सुन्दैनन्। सचिव हाम्रो कर्मचारी त होइन। संघीय सरकारबाट सरुवा भई आउने हुन्। प्रदेश सरकारको कुरै सुन्दैन।

अब के गर्नु हुन्छ त ?

मैले स्पष्ट भनिदिएको छु। संघीय सरकारलाई भनेको छु, आफ्नो सचिव फिर्ता लानुस्। काम गर्ने सचिव पठाइदिनुस्। हामी संघीय सरकारलाई पर्खिबसेका छौं। अर्को सचिव पठाएन भने हामी यो सचिवलाई फिर्ता पठाइदिन्छौं। उनी भएसम्म कुनै काम अघि बढ्न दिँदैन। हामी गम्भीरतापूर्वक प्रयत्न गरिहरेका छौं।

भारतबाट फर्किनेहरूका लागि क्वारेन्टिन, होल्डिङ सेन्टरको बन्दोबस्त कस्तो छ?

पोहोर निर्माण भएका क्वारेन्टिन र होल्डिङ सेन्टरको सरसफाई लगायतका व्यवस्थापन मिलाउनुपर्नेछ। स्थानीय पालिकाहरूले निर्माण गरेका क्वारेन्टिनहरूलाई पुनःस्थापना गर्नुपर्छ। अहिलेसम्म संघीय सरकारबाट हामीलाई कुनै परिपत्र आएको छैन। हेरौं, जसोतसो व्यवस्थापन भैहाल्छ।

संक्रमितहरूको उपचारका लागि कस्तो बन्दोबस्त छ ?

यो रोगको यकिन औषधि अझै छैन। आइसोलेसनमा राखेर लक्षणअनुसार उपचार गर्ने हो। त्यही भएर जिल्ला अस्पतालहरूमा आइसोलेसनको आयतन बढाउने तयारीमा छौं। आठवटै जिल्ला अस्पतालमा आइसोलेसनको बन्दोबस्त छ। पिसिआर परीक्षणको व्यवस्था पनि आठवटै जिल्लामा छ। जनकपुरधाममै कोरोनाका विरामीका लागि अस्पताल छ। संक्रमितको संख्या बढ्दै गएपछि सकेजति आइसोलेसनको व्यवस्थापन गर्छौं। हामीले सकेजति गर्छौ। संघीय सरकारले सहयोगी र सक्रिय कर्मचारी उपलब्ध गराइदिए राम्रै व्यवस्थापन गर्छाैँ, नभए ईश्वरको कृपा।
अर्को समाचार
नारायणीले सतर्कता तह पार गर्‍याे : उच्च सतर्कता अपनाउन आग्रह
१३ भदौ २०७८
•
१ मिनेट पाठ
नारायणीले सतर्कता तह पार गर्‍याे : उच्च सतर्कता अपनाउन आग्रह
नारायणी नदीले सतर्कता तह पार गरेपछि नदी तटीय क्षेत्रका जिल्लावासीलाई उच्च सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालय नवलपरासी (बर्दघाट–सुस्तापूर्व)ले आग्रह गरेको छ। नारायणी नदीले देवघाटस्थित बाढी मापन केन्द्रमा जलसतह सतर्कता तह पार गरेको र नदीमा पानीको बहाव बढ्दो क्रममा रहेकाले उच्च सतर्कता अपनाउन आग्रह गरिएको हो।  




प्रमुख जिल्ला अधिकारी मनमाया भट्टराई पङ्गेनीले नदी तटीय क्षेत्रका बासिन्दाले आज रातिसम्म उच्च सतर्कता अपनाउनुपर्ने बताए। “नारायणी नदीमा पानीको बहाव बढ्दै गएको छ,” पङ्गेनीले भने, “नदीको जलाधार क्षेत्रमा निरन्तर वर्षा भइरहेकाले नदीमा ठूलो बाढी आउन सक्ने भएकाले नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन जरुरी छ।”  

जिल्लाको गैँडाकोट, देवचुली, कावासोती, मध्यविन्दु नगरपालिका तथा विनयी त्रिवेणी गाउँपालिकाका विभिन्न वडामा नारायणी नदीको तटीय क्षेत्रमा बसोबास रहेको भन्दै ती स्थानमा डुबान र कटानको समस्या देखिएको पङ्गेनीले बताए।  

त्यसैगरी जिल्लाका अन्य खोलामा समेत बाढी आउन सक्ने भएकाले सतर्कता अपनाउनुपर्ने उनको भनाइ छ। बर्खामा बाढी र पहिराेको उच्च जोखिम रहेको भन्दै उद्धारका लागि सुरक्षाकर्मीसहितको उद्धार टोली तयारी अवस्थामा राखिएको उनले बताए।  

देवघाटको बाढी मापन केन्द्रका अनुसार आज अपराह्न ४ः४५ बजे नारायणी नदीमा पानीको बहाव ७.७ मिटर रहेको छ। नारायणी नदीमा पानीको सतह ७.३ मिटरलाई सतर्कता तहको बिन्दु मानिएको छ भने नौ मिटरलाई खतराको तह मानिएको छ। नारायणी नदीमा पानीको बहाव अहिले पनि निरन्तर बढ्दो क्रममा रहेको बाढी मापन केन्द्रले जनाएको छ। 
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
अर्थ
Clock ९ मिनेट अघि | १ मिनेट पाठ
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् खपत वृद्धि र गुणस्तरीय विद्युत् उपयोगको सुनिश्चित गर्न वितरण केन्द्र प्रमुखहरूले अग्रसरत...
Whatsapp
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
धर्म/संस्कृति
Clock १६ मिनेट अघि | १ मिनेट पाठ
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
गत भदौको भोटेकोशी बाढी, अन्य प्राकृतिक बिपत्ति, दुर्घटना तथा महामारीमा परेर अकालमा ज्यान गुमाएहरूको स्मृतिमा त्रिवेणीस्थित गजेन्द्रमोक्ष दिव्यधाममा पि...
Whatsapp
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
कला/साहित्य
Clock २० मिनेट अघि | १ मिनेट पाठ
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
इतिहास, संस्कृति र साहित्यका विविध विषयको खोजी गर्ने क्रममा पन्तले देशविदेशका विभिन्न स्थानमा भ्रमण गर्नुभएको थियो। 
Whatsapp
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock २४ मिनेट अघि | १ मिनेट पाठ
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अधिकारीहरूका अनुसार अपुरिमेक, एने र मन्तारो नदीले बनेको उपत्यकाको दुर्गम क्षेत्रमा गस्ती तथा उद्धार अभियानका क्रममा हेलिकप्टर दुर्घटनामा परेको हो।
Whatsapp
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock ३४ मिनेट अघि | १ मिनेट पाठ
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
स्पेनको क्यानरी टापुनजिकै शुक्रबार समुद्रमा प्रवासी बोकेको एउटा डुंगामा १५ जनाको शव फेला परेको छ।
Whatsapp
स्वरसम्राटको संग्रहालय
कला/साहित्य
Clock ४३ मिनेट अघि | १ मिनेट पाठ
स्वरसम्राटको संग्रहालय
स्वरसम्राट नारायणगोपाल (१९९६ असोज–२०४७ मंसिर) काठमाडौंको व्यस्त सहर किलागलमा जन्मिए तापनि युवा अवस्थादेखि नै उनी महाराजगन्जमा बस्दै आए।
Whatsapp
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अन्तर्राष्ट्रिय
Clock ४८ मिनेट अघि | १ मिनेट पाठ
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अमेरिकाको वासिङ्टन डीसीस्थित रोनाल्ड रेगन राष्ट्रिय विमानस्थलमा उडान भर्नुअघि अमेरिकन एयरलाइन्सका दुई विमानका पखेटा आपसमा ठोक्किएका छन्।
Whatsapp
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
प्रधानमन्त्री बालेन्द्र शाह शीतलनिवास पुग्नुअघि नै रास्वपा सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका हुन्।
Whatsapp
जीवनलयमा लहरिएका गीतकार
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जीवनलयमा लहरिएका गीतकार
हालसम्म नेपाली चलचित्र कति निर्माण भयो होला? त्यसको तथ्याङ्क सहजै उपलब्ध हुन्छ।  तिनै चलचित्रका लागि कति गीत लेखियो होला ?
Whatsapp
बिहानको घन्टी
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
बिहानको घन्टी
उनले श्रीमान्लाई अपमानित गर्ने अभियान चलाइनन्। सामाजिक सञ्जालमा पारिवारिक रहस्य सार्वजनिक गरिनन्। अरूका अगाडि आफूलाई निर्दोष साबित गर्न जीवन खर्चिन पन...
Whatsapp
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
भारतमा निर्वासनमा रहेकी बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले डिसेम्बर १६ मा स्वदेश फर्किने घोषणा गरेपछि बंगलादेशको राजनीति तरंगित बनेको छ।
Whatsapp
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
यहाँ आयोजना हुने दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलको सेमिफाइनल र फाइनल खेलको सबै तयारी पूरा भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस