नाच सिकाएर विदेशमा यौनधन्दा
०५ असोज २०७०
•
१० मिनेट पाठ
नाच सिकाएर विदेशमा यौनधन्दा
काठमाडौं — कला देखाउने काम भन्दै गाउँका सोझासिधा बेरोजगार युवतीलाई तेस्रो मुलुक पु¥याएर यौनधन्दामा लगाउने गिरोहको सक्रियता पछिल्लो समय बढेको छ। भारतीय 'रेडलाइट' एरिया पुर्‍याएर बिक्री गरी यौनधन्दामा विवश तुल्याउने गरिएकामा पछिल्लो समय दिल्ली र मुम्बईका अलावा खाडी मुलुक, एसियाली र अफ्रिकी देशसम्म कलाकारको आवरणमा लगेर धन्दामा लगाउने क्रम बढ्दो छ ।प्रहरीले भदौ अन्त्यतिर पक्राउ गरेको यस्तै एक गिरोहबाट अहिले नेपाली युवती स्थलमार्गबाट भारतमात्र होइन, कलाकार र पर्यटकको भिसामा हवाईमार्ग हुँदै दुबई, बहराइन, दक्षिण अफ्रिकाजस्ता देशमा रात्रिकालीन व्यवसायमा मनोरञ्जनको साधन बनाउने क्रम बढेको खुल्यो ।

नेपाल प्रहरी, केन्द्रीय अनुसन्धान ब्युरो अधिकारीका अनुसार पछिल्लो समय दुबई, मलेसिया, बहराइन, बैंकक, सिंगापुरदेखि दक्षिण अफ्रिकासम्म दलालहरुले कलाकार र पर्यटकको आवरणमा नेपाली युवती पु¥याउने गरेका छन् ।

वेटर र डान्सर काम गर्ने भनेर त्यहाँ पु¥याइएका युवतीको काम यौनधन्दा नै हो । ब्युरो एसपी पिताम्बर अधिकारीका अनुसार पछिल्लो अनुसन्धानमा यस्तो समूहले विदेशमा आकर्षक कमाइ हुने र काम पनि सजिलो भएको जालो फ्याँक्दै ग्रामीण क्षेत्रका अविवाहित युवती खोजेर काठमाडौं ल्याई गेस्टहाउसमा राखेर नृत्यलगायत प्रशिक्षण दिन्छन् र विदेश पठाउँछन् ।

'स्थलगत प्रशिक्षण भन्दै उपत्यकाका विभिन्न डान्स–बारमा लगेर नचाउने गरेको समेत खुल्यो,' उनले भने, 'डान्स सिकाउने बहानामा कतिपय युवतीलाई विभिन्न डान्सबारमा लगेर यौनशोषण नै गरेको समेत देखियो ।'

प्रहरीका अनुसार नृत्यमा पोख्त भएपछि दलालले युवतीहरुलाई उपत्यकाका विभिन्न फोटो स्टुडियोमा लगेर आकर्षक भावभंगिमाका तस्बिर (फोटो सेसन) खिचाउँछन् । उनीहरु ती तस्बिर दुबई, भारत, मलेसिया र अफ्रिकी मुलुकमा रहेका दलालहरुलाई पठाउँछन् र युवती रोज्न लगाउँछन् ।

छनोटपछिमात्र विदेश पठाउने प्रक्रिया सुरु हुन्थ्यो । छनोटमा परेका युवतीको काठमाडौंको बसाइमा भएको खर्च, राहदानी बनाउने र सपिङबापतको रकमसमेत विदेशकै दलालले बेहोर्थे ।

एसपी अधिकारीका अनुसार विदेशका दलालले फोटोका आधारमा युवती छनोट गरेपछि उताबाट कलाकार, वेटर आदि भनेर उनीहरुका नाममा भिसा जारी हुन्छ । युवतीहरु इज्जतिलो काम पाएकोमा मख्ख पर्दै मनग्गे पैसा कमाउने सपना बुन्दै बिदेसिन्छन् ।

डान्सर र वेटरको भिसा बोकेर त्रिभुवन विमानस्थल हुँदै उनीहरु भारतको नयाँ दिल्ली, मुम्बई, दुबई, मलेसिया हुँदै अफ्रिकी मुलुकसमेत पुग्ने गरेका छन् । युवती खोजेबापत दलालले एउटीबापत ४० हजार रुपैयाँसम्म कमिसन पाउँदै आएको अनुसन्धानमा खुलेको छ । 'युवती छान्नेदेखि प्रशिषणलगायत सबै खर्च विदेशका दलालले नै बेहोर्ने गरेको पाइयो,' एसपी अधिकारीले भने ।

सरकारले उपत्यकामा रात्रिकालीन व्यवसाय १२ बजेसम्म मात्र खुला राख्न पाउने गरी नियम कसिलो बनाएपछि व्यापार ओरालो लाग्यो । लगत्तै यस्ता दलालहरु सक्रिय भए । दलालहरुले प्रारम्भमा डान्स–बारमा काम गर्ने अनुभवीलाई नै कलाकार बनाएर निर्यात गरे । जब डान्स–बार रित्तियो, अनि नयाँ युवतीको खोजी सुरु भयो ।

ठमेलका एक डान्स–बार सञ्चालक अहिले काठमाडौंका अधिकांश डान्स–बार यस्तै प्रशिक्षणका लागि ल्याइने युवतीले चलेको बताउँछन् ।

'दुई–तीन महिना काम गर्छन्, पैसा दिए पनि भो, नदिए पनि,' नाम खुलाउन नचाहने ती सञ्चालकले भने, 'तीन महिनापछि फेरि नयाँ आउँछन् ।' केही डान्स–बार सञ्चालकहरु नै यस्तै गिरोहका सहयोगी रहेको उनको दाबी छ ।

कलाकारको रुपमा विदेशमा काम गर्न जाँदा पनि वैदेशिक रोजगार विभागको अनुमति आवश्यक पर्छ । विभागको वैध अनुमतिबाट पनि युवतीहरु बिदेसिँदै आएका छन् । यस्ता गिरोहको प्रभाव विभाग र विमानस्थलसम्मै देखिन्छ । कर्मचारीहरु अनुमति प्रक्रियामा आएकाहरु के–का लागि विदेश जाँदैछन् भन्ने जानकारी भए पनि रोकतोक गर्दैनन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले केही समयअघि विभाग र विमानस्थलका कर्मचारी पक्राउ गरेकाले मात्रै दलालको सूचना चुहिएर प्रहरीसम्म आएको ब्युरोका अधिकारी नै खुलाउँछन् ।

तर, विभागका महानिर्देशक विनोद केसी भने कलाकारको भिसामा नेपाली महिला बिदेसिएर बेचिने गरेको तथ्य जानकारी नै नभएको दाबी गरे । भिसा दिने मुलुकको दूतावासबाट स्वीकृतिसहितको पत्र नआई विभागले अनुमति नदिने जानकारी दिँदै उनले भने, 'विदेशमा महिला जान नपाउने भन्ने हुन्न, प्रक्रिया पु¥याएर आएपछि अनुमति रोक्न मिल्दैन, हाम्रोमा उजुरी नआई उता गएपछि के काम गर्छन्, थाहा हुन्न ।'

यसरी खुल्यो रहस्य

करिब पाँच वर्षदेखि नै इज्जतदार काम र मनग्गे आम्दानीको प्रलोभन दिएर नेपाली युवती डान्सरको रुपमा विदेश पु¥याएर यौनधन्दामा लगाउने गिरोह सक्रिय रहे पनि प्रहरीको उदासीनताले उनीहरुको धन्दा बिनारोकतोक चलिरहेकै थियो ।

सिंगापुर लगेर डान्स–बारमा नग्न नृत्य गर्न बाध्य बनाएको अभियोगमा तीन वर्षअघि मोडलिङ पेसामा सक्रिय रमिता भण्डारी पक्राउसँगै मानव बेचबिखनको यस्तो धन्दामा गिरोह सक्रिय रहेको खुलेको थियो । सो घटना पर्दाफास भएलगत्तै प्रहरीले विमानस्थलमा कडाइ गर्दै केही युवतीलाई फर्काए पनि प्रहरी अभियानले निरन्तरता पाएन ।

एसपी अधिकारीका अनुसार कलाकारको रुपमा दुई युवती विदेश जाने तयारीमा रहेका दुई युवती ब्युरोको सम्पर्कमा आए । उनीहरुकै आधारमा ब्युरो दलालको खोजीमा जुट्यो ।

राहदानीमा कलाकारको भिसा भए पनि उनीहरु कलाकार थिएनन् । उनीहरुलाई दलालले गाउँमै गएर विदेश जाने प्रलोभनसहित काठमाडौं ल्याएर उत्तेजक हाउभाउकोे नृत्यमा पोख्त बनाएका थिए । तीनै युवतीबाट प्राप्त सूचनाका आधारमा सुरु भएको अनुसन्धान एक सातामै सफल भयो र एउटा गिरोह नै पक्राउ प¥यो ।

गिरोहमा थिए– ज्ञानबहादुर आचार्य, दीपक तामाङ, गौरीशंकर पाण्डे र राजेन्द्र सुवेदी खत्री ।

अनुसन्धानमा खुलेअनुसार नवलपरासी रामनगरका विपुल भन्ने गौरीशंकर पाण्डे यो गिरोहका प्रमुख हुन् । उनले काठमाडौं बालाजुमा बसेर गिरोह चलाउँदै आएका थिए । ज्ञानु भन्ने ज्ञानबहादुर युवती खोज्ने र नेपालका अन्य दलालसम्म पु¥याउन सक्रिय थिए ।

सिन्धुपाल्चोकका दीपक विदेशी दलालसँग सम्पर्क राखेर विदेश पठाउने र नेपालका अन्य दलाललाई युवती दिने काम गर्दै आएका थिए । राजन भन्ने राजेन्द्र तस्बिर खिचाउने, भिसा मगाउने र विदेशमा रहेका दलालसँग समन्वय गर्दै आएका थिए ।

प्रहरी अनुसन्धानमा यो गिरोह तीन वर्षदेखि विभिन्न आवरणमा युवतीहरुलाई विदेश पठाउने यौन व्यवसायमा धकेल्न सक्रिय रहेको खुल्यो ।

'विदेशमा युवती पठाउने विभिन्न गिरोहमध्ये यो बढी सक्रिय गिरोह रहेको देखियो,' अनुसन्धानमा संलग्न एसपी अधिकारीले भने, 'तर कति युवतीलाई विदेश पु¥याए, अझै खुलाउन सकिएको छैन ।'
अर्को समाचार
कांग्रेस सभापति देउवाले संसदमा भने : बाँस्कोटामाथि छानबिन नहुनु गम्भीर
१८ फागुन २०७६
•
४ मिनेट पाठ
कांग्रेस सभापति देउवाले संसदमा भने : बाँस्कोटामाथि छानबिन नहुनु गम्भीर
 काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सेक्युरिटी प्रिन्टिङ प्रेस प्रकरणमा पूर्वसञ्चारमन्त्रीले राजीनामा दिएको हप्तादिन वित्दा पनि छानबिन सुरु नहुनु गम्भिर विषयमा भएको बताएका छन्।

प्रतिनिधिसभा बैठकमा समय लिएर बोल्दै देउवाले पूर्व सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले राजीनामा दिएको हप्ता दिन भन्दा बढी समय भएपनि छानबिन सुरु नहुनुको पछाडि गम्भिर नियत लुकेको बताए। उनको सार्वजनिक भएको अडियोमा 'हामी’ भनेर कसलाई भनिएको हो ? भन्ने विषयमा प्रधानमन्त्रीले प्रष्ट पार्नुपर्ने माग गरे। 'हप्ता पुग्दा पनि छानबिन नहुनुको पछाडि गम्भिर नियत छ। अडियो प्रष्ट सुनिन्छ। हामी भनेर कसलाई भनेका हुन ? हामी भित्र को को पर्छन ? प्रधानमन्त्रीले प्रष्ट पार्नुहोस’, उनले भने।

छानबिन सुरु नहुँदै प्रधानमन्त्रीले अडियो नक्कली हो भन्दै अभिव्यक्ति दिएपछि छानबिन प्रभावित हुन्छ की हुँदैन भन्दै उनले प्रश्न समेत गरे। 'छानबिन गर्ने निकायले छानबिन गर्नुभन्दा पहिले नै प्रधानमन्त्रीले अडियो नक्कली भन्नुभयो। त्यसले छानबिन प्रभावित हुन्छ की हुँदैन्। छानबिन हुनुभन्दा पहिले तपाईले निणर्य दिनुभयो भने तर्पाइको बोलिको विश्वसनियता कमजोर भएन् ?’, देउवाले प्रश्न गरे। 

सभापति देउवाले सेक्युरिटी प्रिन्टिङ प्रेस प्रकरणको अनियमितताबाट ध्यान अन्त मोड्न सरकारले नेपाल ट्रष्टको स्वेतपत्र लिएको आरोप समेत लगाए। 'नेपाल ट्रष्टको स्वेतपत्रले सेक्युरिटी प्रेस प्रकरणबाट मुलुकको ध्यान मोड्ने प्रयत्न भएको छ। गोकर्ण रिसोर्टको ध्यान मोड्ने प्रयत्न भएको  छ। टेलिकमको प्रकरणमा अर्बो भ्रष्टाचार भएको कुरा आएको छ। एनसेलले ४ अर्बमा सकेको काम एनटिसीर्लाइ १२ अर्ब कसरी लाग्यो ?’, देउवाले प्रश्न गरे।

उनले नेपाल ट्रष्टको स्वेतपत्रमा उल्लेख भएजस्तो आफु प्रधानमन्त्री भएको समयमा कुनै निर्णय नभएको प्रष्टिकरण दिए। राजनीतिक पूर्वाग्रहका कारण आफ्नो नाम जोडिएको उल्लेख गर्दै उनले स्वेतपत्रप्रति आपत्ति जनाए।

देउवाले सरकारले पेट्रोलियम पदार्थमा करले जनतालाई भार बढेको भन्दै तत्काल कर हटाउन आग्रह गरे।

सभापति देउवाले कोरोना भाइरस विश्वका ५० भन्दा बढी देशमा फैलिएको उल्लेख गर्दै आवश्यक पूर्व तयारी गर्न सरकारको ध्यानाकर्षण पनि गए। विश्व स्वास्थ्य संगठन डब्ल्युएचओले समेत नेपाल कोरोनाको उच्च जोखिममा रहेको भनेकाले सरकारले पूर्वतयारीर्लाइ तिव्रता दिनुपर्ने देउवाले बताए। विदेशमा रहेका नेपालीहरुलाई सतर्क रहनपनि देउवाले आग्रह गरे।

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली भने अनुपस्थित थिए। संसदीय मान्यता अनुसार प्रधानमन्त्री बोल्दा विपक्षी दलको नेता र विपक्षी दलको नेता बोल्दा प्रधानमन्त्री उपस्थित हुने परम्परा भएपनि प्रधानमन्त्री भने आजको बैठकमा अनुपस्थित रहे।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस