कुवेतमा ५ सय नेपाली पक्राउ
३० जेष्ठ २०७०
•
८ मिनेट पाठ
कुवेतमा ५ सय नेपाली पक्राउ
काठमाडौं - डेढ महिनायता कुवेत प्रहरीले ५ सयभन्दा बढी नेपालीलाई पक्राउ गरेको छ। अवैध आप्रवासी कामदार पक्राउ गरी डिपोर्ट (स्वदेश फर्काउने) गर्ने अभियानअन्तर्गत विभिन्न स्थानमा छापा मारिएको हो। पक्राउमध्ये डेढ सयजतिलाई नेपाल फर्काइसकिएको छ। कुवेतमा रहेका करिब ७५ हजार नेपाली कामदारमध्ये ५ हजार अवैध रुपमा बसिरहेको आँकडा छ।कुवेत सरकारले डेढ सयजति फर्काइसकिएको, बाँकीबारे थप अनुसन्धान गरिरहेको नेपाल पत्रकार महासंघ, कुवेत शाखाका अध्यक्ष सुजन केसीले जानकारी दिए। अनुसन्धानबाट अवैध ठहरिएका सबैलाई फिर्ता पठाइनेछ। नेपाली दूतावासलाई भने अवैध पुष्टि गरेर डिपोर्ट गर्ने सूचीमात्र पठाउने गरिएको छ।

'हाम्रो स्थलगत अध्ययनअनुसार ४५ दिनयता ५ सयभन्दा बढी नेपाली पक्राउ परेका छन्। यो साता फर्वानिया, हवली र सालमिया क्षेत्रबाट धेरै नेपाली महिला पक्राउ परेका छन्,' केसीले भने। 

कुवेत सरकारले डिपोर्ट भइसकेका नेपाली कामदारको मात्र नामावली नेपाली दूतावास पठाएको छ। सूचीमा १ सय ३१ जनाको नाम छ जसमा ८७ महिला, ४४ पुरुष छन्। पक्राउ पर्नेको संख्या बढेपछि दूतावासले दुई कर्मचारी त्यहाँको प्रहरी कार्यालय निरीक्षण गरी डिपोर्ट गर्न लागिएकालाई ट्राभल डकुमेन्ट उपलब्ध गराउन खटाएको छ। 

'छापा मार्ने क्रम दिनहुँ चलेको छ। कुवेतले हामीलाई सोमबारसम्मको मात्र तथ्यांक पठाएको हो। तीन दिनयताको तथ्यांक आएको छैन,' कुवेतका लागि नेपाली राजदूत मधुवन पौडेलले टेलिफोनबाट नागरिकसँग भने। पछिल्ला तीन दिनमा पक्राउ पर्ने आप्रवासी कामदारको संख्या निकै बढी रहेको दूतावासले जनायो। 

सन् २०१३ भित्र कम्तीमा एक लाख अवैध आप्रवासी कामदार पक्राउ गरी डिपोर्ट गर्ने योजना छ। कुवेत प्रहरीले डेढ महिनादेखि त्यहाँका घर तथा उद्योग छापा मार्ने कामामा तीव्रता दिएको छ। हालसम्म फर्वानिया, उमरिया, जिलिव, जाहार, अहमदी, सुलेबिया, फिरदोसलगायत क्षेत्रमा व्यापक छापा मारेको छ।

सवारीसाधनमा समेत छापा मारेर अवैध आप्रवासी कामदार पक्राउ जारी छ। केसीका अनुसार दैनिक सयौं कामदार पक्राउ पर्ने गरेका छन्। डेढ महिनायता २० हजार बढी पक्राउ परेका छन् भने ११ हजार ८ सयलाई डिपोर्ट गरिसकेको छ।

छापा मार्दा अवैध नेपाली कामदारलाई उनीहरु बस्ने खाटमुनि, ड्रम, दराज र ट्वाइलेटमा लुक्दै गरेको अवस्थामा समेत पक्राउ गरेको थियो। पक्राउ परेका केही नेपालीबाट दर्जनौं बोतल रक्सी, रक्सी बनाउने भाँडा समेत भेटिएको र केही महिला वेश्यावृत्तिमा समेत संलग्न रहेको अभियोग स्थानीय प्रहरीले लगाएको छ। 

'नेपाली महिला, पुरुष दुवै थरी कामदार रक्सी बनाउने गैरकानुनी काम गरेको अभियोगमा समेत पक्राउ परेका छन्,' अध्यक्ष केसीले बताए। कुवेतमा रक्सी खानु, बनाउनु र बेच्नु गैरकानुनी मानिन्छ। नेपाली कामदारले कुवेत जाँदा घरबाट लगेको मर्चा (रक्सी बनाउँदा मिसाइने पदार्थ) प्रयोग गरी प्रेसर कुकरमा रक्सी बनाउने गरेको राजदूत पौडेलले समेत स्विकारे।

'गैरकानुनी कार्य नगर भनेर हामीले बारम्बार सम्झाउने गरेका छौं, जति भन्दा पनि केही लागेन,' राजदूत पौडेलले भने, 'जाँच्ने हो भने समस्या परेर दूतावास आइपुग्ने प्रत्येक १० जनामा दुईजनाले रक्सी सेवन गरेकै भेटिन्छ, चाहे त्यो बिहान होस् या दिउँसो।'

एक साताअघि छापा मार्दा एकै ठाउँबाट २२ जना नेपाली महिला पक्राउ परेका थिए। भोलिपल्ट 'नेक्ट डे' कुवेती दैनिक पत्रिकाले ती महिला वेश्यावृत्ति अभियोगमा पक्राउ भएको उल्लेख गरेको केसीले बताए। पक्राउ पर्नेमा विवाह दर्ता कागजात नभएका, तर 'लिभिङ टुगेदर' भन्दै सँगै बस्दै आएका केही नेपाली पनि परेका छन्। 

कुवेत अध्यागमनले केही दिनअघि ३ हजार महिला र २ हजार पुरुष गरी ५ हजार नेपाली गैरकानुनी तरिकाले काम गरिरहेको सूची सार्वजनिक गरेको थियो। सूचीमा पर्ने अधिकांश नेपाली २० नम्बर भिसा अर्थात् घरेलु कामदारका रुपमा जानेहरु छन्। २० नम्बर भिसामा जानेहरु जो नेपालबाट सम्झौता गरेको घरमा नबसी अन्यन्त्र काम गरेका छन्, त्यस्तालाई पक्राउ गरी डिपोर्ट गरिएको छ। 'भिसाका दृष्टिले उनीहरु अवैध होइनन्, तर कुवेतका कानुनअनुसार स्पोन्सरको घरभन्दा बाहिर काम गर्न पाइँदैन,' केसीले भने। 

कुवेतमा एकजना नेपाली घरेलु कामदारलाई खानबस्नबाहेक न्यूनतम मासिक तलब ६० केडी (करिब २० हजार रुपैयाँ) दिनुपर्ने व्यवस्था छ। स्पोन्सरकोमा नबसी अन्यत्र दैनिक तीन/चार घरमा काम गर्दा मासिक न्यूनतम एक सय २० केडी (करिब ४० हजार रुपैयाँ) कमाइ हुने गर्छ। यसैकारण नेपाली घरेलु कामदारको भिसा किनी स्पोन्सरकोमा नबसी अन्यन्त्र काम गर्ने गर्छन्। 

सन् २०११ मा अवैध आप्रवासी कामदारलाई बिना सजाय स्वदेश फिर्ता गर्न कुवेतले एम्नेस्टी (आममाफी) खुलाएको थियो। त्यतिबेला ४ हजार अवैध नेपाली कामदारले स्वदेश फर्कन दूतावासबाट यात्रा अनुमतिपत्र लिएका थिए। यात्रा अनुमति लिनेमध्ये २ हजारमात्र फर्किएका थिए भने बाँकी त्यहीँ लुकिछिपी बसेका थिए।
अर्को समाचार
नेपाली दूतवासका कर्मचारी कुवेतमा पक्राउ
०१ पौष २०७०
•
५ मिनेट पाठ
नेपाली दूतवासका कर्मचारी कुवेतमा पक्राउ
काठमाडौं— दूतावासका दुई कर्मचारीसहित तीन नेपालीलाई स्थानीय प्रहरीले पक्राउ गरेपछि कुवेतस्थित नेपाली दूतावासले मानहानि भएको भन्दै त्यहाँको सरकारलाई विरोधपत्र बुझाएको छ।प्रहरीले स्थानीय समयअनुसार शनिबार साँझ ७ बजे नेपाली दूतावासमा स्थानीय कर्मचारीको रूपमा कार्यरत राजु क्षेत्री तथा स्वराज अहमद र क्षेत्रीकी पत्नीलाई पक्राउ गरेको थियो । दूतावासको पहलमा दुवै कर्मचारी रिहा भइसकेका छन् भने क्षेत्रीकी पत्नी प्रहरी नियन्त्रणमै छिन् । कर्मचारी पक्राउ परेको तेस्रो दिनसम्म घटना गुपचुप नै राखिएको थियो ।

प्रहरीले बिनाजानकारी कर्मचारी पक्राउ गरेपछि दूतावासले सोमबार कुवेतको विदेश मन्त्रालयलाई विरोधपत्र बुझाएको हो । 'हाम्रो मानहानि भयो भनेर कुवेतको विदेश मन्त्रालयलाई प्रोटेस्ट लेटर (विरोधपत्र) बुझाएका छौं,' कुवेतका लागि नेपाली राजदूत मधुवन पौडेलले टेलिफोनमा नागरिकसँग भने, 'कुवेतको विदेश मन्त्रालयले नहुनुपर्ने भयो भनेर मौखिक रूपमा क्षमयाचना गरेको छ । यसलाई सकेसम्म छिटो कूटनीतिक तहबाट समाधान गर्न हामीले भनेका छौं ।'

राजदूत पौडेलले कर्मचारीकी पत्नीको मुद्दा–मामिला भएकाले रिहा गर्न नसकिएको जानकारी दिए । उनलाई मंगलबार रिहा गर्ने सम्भावना भएको पौडेलको भनाइ छ ।

राजदूत पौडेलका अनुसार उनी एक ब्युटी पार्लरमा काम गर्थिन् । नेपालबाट '१८ नम्बर भिसा'मा गएकी उनले ब्युटी पार्लरमा काम गरेको तीन वर्ष पूरा भइसकेको थियो । कुवेती कानुनअनुसार १८ नम्बर भिसामा जाने कामदारले तीन वर्षपछि स्वेच्छाले रोजगार तथा मालिक फेर्न पाउँछन् । ती महिलाले पनि अर्को ब्युटी पार्लरबाट राम्रो 'अफर' आएपछि पुरानो ठाउँको काम छाडेकी थिइन् ।

कुवेतमा छिर्नेबित्तिकै प्रायः कामदारको राहदानी रोजगारदाता(मालिक)ले लिने गर्छन् । उनीहरूको करार अवधि सकिएपछि मात्र मालिकले राहदानी फिर्ता गर्ने अभ्यास छ । राहदानी फिर्ता नभएसम्म अर्को ठाउँमा काम गर्न पाइँदैन । बिनाराहदानी काम सुरु गरे अवैध हुन्छ । अर्को ठाउँमा जान ती महिलाले मालिकसँग आफ्नो राहदानी फिर्ता मागेकी थिइन् ।

धनाढ्य मालिकले राहदानी फिर्ता नगरेपछि गत नोभेम्बरमा उनले त्यहाँको अदालतमा 'राहदानी फिर्ता गराइपाऊँ' भनेर उजुरी दिएकी थिइन् । अदालतले उनको मालिकलाई राहदानीसहित आउन भनिसकेको थियो । यहीबीच मालिकले शनिबार साँझ उनलाई राहदानी लिन बोलाएका थिए । कुवेती कानुनअनुसार बिनाअनुमति कसैको घरमा प्रवेश गर्न पाइँदैन ।

राहदानी लिन जाँदा ती महिलाले नेपाली दूतावासमा कार्यरत आफ्ना पति राजु र अर्का कर्मचारी अहमद पनि सँगै लगेकी थिइन् । कम्पाउन्डभित्र छिर्नेबित्तिकै मालिकले प्रहरीको गुप्तचरी निकायमा खबर गरी उनीहरूलाई बुझाइदिए । त्यसपछि क्षेत्री र अहमदले दूतावासमा फोन गरेर जानकारी गराएका थिए । दूतावासका प्रथम सचिव विशाल भट्टराईले प्रहरी स्टेसन पुगेर तीन घन्टापछि क्षेत्री र अहमदलाई रिहा गराएका थिए ।

'प्रहरीलाई जबर्जस्ती धकेलेको आरोप क्षेत्री र अहमदमाथि लगाइएको छ,' राजदूत पौडेलले भने, 'कूटनीतिक तहबाट हामी समाधान खोज्दैछौं ।' आफ्ना कर्मचारी पक्राउ परेको तेस्रो दिनसम्म कुवेतका सरकारबाट कुनै प्रतिक्रिया नआएपछि दूतावासका कर्मचारी विरोधपत्र लिएर कुवेतको विदेश मन्त्रालय पुगेका थिए ।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस