सहमतीय प्रधानमन्त्री अहिलेकै गठबन्धनबाट : दाहाल
०८ असोज २०६९
•
२ मिनेट पाठ
सहमतीय प्रधानमन्त्री अहिलेकै गठबन्धनबाट : दाहाल
'भट्टराई नभए श्रेष्ठ, नत्र गच्छदार अथवा ठाकुर'
उजिर मगर, काठमाडौं, मंसिर १२ - एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहालले सहमतीय सरकारको नेतृत्व गठबन्धनकै नेताले गर्ने दाबी गरेका छन्। ठूलो दलको हैसियतले एकीकृत माओवादीबाट नेतृत्व हुनुपर्ने जिकिर गर्दै उनले अहिलेकै प्रधानमन्त्री बाबुराम भट्टराई स्वीकार्य नभए तीन विकल्प अघि सारेका छन्।

Etiam porta sem malesuada magna mollis euismod. Maecenas sed diam eget risus varius blandit sit amet non magna. Maecenas faucibus mollis interdum. Morbi leo risus, porta ac consectetur ac, vestibulum at eros. Nulla vitae elit libero, a pharetra augue. 




Cras mattis consectetur purus sit amet fermentum. Nullam quis risus eget urna mollis ornare vel eu leo. Nullam quis risus eget urna mollis ornare vel eu leo. Donec ullamcorper nulla non metus auctor fringilla. Cras mattis consectetur purus sit amet fermentum. Etiam porta sem malesuada magna mollis euismod. Aenean eu leo quam. Pellentesque ornare sem lacinia quam venenatis vestibulum. Sed posuere consectetur est at lobortis. Donec ullamcorper nulla non metus auctor fringilla.
अर्को समाचार
सहमतीय प्रधानमन्त्री अहिलेकै गठबन्धनबाट : दाहाल
११ मंसिर २०६९
•
१० मिनेट पाठ
सहमतीय प्रधानमन्त्री अहिलेकै गठबन्धनबाट : दाहाल
'भट्टराई नभए श्रेष्ठ, नत्र गच्छदार अथवा ठाकुर'
उजिर मगर, काठमाडौं, मंसिर १२ - एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहालले सहमतीय सरकारको नेतृत्व गठबन्धनकै नेताले गर्ने दाबी गरेका छन्। ठूलो दलको हैसियतले एकीकृत माओवादीबाट नेतृत्व हुनुपर्ने जिकिर गर्दै उनले अहिलेकै प्रधानमन्त्री बाबुराम भट्टराई स्वीकार्य नभए तीन विकल्प अघि सारेका छन्।
 




पहिलो विकल्प उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ, उनी पनि नभए मधेसी मोर्चाबाट विजय गच्छदार अनि महन्थ ठाकुरको नाम प्राथमिकता क्रममा प्रस्ताव गरेका छन्।

सहमति सरकारको नेतृत्व पार्टीका नेताबीचबाटै खोज्ने छलफल भइरहेको स्पष्ट गर्दै अध्यक्ष दाहालले भट्टराईको नाममा सहमति हुन नसके श्रेष्ठ नै विकल्प भएको बताए।
'कांग्रेस, एमालेले बाबुराम भट्टराईको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार मान्दैनन् भने प्रधानमन्त्री वर्तमान गठबन्धनबाटै हुनुपर्छ,' सोमबार साँझ लाजिम्पाट निवासमा केही पत्रकारसँग दाहालले भने, 'गठबन्धनको ठूलो दलको हिसाबले माओवादी नेतृत्वमा सरकार गठन स्वाभाविक हुन्छ, त्यसका लागि अर्का उपाध्यक्ष तथा उपप्रधानमन्त्री (नारायणकाजी श्रेष्ठ) विकल्प हुन सक्ने सम्भावना पहिल्याउने कोशिस भइरहेको छ।' कांग्रेस नेतृत्वको प्रबल दाबेदारमात्र रहेको उनले बताए।

दाहालले श्रेष्ठ पनि स्विकार्य नभए मधेसी मोर्चाका तर्फबाट चार दलको नेतृत्व गरिरहेका गृह तथा उपप्रधानमन्त्री विजयकुमार गच्छदार गठबन्धनबाट प्रधानमन्त्रीका स्वाभाविक हकदार हुने औंल्याए। 'गच्छदार नभए मधेसी मोर्चाबाट समुदायका पाका नेता महन्थ ठाकुर छन्।'

राष्ट्रिय सहमतिको सरकारको नेतृत्वबारे उनले एमालेको भने नाम नै लिएनन्। कांग्रेसले आफ्नो उम्मेदवार दिन र प्याकेजमा सहमति गर्न हिच्किचाएकाले उसले नेतृत्व पाउन गाह्रो भएको दाहालले बताए। कांग्रेस, एमाले सहमत भए भट्टराई नेतृत्वमै राष्ट्रिय सहमति सरकार बनाउने अडान यथावत रहेको जानकारी पनि उनले दिए।

पार्टीमा विवाद भएको उनले घुमाउरो ढंगले स्विकारे। 'बजेट, सहमतिको सरकार र वैशाखमा चुनाव घोषणा गर्नेबारे सहमतिमा पुग्न राष्ट्रपति र दलहरूसँग अलि धेरै मेहनत गरेर वार्ता गरेको हुँ। यो त सबैलाई थाहै छ। प्रधानमन्त्री भट्टराई मंसिर ७ गते एक्कासि राजीनामा लिएर आउनुभयो। हामीले सबै छाडेर के समाउने? दिनुहुन्न भनेको हुँ। भएको यत्ति हो,' दाहालले भने।

राष्ट्रपतिले चार दल र प्रधानमन्त्रीसँग ७ गतेभित्र सहमति नभए 'कदम' चाल्ने भनेकाले सहमतिका लागि आफूले बढी मेहनत गरेको दाहालले बताए। ७ गतेभित्र सहमति नभए वक्तव्यमार्फत आफ्नो धारणा राख्ने राष्ट्रपतिले पहिल्यै आफूलाई जानकारी गराएको दाहालले खुलाए।

'७ गते पार्टी र गठबन्धनले प्रधानमन्त्रीको राजीनामा रोक्यो। सहमतिका लागि आफू बाधक नबन्ने धारणा मन्त्रिपरिषदबाटै निर्णय गराएर प्रधानमन्त्रीले सम्बोधन गर्नुभयो। प्रधानमन्त्रीको धारणा आएपछि राष्ट्रपतिलाई ८ गते बिहान फोनबाट उहाँले वक्तव्य नदिँदा राम्रो हुन्छ भनेर सुझाव दिएको हुँ। तर, उहाँले मिडियामा बोलिसकेको छु, दिन्छु भन्नुभयो,' दाहालले भने।

राष्ट्रपतिले ८ गते दिउँसो सार्वजनिक गरेको वक्तव्यमा अन्तरिम संविधानको धारा ३६ र ३८ (१) उल्लेख गरेकाले त्यो असंवैधानिक भएको ठहरमा पार्टी पुगेको उनले बताए। '९ गते बिहान पार्टीको बैठक बसेर संविधानको धारा उल्लेख गरेर राष्ट्रपतिले संविधान उल्लघंन गर्नुभयो भन्ने ठहर भयो। यसलाई वातावरण बिग्रिने र उत्तेजित गर्ने गरी अभिव्यक्ति नदिउँ भन्ने निर्णय हामीले गर्‍यौं,' उनले भने।

आफूले दिउँसो राष्ट्रपतिलाई भेटेर संविधानको धारा उल्लेख गरेर विज्ञप्ति निकाल्नु उहाँको गल्ती भएको बताएको जानकारी दिँदै दाहालले भने, वक्तव्य यस्तो आउँछ भनेर अपेक्षा गरेको थिइएन। संविधानको धारा ३६ र ३८ (१) प्रयोग गरेर गल्ती भएको छ। हामीले जनतालाई बुझाउनुपर्छ। कसरी हुन्छ मिलाउनुस् भनेर सुझाव दिएँ, प्राविधिक काम हो, धारा उल्लेख गर्नुपर्छ भनेर सल्लाहकारहरूले भन्दा त्यस्तो भएको भनेर राष्ट्रपतिले भन्नुभयो।'

राष्ट्रपतिसँग पटक/पटक भएको छलफलमा उहाँको 'कु' गर्ने कुनै उद्देश्य नभएको प्रस्ट भएको उनले बताए। 'राष्ट्रपतिले बारम्बार भन्नुभएको छ, मेरो केही उद्देश्य छैन। मान्नु हुन्न भने फेरि दलहरूसँगै सहमतिको आग्रह गर्ने हो भन्नुभएको छ,' उनले भने।

पार्टी निर्णयसँगै गठबन्धन र मोर्चाका प्रवक्तालाई बोलाएर संविधानको धारा उल्लेख गर्नु असंवैधानिक भएको वक्तव्य निकाल्न आफूले आग्रह गरेको दाहालले बताए। 'पार्टी र मोर्चाको धारणा एउटै भएको र त्यसको नेतृत्व मैले गरेकाले दुइटा वक्तव्य निकाल्न आवश्यक लागेन। त्यही भएर मोर्चाका तर्फबाट राष्ट्रपतिको कदमलाई असंवैधानिक भनेका हौं,' उनले भने।

आफूले छिटो-छिटो सहमति जुटाउन कांग्रेस, एमालेलाई लिखित मार्गचित्र दिएको उनले सुनाए। संविधान घोषणा गरेर जाने उत्तम विकल्प वा निर्वाचन घोषणा गरेर जाने र २ सय ४० क्षेत्रमा सहमति गर्ने प्रस्ताव आफूले राख्दा कांग्रेस, एमालेले कुनै रोडम्याप नदिएको उनले दोहोर्‍याए।

'अहिले बाबुरामकै नेतृत्वमा सहमति जुटाऔं। कांग्रेसले चाहेको मन्त्रालय रोजोस्। सुशीलजीलाई राष्ट्रिय सरकार सञ्चालनका लागि उच्चस्तरीय राजनीतिक सञ्जालको नेतृत्व गर्नुस् भनेकै छु। उहाँहरूले पालो हाम्रो भन्नुहुन्छ। पालोको सिद्धान्त सकिइसक्यो,' उनले भने।

राष्ट्रपतिले सरकारलाई पत्र पठाएकाले सरकारले त्यसको जवाफ दिएको उनले बताए। 'राष्ट्रपतिले सरकारलाई चिठी पठाएपछि सरकारले त्यसको जवाफ पठाएको हो। त्यसलाई बालुवाटार र शीतल निवासको लडाइँ भन्नु गलत प्रचार हो,' उनले भने।

मंसिर १४ गतेसम्म सहमति नभए २१ आउने उनले बताए। वैशाखभित्र चुनाव आवश्यक भएकाले मंसिरभित्र सहमति जुट्नेमा दाहाल ढुक्क देखिए। 'बाहिर आएको हल्लाजस्तो केही होइन, १४ जान्छ २१ आउँछ। सहमति हुन्छ,' उनले भने।

शान्ति र संविधानका लागि पार्टी विभाजनको पीडा भोगिरहेको उनले बताए। 'सबभन्दा चिन्ता मलाइ छ। जे-जस्तो भए पनि सेना समायोजन गरेँ। हतियारको समस्या हल भयो। ठूलो पीडा महसुश गरेकोछु। आफ्नालागि केही छैन,' दाहालले केही भावुक बन्दै पीडा पोखे।

संविधान बन्छ भनेर अघि बढ्दा विभाजनको पीडा भोगिसकेको आफ्नो पार्टीले आन्तरिक सहमतिबिना कांग्रेसलाई सत्ता छाड्दा अन्याय हुने उनले बताए। 'माओवादी सबै छाडेर जोगी बन्न सक्दैन,' उनले भने।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock २ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ४ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ५ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस