राजनीतिक दललाई चुनाव लागेको बेलामा राष्ट्रलाई खेलकुदमय बनाउँछौँ: घिसिङ
०२ वैशाख २०७९
•
६ मिनेट पाठ
राजनीतिक दललाई चुनाव लागेको बेलामा राष्ट्रलाई खेलकुदमय बनाउँछौँ: घिसिङ
कोरोनाले थलिएको नेपाली खेलकुद वर्ष २०७८ तङ्ग्रिने विश्वास गरिएपनि अपेक्षा अनुसारको गति लिन सकेन। खेलकुदमा उपलब्धि भन्दा खेलकुद क्षेत्रको राजनीतिक खिचातानी बढी चर्चामा रह्यो।




संघीय सरकार परिवर्तनसँगै युवा तथा खेलकुद मन्त्रालयमा नयाँ मन्त्री नियुक्त भएसँगै नयाँ सदस्य सचिवको रुपमा टंकलाल घिसिङलाई जिम्मेवारी दिइयो। पुराना सदस्यसचिव रमेशकुमार सिलवाल अदालत पुगे पनि अदालतले उनको विपक्षमा फैसला गरिदियो। मंसिरमा संघीय सरकारले सदस्यसचिवको जिम्मेवारी दिएपछि रमेश सिलवाल अदालत जाँदा चार महिना खेलकुदको सर्वोच्च निकाय निमित्तको भरमा चल्यो।

कोभिड–१९ महामारीका कारण थलिएको नेपाली खेलकुद छिटफुट केही प्रतियोगिता भएपनि सरकारी क्यालेण्डरमा रहेका प्रतियोगिता हुन सकेनन्। गण्डकीमा तय भएको नवौं राष्ट्रिय खेलुकद यो वर्ष हुन सकेन र अर्को वर्षलाई धकेलिएको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले नवौं राष्ट्रिय खेलकुद पोखरामा जेठ २२ देखि २८ सम्म आयोजना गर्ने निर्णय गरेको छ।

यो तेस्रो पटक नवौं राष्ट्रिय खेलकुदको मिति तय भएको हो। चीनमा हुने एशियन गेम्स हुन पाँच महिना मात्रै बाँकी हुँदा नेपालले प्रतियोगितामा सहभागि विषयमा कुनै छलफल पनि हुनसकेको छैन। सहभागिताका लागि खेलाडी छनोट प्रक्रिया अझै हुनसकेको छैन भने कुन खेलमा कति खेलाडीले सहभागिता जनाउने भन्ने विषय पनि टुंगोमा पुग्न सकेको छैन। यही विषयको सेरोफेरोमा रहेर राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टंकलाल घिसिङसँग गरेको अन्तर्वार्ताको सम्पादित अशंः

अदालतको फैसलापछि सदस्यसचिवको रुपमा पुनः काम गर्न फर्किनु भएको छ। नयाँ साल सुरुवात हुँदैछ, जिम्मेवारीकासाथ आउनुभएको छ, के के छन् एजेण्डाहरु?

गत मंसिरमा सदस्यसचिवमा नियुक्त भएसँगै मैले एजेण्डा सार्वजनिक गरिसकेको थिए। अहिलेको एजेण्डा भनेको चार महिना पदवाहली हुँदा सर्वाजनिक गरिसकेको छु। भर्खरै नियुक्त भएको सदस्यसचिव होइन। मलाई सकारले मंसिर १३ गते नै नियुक्त गरको हो। १४ गतेबाट कार्यक्रम आरम्भको चरणमा पुगेको पनि हुँ।

त्यसपछि अवस्था र वातावरण मिलेको थिएन। मेरो कार्यकालमा त्यो चार महिना अगाडि घोषणा गरेका कार्यक्रमलाई कार्यान्वयन गर्न लागि पर्छु। अहिले मुल रुपमा लामो समयदेखि राष्ट्रिय खेलकुद हुन नसकेको अवस्थामा गण्डकी प्रदेशमा आयोजना हुने गरी निर्णय गरिएको छ।

अदालतको निर्णयअघि नै पदमा आउँदा मैले नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता र चीनमा आयोजना हुने १९औं एसियाली खेलकुदको तयारी पनि मेरो प्राथमिकतामा परेको छ। त्यही अन्तर्गत नवौं राष्ट्रिय खेलकुदको पनि मिति तय भएको छ। म नेपाल सरकारप्रति कृतज्ञ र अभार छु । साथै धन्यवाद दिन चाहन्छु। अब सिंगो खेलकुदका संघ, प्रशिक्षक, खेलाडी र पदाधिकारीलाई नवौं राष्ट्रिय खेलकुद सफल बनाउने होमिन आग्रह गर्न चाहन्छु।

मुख्य रुपमा अगाडि सार्नुभएका दुई प्रतियोगिताको अवधि निकै छोटो छ, कसरी सम्पन्न गर्ने योजना बनउनुभएको छ।

विश्वभर फैलिएको कोरोना महामारीले खेलकुद क्षेत्रसँगै अन्य क्षेत्रलाई नै अस्तव्यस्त बनायो। यद्यपि पनि केही संघहरुले राष्ट्रिय प्रतियोगिता गरिरहेका थिए, छन्। केही खेलले अन्तर्राष्ट्रिय सहभागिता पनि जनाएका छन्।

देश संघीय संरचनामा गइसके अनुसार प्रदेश र स्थानीय तहमा खेलकुदका गतिविधि सञ्चालन भइराखेका छन्। सबै बाहिर आएका छैनन्। उहाँहरुले गरेको प्रतियोगिता जोडेर तयारी थाल्छौं। कतिपय प्रदेशले टिम बनाइसक्नु भएको छ भने कतिपयले बनाउन बाँकी छ। यो बाटोलाई खुलाउँदै राष्ट्रिय प्रतियोगिताको लागि तयारीमा जुट्नेछु।

नवौं राष्ट्रिय खेलकुदको लागि मिति तय भइसकेको अवस्था छ। हामीले नै प्रस्ताव गरेको मितिमा क्याबिनेट (मन्त्रीपरिषद्) ले पारित गरेको छ। लामो समयदेखि तयारी गरिरहेका खेलाडीले प्रतियोगिताको पर्खाइमा छन्। खेलाडीले प्रतियोगिता कहिले हुन्छ भन्दै कुर्दा खेलाडी नै थाकिसकेका छन्। ती थाकिसेका खेलाडीलाई नयाँ ताजकि दिनका लागि भए पनि प्रतियोगिता चाँडो भन्दा चाँडो गर्न आवश्यक छ।

देशमा आउँदै गरेको निर्वाचनलाई बहाना बनाउनु हुँदैन। स्थानीय तयको निर्वाचन पश्चात् प्रदेश र केन्द्रको आउँछ। कहिलेसम्म निर्वाचनको बहाना बनाउने। यस्तै विषयले खेलकुदका गतिविधि रोकिनु हुँदैन। राजनीतिक दलहरुलाई चुनाव लागिरहेको अवस्थामा खेलकर्मीहरुलाई राष्ट्रिय खेलकुद लाग्छ। खेलबाट नै राष्ट्रलाई खेलकुदमय बनाउन लाग्नेछौँ।

नयाँ खेलकुद ऐन लागू भइसकेको छ, ऐन बने पनि धेरै नियमावली बन्न बाँकी छ। यसले पूर्णता कहिले पाउला?

हामी यसको जिम्मेवार निकाय हौँ। यसबारेमा हामीले सम्बन्धित निकायमा पेश गरिसेका छौं। नियामक निकाय, युवा तथा खेलकुद मन्त्रालयले ड्राफ्ट बनाएर अर्थ र कानूनमा सहमतिका लागि पठाइसकिएको छ। सहमति हुनासाथ क्याबिनेटमा पेश गरेपछि यसले अन्तिम रुप पाउनेछ। तर नियामवलीकै कारण ऐन कार्यन्वयनका निमित्त ठूलो समस्या हुँदैन। ऐन जारी भइसकेको छ। त्यसमा टेकेर काम गर्न सकिने भएकाले काम गर्न कठिन हुनेछैन।

समय छोटो छ। काम धेरै गर्नु पर्नेछ। यसमा धेरै व्यवस्थापनका काम पनि उत्तिकै छन्। सँगै प्राविधिक कुराहरु पनि जोडिन्छन्। बोर्डले पूर्णता पाउने विषय, सदस्यसचिवको कार्यक्षेत्र सिमित हुँदा कतै काम गर्दा ऐन बाधक बन्छ की बन्दैन?

ऐनका ती दफाबार व्यवस्थाहरुलाई म सम्मान गर्छु। संस्थागत अपनत्व नै मूल विषय हो। व्यक्ति त्यो संस्थाले गरेका निर्णयहरुलाई कार्यन्वयन गर्ने पात्र मात्र हो। म यहाँ कार्यकारी प्रमुखको रुपमा नियुक्त भएको छु। स्वभाविक रुपमा खेलकुदलाई रितपूर्वक चलाउन नियम हुन्छ। परिषद् चलाउन पनि एउटा नियम हुन्छ।

पछिल्लो समय दुई विषयलाई ऐनले व्यवस्था गरेको छ। एउटा सदस्य सचिव आफैँ संयोजक रहेको कार्यकारीणि समिति, जसले धेरै निर्णय गर्नसक्छ। दैनिक कार्य सम्पादनदेखि केही महत्वपूर्ण निर्णय लिनसक्छ। बैठक डाक्नका लागि २४ घण्टा अगाडि सूचना दिएर जति बेला पनि बस्न सकिनेछ भन्ने ऐनमा छ।

म संस्थागत तरिकाले चालउँछु। व्यक्तिगत रुपमा म समस्या देख्दिन। म आफैँ संयोजक रहँदा चाहेको अवस्थामा बैठक बोलाउन सकिन्छ। अर्को भनेको परिषद्को बैठक वैशाख १० गते भित्र राख्न माननीय मन्त्री समय प्रश्ताव राखिसकेको छु। अहिलेलाई यति भनेँ। मन्त्रीज्यूको परामर्शमा छिट्टै परिषदको बैठकको मिति आह्वान गर्छु। तर परिषद् कसरी पूर्णता दिने कसरी दिने भन्ने ऐनले सदस्य सचिवको क्षेत्राधिकारमा छैन।

सदस्य सचिवको परिषद्को पूर्णता भनेको मन्त्री ज्यू र क्याबिनेटबाट हुने हो। लामो समयदेखि हुन नसकेको परिषद्को बैठकले बोलाउन प्रयास गर्छु। झन्डै २०७५ सालदेखि हुन नसकेको परिषद्को बैठकबाट परिषद्को चलाइरहेका छौं, सदस्य सचिवले कार्यसम्पादन गरी राखेका छौँ। यो कुरा रितपूर्वक, ऐन पूर्वक छैन। बैठक बस्दा राम्रो हो। कसले गर्‍यो, किन गर्‍यो भन्नेमा जानु भन्दा पनि बैठक राख्नु मेरो प्रयास हुनेछ।

नयाँ सरकारको आगमनसँगै राखेपको नेतृत्वमा पनि परिवर्तन भएको छ। पदावधि चार वर्ष भन्दै नियुक्त गरिएपनि नयाँ सरकारले परिवर्तनले असर पार्ने देखियो। चार वर्षे कार्यकाल पूरा गर्छु भन्नेमा ढुक्क हुनुहुन्छ?

सरकार परिवर्तनसँगै सदस्य सचिवको परिवर्तन समान्य रुपमा पनि लिनुहोला। यसअघि के भयो र कसरी कार्य सम्पादन गर्ने भन्ने विषयमा छलफल नगरौं। ऐन र कानूनले निर्देश गरे अनुसार म कार्यसम्पादनमा लाग्नेछु।

कहिलेसम्म रहन्छ भन्ने भन्दा पनि खेलकुदमा मैले राम्रो गरेर अगाडि बढ्ने हो। नयाँ सरकार बनेर कानूनपूर्वक मूल्याङ्कन गर्नुहुन्छ र कानूनपूर्वक गरेको मूल्याङ्कनलाई अन्यथा लिनुभएन। खेलकुद क्षेत्रमा लामो समय बिताएको हिसाबले म खेलकुद क्षेत्रको विकासका लागि काम गर्छु।
अर्को समाचार
मूलपानी रंगशालाको डिपिआर प्रस्तुत
२५ वैशाख २०८१
•
१ मिनेट पाठ
मूलपानी रंगशालाको डिपिआर प्रस्तुत
राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले निर्माणाधीन मूलपानी क्रिकेट रंगशालाको युवा तथा खेलकुद मन्त्रालयसमक्ष सोमबार विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) प्रस्तुत गरेको छ।




पुलचोक इन्जिनियरिङ कल्सल्टेन्सीले राखेपका सदस्यसचिव टंकलाल घिसिङलाई बुझाएको डिपिआर सिंहदरबारस्थित खेलकुद मन्त्रालयमा प्रस्तुत गरिएको हो। करिब १ वर्षअघि राखेपको आयोजनामा भएको खेलकुद पूर्वाधार नीति संवादका दौरान मूलपानी क्रिकेट रंगशाला विगतकै प्रक्रियामा बजेट विनियोजन हुने हो भने निर्माण कार्य २७ वर्षमा मात्र पूरा हुने सहभागीहरूको प्रतिक्रिया थियो। उक्त कार्यक्रम राखेपका संरक्षक प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को प्रमुख आतिथ्यतामा भएको थियो।

कार्यक्रमपछि प्रधानमन्त्री पुष्पकमल दाहालले रंगशाला निर्माणको कार्यलाई चासो व्यक्त गर्दै सदस्यसचिव घिसिङलाई वर्तमान संसद्कै कार्यकालमा काम सम्पन्न गर्ने गरी अगाडि बढ्न निर्देशन दिए। मूलपानी क्रिकेट रंगशालालाई नेपाल सरकारले राष्ट्रिय गौरवको आयोजनामा समेत समावेश गरिसकेको छ। सदस्यसचिव घिसिङले सो निर्देशनको तत्काल कार्यान्वयन गर्ने क्रममा पुलचोक इन्जिनियरिङ कल्सल्टेन्सीलाई डिपिआर तयार गर्ने जिम्मेवारी दिएका थिए।

डिपिआरको ९० प्रतिशत काम सम्पन्न भइसकेको र बाँकी काम एक साताभित्र सम्पन्न गर्न सदस्यसचिव घिसिङले पुल्चोक इन्जिनियरिङ कल्सल्टेन्सीलाई निर्देशन दिएका छन्। डिपिआर प्रस्तुतिका क्रममा युवा तथा खेलकुद मन्त्री विराजभक्त श्रेष्ठ र सचिव सुमनराज अर्यालले राखेपको कामको प्रगतिको प्रशंसा गर्दै मूलपानी क्रिकेट रंगशाला निर्माणलाई पहिलो प्राथमिकतामा राखी काम अगाडि बढ्ने बताए।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस