कालीकोट- बुधबार आएको वर्षाले कालीकोटको सेरीघाटमा पहिरोले पुरिएर दुईजनाको मृत्युभएको छ भने एकजना घाइते भएका छन्। मृत्यु हुनेमा राँचुली गाविस–३ का ४५ वर्षीया जग्ते विक, ४७ वर्षीया दल्जित विक रहेका छन्। घाइते हुनेमा सोही गाविस–३ का बुचे विक रहेका छन्।भारतको केदारनाथमा चारजना आफन्त गुमाएर घर फर्किने क्रममा सेरीघाटस्थित एक होटलमा सुतिरहेको अवस्थामा राति माथिबाट ढुङ्गा खसेर लाग्दा उनीहरूको मृत्युभएको हो।
घाइते विकको दायाँ खुट्टा नभएको र पहिरोले पुरिएर एकजनाको शव बाहिर निकाल्न नसकिएको स्थानीय प्रत्यक्षदर्शी दानबहादुर विष्टले बताए।
घटनास्थलमा उद्धारका लागि प्रशासनलगायतको निकायलाई जानकारी गराए पनि कसैले उद्धारका लागि पहल नगरेको आरोप उनले लगाए।
प्रमुख जिल्ला अधिकारी जगतबहादुर बस्नेतले उद्धारका लागि प्रहरी चौकीलाई निर्देशन दिइसकेको र जिल्लाबाट उद्धारका लागि नेपाली सेनाको टोली जाने बताए।