काठमाडौं- सिंहदरवार घेराउ गर्न गएका पूर्व कमलरीमाथि प्रहरीले दमन गरेको छ। हनुमानथानबाट दक्षिण गेट छिर्न खोजेका कमलरीमाथि प्रहरीले अन्धाधुन्द लाठी प्रहार गरेको हो। कमलरी सिर्जना चौधरीको हत्यारालाई कारबाही गर्नुपर्ने माग गर्दै सिंहदरवार घेराउ गर्न गएका उनीहरुलाई प्रहरी निरीक्षक निशान थापाको नेतृत्वमा खटिएका प्रहरीले दमन गरेका हो।
प्रहरीको कुटाइबाट दर्जन कमलरी घाइते भएका छन्। तीन जनाको अवस्था भने गम्भीर रहेको संयोजक फकला थारुले नागरिकन्युजलाई बताए। उनीहरुको अन्नपूर्ण अस्पतालमा उपचार भइरहेको छ।
गम्भीर घाइते हुनेमा दाङकी उर्मिला चौधरी, कैलालीका कमला चौधरी र सुजता चौधरी छन्। उनीहरु अझै बेहोस रहेको संयोजक थारुले बताए। बाँकी कमलरीलाई प्रहरीले हिरासतमा लिएको छ।
पुरुष प्रहरीले कमलरीमाथि लाठी बर्षाउँदा स्थानीयसमेत आक्रोशित बनेका थिए। उनीहरुले 'महिला प्रहरी खोइ?, माहिलामाथि तिमीहरुले हातपात गर्ने हो?' भन्दै प्रश्न गरेका थिए।
मुक्ति घोषणा र हक अधिकार सुनिश्चित गर्न माग गर्दै पश्चिम जिल्ला दाङ, बाँके, बर्दिया, कैलाली र कञ्चनपुरका करिब ६० जना कमलरी राजधानी केन्द्रीत आन्दोलन गरिरहेका छन्। पाँचदिन अघि राजधानी छिरेका उनीहरुले शान्तिवाटिकामा धर्ना दिइरहेका छन्।
राज्यले आफूहरुलाई बेवास्ता गरेकै कारण सिंहदरवार घेर्नुपरेको संयोजक थारुले बताए। प्रहरी हस्तक्षेपको थारु कल्याणकारिणी सभा र एमालेले कडा आपत्ति जनाएको छ। प्रेस विज्ञप्ती जारी गर्दै थारु कल्याणकारिणी सभाले सरकारलाई आतंककारीको संज्ञा दिँदै घोर भर्त्सना गरेको छ। त्यस्तै एमालेले पनि विज्ञप्ती जारी गर्दै दमनको विरोध र संघर्ष समितिको आन्दोलनलाई ऐक्यबद्धता जनाएको छ।

तस्बिर : मदन चौधरी
भिडियो हेर्नुस्