को को छन् प्रधानमन्त्री बन्ने दौडमा ?
१६ असार २०६७
•
९ मिनेट पाठ
को को छन् प्रधानमन्त्री बन्ने दौडमा ?
तिलक पाठक, काठमाडौं, असार १७- प्रधानमन्त्री माधवकुमार नेपालले राजिनामा दिएपछि भावी प्रधानमन्त्री को भन्ने विषयमा चर्चा हुन थालेको छ। प्रमुख तीन दल एकीकृत माओवादी, नेपाली कांग्रेस र एमाले नेताहरु आ-आफनै नेतृत्वमा सरकार निर्माणको कसरतमा लागेका छन्।
प्रधानमन्त्रीको दौडमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल, उपाध्यक्ष बाबुराम भट्टराई, नेपाली कांग्रेस संसदीय दलका नेता रामचन्द्र पौडेल र एमाले अध्यक्ष झलनाथ खनाल देखिएका छन्।
प्रधानमन्त्रीको प्रतिस्पर्धीमा देखिएका नेताहरुमा को प्रधानमन्त्री बन्ने भन्ने कुरा कस्तो किसिमको सरकार बन्छ भन्ने कुराले महत्वपूर्ण अर्थ राख्छ। यसो भन्नुको मतलव आगामी सरकार राष्ट्रिय सहमतिको कि बहमतीय प्रणालीको भन्ने हो।

प्रधानमन्त्री नेपालले पनि जाँदाजाँदै सहमतीय सरकार हुनुपर्ने कुरामा जोड दिएका छन्। यद्यपि व्यक्तिगत रुपमा उनले कांग्रेस नेता पौडेललाई सहयोग गर्ने वचन दिएको स्रोतको दाबी छ। यसैबीच कांग्रेस नेता पौडेलले आफनो सक्रियता बढाएका मात्रै छैनन् आफैले नेतृत्व गर्नुपर्ने दवी समेत गर्न थालेका छन् ।
'माओवादी र एमालेको नेतृत्वमा सरकार बनिसकेको छ। अब पालो काग्रेसको हो'- पौडेलले नागरिकसँग भने- 'काग्रेसले शान्ति प्रक्रिया र लोकतन्त्रको नेतृत्व गरेकोले स्वभाविक रुपमा सरकारको नेतृत्व लिन चाहन्छ ।'

माओवादीले पनि आफनै नेतृत्वमा राष्ट्रिय सरकार गठनका लागि पहल गर्ने भएको छ। 'सहमतीय सरकार अहिलेको अपरिहार्य आवश्यकता हो', माओवादी उपाध्यक्ष बाबुराम भट्टराईले भने- 'यो पार्टी त्यो ब्यक्तिभन्दा पनि दलहरुबीच सहमति गरेर अघि बढने हो ।'

एमाले अध्यक्ष झलनाथ खनालले पनि राष्ट्रिय सहमतिको सरकार गठन हुनुपर्ने कुरामा जोड दिए । 'वहुमतीय सरकार समस्याको समाधान होइन', खनालले संचारकर्मीसँग भने- 'हामी दावा गर्दैनौं। राष्ट्रिय सहमतिको लागि एमालेले पहल गर्छ।'

सबै राजनीतिक दल र तिनका नेताहरुले सहमतीय सरकार हुनुपर्ने बताए पनि नेताहरु सकेसम्म आफनै नेतृत्वमा सरकार गठन गर्ने कसरतमा छन् चाहे त्यो सहमतीय होस् वा बहुमतीय। माओवादीले यसै साता सम्पन्न पोलटब्युरो वैठकमार्फत् सकेसम्म सहमतीय नभए बहमतीय सरकारको विकल्प खुल्ला राख्ने निर्णय गरिसकेको छ। यो निर्णयलाई बिहीबार हुने स्थायी कमिटीको बैठकले मुर्तरुप दिनेछ। एमालेले पनि बिहीवार नै स्थायी कमिटी बैठक बोलाएको छ। स्थायी कमिटी बैठकमा छलफल भएपछि शुक्रवार हुने एमाले केन्द्रीय कमिटीको बैठकले राष्ट्रिय सहमतिको सरकार वा बहुमतीय सरकार भन्ने विषयको निर्क्यौल गर्नेछ।

सहमतीय सरकार बन्न नसके बहुमतीय सरकारको समीकरण आफु अनुकुल बनाउन नेताहरुको कसरत हुने छ। यसमा प्रतिस्पर्धी नेताहरुको आ-आफनै किसिमको सवल र दुर्वल पक्ष रहेको छ। माओवादी र कांग्रेसमा को प्रधानमन्त्री बन्ने भन्ने विषयमा पार्टीभित्रै एकमत छैन। जुन ती नेताहरुको लागि दुर्वल पक्ष हो । भावी प्रधानमन्त्रीको उम्मेदारलाई लिएर एमालेभित्र अध्यक्ष खनाल सर्वसम्मत जस्तै देखिएका छन् जुन खनालको सवल पक्ष हो। नेता केपी शर्मा ओलीलाई सभासद बनाएर प्रधानमन्त्री बनाउने कुरा त्यति सहज नभएको र प्रधानमन्त्रीको दावी गर्ने हैसियतको नेता पार्टीभित्र अरु नभएकाले पनि खनाल पार्टीभित्र सर्वसम्मत देखिएका हुन् ।

'म पार्टी अध्यक्षलाई प्रधानमन्त्री बनाउन लागिरहेको छु। त्यसका लागि उहाँ पनि लाग्नुपर् यो नि'- नेता ओली खनाल निकटहरुसँग भन्दै हिँडेका छन्। ओलीले यसो भन्नुपछि पार्टीमा 'पावर सेयरिङ' खोजेको खनाल निकटवर्तीहरुको बुझाई छ। ओलीले कसरी 'नेगोसियट' गर्छन् भन्ने कुराले महत्वपुर्ण अर्थ राख्छ। एमालेभित्रको 'डाइनामिक्स' भावी सरकार निर्माणका लागि अर्थपूर्ण छ।

खनालले ओलीलाई पार्टीमा भुमीका बढी दिने कुरामा सहमति जनाए ओलीले खनाललाई प्रधानमन्त्री बनाउन सहयोग गर्ने संभावना छ। ओलीले समर्थन गरेको स्थितिमा नेपालले पनि समर्थन गर्न बाध्य हुने छन्। 'अध्यक्षको लागि भुमीका खेल्नुवाहेक दुई नेतासँग अर्को विकल्प छैन'- खनाल निकट एमालेका एक नेताले भने। उनको भनाईमा सरकारदेखि पार्टीसम्म 'पावर सेयरिङ' गर्न खनाललाई समस्या छैन। कांग्रेसले माओवादीलाई र माओवादीले काग्रेसलाई नमान्ने स्थिति हुनु पनि खनालको लागि सवल पक्ष हो। त्यस स्थितिमा दुवैका लागि एमालेको मध्यमार्गी नेतृत्व स्वीकार्य हुन सक्छ ।

दुईवटा कम्युनिष्ट प्रधानमन्त्री शान्ति र संविधानका लागि असफल भएको पृष्ठभुमी चाहिँ कांग्रेसको लागि सवल पक्ष हो। त्यसैले त शान्ति र संविधानको नेतृत्व आफूहरुले गर्नुपर्ने तर्क कांग्रेस नेताहरुले गर्दै आएका छन्। तर काग्रेसको महाधिवेशन नजिकिनु र जसका कारण पार्टीभित्र सहमति जुटन नसक्नु कांग्रेस नेतृत्वमा समीकरण बन्ने कुरामा दुर्वल पक्ष बन्न पुगेको छ। पार्टीभित्रैबाट महाधिवेशन यता कांग्रेसले सरकारको नेतृत्व गर्न नहुने कुरामा पार्टीभित्रैवाट दवाव पर्ने संभावना छ।

यता माओवादीमा सरकार बन्ने कुरामा चाहिँ शान्ति प्रकि्रयासँग जोडिएको सेना र हतियार मुख्य बाधक देखिएको छ। सेना र हतियार रहिन्जेल माओवादी नेतृत्वमा सरकार गठन संभव नभएको काग्रेस-एमालेले बताइसकेका छन्। कांग्रेस र एमालेको यो सर्त माओवादी अध्यक्ष दाहालका लागि मात्र नभएर भट्टराईको सन्दर्भमा पनि लागू हुनेछ। दाहाल विगतमा असफल भएकाले विकल्प खोजौ भन्ने सर्त आएमा भने भट्टराईको पल्ला भारी हुने छ। यद्यपि भट्टराई प्रधानमन्त्री बन्ने कुरामा पार्टीभित्रैबाट संभव नभएको जानकारहरु बताउछन् ।

संसदको सबैभन्दा ठुलो दल हुनु चाहिँ माओवादीका लागि सवल पक्ष हो। कांग्रेसको राष्ट्रपति र एमालेको सभामुख भएकाले 'पावर सेयरिङ' गर्दा प्रधानमन्त्रीको हकदार आफनो पार्टी भन्ने माओवादी नेताहरुको तर्क छ जुन माओवादीको सवल पक्ष हो। 'काग्रेसको राष्ट्रपति र एमालेको सभामुख भएपछि सरकारको नेतृत्व हामीले पाउनुपर्छ'- माओवादी उपाध्यक्ष भट्टराईले भने।
अर्को समाचार
प्रधानमन्त्री बन्ने दौडमा म छैन : गच्छदार
२६ मंसिर २०६९
•
४ मिनेट पाठ
प्रधानमन्त्री बन्ने दौडमा म छैन : गच्छदार
'बाबुरामबाहेक प्रधनमन्त्री'-
काठमाडौं, मंसिर २६ (नागरिक)- उपप्रधान तथा गृहमन्त्री विजयकुमार गच्छदारले आफू प्रधानमन्त्रीको दौडमा नरहेको स्पष्ट पार्दै वर्तमान प्रधानमन्त्री बाबुराम भट्टराईबाहेकको नयाँ मान्छे प्रधानमन्त्री बन्ने घोषणा गरेका छन्।

रिपोर्टर्स क्लबले सुरु गरेको 'रिपोर्टर्स क्लब नेपालको अभियान, तत्काल राष्ट्रिय सहमतिको सरकार' अभियानअर्न्तगतको विशेष साक्षात्कारमा उनले भने- हामी नेतृत्वको विषयमा खुल्ला छौं। म प्रधानमन्त्रीको दौडमा छैन। अरुलाई नै अहिले प्रधानमन्त्री बनाउने हो। वर्तमान प्रधानमन्त्री बाबुराम भट्टराईको पनि कुरा नगर्नुस नयाँ मान्छे प्रधानमन्त्री बनाउँछौं।

गच्छदारले कसैलाई निषेध गरेर अहिले सहमति बन्न नसक्ने स्पष्ट पार्दै उनले केही दिनभित्रै दलहरुबीच सहमति बन्ने विश्वास ब्यक्त गरे। उनले मुलुकको बृहत्तर स्वार्थका लागि पहिलादेखि नै भूमिका खेल्दै आएको उल्लेख गर्दै अहिले आफू दलहरुबीच सहमतिको वातावरण निर्माणमा लागेको बताए। अहिलेको सरकारमा जस्तो मन्त्रालय नपाएर नयाँ सरकार गठन गर्न नचाहेको भनि सञ्चारकर्मीले राखेको जिज्ञासामा गच्छदारले भने- विजयकुमार गच्छदार यो सरकारको प्रमुख अंशियार हो। कसैको बकस दिएर उपप्रधानमन्त्री पाएको होइन। माधवकुमार नेपालको पालामा पनि म उपप्रधानमन्त्री भएको थिए।

बुधबार सम्ममा दलहरुबीच सहमति नबने मन्त्रिपरिषद् विस्तार गर्ने सत्तारुढ गठबन्धनको निर्णयले अहिले मुलुकमा राष्ट्रपति प्रधानमन्त्री र दलहरुबीच द्वन्द्व बढाउने भन्दै सहमति बनाउनुपर्ने बेला द्वन्द्व बढाउनतर्फ लाग्न नहुने तर्क गरे।

उनले भने- अहिले मन्त्रिपरिषद् विस्तार गरेर मुलुकलाई मुडभेडमा लानु हुँदैन। यसो गरे राष्ट्रपति , प्रधानमन्त्री र अन्य दलहरुबीच द्वन्द्व बढ्छ। यो निर्णय संवैधानिक नहुने, सहमतिको वातावरण विथोल्ने खालको हुन्छ भन्ने हाम्रो आशंका छ।

बाहिर आएजस्तो संविधानका सबै अर्न्तबस्तुमा सहमति हुन नसक्ने भन्दै संघीय लोकतान्त्रिक गणतान्त्रिक नेपालको संघीयता सहितको संविधान संविधान सभाबाटै बन्ने, पहिचानसहितको संघीयता हुने र स्वायत्त प्रदेशहरु हुने गरी जेठ १४ अघिसम्म दलहरुबीच भएको न्यूनतम सहमतिलाई लिपिबद्ध गरेर अघि बढे सहज हुन्छ भन्ने आफूहरुको धारणा रहेको गच्छदारले सुनाए।

उनले भने- कति प्रदेश बन्ने हो अहिलेनै सहमति बन्न सक्दैन। संविधान सभाको सार्वभौम सत्ता समाप्त पार्ने गरी सहमति गरौ भनेर हामीले भनेको होइन।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस