काठमाडौं- मुलुकका प्रमुख दातृ निकाय विश्व बैंकका अधिकारीहरुले सरकारले विभिन्न बहाना देखाएर परियोजनाहरुमा सहयोग रकम खर्च गर्न नसकेको आरोप लगाएका छन्। बेमौसममा कर्मचारी सरुवा, पुँजीगत खर्च न्यून हुनु, औपचारिक कागजी प्रक्रियामा बढी समय लाग्ने जस्ता कारण देखाएर सरकारले दातृ निकायले दिएको सहयोग रकम लक्ष्यअनुसार खर्च गर्न नसकेको उनीहरुको आरोप थियो।
अर्थ मन्त्रालयमा सोमबार भएको 'विश्व बैंकको सहयोगमा सञ्चालित आयोजनाको वर्तमान अवस्था र भावी कार्यदिशा' समीक्षा बैठकमा बैंकका अधिकारीहरुले विभिन्न मन्त्रालय र विभागबीच समन्वय अभावले समेत परियोजना प्रभावकारी रुपमा अघि बढ्न नसकेको बताए।
नेपालस्थित विश्व बैंक कार्यालयका राष्ट्रिय निर्देशक जोहनास जुटले परियोजनाको कार्यान्वयन पक्षमा ध्यान दिन आग्रह गरे। उनले खर्च गर्ने क्षमता बढाउन र परियोजनाको सुशासनमा ध्यान दिन आग्रह गरे।
अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखा प्रमुख मधुकुमार मरासिनीका अनुसार विश्व बैंकको सहयोगमा सञ्चालित २० परियोजनामा चालु आवको ६ महिनामा ६ करोड ४० लाख अमेरिकी डलर बराबरको सहयोग रकम निकासा भएको छ। सरकारले यो अवधिमा १८ करोड २० लाख अमेरिकी डलर बराबरको सहयोग रकम खर्च गर्ने लक्ष्य राखेको थियो। यो लक्ष्यको ३५ प्रतिशत मात्र हो।
बैठकमा उदीयमान सहर परियोजना, सडक क्षेत्र विकास परियोजना तथा पुल निर्माण तथा सुधार आयोजना, काबेली प्रसारण लाइन आयोजना र व्यावसायिक शिक्षा तथा तालिम सुदृढीकरण परियोजना गरी पाँच आयोजना पूरा हुने समय नजिक आए पनि तिनीहरुको प्रगति न्यून भएकाले समस्यायुक्त परियोजनामा परिणत गरिएको थियो। यी पाँच आयोजनाले अहिलेसम्म १७ प्रतिशत मात्र काम गरेको बताइयो।
बैठकमा अर्थसचिव शान्तराज सुवेदीले वैदेशिक सहायतामा सञ्चालित आयोजनामा सरकार संवेदनशील रहेको जानकारी दिएका थिए।
उनले वैदेशिक सहायतामा सञ्चालित आयोजनाबारे सरकार सदैव संवेदनशील छ भन्दै यस्ता आयोजनालाई समन्वयात्मक ढंगले अगाडि बढाउने आश्वासन दिए।
महाशाखा प्रमुख मरासिनीले सरकार विश्व बैंकको लगानीमा सञ्चालित आयोजनाको कार्य अवस्था सुधार गर्न सदैव तत्पर रहेको बताए। उनले परियोजना सुधारका लागि सबै पक्षको सामूहिक जिम्मेवारी र जवाफदेहिता आवश्यक रहेको बताए।