कर्णालीको खाद्यान्न ओसार्न आधा अर्ब
नागरिक
२७ वैशाख २०७३
•
६ मिनेट पाठ
कर्णालीको खाद्यान्न ओसार्न आधा अर्ब
काठमाडौं- स्थानीय स्तरमा कृषिजन्य उत्पादन बढाउनुको साटो हरेक वर्ष चामल पुर्याकएर सरकारले कर्णालीका बासिन्दालाई परनिर्भर बनाएको छ। खाद्यान्नको मूल्यभन्दा महँगो ढुवानी भाडामा चामल लगेर बेच्दा स्थानीय स्तरमा परनिर्भरता बढेको सरोकारवालाले बताएका छन्।सरकारले खाद्यान्नको मूल्यभन्दा निकै बढी खर्च गरेर चामल हुम्ला पुर्यावउँछ। ४८ रुपैयाँ पर्ने एक किलो चामल हुम्ला पुर्याेउन ७९ रुपैयाँ ५५ पैसा लाग्छ।




स्थानीय उत्पादनले नधानेपछि कर्णालीका पाँच जिल्ला कालीकोट, जुम्ला, डोल्पा, मुगु, हुम्लाका जनतालाई चामल ढुवानी गर्न सरकारले आधा अर्ब रुपैयाँ खर्च गर्ने गरेको छ। आर्थिक वर्ष ०७२/७३ मा डोल्पामा १२ करोड ३७ लाख, हुम्लामा १६ करोड ७५ लाख, जुम्लामा एक करोड ४३ लाख ४६ हजार, मुगु मा ४ करोड १९ लाख, कालिकोटमा ६३ लाख ६६ हजार रुपैयाँ खर्च गरेर चामल ओसारेको नेपाल खाद्य संस्थानले जनाएको छ। आपूर्ति मन्त्रालयका अनुसार यो वर्ष कर्णालीमा खडेरीले भोकमरी सिर्जना भएपछि थप साढे १० करोड खर्च गरेर चामल ढुवानी गर्न लागिएको छ। पाँच जिल्लामा वार्षिक ७० हजार क्विन्टल खाद्यान्न पठाउँदै आएको थियो। यो वर्ष भोकमरीको अवस्था आएकोले थप ३० हजारसहित एक लाख क्विन्टल चालम पठाइँदै छ। स्थानीयले करिब एक लाख ७१ हजार नौ सय क्विन्टल खाद्यान्न माग गरेका थिए। हुम्लाबाट २६ हजार ६ सय, मुगुबाट ६३ हजार दुई सय ६१, कालिकोटमा १३ हजार, डोल्पामा ६९ हजार ९० क्विन्टल खाद्यान्न माग भएको थियो।

कर्णालीबासीमा भात खाने आदत बिग्रिएको सरोकारवाला बताउँछन्। त्यहाँका स्थानीय कृषि पेसाबाट बिमुख हुँदा उत्पादन बढ्न सकेको छैन। सरकारले कर्णालीका जनतालाई परनिर्भर बनाएको त्यहाँका जनप्रतिनिधि बताउँछन्।

हुम्ला र डोल्पामा सडक पुर्यारउने कार्यक्रमले पूर्णता नपाउँदा ढुवानीमा कठिनाइ भएको हुम्लाका सांसद जीवनबहादुर शाहीले बताए। 'स्थानीय बालीको उत्पादन बढाउने कार्यक्रम सरकारले ल्याउँदैन,' शाहीले भने, 'ढुवानीमा अनुदान दिएर झारा टारिरहेको छ।' शाहीले त्यहाँका सबै ठाउँमा सडक पुर्या्ए ढुवानी खर्च घट्ने बताए। कर्णालीमा स्याउ, सिमी, आलु उत्पादन बढाउने कार्यक्रम ल्याउनु पर्ने उनको सुुझाव छ। कर्णालीका जनताको नाम लिए पनि स्थानीय उत्पादन बढाउने कार्यक्रम नल्याएको उनले टिप्पणी गरे।

कृषिमा उत्पादन बढाउने कार्यक्रम दिनुको साटो चामल ढुवानीमा मोटो रकम खर्च गर्ने गरेको जिल्ला कृषि विकास कार्यालय, हुम्लाले जनाएको छ।

'सिँचाइको लागि पर्याप्त बजेट व्यवस्था गरे उत्पादन बढाउन सकिन्थ्यो,' कृषि कार्यालयका प्रमुख दिनेशप्रसाद रायले भने, 'मागको एक चौथाइ पनि बजेट आउँदैन।'

सिँचाइको पर्याप्त व्यवस्था गरे उत्पादन बढ्ने उनले बताए। 'भातै खाने बानीले यहाँका जनतामा परनिर्भरता बढाएको छ,' उनले भने, 'स्थानीय बालीको प्रवर्द्धन र उत्पादनमा जोड दिएर भात खाने बानी परिवर्तन गर्नु आवश्यक छ।'

कर्णालीमा अन्तर्राष्ट्रिय दातृ निकाय र नेपाल सरकारले खाद्यान्न वितरण गर्दै आएका छन्। सडक नपुगेका ठाउँमा जहाज, हेलिकप्टरबाट चामल ढुवानी गर्नुपरेकोले महँगो परेको खाद्य संस्थानले जनाएको छ। 'दुई जिल्लामा अझै पनि जहाजबाट चामल ढुवानी गर्नुपर्ने बाध्यता छ,' संस्थानका प्रवक्ता पवनकुमार कार्कीले भने, 'रहर नभई बाध्यताले चामल ढुवानी गरेका हौं।'

भूकम्पपीडितको चामल बिक्री
भूकम्पपीडितको लागि बंगलादेश र चीन सरकारले दिएको चामल सरकारले बेच्ने निर्णय गरेको छ। पीडितलाई बाँडेर बाँकी रहेकोे कराडौं मूल्यको अनुदान चामल कुहिने अवस्थामा पुगेपछि बेच्न लागेको हो। बंगलादेशले पठाएको ७८ हजार दुई सय ९५ क्विन्टल र चीनबाट आएको १० हजार मेटि्रक टन चामल उपभोक्ताका लागि बिक्री सुरु भएको प्रवक्ता कार्कीले बताए। 'बंगलादेशको प्रतिकिलो ४१ र चीनको प्रतिकिलो ४० रुपैयाँमा बेच्न थालेका छौं,' उनले भने, 'चामल बिक्री गरेको रकम सरकारी खातामा दाखिला गर्छौं।' करिब ३० हजार क्विन्टल चामल कर्णालीमा पठाउन यसअघिनै सरकारले निर्णय गरिसकेको छ। भूकम्प प्रभावित जिल्लाबाट चामलको माग नआएपछि सरकारले बिक्री गरेको संस्थानले जनाएको छ।
अर्को समाचार
कांग्रेस सभापति देउवाले संसदमा भने : बाँस्कोटामाथि छानबिन नहुनु गम्भीर
१८ फागुन २०७६
•
४ मिनेट पाठ
कांग्रेस सभापति देउवाले संसदमा भने : बाँस्कोटामाथि छानबिन नहुनु गम्भीर
 काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सेक्युरिटी प्रिन्टिङ प्रेस प्रकरणमा पूर्वसञ्चारमन्त्रीले राजीनामा दिएको हप्तादिन वित्दा पनि छानबिन सुरु नहुनु गम्भिर विषयमा भएको बताएका छन्।




प्रतिनिधिसभा बैठकमा समय लिएर बोल्दै देउवाले पूर्व सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले राजीनामा दिएको हप्ता दिन भन्दा बढी समय भएपनि छानबिन सुरु नहुनुको पछाडि गम्भिर नियत लुकेको बताए। उनको सार्वजनिक भएको अडियोमा 'हामी’ भनेर कसलाई भनिएको हो ? भन्ने विषयमा प्रधानमन्त्रीले प्रष्ट पार्नुपर्ने माग गरे। 'हप्ता पुग्दा पनि छानबिन नहुनुको पछाडि गम्भिर नियत छ। अडियो प्रष्ट सुनिन्छ। हामी भनेर कसलाई भनेका हुन ? हामी भित्र को को पर्छन ? प्रधानमन्त्रीले प्रष्ट पार्नुहोस’, उनले भने।

छानबिन सुरु नहुँदै प्रधानमन्त्रीले अडियो नक्कली हो भन्दै अभिव्यक्ति दिएपछि छानबिन प्रभावित हुन्छ की हुँदैन भन्दै उनले प्रश्न समेत गरे। 'छानबिन गर्ने निकायले छानबिन गर्नुभन्दा पहिले नै प्रधानमन्त्रीले अडियो नक्कली भन्नुभयो। त्यसले छानबिन प्रभावित हुन्छ की हुँदैन्। छानबिन हुनुभन्दा पहिले तपाईले निणर्य दिनुभयो भने तर्पाइको बोलिको विश्वसनियता कमजोर भएन् ?’, देउवाले प्रश्न गरे। 

सभापति देउवाले सेक्युरिटी प्रिन्टिङ प्रेस प्रकरणको अनियमितताबाट ध्यान अन्त मोड्न सरकारले नेपाल ट्रष्टको स्वेतपत्र लिएको आरोप समेत लगाए। 'नेपाल ट्रष्टको स्वेतपत्रले सेक्युरिटी प्रेस प्रकरणबाट मुलुकको ध्यान मोड्ने प्रयत्न भएको छ। गोकर्ण रिसोर्टको ध्यान मोड्ने प्रयत्न भएको  छ। टेलिकमको प्रकरणमा अर्बो भ्रष्टाचार भएको कुरा आएको छ। एनसेलले ४ अर्बमा सकेको काम एनटिसीर्लाइ १२ अर्ब कसरी लाग्यो ?’, देउवाले प्रश्न गरे।

उनले नेपाल ट्रष्टको स्वेतपत्रमा उल्लेख भएजस्तो आफु प्रधानमन्त्री भएको समयमा कुनै निर्णय नभएको प्रष्टिकरण दिए। राजनीतिक पूर्वाग्रहका कारण आफ्नो नाम जोडिएको उल्लेख गर्दै उनले स्वेतपत्रप्रति आपत्ति जनाए।

देउवाले सरकारले पेट्रोलियम पदार्थमा करले जनतालाई भार बढेको भन्दै तत्काल कर हटाउन आग्रह गरे।

सभापति देउवाले कोरोना भाइरस विश्वका ५० भन्दा बढी देशमा फैलिएको उल्लेख गर्दै आवश्यक पूर्व तयारी गर्न सरकारको ध्यानाकर्षण पनि गए। विश्व स्वास्थ्य संगठन डब्ल्युएचओले समेत नेपाल कोरोनाको उच्च जोखिममा रहेको भनेकाले सरकारले पूर्वतयारीर्लाइ तिव्रता दिनुपर्ने देउवाले बताए। विदेशमा रहेका नेपालीहरुलाई सतर्क रहनपनि देउवाले आग्रह गरे।

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली भने अनुपस्थित थिए। संसदीय मान्यता अनुसार प्रधानमन्त्री बोल्दा विपक्षी दलको नेता र विपक्षी दलको नेता बोल्दा प्रधानमन्त्री उपस्थित हुने परम्परा भएपनि प्रधानमन्त्री भने आजको बैठकमा अनुपस्थित रहे।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस