अपराधीको क्रिडास्थल काठमाडौं
२४ माघ २०७०
•
११ मिनेट पाठ
अपराधीको क्रिडास्थल काठमाडौं
काठमाडौं- केही समयअघि एक दैनिक पत्रिकाले 'काठमाडौंका डनहरू' भनेर केही कुख्यात अपराधीको फोटोसहित विवरण छापेको थियो। उक्त पत्रिकाका सम्पादक र पत्रकार भोलिपल्ट डनहरूले कस्तो प्रतिक्रिया जनाउने हुन् भन्ने जान्न उत्सुक थिए। केही मात्रामा चिन्तित पनि।




भोलिपल्ट उक्त पत्रिकाको सम्पादकको मात्र होइन, बजार व्यवस्थापकहरूको समेत लगातार फोन बज्यो। फोन गर्नेहरूको अभिप्राय समाचार खण्डन गर्नु वा कसैको बेइज्जत भयो भनेर गाली गर्नु थिएन। फोटो छापिनेहरूले त वास्तवमा फोनै गरेनन्। बरु नपर्नेहरूले आफ्नो फोटो किन परेन भनेर फोन गरेका थिए। काठमाडौंका कुख्यात अपराधीको सूचीमा फोटो नछापिएर आफ्नो साख गुम्यो भनेर धेरै गुण्डा र दादा चिन्तित देखिए। त्यसरी फोटो छापिँदा गुण्डाहरूको साख बढ्ने र उनीहरूले थर्काएर कमाउने रकमको दर पनि बढ्ने गरेको प्रहरीका एक वरिष्ठ अपराध अनुसन्धान अधिकृतले बताए। 
एक गुण्डाको सरदार विभिन्न व्यापारी र व्यवसायीकहाँ गएर ठूलो रकम सहयोग माग्ने गर्छ (सानो रकमका लागि त ऊ आफैं जानै पर्दैन, उसका केटाहरू नै काफी छन्)। यदि कसैले केही आनाकानी गर्यो भने आफूलाई एक राजनीतिक दलको ठूलो नेतालाई मार्छु भनेर घोषणा गर्ने दादाका रूपमा हाकाहाकी चिनाउँछन्। त्यस्ता गुण्डा एक होइन, काठमाडौंका टोल–टोलमा जन्मेका छन्।
एक खालका मान्छे अनेक मेहनत गरेर बल्लबल्ल केही पैसा कमाउँछन्, यस्ता गुण्डा भने धम्कीकै भरमा साना खुद्रे व्यापारीदेखि ठूला उद्योगपति र व्यवसायीसम्मबाट हप्ता वा महिना असुल्छन्। अर्काको पसिनाको कमाइ जुकाजस्तो चुस्ने यस्ता अपराधीलाई सरकारले नियन्त्रण गर्न नसक्नाले गुण्डा हुनु पनि एक प्रतिष्ठाको विषय बन्दै गएको छ। 
यस्ता बदमास र लुटेराहरूलाई प्रहरीले कारबाही गर्न सक्दैन, किनभने नेपालका सबै राजनीतिक दलका नेताले यस्ता गुण्डालाई संरक्षण दिएका छन्। हरेक गुण्डा कुन राजनीतिक दलका नेता वा कार्यकर्ता हो भनेर सजिलै चिनिन्छ। नेपाली कांग्रेस, नेकपा (एमाले), मधेसवादी दल, माओवादी, राप्रपा सबैका नजिकका गुण्डा छन्। यी दलका नेताहरूको पनि आ–आफ्नै छुट्टाछुट्टै दादा र गुण्डाहरूसँग साँठगाँठ छ। कुनै एक गुण्डालाई गोली लाग्यो वा जेल पर्योल भने ठूला राजनीतिक दलका वरिष्ठ नेताहरू आफैं पुग्छन्, तिनको हालचाल बुझ्न र जेलमुक्त गर्न।
काठमाडौंका प्रहरी प्रमुखको पदबाट भर्खरै सरुवा भएका एसएसपी सुबोध घिमिरे भन्छन्, 'यदि राजनीतिक दलको संरक्षण नहुने हो भने नेपाल प्रहरीले यस्तो गुण्डागर्दी र साना अपराध सजिलै नियन्त्रण गर्न सक्छ।' तर नेताहरूले सिधै कसैको पक्ष लागेर संरक्षण गरिदिँदा प्रहरीलाई आफ्नो कार्यक्षमता देखाउन अप्ठेरो पर्छ। अपराधीले आफूसँग बदला लिनसक्ने खतरा त एकातिर छँदैछ, अझ राजनीतिक नेताले समेत पदोन्नतिमा समस्या खडा गर्ने र नचाहिँदो दुःख दिने जोखिम मोल्नुपर्छ प्रहरी अधिकृतहरूले।
राजनीतिक नेताको त्रास कस्तो गहिरोसँग बसेको छ नेपाल प्रहरीमा भने, प्रहरी महानिरीक्षकले समेत आफूले चाहेको ठाउँमा सक्षम र इमानदार अफिसरलाई सरुवा गर्न सक्दैनन्। राजनीतिक दलको सरकार आएपछि आफूले भनेको अफिसर ल्याउन सकिँदैन भन्ने डरले प्रहरी महानिरीक्षकले रमेश खरेललाई काठमाडौं प्रहरी प्रमुखको पदमा सरुवा गरेका हुन भन्ने एक स्रोतको भनाइ छ। काठमाडौंमा अपराध नियन्त्रण नगरी आफू सफल नदेखिने तर अपराध नियन्त्रण गर्न सक्षम अफिसरलाई राजनीतिक नेतृत्वले आउन नदिने खतरा टाल्न नयाँ सरकार आउन केही दिन बाँकी छँदै खरेललाई काठमाडौं ल्याउनुपरेको बुझिएको छ। 
तर यो अपराधको राजधानीमा प्रहरीमात्र स्वच्छ र इमानदार तथा राजनीतिक नेतामात्र अपराधमुखी अवश्य होइनन्। यो अपराधको राजधानीमा धेरै अपराधी र थोरै मात्रामा सज्जन नागरिक बसोबास गर्छन्। नेपालमा प्रहरी जागिर खानेको मुख्य ध्येय कसरी चाँडोभन्दा चाँडो पैसा कमाउने, घर–घडेरी जोड्ने भन्ने हुन्छ। अन्य व्यापार र व्यवसाय गर्नेहरू पनि नियमविपरीत कसरी जनतालाई ठग्ने भन्ने धुनमै रहेका देखिन्छन्।
एकपल्ट मेरा नजिकका एक नातेदारलाई कुनै कामले महाराजगन्ज प्रहरी कार्यालय जानुपर्ने भयो। त्यहाँका कार्यालय प्रमुखलाई चिनेको कारणले उनले यो लेखकलाई एकपल्ट चिनाइदिन अनुरोध गरे। यो लेखकले उनको नाम चिनाइदिएको पाँच मिनेटभित्रै ती प्रहरी अधिकृतले ती नातेदारकै एक साथीलाई फोन गरेर सोधेछन्, 'फलानो मेरोमा आउँदैछ, त्यसलाई कसरी लुट्न सकिन्छ भन् त।' अर्थात्, प्रहरी कार्यालयसँग कुनै मद्दत माग्न जानु पनि लुटिन जानु बराबर भएको छ। 
प्रहरी अधिकृतहरू ठूलो रकम बुझाएरमात्र भनेको ठाउँमा सरुवा वा बढुवा पाउँछन्। त्यसैले पैसा बुझाएर कुनै स्थानमा पुग्न सफल भएको सानो जवान होस् वा ठूला अफिसर, सबैको ध्यान कसरी र कहाँबाट पैसा झर्छ भन्नेमै हुन्छ। त्यस्तो पैसा लिएर सरुवा र बढुवा गर्ने विगतका धेरै गृहमन्त्री गन्हाउने फोहोरको रास भइसके पनि अझै निर्वाचन जितेर आएका केही फेरि गृहमन्त्री हुन कम्मर कस्दै गरेको अवस्थामा काठमाडौं अपराधीको क्रिडास्थलभन्दा माथि उठेर राम्रो सहर हुन धेरै ठूलो परिवर्तन जरुरी देखिन्छ। 
काठमाडौंलाई अपराधमुखी सहर बनाउन अपराधी र प्रहरीमात्र जिम्मेवार छैनन्। सरकार कमजोर तथा भ्रष्ट र राजनीतिक नेताहरू जनतामुखी हुन नसकेका कारण यहाँका प्रत्येकजसो जनतालाई सेवा प्रदान गर्ने कार्यमा अपराध मुछिएको छ, भ्रष्टाचारले जरो गाडेको छ। 
अहिले सर्वसाधारणले सबैभन्दा बढी दुःख विदेशमा रोजगार गर्न जाने क्रममा पाइराखेका छन्। पासपोर्ट लिने समयदेखि विदेशमा लगेर कुनै ठेगानको जागिर नपाउन्जेलसम्म हरेक विदेशमुखी युवा अपराधीको चंगुलमा पर्ने ठूलै सम्भावना रहन्छ।
अर्को ठूलो समस्या आर्थिक अपराधको छ। कुनै पनि प्रकारको व्यापारमा धोखा र पैसा पचाइदिने व्यवहारले सोझा र निमुखा जनता या त मानसिक तनावमा बाँच्नुपरेको छ या कतैबाट सुनुवाइ नहुँदा कानुन आफ्नो हातमा लिएर अपराधी बन्न पुगेका छन्। सरकारले सही तरिकाले जागरुक बनाउन नसक्नाले धेरै व्यक्ति हाउजिङ, ढुकुटी, सहकारी आदिमा ठगिएका छन्। कतिपय त आफ्नै बैंकको पैसा एटिएममा बदमासी गरेर अरूले लुटिदिएको हेरेर वाल्ल परेका भेटिन्छन्। कतिपय आफ्नी श्रीमतीको नाममा करोडौं ऋण लिएर सोझी महिलालाई जेलको चिसोमा सड्न बाध्य बनाएर आफू कुलेलम ठोकेका छन्। कतिपय पति वा पत्नी आफ्नो जीवनसाथीलाई विदेशमा कमाएको सबै पैसा पठाएर ठगिएका छन् भने कतिपय त फर्केर आउँदा मारिएका पनि छन्।
भारतीय अपराधीहरूका लागि पनि लुकेर बस्न नेपाल स्वर्ग बनेको छ। पाकिस्तानी र दाउद इब्राहिम समूहका लागि पनि नक्कली नोटको व्यापार बढाउन नेपाल एक सजिलो आश्रयस्थल बनेको छ। सँगसँगै चिनियाँ अपराधी र भ्रष्टाचारीले समेत नेपालमा लगानी गर्न थालेको समाचार आउन थालेका छन्। 
समग्रमा भन्दा, काठमाडौं अपराधीको क्रिडास्थल बनेको छ। काठमाडौंमा क्रिडा गर्न पाउने अपराधीले देशभर आफ्नो सञ्जाल फैलाउँछ। त्यस्तो अपराधीले नेपाली जनतालाई ठग्छ, लुट्छ र मार्छ र सँगसँगै नेपाललाई संसारको नजरमा एक आपराधिक देशका रूपमा विद्रुप बनाउँछ। विगतमा शान्त, सुन्दर र विशाल हृदयको देश भनेर चिनिएको नेपाललाई पुनः त्यही अवस्थामा पुर्याँउन र अझ मानवीय बासस्थान बनाउन सबैभन्दा पहिलो सर्त नै राजनीतिक नेतृत्वको आचरणमा आमूल सुधार हो।
अर्को समाचार
कांग्रेस सभापति देउवाले संसदमा भने : बाँस्कोटामाथि छानबिन नहुनु गम्भीर
१८ फागुन २०७६
•
४ मिनेट पाठ
कांग्रेस सभापति देउवाले संसदमा भने : बाँस्कोटामाथि छानबिन नहुनु गम्भीर
 काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सेक्युरिटी प्रिन्टिङ प्रेस प्रकरणमा पूर्वसञ्चारमन्त्रीले राजीनामा दिएको हप्तादिन वित्दा पनि छानबिन सुरु नहुनु गम्भिर विषयमा भएको बताएका छन्।




प्रतिनिधिसभा बैठकमा समय लिएर बोल्दै देउवाले पूर्व सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले राजीनामा दिएको हप्ता दिन भन्दा बढी समय भएपनि छानबिन सुरु नहुनुको पछाडि गम्भिर नियत लुकेको बताए। उनको सार्वजनिक भएको अडियोमा 'हामी’ भनेर कसलाई भनिएको हो ? भन्ने विषयमा प्रधानमन्त्रीले प्रष्ट पार्नुपर्ने माग गरे। 'हप्ता पुग्दा पनि छानबिन नहुनुको पछाडि गम्भिर नियत छ। अडियो प्रष्ट सुनिन्छ। हामी भनेर कसलाई भनेका हुन ? हामी भित्र को को पर्छन ? प्रधानमन्त्रीले प्रष्ट पार्नुहोस’, उनले भने।

छानबिन सुरु नहुँदै प्रधानमन्त्रीले अडियो नक्कली हो भन्दै अभिव्यक्ति दिएपछि छानबिन प्रभावित हुन्छ की हुँदैन भन्दै उनले प्रश्न समेत गरे। 'छानबिन गर्ने निकायले छानबिन गर्नुभन्दा पहिले नै प्रधानमन्त्रीले अडियो नक्कली भन्नुभयो। त्यसले छानबिन प्रभावित हुन्छ की हुँदैन्। छानबिन हुनुभन्दा पहिले तपाईले निणर्य दिनुभयो भने तर्पाइको बोलिको विश्वसनियता कमजोर भएन् ?’, देउवाले प्रश्न गरे। 

सभापति देउवाले सेक्युरिटी प्रिन्टिङ प्रेस प्रकरणको अनियमितताबाट ध्यान अन्त मोड्न सरकारले नेपाल ट्रष्टको स्वेतपत्र लिएको आरोप समेत लगाए। 'नेपाल ट्रष्टको स्वेतपत्रले सेक्युरिटी प्रेस प्रकरणबाट मुलुकको ध्यान मोड्ने प्रयत्न भएको छ। गोकर्ण रिसोर्टको ध्यान मोड्ने प्रयत्न भएको  छ। टेलिकमको प्रकरणमा अर्बो भ्रष्टाचार भएको कुरा आएको छ। एनसेलले ४ अर्बमा सकेको काम एनटिसीर्लाइ १२ अर्ब कसरी लाग्यो ?’, देउवाले प्रश्न गरे।

उनले नेपाल ट्रष्टको स्वेतपत्रमा उल्लेख भएजस्तो आफु प्रधानमन्त्री भएको समयमा कुनै निर्णय नभएको प्रष्टिकरण दिए। राजनीतिक पूर्वाग्रहका कारण आफ्नो नाम जोडिएको उल्लेख गर्दै उनले स्वेतपत्रप्रति आपत्ति जनाए।

देउवाले सरकारले पेट्रोलियम पदार्थमा करले जनतालाई भार बढेको भन्दै तत्काल कर हटाउन आग्रह गरे।

सभापति देउवाले कोरोना भाइरस विश्वका ५० भन्दा बढी देशमा फैलिएको उल्लेख गर्दै आवश्यक पूर्व तयारी गर्न सरकारको ध्यानाकर्षण पनि गए। विश्व स्वास्थ्य संगठन डब्ल्युएचओले समेत नेपाल कोरोनाको उच्च जोखिममा रहेको भनेकाले सरकारले पूर्वतयारीर्लाइ तिव्रता दिनुपर्ने देउवाले बताए। विदेशमा रहेका नेपालीहरुलाई सतर्क रहनपनि देउवाले आग्रह गरे।

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली भने अनुपस्थित थिए। संसदीय मान्यता अनुसार प्रधानमन्त्री बोल्दा विपक्षी दलको नेता र विपक्षी दलको नेता बोल्दा प्रधानमन्त्री उपस्थित हुने परम्परा भएपनि प्रधानमन्त्री भने आजको बैठकमा अनुपस्थित रहे।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस