बेरुजु फर्छ्यौटमा अधिकांश मन्त्रालय उदासीन
०८ माघ २०७०
•
८ मिनेट पाठ
बेरुजु फर्छ्यौटमा अधिकांश मन्त्रालय उदासीन
काठमाडौं- सरकारले बेरुजु रकम घटाउन उच्च प्राथमिकता दिएको बताउँदै आए पनि नजिता भने राम्रो देखिएको छैन। महालेखापरीक्षकले औंल्याएको बेरुजुलाई कार्यान्वयन गर्न गठित 'बेरुजु फर्छ्यौट मूल्यांकन र अनुगमन समिति'ले चालु आर्थिक वर्ष कम्तीमा ५० प्रतिशत फर्छ्यौट गर्ने लक्ष्य तोके पनि उपलब्धि १० प्रतिशतभन्दा माथि जान सकेको छैन। अधिकांश मन्त्रालय बेरुजु फर्छ्यौटमा उदासीन देखिएका छन्।

हालसम्म सरकारीसहित समिति, बोर्ड, परिषद, कोष, विश्वविद्यालय लगायतका निकायको कूल बेरुजु ७४ अर्ब ९९ करोड रुपैयाँ रहेकामा ८ अर्ब रुपैयाँ मात्र फर्छ्यौट भएको छ। 
महालेखाले नेपाल सरकारका कार्यालयहरुको ५२ अर्ब ४४ करोड रुपैयाँ बेरुजु उल्लेख गरेकामा अहिलेसम्म ७ अर्ब ११ करोड रुपैयाँ मात्र फर्छ्यौट गरिएको छ। यो १३.५७ प्रतिशत मात्र हो। 
समितिले ५० प्रतिशत बेरुजु फर्छ्यौट गर्न निर्देशन दिए पनि चालु आवको ६ महिना बित्दासमेत ५ कार्यालयले एक रुपैयाँ पनि फर्छ्यौट गरेका छैनन्। लोकसेवा आयोग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, उद्योग मन्त्रालय, न्यायपरिषद, अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक रुपैयाँ पनि बेरुजु फर्छ्यौट नगरेका हुन्।
समितिले दिएको लक्ष्य ६ महिनामै पूरा गर्नेमा प्रधानमन्त्रीको कार्यालय, र निर्वाचन आयोग छन्। यस्तै शतप्रतिशत बेरुजु फर्छ्यौट गर्नेमा उपराष्ट्रपतिको कार्यालय र महालेखा परीक्षकको कार्यालय परेका छन्। तोकिएको लक्ष्य पूरा नभए पनि त्यसतर्फ उन्मुख हुने (२० देखि ४९ प्रतिशत हासिल गर्ने) मन्त्रालय १० छन्। बाँकी सबै मन्त्रालयको प्रगति न्यून छ। 
मन्त्रालयमध्ये सबैभन्दा बढी बेरुजु (८ अर्ब ७८ करोड) भएको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले चालु आवमा ६.२७ प्रतिशत मात्र फर्छ्यौट गरेको छ। अर्को ठूलो बेरुजु (८ अर्ब ६२ करोड) भएको संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले पनि ७.२३ प्रतिशतमात्र फर्छ्यौट गरेको छ। अन्य मन्त्रालयलाई आर्थिक अनुशासनमा बस्न दबाब दिने अर्थ मन्त्रालयको बेरुजु पनि ५ अर्ब ३० करोड रुपैयाँ छ। अर्थले यस अवधिमा २९.०६ प्रतिशत बेरुजु फर्छ्यौट गरेको छ। 
यस्तै मन्त्रालयअन्तर्गतका विभिन्न समिति, संघ–संस्था र विश्वविद्यालयतर्फको गत मंसिरसम्म २२ अर्ब ५४ करोड रुपैयाँ बेरुजु देखिएको छ। यसमध्ये गत असारसम्म एक अर्ब १७ करोड रुपैयाँ फर्छ्यौट गरिएको छ। यो ५.१९ प्रतिशत मात्र हो। समिति, संघ–संस्थाका सम्बन्धित १५ मन्त्रालयले चालु आवमा एक पैसा बेरुजु फर्छ्यौट गरेका छैनन्। यस्तै त्रिभुवन विश्वविद्यालय र पोखरा विश्वविद्यालय पनि एक पैसा बेरुजु फर्छ्यौट नगर्नेमा परेका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गतका समिति र संघ–संस्थाको बेरुजु एक अर्ब ६८ करोड रुपैयाँ भए पनि चालु आवको ६ महिनामा एक पैसा फर्छ्यौट गरिएको छैन। एक अर्ब ७३ करोड रुपैयाँ बेरुजु भएको अर्थ मन्त्रालयले भने १९.१८ प्रतिशत बेरुजु फर्छ्यौट गरेको छ। 
'बेरुजु हुनै नदिऊँ'
अर्थमन्त्री शंकरप्रसाद कोइरालाले सबै मन्त्रालयका सचिवलाई बेरुजु हुन नदिनेतर्फ सचेत हुनुपर्नेमा जोड दिएका छन्। उनले भएका बेरुजुलाई लक्ष्यअनुसार फर्छ्योट गर्न पनि सचिवलाई निर्देशन दिए। 
महालेखापरीक्षकको बेरुजु प्रतिवेदन कार्यान्वयन गर्न गठित 'बेरुजु फर्छ्यौट मूल्यांकन र अनुगमन समिति'को बुधबार बसेको बैठकमा बोल्दै अर्थमन्त्री कोइरालाले बेरुजु घटाउन गरिएका प्रतिबद्धता राम्रा भए पनि व्यवहारमा आउनु पर्ने बताए। 
उनले प्रमाण नष्ट, अप्राप्य कागजात र स्रोतान्तर मुद्दालाई उदारतापूर्वक हेर्नुपर्ने खाँचो रहेको औंल्याउँदै मन्त्रालयले भोगेका व्यवहारिक समस्या र बेरुजु उत्पादन घटाउन आएका सुझाव समेटेर मन्त्रिपरिषदमा प्रतिवेदन बुझाउने प्रतिबद्धता व्यक्त गरे। 
समिति संयोजक रहेका मन्त्री कोइरालाले निर्वाचन, सीमित जनशक्ति जस्ता असामान्य परिस्थितिमा पनि बेरुजु कम गर्न भएका प्रयास प्रशंसनीय भएको भन्दै यस विषयलाई दैनिक कार्यसूचीमा समावेश गर्न आग्रह गरे। 
ऊर्जा मन्त्री तथा समिति सदस्य उमाकान्त झाले बेरुजु फर्छ्यौट साढे १३ प्रतिशत हुनु उत्साहप्रद रहेको बताए। उनले वर्षेनी बढ्ने बेरुजुको समाधान खोज्न जरोकै पहिचान गरी अघि बढ्नुपर्ने खाँचो औंल्याए।
कृषि मन्त्री तथा समिति सदस्य टेकबहादुर घर्तीले बेरुजु संपरीक्षणलाई गति दिएर अघि बढ्ने हो भने त्यसको प्रभाव सकारात्मक ढंगमा अघि बढ्ने बताए। 
गति सुस्त भए पनि काममा देखिएको प्रतिबद्धता स्मरणीय भएको भन्दै मन्त्री घर्तीले कार्ययोजना बनाएर अघि बढ्न सुझाए। 
मन्त्रालयका सचिवहरुले कतिपय बेरुजु एउटै मन्त्रालयले समाधान गर्न नसक्ने भन्दै त्यसका लागि छुट्टै गृहकार्य गरेर अघि बढ्नुपर्ने सुझाव दिए। उनीहरुले असामान्य परिस्थिति र कानुनले निर्देशित गरेका विषय समेत नजरअन्दाज गरेर बेरुजु आउने गरेको तर्फ महालेखाले विवेक पुर्‍यानुपर्ने बताए। 
महालेखापरीक्षकको बेरुजु प्रतिवेदन कार्यान्वयन गर्न गठित 'बेरुजु फर्छ्यौट मूल्यांकन र अनुगमन समिति'को बुधबार सम्पन्न बैठकमा अर्थमन्त्री शंकरप्रसाद कोइरालालगायत।
अर्को समाचार
कांग्रेस सभापति देउवाले संसदमा भने : बाँस्कोटामाथि छानबिन नहुनु गम्भीर
१८ फागुन २०७६
•
४ मिनेट पाठ
कांग्रेस सभापति देउवाले संसदमा भने : बाँस्कोटामाथि छानबिन नहुनु गम्भीर
 काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सेक्युरिटी प्रिन्टिङ प्रेस प्रकरणमा पूर्वसञ्चारमन्त्रीले राजीनामा दिएको हप्तादिन वित्दा पनि छानबिन सुरु नहुनु गम्भिर विषयमा भएको बताएका छन्।

प्रतिनिधिसभा बैठकमा समय लिएर बोल्दै देउवाले पूर्व सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले राजीनामा दिएको हप्ता दिन भन्दा बढी समय भएपनि छानबिन सुरु नहुनुको पछाडि गम्भिर नियत लुकेको बताए। उनको सार्वजनिक भएको अडियोमा 'हामी’ भनेर कसलाई भनिएको हो ? भन्ने विषयमा प्रधानमन्त्रीले प्रष्ट पार्नुपर्ने माग गरे। 'हप्ता पुग्दा पनि छानबिन नहुनुको पछाडि गम्भिर नियत छ। अडियो प्रष्ट सुनिन्छ। हामी भनेर कसलाई भनेका हुन ? हामी भित्र को को पर्छन ? प्रधानमन्त्रीले प्रष्ट पार्नुहोस’, उनले भने।

छानबिन सुरु नहुँदै प्रधानमन्त्रीले अडियो नक्कली हो भन्दै अभिव्यक्ति दिएपछि छानबिन प्रभावित हुन्छ की हुँदैन भन्दै उनले प्रश्न समेत गरे। 'छानबिन गर्ने निकायले छानबिन गर्नुभन्दा पहिले नै प्रधानमन्त्रीले अडियो नक्कली भन्नुभयो। त्यसले छानबिन प्रभावित हुन्छ की हुँदैन्। छानबिन हुनुभन्दा पहिले तपाईले निणर्य दिनुभयो भने तर्पाइको बोलिको विश्वसनियता कमजोर भएन् ?’, देउवाले प्रश्न गरे। 

सभापति देउवाले सेक्युरिटी प्रिन्टिङ प्रेस प्रकरणको अनियमितताबाट ध्यान अन्त मोड्न सरकारले नेपाल ट्रष्टको स्वेतपत्र लिएको आरोप समेत लगाए। 'नेपाल ट्रष्टको स्वेतपत्रले सेक्युरिटी प्रेस प्रकरणबाट मुलुकको ध्यान मोड्ने प्रयत्न भएको छ। गोकर्ण रिसोर्टको ध्यान मोड्ने प्रयत्न भएको  छ। टेलिकमको प्रकरणमा अर्बो भ्रष्टाचार भएको कुरा आएको छ। एनसेलले ४ अर्बमा सकेको काम एनटिसीर्लाइ १२ अर्ब कसरी लाग्यो ?’, देउवाले प्रश्न गरे।

उनले नेपाल ट्रष्टको स्वेतपत्रमा उल्लेख भएजस्तो आफु प्रधानमन्त्री भएको समयमा कुनै निर्णय नभएको प्रष्टिकरण दिए। राजनीतिक पूर्वाग्रहका कारण आफ्नो नाम जोडिएको उल्लेख गर्दै उनले स्वेतपत्रप्रति आपत्ति जनाए।

देउवाले सरकारले पेट्रोलियम पदार्थमा करले जनतालाई भार बढेको भन्दै तत्काल कर हटाउन आग्रह गरे।

सभापति देउवाले कोरोना भाइरस विश्वका ५० भन्दा बढी देशमा फैलिएको उल्लेख गर्दै आवश्यक पूर्व तयारी गर्न सरकारको ध्यानाकर्षण पनि गए। विश्व स्वास्थ्य संगठन डब्ल्युएचओले समेत नेपाल कोरोनाको उच्च जोखिममा रहेको भनेकाले सरकारले पूर्वतयारीर्लाइ तिव्रता दिनुपर्ने देउवाले बताए। विदेशमा रहेका नेपालीहरुलाई सतर्क रहनपनि देउवाले आग्रह गरे।

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली भने अनुपस्थित थिए। संसदीय मान्यता अनुसार प्रधानमन्त्री बोल्दा विपक्षी दलको नेता र विपक्षी दलको नेता बोल्दा प्रधानमन्त्री उपस्थित हुने परम्परा भएपनि प्रधानमन्त्री भने आजको बैठकमा अनुपस्थित रहे।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock २ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ४ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ५ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस