फेरि स्थानीय विकास शुल्क असुल्न सुरु
२७ जेष्ठ २०७०
•
८ मिनेट पाठ
फेरि स्थानीय विकास शुल्क असुल्न सुरु
काठमाडौं- सरकार र व्यवसायीको 'मिलेमतो' मा फेरि स्थानीय विकास शुल्क असुल्न थालिएको छ। यस्तो शुल्क दुवैले बाँडीचुँडी लिने सम्झौतासमेत भएको छ। यसविरुद्ध व्यवसायी आफैंले यसअघि लामो समय आन्दोलन गरेपछि सरकारले बजेटमार्फत खारेज गरेको थियो।स्थानीय विकास शुल्क उठाउने काम कैलालीबाट फेरि सुरु भएको छ। शुल्क असुल्न कैलाली जिल्ला विकास समिति (जिविस) र कैलाली उद्योग वाणिज्य संघबीच गत वैशाख ९ गते सम्झौतासमेत भइसकेको छ। एक जिल्लाबाट अर्को जिल्ला भित्रिने सामानमा स्थानीय विकास शुल्क लिन जिविसले वैशाख २६ गते ठेक्का आह्वान गरिसकेको छ। 
नागरिकलाई प्राप्त जिविस र उद्योग वाणिज्य संघबीच भएको सम्झौताअनुसार कैलालीभित्र अन्य जिल्लाबाट भित्रिने सुर्तीजन्य, मदिराजन्य, जुसबाहेक अन्य पेय पदार्थ र मिनरल वाटरमा आर्थिक वर्ष २०६९/७० को बाँकी अवधिदेखि नै स्थानीय विकास शुल्क असुल गरिने छ। 
ती सामान खरिद बिलअनुसार एक प्रतिशत स्थानीय विकास शुल्क ठेक्कामार्फत असुल्ने र त्यस्तो रकम तोकिएका क्षेत्रमा खर्च गर्ने सम्झौतामा उल्लेख छ। स्थानीय निकाय आर्थिक प्रशासन नियमावली २०६४ को नियम १ सय ५७ बमोजिम सार्वजनिक–निजी साझेदारी नीति अवलम्बन गरी सम्झौता भएको हो। 
जिविसले आह्वान गरेको ठेक्काअनुसार कषि तथा पशुजन्य वस्तु निकासीका लागि वार्षिक १ करोड १६ लाख ९९ हजार, अन्य जिल्लाबाट भित्रिने मदिराजन्य, पेय पदार्थ (जुसबाहेक) मिनरल वाटर, सुर्तीजन्य वस्तुलाई १ करोडलगायत पर्नेछ।
सम्झौतामा पहिलो पक्षका तर्फबाट कैलालीका स्थानीय विकास अधिकारी केदारबहादुर बोगटी तथा दोस्रो पक्षका तर्फबाट उद्योग वाणिज्य संघका अध्यक्ष कर्णबहादुर कुवँरले हस्ताक्षर गरेका छन्। संघका वरिष्ठ उपाध्यक्ष राजेश भण्डारी र जिविसका आन्तरिक लेखा परीक्षण अधिकृत योगेन्द्रबहादुर चन्दले साक्षीका रूपमा हस्ताक्षर गरेका छन्। 
स्थानीय विकास शुल्क खरिद बिलको (भ्याटबाहेक) एक प्रतिशतका दरमा जिविसले प्रतिस्पर्धात्मक तरिकाबाट ठेक्कामार्फत संकलन गर्ने द्विपक्षीय सर्त रहेको छ। त्यस्तो शुल्क असुल्न उद्योग वाणिज्य संघको सक्रिय सहयोग आवश्यक हुने तथा उठेको रकम बराबर भागबण्डा गर्न उचित र आवश्यक भएको भन्दै दुवै पक्षको सहमतिअनुसार आधा–आधा बाँडफाँट गर्ने सम्झौतामा उल्लेख छ।
'आफैंले लामो समय आन्दोलन गरेर खारेज गराएको स्थानीय विकास शुल्क फेरि असुल्न थाल्नु उद्योग–व्यवसायविरुद्धको कदम हो,' सम्बद्ध एक उद्योगीले सोमबार नागरिकसँग भने, 'कैलालीबाट सुरु भएको यस्तो शुल्क असुली अब विस्तारै मुलुकभर पुग्नेमा दुई मत छैन।'
जिविस र उद्योग वाणिज्य संघको गैरकानुनी क्रियाकलापबाट मुलुकको औद्योगिक वातावरण खल्बलिने ती व्यवसायीले दाबी गरे। 'कानुनले नै खारेज गरेको शुल्क फेरि उठाउन थालेपछि उद्योग, कलकारखाना कसरी फस्टाउँछ?,' उनले भने, 'उद्योगी–व्यवसायीबाट हतोत्साही भएका छन्। यसबाट लगानी गर्न पनि डराउने अवस्था सिर्जना भएको छ।'
जुन जिल्लामा उद्योग–कलकारखाना छन्, त्यही जिल्लामा मात्र स्थानीय विकास शुल्क असुल्न स्थानीय निकाय आर्थिक प्रशासन नियमावली २०६४ ले अधिकार प्रत्यायोजन गरेको छ। तर, एक जिल्लामा उत्पादित सामान अन्य क्षेत्र लाँदा प्रत्येक जिल्लामा यसखाले शुल्क असुल्न भने सरकारले करिब पाँच वर्षअघि नै रोक्का गरेको थियो। 
'जिल्ला भित्रिने वस्तुमा यसरी स्थानीय विकास शुल्कका नाममा कर उठाउने कामले पूरै व्यावसायिक क्षेत्रमा थप आर्थिक दायित्व सिर्जना भएको छ,' अर्का एक उद्योगीले भने, 'बिल मूल्यमा विभिन्न कर जोडिएरै आएको हुन्छ। मूल्य अभिवृद्धि कर (भ्याट) बाहेकको बिल मूल्यमा कर लिँदा करमाथि कर थपिन जान्छ।'
उनका अनुसार हाल व्यावसायिक क्षेत्र चन्दालगायत आर्थिक दबाबबाट गुजि्ररहेको छ। यस्तो बेला राज्यका जिम्मेवार निकायबाट नै एकतर्फी रूपमा आर्थिक दायित्व थपिदिँदा सम्पूर्ण औद्योगिक–व्यावसायिक क्षेत्र 'आतंकित' बन्न पुगेको छ। 
'वर्तमान प्रतिस्पर्धात्मक बजारमा यस्ता अनपेक्षित र आकस्मिक दायित्वका कारण भइरहेका उद्योग–व्यापार धराशयी हुनेमात्र नभई नयाँ लगानी भित्रिने सम्भावना क्षीण हुन्छ,' उनले प्रश्न गरे, 'आज जिविस, भोलि नगरपालिका, पर्सी गाविसलगायतका नाउँमा कर असुल गर्दा उत्पादन लागत कहाँ पुग्ला? यसबारे सरकारले किन सोच्दैन?'
कैलाली जिविस र उद्योग वाणिज्य संघले आफूलाई प्राप्त हुन आएको रकम खर्च गर्न आ–आफ्नै निकायमा प्रचलित ऐनकानुन र आर्थिक प्रशासनसम्बन्धी नियममार्फत गर्नुपर्ने सम्झौतामा उल्लेख छ। जिविसले संघलाई तोकिएअनुसार प्रतिशतको रकम चौमासिक उपलब्क गराउने सम्झौता भएको छ। उठेको रकम प्राथमिकता निर्धारण गरी खर्च गर्नुपर्ने उल्लेख छ। 
सम्झौताअनुसार उद्योग वाणिज्य संघले प्राप्त गर्ने रकम बढीमा ४० प्रतिशत व्यवसायी विकास तथा कल्याणकारी कोषमा र बाँकी पूर्वाधार विकास (सडक, नदी नियन्त्रण, भवन, खानेपानी, विद्युत), पर्यटन प्रवर्द्धन, सामाजिक विकास (शिक्षा, स्वास्थ्य, अञ्चल अस्पताल सेवा वृद्धि, महिला, बालबालिका, अपांग, उपेक्षित उत्पीडित वर्ग उत्थान, खानेपानी, खेलकुद र मनोरञ्जन), कोष तथा पशु विकास र बजार व्यवस्थापन, संघको प्रशासनिक काममा खर्च गरिने छ। 

स्थानीय विकास शुल्क असुल्न कैलालीको पूर्वी प्रवेशद्वार बलिया–९ चिसापानी र मालाखेती गाविसको अत्तरियामा पोस्ट हुने तथा दुवै पक्षको सहमति भए त्यसबाहेक अन्य स्थानमा पनि तोक्न सकिने सम्झौतामा उल्लेख छ।
अर्को समाचार
फेरि स्थानीय विकास शुल्क असुल्न सुरु
२७ जेष्ठ २०७०
•
८ मिनेट पाठ
फेरि स्थानीय विकास शुल्क असुल्न सुरु
काठमाडौं- सरकार र व्यवसायीको 'मिलेमतो' मा फेरि स्थानीय विकास शुल्क असुल्न थालिएको छ। यस्तो शुल्क दुवैले बाँडीचुँडी लिने सम्झौतासमेत भएको छ। यस्तो शुल्कविरुद्ध व्यवसायी आफैंले यसअघि लामो समय आन्दोलन गरेपछि सरकारले बजेटमार्फत शुल्क खारेज गरेको थियो।स्थानीय विकास शुल्क उठाउने काम कैलालीबाट फेरि सुरु भएको छ। शुल्क असुल्न कैलाली जिल्ला विकास समिति (जिविस) र कैलाली उद्योग वाणिज्य संघबीच गत वैशाख ९ गते सम्झौतासमेत भइसकेको छ। एक जिल्लाबाट अर्को जिल्ला भित्रिने सामानमा स्थानीय विकास शुल्क लिन जिविसले वैशाख २६ गते ठेक्का आह्वान गरिसकेको छ।

नागरिकलाई प्राप्त जिविस र उद्योग वाणिज्य संघबीच भएको सम्झौताअनुसार कैलालीभित्र अन्य जिल्लाबाट भित्रिने सूर्तीजन्य, मदिराजन्य, जुसबाहेक अन्य पेय पदार्थ र मिनरल वाटरमा आर्थिक वर्ष २०६९/७० को बाँकी अवधिदेखि नै स्थानीय विकास शुल्क असुल गरिने छ। 

ती सामान खरिद बिलअनुसार एक प्रतिशत स्थानीय विकास शुल्क ठेक्कामार्फत असुल्ने र त्यस्तो रकम तोकिएका क्षेत्रमा खर्च गर्ने सम्झौतामा उल्लेख छ। स्थानीय निकाय आर्थिक प्रशासन नियमावली २०६४ को नियम १ सय ५७ बमोजिम सार्वजनिक–निजी साझेदारी नीति अवलम्बन गरी सम्झौता भएको हो। 

जिविसले आह्वान गरेको ठेक्काअनुसार कषि तथा पशुजन्य वस्तु निकासीका लागि वार्षिक १ करोड १६ लाख ९९ हजार, अन्य जिल्लाबाट भित्रिने मदिराजन्य, पेय पदार्थ (जुसबाहेक) मिनरल वाटर, सुर्तीजन्य वस्तुलाई १ करोडलगायत पर्नेछ।

सम्झौतामा पहिलो पक्षका तर्फबाट कैलालीका स्थानीय विकास अधिकारी केदारबहादुर बोगटी तथा दोस्रो पक्षका तर्फबाट उद्योग वाणिज्य संघका अध्यक्ष कर्णबहादुर कुवँरले हस्ताक्षर गरेका छन्। संघका वरिष्ठ उपाध्यक्ष राजेश भण्डारी र जिविसका आन्तरिक लेखा परीक्षण अधिकृत योगेन्द्रबहादुर चन्दले साक्षीका रूपमा हस्ताक्षर गरेका छन्। 

स्थानीय विकास शुल्क खरिद बिलको (भ्याटबाहेक) एक प्रतिशतका दरमा जिविसले प्रतिस्पर्धात्मक तरिकाबाट ठेक्कामार्फत संकलन गर्ने द्विपक्षीय सर्त रहेको छ। त्यस्तो शुल्क असुल्न उद्योग वाणिज्य संघको सक्रिय सहयोग आवश्यक हुने तथा उठेको रकम बराबर भागबण्डा गर्न उचित र आवश्यक भएको भन्दै दुवै पक्षको सहमतिअनुसार आधा–आधा बाँडफाँट गर्ने सम्झौतामा उल्लेख छ।

'आफैंले लामो समय आन्दोलन गरेर खारेज गराएको स्थानीय विकास शुल्क फेरि असुल्न थाल्नु उद्योग–व्यवसायविरुद्धको कदम हो,' सम्बद्ध एक उद्योगीले सोमबार नागरिकसँग भने, 'कैलालीबाट सुरु भएको यस्तो शुल्क असुली अब विस्तारै मुलुकभर पुग्नेमा दुई मत छैन।'

जिविस र उद्योग वाणिज्य संघको गैरकानुनी क्रियाकलापबाट मुलुकको औद्योगिक वातावरण खल्बलिने ती व्यवसायीले दाबी गरे। 'कानुनले नै खारेज गरेको शुल्क फेरि उठाउन थालेपछि उद्योग, कलकारखाना कसरी फस्टाउँछ?,' उनले भने, 'उद्योगी–व्यवसायीबाट हतोत्साही भएका छन्। यसबाट लगानी गर्न पनि डराउने अवस्था सिर्जना भएको छ।'

जुन जिल्लामा उद्योग–कलकारखाना छन्, त्यही जिल्लामा मात्र स्थानीय विकास शुल्क असुल्न स्थानीय निकाय आर्थिक प्रशासन नियमावली २०६४ ले अधिकार प्रत्यायोजन गरेको छ। तर, एक जिल्लामा उत्पादित सामान अन्य क्षेत्र लाँदा प्रत्येक जिल्लामा यसखाले शुल्क असुल्न भने सरकारले करिब पाँच वर्षअघि नै रोक्का गरेको थियो। 

'जिल्ला भित्रिने वस्तुमा यसरी स्थानीय विकास शुल्कका नाममा कर उठाउने कामले पूरै व्यावसायिक क्षेत्रमा थप आर्थिक दायित्व सिर्जना भएको छ,' अर्का एक उद्योगीले भने, 'बिल मूल्यमा विभिन्न कर जोडिएरै आएको हुन्छ। मूल्य अभिवृद्धि कर (भ्याट) बाहेकको बिल मूल्यमा कर लिँदा करमाथि कर थपिन जान्छ।'

उनका अनुसार हाल व्यावसायिक क्षेत्र चन्दालगायत आर्थिक दबाबबाट गुजि्ररहेको छ। यस्तो बेला राज्यका जिम्मेवार निकायबाट नै एकतर्फी रूपमा आर्थिक दायित्व थपिदिँदा सम्पूर्ण औद्योगिक–व्यावसायिक क्षेत्र 'आतंकित' बन्न पुगेको छ। 

'वर्तमान प्रतिस्पर्धात्मक बजारमा यस्ता अनपेक्षित र आकस्मिक दायित्वका कारण भइरहेका उद्योग–व्यापार धराशयी हुनेमात्र नभई नयाँ लगानी भित्रिने सम्भावना क्षीण हुन्छ,' उनले प्रश्न गरे, 'आज जिविस, भोलि नगरपालिका, पर्सी गाविसलगायतका नाउँमा कर असुल गर्दा उत्पादन लागत कहाँ पुग्ला? यसबारे सरकारले किन सोच्दैन?'

कैलाली जिविस र उद्योग वाणिज्य संघले आफूलाई प्राप्त हुन आएको रकम खर्च गर्न आ–आफ्नै निकायमा प्रचलित ऐनकानुन र आर्थिक प्रशासनसम्बन्धी नियममार्फत गर्नुपर्ने सम्झौतामा उल्लेख छ। जिविसले संघलाई तोकिएअनुसार प्रतिशतको रकम चौमासिक उपलब्क गराउने सम्झौता भएको छ। उठेको रकम प्राथमिकता निर्धारण गरी खर्च गर्नुपर्ने उल्लेख छ। 

सम्झौताअनुसार उद्योग वाणिज्य संघले प्राप्त गर्ने रकम बढीमा ४० प्रतिशत व्यवसायी विकास तथा कल्याणकारी कोषमा र बाँकी पूर्वाधार विकास (सडक, नदी नियन्त्रण, भवन, खानेपानी, विद्युत), पर्यटन प्रवर्द्धन, सामाजिक विकास (शिक्षा, स्वास्थ्य, अञ्चल अस्पताल सेवा वृद्धि, महिला, बालबालिका, अपांग, उपेक्षित उत्पीडित वर्ग उत्थान, खानेपानी, खेलकुद र मनोरञ्जन), कोष तथा पशु विकास र बजार व्यवस्थापन, संघको प्रशासनिक काममा खर्च गरिने छ। 

स्थानीय विकास शुल्क असुल्न कैलालीको पूर्वी प्रवेशद्वार बलिया–९ चिसापानी र मालाखेती गाविसको अत्तरियामा पोस्ट हुने तथा दुवै पक्षको सहमति भए त्यसबाहेक अन्य स्थानमा पनि तोक्न सकिने सम्झौतामा उल्लेख छ। 
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ३ घण्टा अघि | १ मिनेट पाठ

रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ४ घण्टा अघि | १ मिनेट पाठ

आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ५ घण्टा अघि | ० मिनेट पाठ

प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ

नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ५ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस