किन भइरहेको छ विमान बढी दुर्घटना ?
१९ जेष्ठ २०७०
•
१२ मिनेट पाठ
किन भइरहेको छ विमान बढी दुर्घटना ?
काठमाडौं - जेठ ३ : नेपाल वायुसेवा निगमको जहाज जोमसोममा दुर्घटना
जेठ १३ : गोमा एयरको जहाज सिमिकोटमा दुर्घटना
जेठ १८ : सीता एयरको जहाज सिमिकोटमा दुर्घटना
यी तीनवटै दुर्घटनामा केही समानता छन्। तीमध्ये प्रमुख र महत्वपूर्ण विषय के हो भने जहाज उडाएका तीनैजना पाइलट (क्याप्टेन/कमान्डर) को यो कम्तीमा दोस्रो दुर्घटना हो। भाग्यवश तीनै दुर्घटनामा मानवीय क्षति भने भएन। कुनै दुर्घटना भने पाइलटको 'जबर्जस्ती' ले भएका हुन्।तर, सँगसँगै अर्को गम्भीर विषय पनि अगाडि आएको छ, १६ दिनभित्र तीन दुर्घटना। उड्डयन विज्ञहरूका अनुसार यति छोटो समयमा तीन हवाई दुर्घटना सम्भवतः नेपालको उड्डयन इतिहासमै पहिलो पटक भएको हो। 
तीनवटै दुर्घटनामा परेका क्याप्टेनहरू त्यसअघि कम्तीमा एकपटक दुर्घटनामा परिसकेका छन्। मुस्ताङको जोमसोममा जेठ ३ गते भएको नेपाल वायुसेवा निगमको जहाज दुर्घटनाका क्याप्टेन दीपेन्द्र प्रधानको त यो चौथो दुर्घटना थियो। केही वर्षअघि लुक्लाबाट काठमाडौं आउँदा को–पाइलट बस्ने सिटमा एयर होस्टेसलाई ल्याएपछि प्रधानलाई एक वर्ष उडान गर्न निषेध गरिएको थियो। 
जेठ १३ गते हुम्लाको सिमिकोटमा भएको गोमा एयर दुर्घटनाका क्याप्टेन रवीन्द्र रोकायाको यो दोस्रो दुर्घटना थियो। त्यस्तै सिमिकोटमै जेठ १८ गते शनिबार भएको सीता एयर दुर्घटनाका क्याप्टेन किरण भट्टराईको पनि यो दोस्रै दुर्घटना थियो। यी सबै तथ्यले के देखाउँछ भने नेपालको उड्डयन सुरक्षामा गम्भीर लापरबाही भइरहेको छ। 

हुम्ला विमानस्थल स्रोतका अनुसार धावनमार्गमा कुहिरो लागेका बेला चालकदलले जहाजलाई छोटो दूरीमा बढी घुमाएर 'जबर्जस्ती' अवतरण गराउँदा सीताको जहाज दुर्घटना भएको थियो। पाइलटहरूले जबर्जस्ती गर्छन् भन्ने पछिल्लो उदाहरणका लागि निगमको एउटा टि्वनअटर जहाज एयर ट्राफिक कन्ट्रोलर (एटिसी) को अनुमतिबिना सोलुखुम्बुको लुक्लामा अवतरण गरेको घटनालाई लिन सकिन्छ।
जेठ १ गते बिहान मौसम खराब भएर विमानस्थल बन्द गरिएका बेला निगमका प्रशिक्षक पाइलट इच्छाराज गुरुङ र क्याप्टेन योगेश हिराचनले जबर्जस्ती लुक्लामा जहाज अवतरण गराएका थिए। अहिले यी दुवैलाई नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणले तीन महिना उडान गर्न नपाउने गरी 'ग्राउन्डेड' गरेको छ। 
पटक–पटक दुर्घटनामा पर्ने, अनि प्राधिकरणले केही समय ग्राउन्डेड गर्नेजस्ता सामान्यबाहेक थप कारबाही हुने नगरेको विज्ञहरूको भनाइ छ। आखिर किन पाइलटहरूले 'जबर्जस्ती' गर्छन् त?
डेढ दशकदेखि निजी कम्पनीको जहाज उडाइरहेका एक वरिष्ठ क्याप्टेन भने पाइलटले कहिल्यै पनि जबर्जस्ती नगर्ने दाबी गर्छन्। 'जबर्जस्ती गर्नेभन्दा पनि त्यसो गर्न दिने कारक तत्व के हो, त्यो पत्ता लगाउनु आवश्यक छ,' उनले भने, 'पाइलटलाई जबर्जस्ती उडान–अवतरणमा प्रेरित गर्न वायुसेवा कम्पनी, टिकट बुक गरेका ट्राभल एजेन्सी, पारिवारिक वा पैसाको समस्या जे पनि हुनसक्छन्।'
जहाज उडान–अवतरणमा वायुसेवा कम्पनीको 'दबाब' केही हदसम्म स्वीकार्य हुने उनले बताए। 'सुरक्षामात्रै भन्न थाल्यो भने पनि वायुसेवा कम्पनी बन्द हुन्छ, अनि जथाभावी उडाएर दुर्घटना हुँदा पनि कम्पनी बन्द हुन्छ,' उनले भने, 'दुवैको सामन्जस्य मिलाउँदै जानुपर्छ, नत्र गाह्रो हुन्छ।'
खराब मौसमका बेला सफल अवतरण गरेका पाइलटलाई कम्पनीले प्रवर्द्धन गर्ने गरेको उनको अनुभव छ। तर, विदेशमा त्यसो गरे पाइलटलाई कडा कारबाही हुने उनले जानकारी दिए। कुनै पाइलटले 'म जसरी पनि अवतरण गराइदिन्छु' भन्नुलाई उनी मानवीय स्वभाव भन्छन्। पाइलट पेसामा पनि 'इगो प्रोब्लम' हुने उनको भनाइ छ।

'जहाज उडिरहेका बेला एक निमेषमै निर्णय गर्नुपर्छ, त्यसबेलाको समय, अवस्था र सँगै रहने सहयोगी पाइलटको सल्लाहमा जहाज कता लाने भन्ने भर पर्छ,' ती पाइलटले भने, 'सरकारी नीति नियम कडा नहुँदा पनि दुर्घटना दर बढिरहेको छ। मुलुकमा धेरै हवाई दुर्घटना भए र सयौंले ज्यान गुमाए तर, घटनाका दोषीलाई जेल हाल्नेसम्मको कारबाही त हुनुपर्योु नि!' 
उनका अनुसार उड्नुअघि पाइलटका लागि 'बिरामी, औषधी सेवन, तनाव, मदिरा सेवन, थकान र उत्तेजना' मध्ये कुनै एक छ भने उसले जहाज उडाउनु हुँदैन। जहाज वा मौसममा समस्या भए 'आफ्नै जोखिममा अवतरण गर' भन्ने सूत्र पनि हुन्छ। दुर्घटना भएपछि पाइलटलाई दोष दिने होइन, सम्बद्ध वायुसेवा कम्पनीलाई कारबाही गर्नुपर्छ।
अर्को निजी कम्पनीका एक क्याप्टेनले प्राधिकणले उडान सुरक्षामा ध्यान नदिएको आरोप लगाए। दुई साताभित्र तीन दुर्घटना भए पनि भविष्यमा घटना हुन नदिन सचेत हुनुपर्ने र यसका लागि नियम कडारूपमा पालन हुनुपर्ने उनले बताए। 'उड्डयन सुरक्षामा खतराको घन्टी बजिसकेको छ,' उनले भने। 
वायुसेवा निगमका वरिष्ठ क्याप्टेन विजय लामा पनि जबर्जस्ती गर्नुपर्ने कारण पत्ता लगाउनतिर लाग्नुपर्नेमै जोड दिन्छन्। 'पाइलट, वायुसेवा, व्यवस्थापन वा यात्रु कसले जबर्जस्ती गरेको हो, त्यो खोज्नुपर्योम,' २५ वर्षदेखि टि्वनअटर र १० वर्षदेखि बोइङ उडाइरहेका उनले आइतबार नागरिकसँग भने, 'पाइलटले आफैं जबर्जस्ती गर्दैन, उसका पनि परिवार हुन्छन्। यदि हो भने उसलाई मात्र होइन, वायुसेवा कम्पनी, इन्जिनियर सबैलाई कारबाही हुनुपर्छ।'
बदमासी गर्ने पाइलटलाई प्राधिकरणले भेदभाव नगरी कारबाही गरेमात्र 'जबर्जस्ती' भन्ने हट्न सक्ने उनले बताए। 'नियम मिचेर उडान गरेको प्रमाणित भए पाइलटलाई कडाभन्दा कडा कारबाही गर्नुपर्छ,' उनले भने, 'यदि नियम मिच्न लगाउने वायुसेवा कम्पनी हो भने प्राधिकरणले उसको वायुसेवा सञ्चालन तथा अनुमति प्रमाणपत्र (एओसी) खोस्नुपर्छ। नजिर त बसाउनुपर्योस नि! कसैको जीवनसँग खेलवाड गर्ने अधिकार कसैलाई छैन।' 

लामाका अनुसार प्राधिकरण सञ्चालक समितिमा वायुसेवा कम्पनीको प्रतिनिधित्व हुनु हुँदैन। त्यसले गम्भीर प्रभाव पर्छ। प्राधिकरणका पाइलटलाई निजी कम्पनीका जहाज उडाउन दिनुहुन्न। प्राधिकरणमा पनि केही कमजोरी छन्। राजनीतिकरण बढी छ। दुर्घटना छानविन प्रतिवेदनका सुझाव कार्यान्वयनमा आउनुपर्छ। तबमात्र दुर्घटना कम गर्न सकिन्छ।
गत वर्ष प्राधिकरणका पाइलट प्रभुशरण पाठकले अग्नि एयरको जहाज पोखराबाट जोमसोम लैजाँदा दुर्घटना भएको थियो। जोमसोम टावरले अवतरण गर्न हुन्छ भन्दाभन्दै लगभग धावनमार्ग छोइसकेको जहाजमा 'खराबी' आएको भन्दै पाठकले जहाज उकासेका थिए। उता पोखरामा उनलाई बुवा–आमा खाना खान कुरिरहेका थिए। 'त्यही चिन्ताले उनी पोखरा फर्कन खोजे तर अगाडिको डाँडोमा ठोक्किँदा उनीसहित १५ जनाको मृत्यु भयो,' एक उड्डयन विज्ञले भने, 'पाठकलाई पारिवारिक दबाब नभएको भए सायद दुर्घटना टर्थ्यो।'
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका एक वरिष्ठ एटिसीले पाइलटको निर्णय नै अन्तिम हुने भएकाले एटिसीको गल्ती नहुने दाबी गरे। जहाज नउडाएर केही हुन्नँ तर उडाएर दुर्घटना हुँदा कम्पनीको प्रतिष्ठामा आँच आउने उनको भनाइ छ। 'प्राधिकरणको पनि कमजोरी हुन सक्छ, सुधार गर्दै लानुपर्छ,' उनले भने।
प्राधिकरणअन्तर्गतको हवाइउड्डयन सुरक्षा विभागका प्रमुख भेषराज सुवेदीले पछिल्लो दुर्घटनाप्रति आफूहरू गम्भीर भएको बताए। 'दुर्घटनाका कारण पत्ता लगाउँछौं र कसरी सचेत हुने अनि दुर्घटना कम हुने भन्ने निष्कर्ष निकाल्छौं,' उनले भने, 'यसका लागि वायुसेवाका प्रवर्द्धक, पाइलट, इन्जिनियर सबैसँग छलफल गरिरहेका छौं।' वायुसेवा कम्पनी, प्राधिकरण र जहाज निर्माता कम्पनीबीच सामन्जस्य भएमात्र उडान सुरक्षा राम्रो हुने उनले बताए।
अर्को समाचार
कांग्रेस सभापति देउवाले संसदमा भने : बाँस्कोटामाथि छानबिन नहुनु गम्भीर
१८ फागुन २०७६
•
४ मिनेट पाठ
कांग्रेस सभापति देउवाले संसदमा भने : बाँस्कोटामाथि छानबिन नहुनु गम्भीर
 काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सेक्युरिटी प्रिन्टिङ प्रेस प्रकरणमा पूर्वसञ्चारमन्त्रीले राजीनामा दिएको हप्तादिन वित्दा पनि छानबिन सुरु नहुनु गम्भिर विषयमा भएको बताएका छन्।

प्रतिनिधिसभा बैठकमा समय लिएर बोल्दै देउवाले पूर्व सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले राजीनामा दिएको हप्ता दिन भन्दा बढी समय भएपनि छानबिन सुरु नहुनुको पछाडि गम्भिर नियत लुकेको बताए। उनको सार्वजनिक भएको अडियोमा 'हामी’ भनेर कसलाई भनिएको हो ? भन्ने विषयमा प्रधानमन्त्रीले प्रष्ट पार्नुपर्ने माग गरे। 'हप्ता पुग्दा पनि छानबिन नहुनुको पछाडि गम्भिर नियत छ। अडियो प्रष्ट सुनिन्छ। हामी भनेर कसलाई भनेका हुन ? हामी भित्र को को पर्छन ? प्रधानमन्त्रीले प्रष्ट पार्नुहोस’, उनले भने।

छानबिन सुरु नहुँदै प्रधानमन्त्रीले अडियो नक्कली हो भन्दै अभिव्यक्ति दिएपछि छानबिन प्रभावित हुन्छ की हुँदैन भन्दै उनले प्रश्न समेत गरे। 'छानबिन गर्ने निकायले छानबिन गर्नुभन्दा पहिले नै प्रधानमन्त्रीले अडियो नक्कली भन्नुभयो। त्यसले छानबिन प्रभावित हुन्छ की हुँदैन्। छानबिन हुनुभन्दा पहिले तपाईले निणर्य दिनुभयो भने तर्पाइको बोलिको विश्वसनियता कमजोर भएन् ?’, देउवाले प्रश्न गरे। 

सभापति देउवाले सेक्युरिटी प्रिन्टिङ प्रेस प्रकरणको अनियमितताबाट ध्यान अन्त मोड्न सरकारले नेपाल ट्रष्टको स्वेतपत्र लिएको आरोप समेत लगाए। 'नेपाल ट्रष्टको स्वेतपत्रले सेक्युरिटी प्रेस प्रकरणबाट मुलुकको ध्यान मोड्ने प्रयत्न भएको छ। गोकर्ण रिसोर्टको ध्यान मोड्ने प्रयत्न भएको  छ। टेलिकमको प्रकरणमा अर्बो भ्रष्टाचार भएको कुरा आएको छ। एनसेलले ४ अर्बमा सकेको काम एनटिसीर्लाइ १२ अर्ब कसरी लाग्यो ?’, देउवाले प्रश्न गरे।

उनले नेपाल ट्रष्टको स्वेतपत्रमा उल्लेख भएजस्तो आफु प्रधानमन्त्री भएको समयमा कुनै निर्णय नभएको प्रष्टिकरण दिए। राजनीतिक पूर्वाग्रहका कारण आफ्नो नाम जोडिएको उल्लेख गर्दै उनले स्वेतपत्रप्रति आपत्ति जनाए।

देउवाले सरकारले पेट्रोलियम पदार्थमा करले जनतालाई भार बढेको भन्दै तत्काल कर हटाउन आग्रह गरे।

सभापति देउवाले कोरोना भाइरस विश्वका ५० भन्दा बढी देशमा फैलिएको उल्लेख गर्दै आवश्यक पूर्व तयारी गर्न सरकारको ध्यानाकर्षण पनि गए। विश्व स्वास्थ्य संगठन डब्ल्युएचओले समेत नेपाल कोरोनाको उच्च जोखिममा रहेको भनेकाले सरकारले पूर्वतयारीर्लाइ तिव्रता दिनुपर्ने देउवाले बताए। विदेशमा रहेका नेपालीहरुलाई सतर्क रहनपनि देउवाले आग्रह गरे।

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली भने अनुपस्थित थिए। संसदीय मान्यता अनुसार प्रधानमन्त्री बोल्दा विपक्षी दलको नेता र विपक्षी दलको नेता बोल्दा प्रधानमन्त्री उपस्थित हुने परम्परा भएपनि प्रधानमन्त्री भने आजको बैठकमा अनुपस्थित रहे।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ५ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ५ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस