आन्दोलनपछि नेपालको अनलाइन थप उर्वर हुने अवस्थामा पुग्यो। तर, पर्याप्त लगानी नभइसकेका कारण अनलाइनको विकास जुन गतिमा हुनुपर्थ्यो हुन सकेन२०६१ माघ १९ गते राजा ज्ञानेन्द्रले 'कु' गरेपछि नेपाली सञ्चार क्षेत्र नयाँ मोडमा पुग्यो। 'कु'का कारण ठूला लगानीमा रहेका अखबार कमजोर बन्दै गए। उनीहरूका लागि कुनै पनि खबर जोखिमले भरिएको हुन थाल्यो। कुनै पनि समय अखबार, रेडियो र टेलिभिजन पनि बन्द हुनसक्ने अवस्था थियो। टेलिफोन र इन्टरनेट केही समय अनि मोबाइल लामै समयसम्म प्रतिबन्धित हुन पुग्यो। समग्र मिडिया सत्ताको त्रासमा थियो। आमसञ्चार भनेको रेडियो, टेलिभिजिन र अखबार मात्र हुन भन्ने मानसिकताबाट बाहिर ननिस्केको नेपाली मिडियाको समाजले पुरानो सोच त्याग्नुपर्ने स्थिति यही दिनबाट सुरु भयो।
दलका नेता सुरक्षाकर्मीको नियन्त्रणमा थिए। उनीहरूका अभिव्यक्ति अखबारमा आउनु कठिन थियो। साप्ताहिक पत्रिकाहरू केही हदसम्म लेखनमा स्वतन्त्र थिए किनकि त्यहाँ लगानी कम थियो। ठूला मिडिया हाउस लगानीको आकारकै कारण मौन रहन बाध्य थिए। जोखिम मोल्नसक्ने कमै थिए। यसले नेपाली सञ्चारलाई ह्वात्तै खुम्च्यायो। त्यही अवस्थामा नेपालमा ब्लगरहरूको उदय भयो। उज्ज्वल आचार्य र दिनेश वाग्लेले सुरु गरेको ब्लगडटकमडटएनपीले अंग्रेजी भाषामा र उमेश श्रेष्ठको मेरोसंसारडटकम (हाल माइसंसार)ले ठूला मिडियाले दिन नसकेका बोली र दृश्य स्वदेशी र विदेशी पाठकबीच पुर्याए। 'परिस्थिति यतिसम्म भयो कि ठूला अखबारका सम्पादकसमेत यस्तो कुरा लेख त, यो कुरा हामी पत्रिकामा हाल्न सक्दैनौं भन्न थाले,' उज्ज्वल आचार्य त्यतिखेरको अवस्था सम्झँदै भन्छन्, 'ब्लगहरूमा आएका सामग्री हेर्ने हो भने मूलधारका अखबारले भेट्नसक्ने नै थिएनन्।'
राजाको सक्रियताकै कारण अनलाइन मिडिया वैकल्पिक माध्यमका रूपमा विकास हुन थाल्यो। यही अवस्थामा विभिन्न मिडियामा सक्रिय रहेका पत्रकारले आफ्नो मिडियामा जान नसक्ने खबर अनलाइनबाट सबैसामु पठाउन सुरु गरे। अनलाइन पत्रकारितमा यसरी वैकल्पिक धार तयार भएर आउनेमध्ये पहिलो अनलाइन थियो परेवाडटकम। कान्तिपुर टेलिभिजनका दीपक भट्टराई, च्यानल नेपालका उमेश श्रेष्ठ, मणि दाहाल र राजधानीका कृष्ण ढुंगाना, फोटोग्राफर सागर श्रेष्ठ तथा विभिन्न जिल्लामा रहेर फरक–फरक मिडियामा काम गरिरहेका पत्रकार परेवामा जोडिए। 'त्यतिखेर हामीले राखेका समाचार मूलधारे अखबारले परेवाडटकमलाई उद्धृत गर्दै छापे,' श्रेष्ठले सुनाए। यो अनलाइन मार्कोपोलो होटलको कोठाबाट सञ्चालन गरिएको थियो। यो अनलाइनका डिजाइनरहरूको अफिस यही होटलमा भएकाले पत्रकार निर्धक्क यहीँबाट समाचार अपडेट गर्थे। यो अनलाइनले पहिलोपटक वैकल्पिक धारका रूपमा आफूलाई स्थापित गर्न भिडियो, अडियो र तस्बिरको व्यापक प्रयोग गर्यो। राजाको सम्बोधन र सडकमा भएका सभाहरूको टेक्स्ट अपडेट तत्कालै घटनास्थलबाटै गर्यो। यो क्रम आन्दोलनका हरेक क्षणमा हुन थालेपछि यो अनलाइन छिट्टै लोकप्रिय पनि बन्यो। समाचारका दृष्टिकोणले अग्रणी भए पनि आर्थिक अभावका कारण लामो समय टिक्न सकेन।
नेपाली अनलाइन पत्रकारितामा महत्वपूर्ण हैसियत बनाएको भए पनि नेपालन्युजडटकम भने ठूलो लगानीमा सञ्चालित थियो। जसका कारण जोखिम मोलेर समाचार दिनुभन्दा पनि अखबारमा छापिएका समाचारलाई स्रोतसहित अनलाइनमा पोष्ट गर्ने परम्परा कायम राखेको थियो। कान्तिपुर र नेपाल समाचारपत्रका अनलाइन संस्करणहरू पत्रिकाको अर्काइभमा मात्र सीमित थिए।
परेवामा काम गर्ने पत्रकार कर्फ्युको समयमा त्यही बसेर काम गर्थे र त्यहीँ सुत्थे। कर्फ्यु अवज्ञा हुँदा सडकमा जान्थे र त्यहाँको राजनीतिक तापक्रम मोबाइलबाट टिपाउँथे। ब्लग र अनलाइन माध्यमको लोकप्रियता बढ्नेक्रम जारी थियो। नेपालमाभन्दा पनि विदेशमा रहेका नेपालीहरुबीच अनलाइन अनिवार्यजस्तै बनेको थियो। नेपालमा कम्प्युटर प्रयोग गर्नेको संख्या र इन्टरनेटमा उनीहरुको पहुँच ज्यादै न्युन थियो। तर, विदेशमा अनलाइनको पहुँच व्यापक विस्तार भइसकेको थियो। सीमित प्रयोगकर्ता भए पनि नेपाली अनलाइनमा आन्दोलनका खबर छिनछिनमा अपलोड हुन थाल्यो। नेताहरूका भाषणका अडियो भिडियो तथा सुरक्षाकर्मीको दमनका दृश्य पोस्ट हुनेक्रमले विदेशी समुदायबीच नेपालको राजनीतिक गतिविधि अपडेट हुने गतिलो माध्यम यही बन्यो।
त्यसको विदेशमा बसेका नेपालीले मुक्तकण्ठले प्रशंसा पनि गरे। अमेरिका नेपाल सोसाइटीले मेरो संसारका सञ्चालक उमेश श्रेष्ठलाई जनआन्दोलनको सफलतालगत्तै ५० हजार रुपिया राशिसहित पुरस्कृत गर्यो। नेपालको राजनीतिक गतिविधिलाई विदेशमा रहेका नेपालीबीच तत्कालै पुर्याएबापत उनलाई पुरस्कृत गरिएको थियो।
आन्दोलनपछि नेपालको अनलाइन थप उर्वर हुने अवस्थामा पुग्यो। तर, पर्याप्त लगानी नभइसकेका कारण अनलाइनको विकास जुन गतिमा हुनुपर्थ्यो हुन सकेन। अनलाइन सुरु हुने र बन्द हुने क्रम यसपछि कायम रहिरह्यो। लोकतान्त्रिक आन्दोलनलगत्तै आएको अनलाइनखबर अहिलेसम्म पनि सञ्चालनमा छ। यसले पत्रिकाका समाचारभन्दा अरु विषयलाई पनि प्राथमिकता दिन थाल्यो, जुन नेपालन्युजले धेरैपछिमात्र सुरु गरेको थियो। लोकतान्त्रिक आन्दोलनको सफलतापछि ठूलो मिडिया हाउस हिमाल खबर पत्रिकाले पनि अनलाइन संस्करणको सुरुआत गरेको थियो। यसअघि अर्काइभमात्र अनलाइनमा उपलब्ध गराउने हिमालले छिनछिनमा अपडेट हुने गरी समाचार पोर्टल ल्याए पनि लामो समय टिक्न सकेन।
कान्तिपुर दैनिकबाट निस्किएका पत्रकारहरूले २०६५ सालमा दैनिकी र माईरिपब्लिका सुरु गरे। नेपाली पत्रकारिताको इतिहासमा सबैभन्दा ठूलो सम्पादकीय टोलीसहित सुरु भएका थिए यी दुई अनलाइन। दुई अनलाइनमध्ये एक नेपाल रिपब्लिक मिडिया प्रालिमा गाभियो भने दैनिकीडटकम केही समय सञ्चालन भएर बन्द भयो। दैनिकी र माइरिपब्लिकाडटकमले अनलाइनलाई अर्काइभबाट अपडेटतिर लगेको उज्ज्वल आचार्यको दाबी छ। कान्तिपुरअनलाइनडटकम (हाल इकान्तिपुरडटकम) ले त्यतिखेरसम्म अधिकांश पत्रिकाका समाचार अर्काइभ गर्थ्यो। थोरैमात्र नयाँ समाचार अपडेट हुन्थ्यो।
यी दुई अनलाइनलगत्तै नागरिकन्युजडटकमको सुरुआत भयो। नागरिकन्युज नेपाली अनलाइन पत्रकारितामा एउटा महŒवपूर्ण अध्याय थियो। सुरुदेखि नै यसले मल्टिमिडियाको प्रयोग थाल्यो। लाइभ अपडेट र ब्रेकिङ गर्ने परम्परा बसाउने अनलाइनमा नागरिकन्युजले आफूलाई पहिलो बनायो। छोटो अवधिमा नै नागरिकन्युज नेपालमा पढिने अनलाइनको शीर्षस्थानमा उक्लियो। अहिले नागरिकन्युज, इकान्तिपुर र अनलाइनखबर नेपालका शीर्ष अनलाइन माध्यमका रूपमा मल्टिमिडियासहित सञ्चालनमा छन्। यिनीहरूबीच न्युज ब्रेक गर्ने प्रतिस्पर्धा सामान्यझैं बनेको छ।
नेपालमा इन्टरनेटको प्रयोगकर्ता बढ्नेक्रम तीव्र हुनुले अनलाइन प्रतिस्पर्धालाई माथि पुर्याएको हो। पछिल्लो समय मोबाइल र ट्याब्लेट्सहरूमा अनलाइन समाचार लोकप्रिय छन्। यसले ठूला सञ्चारगृह र पत्रकारलाई समेत अनलाइनतिर आकर्षित पारेको छ। पछिल्लो समय औलामा गनिनेमध्येका वरिष्ठ पत्रकारहरू युवराज घिमिरे, नारायण वाग्ले र अमित ढकालले सेतोपाटीडटकम सुरु गरेका छन्। अनलाइन पत्रकारितामा सेतोपाटीडटकम नौलो सुरुआत पनि हो।
नागरिकन्युजडटकमले पहिलो पटक टेक्स्ट, स्टिल फोटो र भिडियोलाई एकैपटक लाइभ अपडेट गरेर अनलाइन पत्रकारितामा एउटा नौलो प्रयोग गर्यो। नेपाल रिपब्लिक मिडियाको पहिलो वार्षिकोत्सवमा आयोजित नागरिक समिटमा होटल सोल्टी क्राउन प्लाजाबाट पहिलोपटक नेपाली अनलाइनमा लाइभ भिडियो प्रसारण भएको थियो। माइरिपब्लिकाडटकम र नागरिकन्युजडटकम दुवैबाट नेपाल र बाहिरका अडियन्सले यो प्रस्तुति हेर्न सकेका थिए। 'व्यवस्थित वेबकास्ट नेपाली मुलधारका मिडियाले प्रयोग गरेको यो पहिलो अवसर थियो भने लाइभ अपडेट पनि वेब २.० अनुसार अपडेट हुँदै गर्दा नयाँ अपडेटका लागि दर्शकले ब्राउजर रिफ्रेस गरिरहनु पर्ने थिएन,' उमेशले माइसन्सारमा लेखेका छन्।
यो अनलाइनले माधवकुमार नेपाल नेतृत्वको सरकार रहँदा तीन प्रमुख राजनीतिक दलका नेताहरूको निर्णायक बहसको नेपालका टेलिभिजनहरूसँगै लाइभ गरेको थियो। माओवादीले जारी राखेको अनिश्चितकालीन आम हड्तालको समयमा नेपाल उद्योग वाणिज्य महासंघको आयोजना र मिडिया सोसाइटीको सक्रियतामा सबै टेलिभिजन च्यानलहरूबाट लाइभ प्रसारण गरिएको थियो। त्यो कार्यक्रमलाई नेपाल रिपब्लिक मिडियाले लाइभ भिडियो, फोटो र टेक्स्टबाट विश्वभर फैलाएको थियो। त्यसो त टेक्स्ट र फोटोको लाइभ अपडेट पनि यसै अनलाइनले पहिलेदेखि नै थालेको थियो। नागरिकले त्यसपछि विभिन्न खेलहरू र बस दुर्घटनाको समाचार पनि लाइभ अपडेट गरेको थियो। नागरिकले लाइभ अपडेट थालेपछि भने नेपाली अनलाइनमा यस्तो ट्रेन्ड स्थापित नै भयो। अहिले धेरै अनलाइन पोर्टल र ब्लगहरूसमेत लाइभ अपडेटमा सक्रिय छन्।
प्रयोगकैक्रममा नेपालमा पहिलोपटक अनलाइनबाट 'स्टिङ अपरेसन' गर्ने श्रेय पनि नागरिकन्युजले नै पाउँछ। अनलाइनबाट डाउनलोड गरिएका फिल्महरू बिक्री गर्ने संगठित समूहलाई नागरिकन्युजले भिडियोसहितको 'स्टिङ अपरेसन' गरेर बाहिर ल्यायो।
कुनै पनि मिडियाका लागि अहिले अनलाइन अनिवार्य भएको छ। नेपालका मूलधारमा रहेका पत्रिका अनलाइनसँग नजोडिएका कुनै पनि छैनन्, चाहे ती रेडियो हुन, टेलिभिजन या पत्रिका नै किन नहुन्। त्यसबाहेक स्वायत्त समाचार पोर्टलहरू खुल्नेक्रम पनि जारी छ। एलेक्साको रेटिङलाई आधार मान्ने हो भने नेपालमा अहिले अनलाइनखबरडटकम, इकान्तिपुरडटकम, नागरिकन्युजडटकम, दी हिमालयनटाइम्सडटकम र माईरिपब्लिकाडटकम नेपालबाट सञ्चालित शीर्ष पाँच अनलाइन हुन्।

वैकल्पिक माध्यम अनलाइन

आन्दोलनमा अनलाइन

प्राथमिकतामा अनलाइन

प्रयोगमा अगाडि

अनिवार्य अनलाइन