काठमाडौं — अपहरणको नाटक गरेर श्रीमतीसँग ५० लाख रुपैयाँ असुल्ने प्रयास गर्दा धर्मराज वली आफैं प्रहरीको फन्दामा परे । जुवा खेलेर लागेको ऋण तिर्न सालोवाट रकम असुल्न अपहरणको नाटक रच्दा उनी अहिले महानगरिय प्रहरी परिसर काठमाडौंको हिरासतकक्षमा छन्।
श्रीमतीलाई फोनमार्फत अपहरणमा परे भन्दै ५० लाख मागेका थिए । अपहरणकारीका लागि बैंकमा राखेको ५ लाख रुपैयाँ आफैं लिन जाँदा उनी प्रहरीको नियन्त्रणमा परे । आफैंले नक्कली अपहरणको नाटक रचेको खुलेपछि प्रहरीले अनावश्यक रुपमा दुःख दिएको भन्दै उनलाई सार्वजनिक अपराध ऐनअनुसार हिरासतमा राखेको छ ।
महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख सुबोध घिमिरेका अनुसार गत बिहीबार दिउँसो १ बजे गोमालाई श्रीमान धर्मराज वली अपहरणमा परेको खबर आएको थियो ।
धर्मराजले श्रीमतीलाई फोन गरेर आफूलाई मधेसी मूलका ४ जनाले अपहरण गरेको र फिरौतीवापत ५० लाख रुपैयाँ नतिरे मार्ने धम्की दिएको बताएका थिए । बत्तिसपुलतीमा पसल चलाएर बसेकी गोमाका भाइ अस्ट्रेलिया बस्थे । धर्मराजले सालोलाई समेत फोन गरेर 'अपहरणमा परेँ ज्यान जोगाइदेऊ' भन्दै फोन गरेका थिए ।
नयाँ नम्बरबाट फोन आएपछि डराएकी गोमा तत्काल प्रहरीको सम्पर्कमा पुगिन् । अपहरणको सूचना आएलगत्तै महानगरीय प्रहरी परिस र महानगरीय प्रहरी अपराध महाशाखाले उनको खोजीका लागि १० जनाको टोली बनायो ।
दुई दिन निरन्तर अपहरणकारीको खोजीमा खटिएको प्रहरीले अपहरणको दोस्रो दिन कोटेश्वरमा अपहरितलाई नै भेट्यो । धर्मराजलाई नियन्त्रणमा लिएर प्रहरी कार्यालय ल्याउँदा उनले अपहरणकारीबारे जानकारी नदिई 'गल्ती भयो' भन्दै धर्मराज आफैं रुन थालेपछि नाटकमात्र रहेको प्रहरीले चाल पाएको थियो ।
दुई वर्षअगाडि उनी साँच्चिकै अपहरणमा परेका थिए । उनको परिवारले त्यो बेला दुई लाख फिरौती बुझाएर अपहरणमुक्त गराएको थियो । फेरि अपहरणको खबर आउँदा गोमाले पत्याइन् ।
एसएसपी घिमिरेका अनुसार अस्ट्रेलियामा बस्दै आएका सालोबाट पैसा फुत्काउन उनले अपहरणको नाटक रचेका थिए । जुवाको लत लागेका उनले बिहीबार २ लाख जुवामा हारेपछि पैसा असुल्न आफ्नै अपहरणको नाटक रच्दै श्रीमतीलाई फोन गरेका थिए ।
उनले श्रीमतीलाई छक्याउन नयाँ फोन नम्बर लिएर फोन गरेका थिए । सालोलाई भने आफ्नै नम्बरबाट फोन गरेका थिए । पहिलो दिन उनले आफूलाई जंगलतिर लगेको, दाह्री पालेका चार जना भारतीय मूलका अपहरणकारीले अपहरण गरेको बताए ।
प्रहरीले फोन आएको नम्बरको लोकेसन हेर्दा कलंकीपारि डाँडातिर देखियो । खोजीलाई तीव्र बनायो । रातभर खोज्दासमेत फेला परेनन् उनी । दोस्रो दिन बिहान फोन नम्बरको लोकेसन फेरियो, बानेश्वर ।
'उनले आफूलाई फर्पिङतिर पजेरोजस्तो गाडीमा लैजान लागेको बताएपछि प्रहरी टोली त्यतै केन्द्रित गराइयो,' एसएसपी घिमिरेले भने, 'दक्षिणकालीसम्म खोज्दासमेत फेला परेनन् ।'
जुवा खेल्ने उनको बानीबारे परिवारसमेत जानकार थियो । शंका लागेर उनको सालोले अस्ट्रेलियाबाट नम्बर नदेखिने गरी फोन गरेर 'को हो, म भारतबाट बोलेको' भनेपछि उनले फोन काटेका थिए ।
प्रहरीका अनुसार उनले फेरि गोमालाई फोन गरेर रुँदै '५ लाख नदिए मलाई मार्ने भए, इन्भेस्टमेन्टको मेरो खातामा पैसा हालिदेऊ' भनेपछि गोमाले मानिन् । प्रहरी पैसा लिन आउँदा अपहरणकारीलाई पक्रन कोटेश्वरको इन्भेस्टमेन्टका शाखामा निगरानी गरेर बसेको थियो । अपहरणकारीको साटो धर्मराज आफंप आएपछि प्रहरीले पक्राउ ग¥यो ।
'अनुसन्धानमै केही शंका लागे पनि जोखिम मोलिएन,' एसएसपी घिमिरेले भने, 'दुई दिनसम्म प्रहरी टोली रातदिन नभनी खटियो, शंका सत्य रहेछ, दुःख दिएकाले उसैलाई सार्वजनिकको मुद्दा लगाएर राखेका छौं ।'