काठमाडौं-सरकारले आफ्ना सबै माग पूरा गर्ने प्रतिबद्धता जनाएपछि तेह्र दिनदेखि अनशनरत डा. गोविन्द केसीले शुक्रबार बिहान साढे ८ बजे अनशन तोड्ने भएका छन्।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका सचिव कृष्णहरि बाँस्कोटाले बिहीबार राति साढे ११ बजे अनशनस्थलमै पुगेर सरकार तर्फबाट 'माग पूरा गर्ने प्रण' गरेपछि डा. केसी अनशन तोड्न राजी भएका हुन्।
मन्त्रिपरिषदको बिहीबार बिहान बसेको बैठकले डा. केसीसँग वार्ता गर्न बाँस्कोटाकै संयोजकत्वमा चार सदस्यीय टोली गठन गरेको थियो। यसले दिनभरि विभिन्न पक्षसँग छलफल गरी सहमतिका बुँदा तय गरेको छ। ती बुँदाका आधारमा तत्कालै अनशन तोड्न बाँस्कोटाले आग्रह गरेका थिए। डा. केसीले सरकारको प्रतिबद्धतामा आफू सकारात्मक भए पनि अनशन तोड्नुअघि एकचोटि आफ्ना विद्यार्थी, कर्मचारी, चिकित्सक तथा समर्थकहरूसँग छलफल गर्ने इच्छा व्यक्त गरे।
केसीकै आग्रहअनुसार अनशन तोड्ने कार्यक्रम शुक्रबार बिहानलाई सारिएको हो। यसअनुसार बिहान ७ बजे नेपाल चिकित्सक संघका पदाधिकारीसँग स्वास्थ्य मन्त्रालयमै एक चरण वार्ता गरी सहमतिलाई अन्तिम रूप दिइनेछ। त्यसपछि साढे ८ बजे सचिव बाँस्कोटाले अनशनस्थलबाटै सहमतिका बुँदा सार्वजनिक रूपमा पढेर सुनाएपछि डा. केसीले अनशन तोड्ने तय भएको छ।
'सरकारको प्रबिद्धता सकारात्मक छ, यसअनुसार काम भयो भने स्वास्थ्य क्षेत्रमा ठूलो परिवर्तन आउँछ भन्ने आस गरेको छु,' डा. केसीले बिहीबार मध्यरात नागरिकसँग भने, 'सरकारको प्रतिबद्धता र सहमतिका आधारमा म आफ्ना शुभेच्छुक र समर्थक विद्यार्थी, कर्मचारी, चिकित्सक र सर्वसाधारणमाझ अनशन तोड्नेछु।'
सरकारले सहमति जनाएका बुँदाअनुसार चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम) लाई छुट्टै मेडिकल विश्वविद्यालयका रूपमा स्थापना गर्नेबारे सम्भाव्यता अध्ययन गरी प्रारुप तयार गरिने भएको छ। यो डा. केसीले उठाएका प्रमुख मागमध्ये एक हो। मेडिकल विश्वविद्यालयको आर्थिक तथा अन्य सबै पक्षबारे सम्भाव्यता अध्ययन गरी सरकारलाई सुझाव दिन आइओएमकै पूर्वडिन डा. रमेशकान्त अधिकारीको संयोजकत्वमा आठ सदस्यीय कार्यदल गठन गरिएको छ। कार्यदललाई प्रतिवेदन बुझाउन तीन महिनाको म्याद दिइएको छ।
कार्यदलमा बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका पूर्वउपकुलपति पूर्णचन्द्र कर्माचार्य, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका पूर्व उपकुलपति अर्जुन कार्की, विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष प्राध्यापक चिरिकशोभा ताम्राकार, आइओएमका प्राध्यापक जगदीश अग्रवाल, स्वास्थ्य मन्त्रालयका बाबुराम मरासिनी, शिक्षा मन्त्रालयका महाश्रम शर्मा र कानुन मन्त्रालयका एक प्रतिनिधि छन्।
कार्यदललाई सम्भाव्यता अध्ययन गरी मेडिकल विश्वविद्यालयको प्रारुप तयार पार्ने जिम्मेवारी दिइएको छ। यसले कुन–कुन अस्पताललाई मेडिकल विश्वविद्यालयअन्तर्गत समावेश गर्ने भनी यकिन गर्नेछ। त्यस्तै, प्रस्तावित विश्वविद्यालयको भौतिक अवस्थिति, स्रोतसाधन र प्रशासनिक संरचनाको प्रक्षेपण र विश्लेषणसमेत कार्यदलले गर्नेछ। छुट्टै प्राज्ञिक तथा संरचनागत अवस्था सुनिश्चत गरी नीति–नियम र कानुनी संरचनाको व्यवस्थासहितको सुझाव पनि कार्यदलले दिनेछ। यसको सचिवालय विश्वविद्यालय अनुदान आयोगमै रहने व्यवस्था गरिएको छ।
नयाँ मेडिकल कलेजको सम्बन्धन बन्द गर्नुपर्ने केसीको अर्को माग कार्यान्वयन गर्न पनि सरकारले सहमति जनाएको छ। तत्काललाई सम्बन्धन बन्द गर्ने र अबका दिनमा नयाँ मेडिकल कलेज खोल्न आवश्यक छ कि छैन भन्नेबारे राष्ट्रिय नीति तय गर्न सरकार राजी भएको छ। नेपालको मेडिकल जनशक्ति, भौगोलिक अवस्थिति, सन्तुलित विकास समेतलाई ध्यानमा राख्दै मेडिकल कलेज सम्बन्धनको राष्ट्रिय नीति बनाएर त्यसैअनुसार निर्णय गरिनेछ। प्रस्तावित राष्ट्रिय नीतिले आगामी दिनमा कलेजको सम्बन्धनलाई समेत व्यवस्थापन गर्नेछ।
आइओएममा वरिष्ठताका आधारमा नयाँ डिन नियुक्त गर्ने प्रतिबद्धता पनि सरकारले व्यक्त गरेको छ। यसलाई आश्वस्त पार्न टिचिङका विद्यार्थीले मध्यरातमै सबै वरिष्ठ प्राध्यापकलाई छलफल निम्ति डाकेका थिए। उनीहरूले सबै प्राध्यापकलाई 'पदको लोभमा नपरी कनिष्ठ व्यक्तिलाई डिन नियुक्त गरिए स्वीकार गर्दैनौं' भनी बाचा गर्न लगाए। सरकारले आफ्नो बाचा तलमाथि गरेर कनिष्ठ वा अन्य विवादास्पद व्यक्तिलाई डिन बनाए स्वीकार नगर्न उनीहरूले सचेत गराएका थिए।
सचिव बाँस्कोटाले यी सहमतिबारे जानकारी दिनुअघि मन्त्रिपरिषद अध्यक्ष खिलराज रेग्मीको पत्र पढेर सुनाएका थिए। पत्रमा केसीलाई सम्बोधन गर्दै 'सरकार तपाईंका सबै माग पूरा गर्न सहमत छ' भनिएको छ। सरकारको प्रतिबद्धतालाई विश्वास गरेर तुरुन्तै अनशन तोड्नसमेत आग्रह गरिएको छ।
बाँस्कोटाले पनि सरकारको प्रतिबद्धतामा एक इन्च तलमाथि नहुने भन्दै केसीलाई विश्वास दिलाउन खोजेका थिए। नयाँ आउने सरकारमा पनि कार्यान्वयन निकायमा आफूहरू नै रहने भएकाले यी प्रतिबद्धता कुनै हालतमा कार्यान्वयन गराइछाड्ने उनले बताए। 'जुन दलको सरकार आए पनि स्थायी सरकारको हैसियतमा हामी नै रहन्छौं,' उनले डा. केसीलाई भने, 'यी तपाईंका व्यक्तिगत माग होइनन्, राष्ट्रिय हितकै माग हुन्। त्यसैले, आइओएम डिन नियुक्त गर्न र अन्य सम्पूर्ण माग पूरा गर्न हामी लगातार लागिरहनेछौं।'
मन्त्रिपरिषदले वार्ताटोली संयोजक नियुक्त गरेपछि आइओएमका पदाधिकारी, वरिष्ठ चिकित्सक लगायत सरोकारवाला सबै पक्षसँग लगातार नौ घन्टा छलफल गरेर सहमतिका खाका तय गरेको जानकारी दिँदै उनले भने, 'तपाईंले आमजनताको हृदय जित्नुभएको रहेछ। वार्ता गर्दागर्दै मलाई सयौं फोन आए, कति त मैले उठाउनै सकिनँ। फोन गर्नेहरू सबैले तपाईंको अनशनलाई लिएर चासो राखेका थिए। जसरी हुन्छ माग पूरा गरेर तपाईंको अनशन तोडाउन आग्रह गरे।'
'हामी सरकारका तर्फबाट तपाईंका सबै मागमा चित्त बुझाउँछौं,' उनले भने, 'म राजी छु भन्नुहुन्छ भने सरकारले भोलि बिहानै औपचारिक कार्यक्रम गरेर सहमति घोषणा गर्ने प्रतिबद्धता जनाउँछौं।'
जवाफमा केसीले भने, 'मेरो अहिलेको मुख्य चिन्ता लाखौं बिरामीले दुःख पाए भन्ने हो। मेडिकल एसोसिएसन यो अभियानमा सँगै छ। उहाँहरूसँग पनि कुरा गर्नुस्।'
यसअघि नयाँ मेडिकल कलेजको सम्बन्धनलाई लिएर तीव्र दबाब आएपछि आइओएमका पूर्वडिन डा. प्रकाश सायमीले राजीनामा गरेका थिए। त्यसपछि सरकारले 'नयाँ नियुक्ति अघि नबढाउनू' भन्दाभन्दै त्रिवि पदाधिकारीले अटेर गरी विवादास्पद छविका डा. शशि शर्मालाई डिन बनाएको थियो। डा. केसीको अनशन र उनका समर्थक चिकित्सकहरूको दबाबपूर्ण आन्दोलनपछि त्रिभुवन विश्वविद्यालयले बुधबार शर्मालाई बर्खास्त गरेको छ।
शर्माको बर्खास्तगीपछि पनि आफ्ना माग पूरा नभएको भन्दै डा. केसीले अनशन तोड्न नमानेपछि मन्त्रिपरिषदको बिहीबार बिहानको बैठकले बाँस्कोटाको संयोजकत्वमा वार्ता टोली बनाएको हो। सरकारी टोलीमा गृहसचिव जनार्दन नेपाल, स्वास्थ्य सचिव प्रवीण मिश्र, शिक्षा सचिव नारायणगोपाल मलेगो सदस्य छन्। डा. केसीको प्रतिनिधित्व गर्दै आइओएम तर्फबाट डा. विमल सिन्हा, डा. चोपलाल भुषाल, डा. रामकुमार घिमिरे लगायतले सरकारी टोलीसँग वार्ता गरेको थियो।
२०६९ भदौ १ गते डा. केसीकै अनशनका कारण तत्कालीन बाबुराम भट्टराई सरकारले वरियताका आधारमा डा. सायमीलाई आइओएम डिन नियुक्त गरेको थियो। मेडिकल कलेजको सम्बन्धनमा तीव्र दबाब आएपछि उनले राजीनामा दिए। आइओएमका अन्य पदाधिकारी र वरिष्ठ चिकित्सकहरूले उनको राजीनामा तत्काल स्वीकृत नगर्न सरकारलाई सुझाव दिएको थियो। यसअनुसार मन्त्रिपरिषदले त्रिवि पदाधिकारीलाई 'तत्काल नयाँ नियुक्ति अघि नबढाउन' निर्देशन दियो। तर, उक्त निर्देशन लत्याउँदै त्रिविले यही पुस २४ गते सायमीको राजीनामा स्वीकृत गरी त्यसको भोलिपल्टै विवादास्पद छविका शर्मालाई डिन नियुक्त गर्यो। यसैको विरोधमा शर्माले पदाबहाली नगर्दै पुस २७ देखि डा. केसी अनशन बसेका हुन्। अनशनकै बीच पुस २८ मा उनले पदबहाली गरेका थिए।
उनको अनशनपछि नेपाल चिकित्सक संघले गत आइतबारदेखि आकस्मिक बाहेकका सम्पूर्ण स्वास्थ्य सेवा बन्द गरेको छ। बिरामीलाई समस्या नपरोस् भनेर टिचिङ, वीर, पाटन लगायत ठूला सरकारी अस्पतालमा आकस्मिक कक्षबाटै ओपिडी सेवा सञ्चालन गरिँदै आएको छ। आन्दोलनकै क्रममा डाक्टरहरूले बिहीबार राजधानीको टुँडिखेलमा खुला स्वास्थ्य शिविर सञ्चालन गरेका थिए।