काठमाडौं- चन्द्रमाबाट ल्याइएको चट्टानको सबैभन्दा ठूलो टुक्रो 'मेयर बसाल्ट' साउन तेस्रो साता नेपालमा प्रदर्शन हुने भएको छ।
सुनसरीको सीतागन्जस्थित एभरेस्ट विज्ञान केन्द्रले साउन २० देखि भदौ ९ गतेसम्म केन्द्र परिसर (शान्तिवन) मा चन्द्रमाको चट्टान प्रदर्शन गर्न लागेको हो।
शनिबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा संस्थाका अध्यक्ष डा. दिलीप अधिकारीले नेपालमा प्रदर्शनका लागि बसाल्ट ल्याउन अमेरिकाको अन्तरिक्ष अनुसन्धान संस्था नासासँग सम्झौता भइसकेको जानकारी दिए।
'प्रदर्शनीका लागि ल्याउन लागेको चट्टान चन्द्रमाबाट ल्याएको सबैभन्दा ठूलो टुक्रा मेयर बसाल्ट हो। यो १ सय २० ग्रामको छ,' अधिकारीले भने, 'यस विषयमा नासा र एभरेस्ट विज्ञान केन्द्रबीच सम्झौता भइसकेको छ।'
आफू सदस्य रहेको अमेरिकी संस्था एसोसिएसन अफ साइन्स एन्ड टेक्नोलोजी सेन्टर (एएसटिसी) बाट सो चट्टान ल्याउने व्यवस्था मिलाइएको अधिकारीले जनाए।
अमेरिकाको ह्युस्टनस्थित नासा केन्द्रबाट उक्त ढुंगा साउन १६ मा नेपाली टोलीलाई हस्तान्तरण गरिने र १९ गते काठमाडौं ल्याइपुर्याथइने पत्रकार सम्मेलनमा जानकारी दिइएको छ।
'धेरैभन्दा धेरै मानिसले त्यसलाई अवलोकन गर्न सकून् भन्ने उद्देश्य लिएका छौं,' अधिकारीले भने, '१९ गते ल्याएर २० गतेदेखि नै अवलोकन गर्न खुला गर्ने योजना छ।'
चन्द्रमामा पहिलो पाइला राख्ने अन्तरिक्ष यात्री निल आर्मस्ट्रङको जन्मजयन्तीको एक दिनअघि (अगस्ट ४) बाट सुरु हुने प्रदर्शनी मृत्यु भएको दिन अगस्ट २५ सम्म चल्ने अधिकारीले बताए। सन् १९३० मा जन्मेका आर्मस्ट्रङको गत वर्ष ८२ वर्षमा निधन भएको थियो।
मेयर बसाल्ट पछिल्ला अमेरिकी अन्तरिक्ष यात्री ज्याक स्मिदले ल्याएको चट्टानको ठूलो अंश हो। एपोलो–१७ नामक यानबाट चन्द्रमा पुगेको स्मिटले सन् १९७२ मा त्यो चट्टान पृथ्वीमा ल्याएका हुन्। उक्त चट्टान ३ अर्ब ७५ वर्ष पुरानो रहेको अनुमान छ।
'यसलाई आधार मानेर ब्राह्मणको उत्पत्तिलगायत विषयमा अनुसन्धान भएको छ,' अधिकारीले भने, 'संसारका सामान्य मानिसले जिन्दगीमा न्यून सम्भावना रहेको चन्द्रमाको चट्टान अवलोकनको अवसर जुटाउने काममा सहयोगको आग्रह गर्छु।'
'शान्तिवनदेखि चन्द्रमासम्म' नाम दिइएको उक्त अभियानमा भारतीय अवलोकनकर्तासमेत आउने अपेक्षा उनले गरे। 'हाम्रो पूर्वाञ्चल क्षेत्रसँग सीमा जोडिएको स्थानसँग जोडिएको स्थानको जनसंख्या भारततिर एक करोडभन्दा बढी छ। प्रचारप्रसार गर्न सके ठूलो संख्यामा भारतीयलाई समेत अवलोकन गराउन सकिन्छ,' उनले भने।
केन्द्रले सुनसरीको शान्तिवनमा स्थायी डोमको प्लानेटोरियम र विज्ञानका सैद्धान्तिक विषयमा जानकारी गराउने प्रदर्शनी र पिकनिक स्पट सञ्चालन गर्दै आएको छ।
विराटनगरबाट सात किलोमिटर पश्चिमस्थित केन्द्रमा वर्षमा १ लाख ५० हजार मानिस अवलोकनका लागि पुग्ने गरेको संस्थाको दाबी छ।