ढलबाट कैदी फरार
२६ मंसिर २०७०
•
८ मिनेट पाठ
ढलबाट कैदी फरार
काठमाडौं-केन्द्रीय कारागारका एक कैदी ढलभित्र छिरेर फरार भएका छन्। लागुऔषध कारोबारको अभियोगमा दुई वर्ष सजाय तोकिएका सुरज सिंह बुधबार कारागारको शौचालय र फोहोर निकाल्न बनाइएको २ सय ५० मिटर लामो ढलबाट भागेका हुन्।




उनी सुन्धारास्थित कारागारको ढलबाट छिरेर त्रिपुरेश्वरको पशु अस्पतालमा निस्किएको प्रहरीले जनाएको छ। 'अहिलेसम्मको अनुसन्धानमा उनी ढलबाट भागेको देखियो,' महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी सुबोध घिमिरेले नागरिकसँग भने, 'खोजी गर्न सुरक्षाकर्मी खटाइएको छ।'

यसअघि केन्द्रीय कारागारबाट विभिन्न बहानामा सुरक्षाकर्मीसहित बाहिर निस्किएका कैदी–बन्दी सुरक्षाकर्मीकै मिलेमतोमा भाग्दै आएका थिए। उपत्यकाबाहिरमा कारागारबाट कैदी सुरुङ खनेर भागेका उदाहरण पनि छन्। तर, केन्द्रीय कारागारभित्रको ढलबाटै कैदी फरार भएको घटना पहिलो हो।

सुरक्षा अधिकारीका अनुसार ०६४ सालमा एक कैदी यसैगरी ढलभित्र छिरे पनि अड्किएर कराएपछि अरू कैदीको सहयोगमा निकालेर ज्यान जोगिएको थियो।

लागुऔषध नियन्त्रण ब्युरोका एसएसपी रणबहादुर चन्दका अनुसार सर्लाही रहुवा–५ का सिंह असार २ गते एक हजार 'एम्पुल ब्रुपिनर्फिन' र 'डाइजेपाम'सहित काठमाडौंमा पक्राउ परेका थिए। उनले भारतीय नाकाबाट लागुऔषध ल्याएर काठमाडौंमा बिक्री गर्दै आएको अनुसन्धानमा खुलेको थियो। काठमाडौं जिल्ला अदालतले साउनमा उनलाई दुई वर्ष कैद सजाय र १ लाख जरिवाना तोक्दै केन्द्रीय कारागार पठाएको थियो। चार महिना कैद भोगिसकेकाले उनको सजाय १८ महिना बाँकी थियो।

कारागार सुरक्षा स्रोतका अनुसार बुधबार बिहान साढे ६ बजेसम्म उनी कारागार परिसरमै देखिएका थिए। बिहान अन्य कैदी–बन्दीसँगै देखिएका उनी ११ बजे खाना खान नआएपछि खोजी सुरु भयो। बेलुकीतिर मात्रै भागेको निष्कर्ष निस्किएको थियो।

केन्द्रीय कारागारको सुरक्षाबारे जानकार अधिकारीका अनुसार कारागार निगरानीमा दुई सय प्रहरी खटिएका हुन्छन्। पर्खालमा करेन्टसहितको फलामेतार हुन्छ। यस्तो पर्खाल नाघेर भाग्न असम्भव भएको निष्कर्ष निकाल्दै सुरुमा उनी भित्रै लुकेको वा कुनै दुर्घटना भएको शंका गरिएको थियो।

सुरक्षाकर्मीलाई छक्याएर मूलढोकाबाटै त बाहिरिएनन् भन्दै त्यहाँ जडान गरिएको क्लोज–सर्किट टेलिभिजनसमेत हेरियो। उनी देखिएनन्। कारागारभित्र कतै फेला नपरेपछि पछाडिको ढलबाट भाग्ने प्रयास गरे कि भन्दै खोज्न थालियो। ढलबाहिर एउटा चप्पल फेला पर्‍यो। त्यही आधारमा ढलबाट भागे कि भन्ने ठानियो। कारागार प्रशासन, सुरक्षा अधिकारीले ढलको बीचैमा अड्किएको आशंका गर्दै सफा गर्न लगाए। तै फेला परेनन्।

कारागारभित्र फेला नपरेको र पर्खाल नाघ्न असम्भव भएकाले प्रहरी टोली ढल जोडिएको पशु अस्पताल परिसर पुग्यो। त्यहाँ सोधपुछ गरेपछि बल्ल उनी त्यही ढलबाट भागेको पुष्टि भयो।

अनुसन्धान अधिकारीका अनुसार पशु अस्पतालमा ढलभित्र पानी पठाउन खोलिएको स्थानबाटै सिंह बाहिरिएका थिए। अस्पतालका प्रत्यक्षदर्शीका अनुसार उनको शरीर पूरै ढलले पुरिएको थियो। डुङडुङ गन्हाउने व्यक्ति अस्पताल परिसरमा फेला परेपछि त्यहाँका सुरक्षा गार्डले 'पागल' भन्दै लखेटेका थिए।

'उनले नजिकै स्थानीयबासीले प्रयोग गर्ने धारामा नुहाएको र पाइन्ट मागेर लगाएको थाहा भएको छ,' एसएसपी घिमिरेले भने, 'नुहाउँदा एक स्थानीय बालकले देखेका रहेछन्, उनलाई तस्बिर देखाउँदा सिंह नै भएको पहिचान गरे।' ढल क्षेत्रको अनुगमन गर्दा गोडाका डामसमेत फेला परेको प्रहरीले जनाएको छ।

घटनास्थल अनुगमन गरेका एक सुरक्षा अधिकारीका अनुसार कारागारभित्र ढलको मुख साँघुरो भए पनि निस्कने ठाउँ फराकिलो थियो। उनी सुरुमा खुट्टा छिराएर ढल पन्छाउँदै बाहिरिएको सुरक्षा अधिकारीको अनुमान छ। दुब्लो भएकाले उनलाई यसरी भाग्न सजिलो भएको प्रहरी बताउँछ।

सुरक्षा प्रणालीमा भ्वाङ

गोलघर, भद्रगोल र कारागार गरी तीन तहमा विभाजित केन्द्रीय कारागारमा सुरक्षा चुक भएको यो पहिलो घटना हैन। त्यही कारागारमा कैद सजाय भुक्तान गरिरहेका कैदी–बन्दी कोही दरबारमार्गमा फेला परिसकेका छन् भने कोही अस्पतालमा स्वास्थ्य जाँचको बहानामा फरार भएका छन्।

यही कारागारभित्र नक्कली भारू कारोबारमा संलग्न अभियोगमा बन्दी युनुस अन्सारीलाई गोली हानेर हत्या प्रयास भएको थियो। सुरक्षा जाँचपछि मात्रै पुगिने कैदी–बन्दी भेटघाट कक्षमै उनीमाथि गोली हानिएको थियो।

करिब दुई सय सुरक्षाकर्मी परिचालित यो कारागारमा कैदीको गतिविधि निगरानी गर्न ७ वटा 'हाई–प्वाइन्ट भ्यू' छ भने २० वटा 'लो प्वाइन्ट भ्यू' छ। सुरक्षा अधिकारीले केन्द्रीय कारागार अतिसुरक्षित भएको दाबी गर्दै आएका छन्। युनुस हत्या प्रयासपछि जनशक्ति थप्दै डिजिटल सुरक्षा निगरानीका लागि महानगरीय प्रहरी आयुक्त कार्यालय र महानगरीय प्रहरी अपराध महाशाखाले 'क्लोज–सर्किट' टिभी जडान गरेको छ।

केन्द्रीय कारागारमा कुख्यात स्वदेशी अपराधी चक्रे मिलनदेखि भारतीय माफियाका सदस्य उदय सेट्टी, अन्तर्राष्ट्रिय सिरियल किलर चार्ल्स शोभराजसम्म छन्।
अर्को समाचार
कैदी फरार प्रकरण,'सुरक्षा लापरबाहीले उपत्यकाबाट बाहिरिए'
२९ मंसिर २०७०
•
९ मिनेट पाठ
कैदी फरार प्रकरण,'सुरक्षा लापरबाहीले उपत्यकाबाट बाहिरिए'
काठमाडौं-दुई सय ५० मिटर लामो ढलको बाटो छिरेर केन्द्रीय कारागारबाट भागेका कैदी सुरज सिंह २४ घन्टापछि उपत्यकाबाट सहजै बाहिरिएको खुलेको छ। बुधबार बिहान ८ बजे शौचालयको ढलबाट बाहिरिएर त्रिपुरेश्वरस्थित पशुसेवा निर्देशनालयको कम्पाउन्डमा निस्किएका उनी भोलिपल्ट बिहान चेकिङमा रहेका प्रहरीकै सामुन्नेबाट बल्खु–दक्षिणकाली हुँदै उपत्यकाबाट बाहिरिएको प्रहरी अनुसन्धानमा खुलेको हो।




बुधबार बेलका नै प्रहरीले उपत्यकाबाट बाहिरिने नाकामा कडाइ गर्दै सिंहको तस्बिर सर्कुलर गरेको दाबी गरेको थियो। सिंह बुधबार रातभर कलंकी खोला किनारमा बसेर बिहीबार बिहान ८ बजे बल्खुबाट टाटासुमो चढे। उनको बयानअनुसार हेडौंडा पुग्नुअगाडि ३ ठाउँमा प्रहरीले उनी चढेको गाडीमा जाँच गर्दै उनीसँग समेत सोधपुछ गरेको थियो। उनले आफ्नो नाम राजपाल चौधरी भएको र काठमाडौंमा प्लम्बिङको काम गर्ने भन्दै प्रहरीलाई ढाँटे, प्रहरीले बढी सोधखोजको झन्झट नगरी उनलाई सजिलै उपत्यका बाहिर जान दिए।

'कैदी कारागारबाट फरार भएको सूचना आएलगत्तै उपत्यकाबाट बाहिरिने नाकामा चेकिङमा कडाइ गर्न निर्देशन दिएका थियौं,' शनिबार महानगरीय प्रहरी आयुक्त कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा एसएसपी हेमन्त पालले भने, 'सुरक्षा जाँचमा खटिएको प्रहरीको लापरबाहीका कारण सिंह उपत्यकाबाट बाहिरिए।' उनले प्रहरीबाट गल्ती भएको स्वीकार्रै गल्ती गर्ने प्रहरीमाथि कारबाही हुने बताए।

सिंहले दिएको बयानअनुसार उनी बुधबार बिहान १ बजे शौचालय नजिक रहेको ढलभित्र छिरेर बिहान ८ बजे बाहिर निस्किएको खुलेको छ। तर, कारागार प्रशासन र सुरक्षाकर्मीले आफू जोगिन उनी बुधबार बिहान साढे ७ बजेसम्म कारागारभित्रै देखिएको गलत सूचना दिएका थिए।

तीन कैदी भाग्ने योजना

एसएसपी पालका अनुसार सिंहसँगै कारागारमा रहेका अन्य २ कैदी बच्चा शाह र रवि चौधरी मिलेर मंसिर २० गते ढलबाट भाग्ने योजना बनाएका थिए। योजनाअनुसारै बुधबार बिहान यी तीनैजना शौचालयनजिकको ढल पुगेका थिए।

एक कैदी शौचालयनजिकबाट छिरेर पुन निस्किएको घटना सूनेपछि यी तीनजना मिलेर ढलबाट भाग्ने योजना बनाए पनि सिंहमात्रै सफल भए। सिंहको प्रारम्भिक बयानअनुसार बुधबार बिहान रवि र बच्चा सिंहले उनलाई ढल हेरेर फर्केर आऊ अनि सँगै जाउँला भनेर पठाएका थिए। उनी टर्च बोकेर ढलभित्र छिरेका थिए। बाहिर अरु २ कैदी साथी कुरेर बसेका भए पनि उनी फर्किएनन्। एक्लै गए।

ढलभित्र हात–खुट्टाले घिस्रदै गए पनि ढलभित्र ठाउँ–ठाउँमा रड भएकाले अगाडि बढ्न समय लागेको सिंहले बयान दिएका छन्। उनी ३ ठाउँको रड भत्काएर बाहिरिएका थिए। अन्तिम ठाउँको रड भत्काउन ३ घन्टा बढी समय लागेकाले ढलबाट बाहिर निस्कन समय लागेको सिंहले प्रहरी बयानमा बताएका छन्।

उनको बयानअनुसार पशुसेवा निर्देशनालय छेउको मंगलको ढक्कन निकाल्न खोजे पनि उनले सकेनन्। ढक्कन नखुलेपछि उन छेउको पर्खाल भत्काएर ढलबाट बाहिरिएका थिए। शरीरभरी लागेको फोहोर पखाल्न उनले निर्देशनालयमै रहेको ट्युबेलमा नुहाएका थिए।

नुहाउने क्रममा निर्देशनालयका कर्मचारी सुष्स्मा मरासिनीले देखे पनि उनले बहाना बनाउँदै उनीसँग 'धर्म हुन्छ पाइन्ट दिनुस् न' भन्दै जिन्सको पाइन्ट फुत्काएर र ट्याक्सीमा चढेर बालाजु पुगे। प्रहरीका अनुसार उनी बालाजुमा नातामा दाइ पर्ने सुवा सिंहको कोठामा गएर पुन नुहाए र करिब ३ घन्टा पछि सुवासको कपडा लगाएर निस्किए। यो बेलासम्म उनी जेलबाट भागेको खुलिसकेको थियो। तर, उनी काठमाडौंमै खुल्लमखुला घुमिरहेका थिए।

प्रहरीका अनुसार पैसाको जोहो गर्न उनी साथी भेट्न बालाजुबाट गौशाला पुगे। साथीहरुसँग सम्पर्क गर्ने प्रयास गरे। तर नभेटिएपछि उनी पुन बालाजु फर्किए। 'बालाजुमा सुवास हिँडिसकेका थिए,' एसएसपी पालले भने, 'दाइ नभेटेपछि उनी कलंकीखोला किनारमा रातभर लुकेर बसे।'

बदला लिन भागें

सर्लाहीका स्थानीय सिंहको परिवार वीरगन्ज सरेको थियो। वीरगन्जमा झगडाको क्रममा उनको आमाको मृत्यु भयो। बाबु काम खोज्दैे भारतको दिल्ली गए भने भाइ पनि भारततिरै लागेपछि सिंह एक्लो भएका थिए। सिंहको बयानअनुसार पारिवारिक बिखन्डनका कारण उनले पढ्न पाएनन् र काठमाडौं–वीरगन्ज चल्ने सौदागर बसमा खलासीको काम सुरु गरे।

प्रहरीका अनुसार खलासीको रुपमा काम गर्ने क्रममा लागुऔषध कारोबारीसँग सम्पर्क बढेपछि बसमा लुकाएर बुप्रिनर्फिन र डाइजेपाम काठमाडौं भिœयाउने कारोबारमा लागेका थिए। लागुऔषध नियन्त्रण ब्युरोले सुइँको पाएर उनको खोजी तीब्र बनाएपछि उनी असार २ गते कलंकीमा पक्राउ परेका थिए।

१ हजार एम्पुल बुप्रिनर्फिन र डाइजेपामसहित समातिएका सिंहलाई काठमाडौं जिल्ला अदालतले २ वर्ष कैद र १ लाख जरिवाना तोकेको थियो। २ वर्ष कैद सजाय कटाए पनि एक लाख जरिवाना तिर्न नसकेर उनी थप ४ वर्ष कारागारमै बस्नुपर्‍यो। एक लाख रकम जोहो गर्न उनले कारागारभित्र मुढा बनाउने र पछि कैदीहरुको कपडा धोइदिने गरे पनि सोचेअनुसार पैसा जोहो हुन नसकेपछि उनले भाग्ने योजना बनाएको प्रहरी बयानमा बताएका छन्।

'मेरो आमालाई मार्नेहरुसँग बदला पनि लिनु थियो, जरिवाना तिर्ने पैसा पनि भएन। त्यसैले मरे मरिएला भन्दै ढलबाट भागेको हुँ,' सिंहको बयान उद्धृत गर्दै अनुसन्धान स्रोतले बतायो। एसएसपी पालका अनुसार उनी जेलबाट भागेलगत्तै उनको सम्पर्कमा रहेका व्यक्ति र वीरगन्ज नगुवामा निगरानी बढाउँदा सिंह भारत भागिरहेको सूचना आएको थियो। दिल्ली जाने ताकमा रहेका उनीसँग पैसा नभएपछि भाइसँग १ हजार रकम लिन रक्सौलको डंकन रोडमा मुखमा मास्क लगाएर बसेको अवस्थामा वीरगन्जको सादा पोसाकका प्रहरीले नियन्त्रणमा लिएर काठमाडौं पठाएको थियो।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस