काठमाडौं, असार १९ (नागरिक )- संविधानसभामा ठूलो दलको हैसियतले एकीकृत माओवादीलाई राष्ट्रिय सहमति सरकार नेतृत्व गर्न साना दलले सुझाव दिएका छन्।
माओवादी नेतृत्वबिनाको सरकारले शान्ति संविधान बनाउन नसक्ने भन्दै उनीहरूले यस्तो सुझाव दिएका हुन्। माओवादीले सिंहदरबारस्थित संसदीय दल कार्यालयमा शुक्रबार डाकेको बैठकमा ११ दलले यस्तो सुझाव दिएका हुन्।
'संविधान बनाउन र शान्तिप्रक्रियालाई निष्कर्षमा पुर्याउन ठूलो दलको हैसियतले माओवादीलाई नै राष्ट्रिय सहमतिको सरकार बनाउन सबै दलका नेताले भन्यौं,' चुरेभावर एकता पार्टीका महासचिव भूमिराज निरौलाले नागरिकसित भने। जनता दलका अध्यक्ष हरिचरन साहले पनि माओवादीलाई सरकारबाहिर राखेर संविधान पनि नबन्ने भएकाले पनि माओवादी नेतृत्वमा सरकार बनाउन दलहरूले आग्रह गरेको बताए।
उपाध्यक्ष बाबुराम भट्टराईले पनि दलहरूले माओवादीकै नेतृत्वमा सरकार बनाउन आग्रह गरेको दाबी गरे। उनले भने, 'राष्ट्रिय सरकार बनाउन २३ गतेसम्म पहल गर्छौं। भोलि दलसँग छलफल गर्छौं।'
सरकार नेतृत्व कसले गर्ने भन्ने विषयमा पार्टीको आफनो निर्णय भएकाले अध्यक्ष दाहालले वा उपाध्यक्ष बाबुराम भट्टराईले गर्ने भनेर कसैले पनि कुरा नउठाएको निरौलाले बताए।
साना दलले अध्यक्ष दाहालले शान्ति र संविधान बनाउन सहमति जुटाउनका लागि असाध्यै चिन्ता व्यक्त गरेको बताए। दाहाललाई उद्धृत गर्दै निरौलाले भने, 'शान्ति र संविधान बनाउनका लागि हामी असाध्यै चिन्तित छौं। ठूलो दलको हैसियतले बढी दायित्व हाम्रो छ।' सेना समायोजनलगायत विषयमा आआफ्नो पार्टीमा छलफल गरी विकल्पसहित रचनात्मक सुझाव दिन अध्यक्ष दाहालले आग्रह गरेका थिए।
साना दलले सडक बनाउनेलगायत विकास निर्माणमा लगाउने विकास बाहिनी बनाउन सुझाव दिएका थिए। ठेकदारी प्रथाबाट काम गराउँदा राम्रा काम नभएको, सेनामा समायोजन गर्दा पदको किचलो हुने हुनाले बाहिनी गठनको सुझाव दिएका हुन्।
'सुदूर पश्चिमदेखि सुदूर पूर्वसम्म विकासका काममा लगाउन विकास बाहिनी गठन गर्न हामीले सुझाव दियौं,' निरौलाले भने, 'कति दलले पार्टीमा छलफल गरेर आउँछौं भन्नुभयो।' उनका अनुसार अध्यक्ष दाहालले यस विषयमा पार्टीभित्र छलफल गर्ने बताए।
बिहीबार स्थायी समिति बैठकले अध्यक्ष दाहालको नेतृत्वमा राष्ट्रिय सहमति सरकार बनाउने र यसका लागि दलहरूसँग छलफल गर्न दाहालको संयोजकत्वमा उपाध्यक्षद्वय मोहन वैद्य र बाबुराम भट्टराई रहेको कार्यदल बनाएको छ।
बैठकमा मधेसी जनअधिकार फोरम महासचिव रामसायप्रसाद यादव, जनमुक्ति पार्टी अध्यक्ष मालवरसिंह थापा, सद्भावना आनन्दीदेवी अध्यक्ष सरिता गिरी, नेकपा एकीकृत, जनता दल अध्यक्ष हरिचरण साह, संघीय लोकतान्त्रिक दल, नेपाः पार्टी अध्यक्ष केशवमान शाक्यलगायत नेता सहभागी थिए।