काठमाडौं- सात वर्षपछि नेपालले भारतविरुद्ध विजयी भएको छ। राजधानीमा जारी ८औं साफ च्याम्पियनसिपअन्तर्गतको खेलमा बिहीबार नेपालले भारतविरुद्ध २ गोल गर्यो। नेपालका लागि ६८औं मिनेटमा अनिल गुरुङको गोलमाअग्रता लियो। लगत्तै नेपालले ७९औं मिनेटमा जुमानु राईले दोस्रो गोल थपे। निकै दबाब रहे पनि भारतले खेलको अन्तिम समयमा सान्तवना गोल गर्यो। भारतका लागि रोविन सिंहले सान्तवना गोल गरेका थिए। नेपालले २००६ मा भारतको यु-२३ लाई जितेबाहेक अरु खेलमा जित्न सकेको थिएन। भारतको राष्ट्रिय टिमलाई भने नेपालले पहिलोपटक पराजित गरेको हो। नागरिकन्युजका फोटो पत्रकार विकास कार्कीको फोटो फिचर हेर्नुस्:

