काठमाडौं — दर्शक सास थामेर बसेका थिए। खेलको ८६ औं मिनेटमा पाएको पेनाल्टी अफगानिस्तानलाई बराबरीमा रोक्ने सुवर्ण अवसर थियो। पेनाल्टी हान्न अघि सरे रोहित चन्द। दर्शकको ध्यान रोहितमा टिकेको थियो, रोहितको ध्यान बलमा। नेपाल–अफगानिस्तान सेमिफाइनल हेर्न दशरथ रंगशालामा उपस्थित २० हजारभन्दा बढी दर्शक 'नेपाल... नेपाल...' चिच्याइरहेका थिए।रोहितले हुत्तिँदै आएर किक हाने ।
दर्शकको चिच्याहट सून्यतामा बदलियो ।
रोहितले पोस्टको दायाँ साइड च्यापेर हानेको बललाई विपक्षी गोलकिपरले सजिलै बचाइदिए ।
दर्शकको सारा उत्साह कागजको महलजस्तो एकैछिनमा गल्र्यामगुर्लुम ढल्यो । खेलको ११ औं मिनेटदेखि एक गोलले पछि परेको नेपालको निम्ति प्राण जोगाउने यो पेनाल्टी–संयोग गुम्दा खेलाडी मात्र हैन, दर्शकसमेत स्तब्ध थिए ।
अचानक फेरि दर्शक चिच्याए ।
संयोग नै भन्नुपर्छ, प्राण जोगाउने अर्को अवसर नेपाललाई प्राप्त भयो, 'रि–किक'का रूपमा ।
दोस्रोचोटि फेरि रोहित नै कस्सिए । इन्डोनेसियाबाट व्यावसायिक फुटबल खेलिरहेका भरपर्दा खेलाडी रोहित अघि बढेपछि फेरि एकचोटि दर्शक चिच्याउन थाले– नेपाल... नेपाल ।
तर, दुर्भाग्य, दोस्रोपटक पनि उनले अघिल्लोचोटि भन्दा फरक प्रहार गरेनन् । सुस्त गतिको बल गोलकिपरले सजिलै समाते ।
दर्शकदीर्घामा फेरि सून्यता छायो ।
खेलको अन्तिम समयमा दुई–दुईचोटि पाएको पेनाल्टी अवसर चुकाउँदा नेपाल आठौं साफ च्याम्पियनसिपको फाइनल पुग्नबाट वञ्चित भएको छ ।
सन्दिप राईको लामो फ्रि–किकलाई नियन्त्रणमा लिइसकेका अफगानी गोलकिपर मन्सुर फागिरयारले नेपालका विमल घर्तिमगरलाई अनावश्यक फाउल गरेपछि नेपालले समय सकिन चार मिनेट बाँकी रहँदा पेनाल्टी पाएको हो ।
नेपाली टोलीमा पेनाल्टी हान्नेमा राजु तामाङ पहिलो रोजाइका खेलाडी हुन । तर, उनलाई विमलले ६१ औं मिनेटमा स्थानान्तरण गरिसकेका थिए । राजु बेन्चमा फर्किइसकेका बेला प्रशिक्षक ज्याक स्टेफानोस्कीले रोहितमाथि सबभन्दा बढी भर गरे ।
रोहितले पोस्टको दायाँ भागमा 'ग्रास बल' प्रहार गरे । गोलकिपरले पेनाल्टी त सजिलै जोगाइदिए, तर साउदी अरेबियाका रेफ्रीले 'रिकिक'को निर्णय लिए । रोहितले बल हान्नुअघि गोलकिपर फागिरयार अघि बढेका कारण नेपाललाई दोहो¥याएर पेनाल्टी हान्ने अवसर आयो । तर, दोस्रोपटक पनि नेपालले मौका उपयोग गर्न सकेन । रोहितले त्यही ठाउँमा पहिलाजस्तै सुस्त गतिमा प्रहार गर्दा गोलकिपरलाई छिचोल्न सफल भएन ।
रोहितको दोस्रो प्रहार असफल भएपछि अफगानी खेलाडी मैदानमा फाइनल जितेजस्तै खुसी मनाउन थाले । नेपाली खेलाडी भने सबै भुइँमा लडेका थिए । पहिलो प्रयासमा गोल नभएपछि रोहितको सट्टा 'रि–किक' मा अर्को खेलाडीलाई हान्न लगाउनुपर्ने एक नेपाली रेफ्रीको तर्क छ ।
'त्यस्तो बेला गोल गर्न नसक्ने खेलाडीको मनोबल खस्किएको हुन्छ । रि–किक पाएपछि अर्कोलाई हान्न लगाएको भए नतिजा आउने सम्भावना हुन्छ,' उनले भने, 'त्यो बेला रोहितसँगै नेपालको प्लेयर बक्स पनि दबाबमा आयो । सही निर्णय लिन सकेन ।'
अफगानी गोलकिपर फागिरयारले दुईपटक पेनाल्टी बचाउन गोललाइनमा बस्दा आफू भाग्यमानी साबित भएको प्रतिक्रिया दिए । 'त्यस्तो बेला गोलकिपरले केही सोचेको हुँदैन । पेनाल्टी भनेको ५०–५० को सम्भावना हो । आज म भाग्यमानी भएँ । दुईपटकमा पनि गोल गर्न नसकेका उनी अभागी भए,' उनले भने ।
यसअघि २००६ को च्यालेन्ज कप सेमिफाइनलमा नेपाली टोलीका तत्कालीन सबभन्दा भरपर्दा खेलाडी प्रदीप महर्जनले श्रीलंकाविरुद्ध दुईपटक पेनाल्टी खेर फाल्दा नेपाल फाइनल पुग्नबाट वञ्चित भएको थियो । निर्धारित समयमा खेल बराबरी भइरहेका बेला पेनाल्टी खेर फालेका प्रदीप त्यतिखेर टाइब्रेकरमा पनि चुकेका थिए ।
सन् २००५ को एएफसी प्रेसिडेन्ट्स कप सेमिफाइनलमा किर्गिस्तानको डोर्डोइ डाइनामोसँग टाइब्रेकरमा हार्दा पनि पेनाल्टी विशेषज्ञका रूपमा ल्याइएका निराजन खड्काको प्रहार खेर गएको थियो । यसले थ्री स्टार फाइनल प्रवेशबाट वञ्चित भएको थियो ।