क्वालालम्पुर (मलेसिया) - नेपाली व्यवसायीले मलेसियामा सुरु गरेको धवलागिरी पसलले विभिन्न देशका कम्पनीसँग साझेदारी गरी उत्पादन गरेको 'बोगटी' ब्रान्डका सामानले क्रमशः लोकप्रियता कमाइरहेका छन्।
व्यवसायी दिपक बोगटीले सुरु गरेको धवलागिरी पसलले बोगटी ब्रान्डमा ब्लाङ्केट, सिरक, सिरानी, टर्चलाइट, ट्रली ब्याग, सुटकेस, टिसर्ट उत्पादन गरिरहेको छ। फेन्सी पसलबाट व्यवसाय थालेका बोगटी विभिन्न विदेशी कम्पनीसँग साझेदारी गरेर यी उत्पादन सुरु गरेको बताउँछन्। सन् २००२ मा मलेसिया आएका म्याग्दी रत्नेचौरका बोगटीले राजधानी क्वालाम्मपुर र जोहर बहरु क्षेत्रमा दुईवटा पसल चलाइरहेका छन्। १० लाख रुपैयाँबाट व्यवसाय थालेका उनले अहिले १५ करोड रुपैयाँभन्दा बढी लगानी पुर्याएको जानाकारी दिए।
मलेसियामा कार्यरत नेपालीलाई लक्ष्य गरी खोलिएका पसल अहिले स्थानीय र अरु देशका आप्रवासी कामदारको समेत किनमेल गन्तव्य बनेका छन्। मलेसिया नेपाली कामदारको प्रमुख गन्तव्य हो। यहाँ पाँच लाख हारहारी नेपाली श्रमिक कार्यरत छन्।
नेपालीका अलावा बंगाली, भारतीय, पाकिस्तानी, इन्डोनेसियाली, फिलिपिनो, बर्मेली र स्थानीयमाझ बोगटी ब्रान्ड लोकप्रिय रहेको दिपकको भनाइ छ। उनका अनुसार धवलागिरी पसलले जापानी, कोरियाली, ताइवानी र चिनियाँ कम्पनीसँग साझेदारी गरी बोगटी ब्रान्डका सामान उत्पादन गरिरहेको छ। पसलले मलेसियामा रहेका २ सय २७ पसललाई सामान आपूर्ति गर्ने गरेको छ।
पसल सञ्चालक दिपकले अहिले मलेसियामा स्थानीयदेखि विभिन्न देशबाट आएका आप्रवासी कामदारले बोगटी ब्रान्ड मन पराइरहेको बताए।
'यसले गर्दा हामीले थप उत्पादन बजारमा ल्याउने योजना बनाएका छौं,' उनले भने। बोगटी ब्रान्डका सामान विभिन्न ४ देशका कम्पनीसँगको साझेदारीमा उत्पादन हुने र त्यसको मलेसियामा आधिकारिक बिक्रेताको रुपमा धवलागिरी पसल रहेको उनले जानकारी दिए।
पसलले मलेसियाको पेनाङसहित अन्य ३ ठाउँमा शाखा विस्तार गर्ने योजना बनाएको छ। नेपालको सामाखुसीमा समेत पसल स्थापना गरेको धवलागिरीले चाँडै कतार र बंगलादेशमा पनि पसल चलाउने लक्ष्य राखेको सञ्चालक बोगटीले जानकारी दिए। 'हाम्रो ब्रान्ड आप्रवासी कामदारमा लोकप्रिय छ, त्यसैले नेपाली र बंगाली कामदार बढी रहेको अर्काे मुलुक कतारमा पसल सञ्चालन गर्ने योजना बनाएका छौं,' उनले भने। बंगलादेशमा पसल खोल्न ठाउँको खोजी भइरहेको उनले बताए। पसलले नेपाली ग्राहकलाई मलेसियामा पैसा तिरेर नेपालबाट सामान लिने सुबिधा समेत दिएको छ। 'त्यसो गर्दा बढी मूल्य तिर्नु पर्दैन,' दिपकले नागरिकसँग भने। यस्तै सुविधा बंगाली कामदारलाई दिन बंगलादेशमा पसल खोल्ने योजना बनाएको उनले बताए।
मलेसियामा सबैभन्दा बढी बोगटी ब्रान्डको ब्लाङ्केट लोकप्रिय छ। एक महिनामा नै १० कन्टेनर ब्लाङ्केट बिक्री हुने गरेको बोगटीले बताए। यहाँबाट घरमा कोशेली लैजाने नै यही ब्लाङकेट भएको छ। ब्लाङकेटले सफलता पाएपछि अन्य उत्पादनलाई पनि बोगटी ब्रान्डनेम दिएको उनले बताए। धवलागिरी पसलमा 'बोगटी'लगायत अन्य विदेशी र मलेसियन ब्रान्डका सामान पनि छ। आइतबार र सार्वजनिक बिदामा बढी व्यापार हुने पसलमा इदको ४ दिने बिदामा ग्राहकको घुइँचो लागेको छ।
दिपकले चाँडै नै नेपालका अन्य उत्पादन मलेसिया आयात गरेर बजारीकरण गर्ने योजना बनाएका छन्। नेपालमा पनि विभिन्न क्षेत्रमा लगानी गरेका उनले काठमाडौंको कलंकीमा कृषि फार्म चलाएका छन्। नेपाली कृषि उत्पादनलाई विदेश निकासी गर्न अध्ययन गरिरहेको उनले बताए