बारा– दोस्रो संविधानसभामा निर्वाचित बाराका दस सभासदले जिल्लाको विकासमा लगानी बढाउन माग गरेका छन्। औद्योगिक र कृषि उत्पादनबाट राज्यलाई तिरेको राजस्वको तुलनामा थोरै रकममात्र बाराले पाउने गरेकाले जिल्लाको विकास हुन नसकेको सभासदहरूले संयुक्त रुपमा शुक्रबार निकालेको विज्ञप्तिमा उल्लेख छ।राज्यको भेदभावका कारण जिल्लाको पर्यटन, सिँचाई, खानेपानी, पूर्वाधार, सडकलगायत विकासका कार्य पछि परेको उल्लेख गर्दै सभासदहरू फरमुल्लाह मन्सुर, राधेचन्द्र यादव, रामअयोध्या यादव, पुरुषोत्तम पौडेल, बलवीर चौधरी, नजमा खातुन, लालबाबु सिंह, मधु शाही, उषा किरण र दिलमाया धामीले लगानी बढाउन माग गरेका हुन्।
काठमाडौं–निजगढ फास्ट ट्रयाक र निजगढमा दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा राज्य पक्षको उदासीनता देखिएको विज्ञप्तिमा उल्लेख छ।
काठमाडौं–निजगढ फास्ट ट्रयाक र निजगढमा दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा राज्य पक्षको उदासीनता देखिएको विज्ञप्तिमा उल्लेख छ।