काठमाडौं- संविधानसभा निर्वाचन सम्पन्न भएको ५१ दिन भइसकेको छ। दुईतीनपल्ट सारेर पनि समानुपातिकको अन्तिम सूची राष्ट्रपतिलाई बुझाएको एक साता कटिसकेको छ। देश भने झन्झन् अनिर्णयको बन्दी बनेको छ, जसले जनतामा ठूलो निराशा उत्पन्न गरेको छ।नयाँ संविधानसभा निर्वाचन सम्पन्न भएपश्चात जनतामा आएको उत्साह र अब देश ठिक बाटोमा लाग्छ भन्ने विश्वासमा पानी फेर्ने काम राष्ट्र प्रमुख र सरकार प्रमुखको व्यवहारबाट भएको छ। यो कार्यमा देशका दुई ठूला दल नेपाली कांग्रेस र नेकपा एमालेले मुख्य भूमिका खेलेका छन्।
संविधानसभाको बैठक राष्ट्रपतिले बोलाउने कि मन्त्रिपरिषद अध्यक्षले बोलाउने भन्ने विषयमा देखिएको मतभेदले जनतामा निराशा छाउन थालेको छ। हरेक विषयमा आफ्नो स्वार्थमात्र हेरेको र देशको हितलाई बेवास्ता गरेको आरोप त्यस्ता दुई महारथीलाई लागेको छ, जसले नयाँ नेपालमा लोकतन्त्रको संस्थापनाका लागि धेरै ठूलो योगदान गरेका छन्।
राष्ट्रपति रामवरण यादवको अहिलेसम्मको भूमिकाले यो देशमा लोकतन्त्र जोगिएको हो भन्नेमा जसरी द्विविधा छैन, त्यसैगरी मन्त्रिपरिषद अध्यक्ष खिलराज रेग्मीको दृढ इच्छाशक्ति र समर्पण नभएको भए संविधानसभा निर्वाचन हुनसक्ने थिएन भन्नेमा पनि कसैलाई शंका छैन।
अहिलेसम्मको भूमिका जति सकारात्मक भए पनि यी दुई व्यक्तित्वको टकरावले निर्वाचनपूर्व पनि निर्वाचन हुँदैन कि भन्नेमा संशय पैदा गरेको थियो भने अहिले संविधानसभा बैठक बस्ने बेला देशको भविष्य के होला भन्ने आशंका पैदा गरेको छ।
राष्ट्रपति र अध्यक्षबीच व्यक्तिगत कुनै समस्या होला अथवा नहोला तर दुवैले एकअर्कालाई विश्वास गर्न नसकेको प्रस्ट देखिन्छ। अहिले संविधानसभा बैठक बोलाउन वसन्तपुरको नगाडामात्र बजाए पुग्ने अवस्थामा कसले बैठक बोलाउने भनेर सिंगौरी खेल्नुपर्ने जरुरत थिएन। समस्याको मूल प्रश्न अन्तरिम संविधानमा लेखिएको वाक्यअनुसार कार्य गर्ने कि भावनाअनुसार भन्ने नै हो। र, समस्या संविधानसभा बैठक डाक्नेमात्र होइन, नयाँ राष्ट्रपतिको निर्वाचन गर्नुपर्छ कि पर्दैन भन्ने पनि हो। दुवैजना आ–आफ्नो पक्षपोषण गर्न दुइटा विषयमा विपरीत अडान लिइराखेका छन्।
राष्ट्रपतिले अन्तरिम संविधानमा राष्ट्रपतिको पदावधिबारे अक्षरशः जे लेखिएको छ त्यही हुनुपर्छ भन्ने अडान लिएको देखिन्छ भने संविधानसभा बैठकको विषयमा भने संविधान लेखिँदाको अवस्थाको भावना कदर हुनुपर्ने विचार राखेको देखिन्छ। अध्यक्षको अडान भने यदि भावनाअनुरुप हुने हो भने राष्ट्रपतिको पदावधिमा पनि प्रश्न गरिनुपर्योख, र यदि अक्षरशः हुने हो भने संविधानसभा बैठक बोलाउने विषयमा पनि जे संविधानमा लेखिएको छ त्यसैअनुसार हुनुपर्यो भन्ने हो। दुवैले शब्दमा यी कुरा प्रकट गरेका छैनन्। दुवैका सल्लाहकार र समर्थकले बोलेको आधारमा यो निष्कर्ष सजिलै निकाल्न सकिन्छ।
राष्ट्रपतिलाई नेपाली कांग्रेसको प्रचण्ड समर्थन प्राप्त छ भने नेकपा एमाले अहिले अचानक अध्यक्षको पक्षमा पुगेको छ। एमालेका नेता यदि नेपाली कांग्रेससँग मिलेर सरकार बनाउने हो भने आफूले राष्ट्रपति पद पाउनुपर्ने अडानमा छन्। त्यसैले अहिले अध्यक्षको खेमामा देखिएका हुन्। यी दुई व्यक्तित्व र दुई दलको टकरावको फाइदा एकीकृत नेकपा माओवादीलाई हुने देखिन्छ। यदि दुई ठूला दल मिल्न सकेनन् भने सबैभन्दा प्रभावशाली दल एमाओवादी नै हुनेछ, किनभने दुवै दललाई संसदमा बहुमत पुर्या उन माओवादीको समर्थन जरुरी पर्न जान्छ।
कांग्रेस र एमालेभन्दा अहिलेको यो टकरावले राष्ट्रपति र अध्यक्षको व्यक्तित्व क्षीण बनाउने सम्भावना बढी छ। अन्ततः यी दुई ठूला दल आपसमा नमिली संविधान बन्दैन र जनताको संविधान बनाउनुपर्ने दबाबले पनि यिनलाई सँगै काम गर्नुको विकल्प रहँदैन। तर, राष्ट्रपति र अध्यक्ष केवल व्यक्ति हुन्। ढिलो वा चाँडो यिनको संस्था यिनीहरूबाट छुट्दैछन्। अर्थात्, अहिल्यै सही निर्णयमा पुग्न सकेनन् भने यादव र रेग्मी दुवै आफूले प्राप्त गरेको उचाइभन्दा निकै सानो कदमा समेटिएर अवकाशको जीवन बिताउन बाध्य हुनुपर्ने देखिन्छ।
तर राष्ट्रपति र अध्यक्ष, दुवै संस्था संविधानसभा बैठक कसले बोलाउने भन्ने विषयमा आफू डेग नचल्ने, बरु सर्वोच्च अदालतको फैसला कुर्ने निर्णयमा बसेका छन्। यो दुवैका लागि ठूलो गल्ती हुन जानेछ। संविधानका विषयमा यस्तो संवेदनशील निर्णय सर्वोच्चले साधारणतया गर्दैन।
एकपल्ट तत्कालीन प्रधानन्यायाधीश अनुपराज शर्माले भनेका थिए, 'सर्वोच्चले धेरै संवेदनशील राजनीतिक मुद्दामा निर्णय गर्नुभन्दा राजनीतिक सहमति होस् भन्ने चाहन्छ।' वास्तवमा यो मुद्दामा पनि सर्वोच्चले राजनीतिक सहमति हुन समय दिन्छ। अहिले नै एमिकस क्युरीको बैठक अलि पर छ, फेरि त्यसमा बहसका लागि केही दिन लाग्छ, अनि फेरि अरू धेरै बहाना आउँदै जान्छन्। सर्वोच्चको निर्णय आउन यति धेरै समय लाग्छ कि, वादी र प्रतिवादी दुवैलाई सहमतिमा आउनुको कुनै विकल्प रहँदैन।
अहिलेको अवस्थामा सहमति भनेको या त राष्ट्रपतिले अध्यक्षलाई बैठक बोलाउन दिनु हो या त अध्यक्षले राष्ट्रपतिको विषयमा केही कुरा नभनी केवल बैठक बोलाउने विषयमा संविधान संशोधनको प्रस्ताव लानु हो। तर, दुवै पक्ष कुनै एक काम गर्न तत्पर देखिँदैनन्। जबकि जनताको नजरमा जसले पहिला सहमतिका लागि हात बढाउँछ उही सच्चा नायक र जनमतको कदर गर्ने राष्ट्रवादी नेता ठहर्छ।
राष्ट्रपतिलाई लागेको हुनसक्छ अहिले सहमति गर्योा भने एमालेको राष्ट्रपति फेर्ने प्रस्तावमा अझ बल मिल्नेछ। अध्यक्षलाई लागेको हुनसक्छ अहिले सहमति गर्यो भने आफू एमाले न त कांग्रेस, यता न उता हुन पुगिन्छ। वास्तविकता के हो भने राष्ट्रपतिले आफू एक कदम ओर्लेर सहमति गरे भने पनि नेपालमा सधैं कार्यकारी प्रमुखभन्दा राष्ट्र प्रमुख तल पर्ने अवस्था हुँदैन, किनभने नयाँ संविधानमा यस्तो त्रुटिपूर्ण व्यवस्था अवश्य हुने छैन।
त्यसैगरी यदि अध्यक्षले सहमतिको हात अघि बढाए भने पनि उनको संवैधानिक कानुनको ज्ञाताको पगरी फुस्कने छैन। बरु यो पद सकिएपश्चात कुनै राजनीतिक दलमा आबद्ध नभएका हुनाले उनी सधैं देशको राष्ट्रपति हुनका लागि सबैभन्दा पहिलो उम्मेदवार बन्नेछन्।
जे होस्, जो अगाडि बढे पनि एकजना बढ्नैपर्छ। ढिला गरेको खण्डमा दुवैले जनताको सम्मान र विश्वास गुमाउनेछन्। उनीहरू दुवैको अहिलेसम्मको योगदान खेर जाओस् भनेर कुनै पनि तर्कसंगत व्यक्तिले चाहँदैन, चाहनु हुँदैन।