काठमाडौं - नेपाली कामदारको लागि बन्द हुँदै खुल्दै गरेको इजरायलमा सरकारले आफ्नै पहलमा कामदार पठाउने तयारी गरे पनि उताबाट निर्णय नहुँदा ढिलाइ भएको छ।आठ महिनाअघि मन्त्रिपरिषदले नेपाली कामदारलाई सरकारी पहलमा इजरायल पठाउने निर्णय गर्दै तेल अभिभलाई जानकारी गराए पनि उताबाट आवश्यक निर्णय नआउँदा रोजगारीको आकर्षक गन्तव्यमा कामदार पठाउने पक्रिया अझसम्म अन्योलमै छ। सरकारले दक्षिण कोरियामा जस्तै रोजगार अनुमति प्रणाली (इपिएस) लागू गरेर इजरायल पठाउने योजना बनाएको हो।
म्यानपावर कम्पनीले चर्को पैसा उठाएर कामदार पठाउन थालेपछि साढे दुइ वर्षदेखि नेपाली कामदार लिन बन्द गरेको इजरायलले १ वर्षअघि पुनः खुला गरेको थियो। त्यसपछि पनि पारिश्रमिक र म्यानपावर कम्पनीको विवाद आएपछि नौ महिनाको अवधिमा न्यून कामदारमात्रै इजरायल पुग्न भ्याए। सरकारले दक्षिण कोरियामा जस्तै आफैं पठाउने पहल गरे पनि इजरायलले निर्णय नगर्दा सम्भव भएको छैन।
श्रम मन्त्रालयका प्रवक्ता बुद्धिबहादुर खड्काले नेपाल सरकारले ९ महिनाअघि नै निर्णय गरिसके पनि इजरायलले निर्णय नगर्दा कामदार जान नसकेको बताए। 'हामीले सम्पूर्ण तयारी गरेर निर्णण गर्दै वैदेशिक रोजगार विभागलाई जिम्मा लगाइसक्यौं। तर इजरायलबाट प्रक्रिया अघि बढेको छैन त्यसैले ढिलो भएको हो,' उनले भने।
सरकारले यस विषयमा इजरायलसँग समय समयमा छलफल गरिरहेका पनि उनले बताए। 'उताबाट छिटो हुन्छ भन्ने जवाफ आएको छ,' खड्काले भने, 'नेपालस्थित इजरायली दूतावासको पनि ध्यानकर्षण गराएको छौं।'
बन्द भएर पुनः खुलेको इजरायलमा भिसा प्रक्रिया झन्झटिलो भएका कारण पठाउन नसकिएको व्यवसायीको भनाइ छ। 'हामी इजरायलमा कामदार पठाउन सक्छौं, केही कम्पनीले बदमासी गरे पनि सबै उस्तै छैनन्,' नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष बलबहादुर तामाङ भन्छन्, 'तर सरकार आफैंले कामदार पठाउनु राम्रो होइन।'
सरकारले कामदार पठाउने नभएर अनुगमन र सहजीकरण गर्नुपर्ने उनले सुझाए। 'त्यहाँ गएर सुसारेको काम गर्ने घरेलु महिला कामदार सरकारले पठाउँदा इज्जतमा धक्का लाग्छ, यो विषयमा सोच्नुपर्छ र म्यानपावर कम्पनीलाई नै दिनुपर्छ,' उनले भने।
पुनः खुलेको इजरायलमा सरकारले लागत खर्च निर्धारण गरेको थियो। सरकारले ७५ हजार रुपैयाँ तोकेकामा व्यवसायीले २ लाखसम्म लिन थालेपछि इजरायल र नेपाल सरकारको पहलमा म्यानपावर कम्पनीबाट कामदार पठाउन रोकिएको थियो। वैदेशिक रोजगार विभागले इजरायलमा कामदार पठाउन एक सय ८२ म्यानपावर कम्पनीलाई सूचीकृत गरेको थियो।
न्यून लागतमा धेरै पारिश्रमिक पाइने भएपछि नेपाली महिला कामदारका लागि इजरायल आकर्षक गन्तव्यको रुपमा छ। इजरायलमा केयरटेकर (सुसारे) मा जाने कामदारले भाषा, घरेलु कामसम्बन्धी तालिम गर्नुपर्ने हुन्छ। इजरायलमा ५० हजारभन्दा बढी नेपाली महिला रोजगारीका लागि पुगेको व्यवसायीको अनुमान छ। पुरुष कामदारले भने कृषि र होटलमा काम गर्न सक्छन्। तर पुरुष कोटा न्यून हुने गर्छ। इजरायलमा नेपाली कामदारले मासिक न्यूनतम ८० हजार रुपैयाँ तलब पाउँछन्।