पूर्वाञ्चल औद्योगिक महोत्सव सुरु
२४ माघ २०७०
•
४ मिनेट पाठ
पूर्वाञ्चल औद्योगिक महोत्सव सुरु
झापा- दोस्रो पूर्वाञ्चल औद्योगिक, व्यापार, कृषि तथा पर्यटन महोत्सव शुक्रबार झापामा सुरु भएको छ। मेची उद्योग वाणिज्य संघको आयोजनामा धुलाबारीमा सुरु भएको महोत्सव फागुन ३ गतेसम्म चल्नेछ। १ सय ५० वटा स्टल भएको महोत्सवमा तीन लाख अवलोकनकर्ता भिœयाउने लक्ष्य रहेको आयोजकले जनाएका छन्। नेपाल उद्योग वाणिज्य महासंघ र वाणिज्य मन्त्रालय पनि साझेदार छन्।




मन्त्रिपरिषद अध्यक्ष खिलराज रेग्मीले उद्घाटन गर्ने प्रचार गरिए पनि अन्तिम समयमा उनी अनुपस्थित हुने सूचना आएको थियो। अनुपस्थित रहे पनि रेग्मीले लिखित मन्तव्य पठाएका थिए। प्रजिअ नेपालले वाचन गरेर सुनाएको रेग्मीको लिखित मन्तव्यमा निजी क्षेत्रले व्यापार प्रवर्द्धनमा गरिरहेको प्रयासको सराहना गरिएको छ। 
'चुनावी प्रयोजनका लागि गठन भएको सरकारले आर्थिक क्षेत्रको विकासमा उल्लेख्य योगदान गरेको छ,' रेग्मीको मन्तव्यमा भनिएको छ, 'संविधान निर्माणपछि यसले स्थायित्व पाउने आशा छ।' रेग्मीले छोटो समयमा संविधान निर्माण गर्न र देशलाई आर्थिक समृद्धितिर डोर्‍याउन दलहरू सफल हुने विश्वास पनि व्यक्त गरेका छन्। 
महोत्सवको उद्घाटन गर्दै वाणिज्य सचिव माधव रेग्मीले व्यापार तथा उद्योग प्रवर्द्धन हुने महोत्सवले आर्थिक सक्रियता बढाउने भन्दै सरकार निजी क्षेत्रसँग हरेक आर्थिक प्रगतिका मुद्दामा सहयोगी बनेर अघि बढ्ने बताए। कार्यक्रममा बोल्ने उद्यमी व्यवसायीले सरकारको शैली उद्योग, व्यापार तथा कृषि क्षेत्रको प्रगतिमैत्री नभएको गुनासो गरेका थिए। नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य केशवराज पाण्डे, मेची उद्योग वाणिज्य संघका अध्यक्ष विजय डालमिया, पूर्व अध्यक्षद्वय नरेन्द्र खड्का र पन्नालाल जैनले सरकारले उद्योग व्यापार क्षेत्रका समस्या देखेको नदेख्यै गरेको गुनासो गरे। राजस्व र प्रहरीको व्यवहार व्यवसायमैत्री नभएको उनीहरुको आरोप थियो। 
पूर्व क्षेत्रीय प्रहरी प्रमुख डिआइजी नवराज सिलवालले प्रहरी आफ्नो कर्तव्यप्रति इमान्दार भएर अघि बढेको जवाफ दिँदै स्वच्छ कारोबार गर्न व्यवसायीलाई आग्रह गरेका थिए। 
निर्यात व्यापार प्रवर्द्धन गर्ने मुख्य लक्ष्य महोत्सवको छ। भारत, भुटान, बंगलादेशलगायत देशमा निर्यात हुने नेपाली कृषि उत्पादनका मुख्य आयातकर्ता सहभागी हुने भनिएको महोत्सवमा सरोकारवालाबीच छलफल पनि हुने संयोजक विजय डालमियाले जानकारी दिए। पाँच करोडको कारोबार हुने अनुमान गरिएको महोत्सवमा विभिन्न औद्योगिक उत्पादन, तयारी कपडा, कृषियन्त्र, आइटीलगायत सामानका स्टल राखिएको छ।
अर्को समाचार
दुहबीमा क्षेत्रीय महोत्सव सुरू
१५ फागुन २०६९
•
३ मिनेट पाठ
दुहबीमा क्षेत्रीय महोत्सव सुरू
अमर खड्का, इटहरी, फागुन १५-औद्योगिक करिडोर क्षेत्र सुनसरी दुहवीमा बुधबार (आज) देखि पूर्वाञ्चल क्षेत्रीयस्तरीय महोत्सव सुरु हुँदैछ। दुहवीमा औद्योगिक तथा व्यापारिक चहलपहल बढाएर आर्थिक कारोबारलाई उक्साउने उद्धेष्यले फागुन ३० गतेसम्म सञ्चालन हुने महोत्सवमा औद्योगिक प्रदर्शनी, कृषि प्रदर्शनी, ग्रामेन्ट, तयारी पोशाक, हर्वल, अटोमोवाइलस, जडीबुटीलगायत अन्य सेवाका ६० वटा स्टल रहनेछन्।




५२ वटा स्टल बुक भइसकेको र अब आठवटा स्टल बुक हुन बाँकी रहेका छन।

यस क्षेत्रका उद्योगबाट उत्पादित क्वालिटी बिस्कुट, पशुपति विस्कुट, खुकुरी तेल, रमपम चाउचाउलगायतका प्रदर्शनी रहने मंगलबार महोत्सव स्थलमै आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो। यस्तै, कृषि प्रदर्शनी अन्तर्गत आलु, लौका, हरियो सागसब्जीलगायतका तरकारी रहनेछन। महोत्सव आयोजक समितिका संयोजक नरसिंह अग्रवालका अनुसार महोत्सवमा मतदाता नामावलीका लागि पनि निर्वाचन कार्यालयले एउटा स्टल राखेको छ।

२०३० सालताका पूर्वमा सवैभन्दा बढी खेलकुद गतिविधी दुहवीमा पछिल्लो समय नगन्य गतिविधी हुन भएर खेलकुदमा साख गुमाउँदै गएको अवस्थामा महोत्सव हरेक दिन व्याडमिन्टन खेल पनि खेलाइनेछ।

उद्योग बाणिज्य संघ दुहवीका अध्यक्ष उमेश गोस्वामीका अनुसार दुहवीको पूरानो साख जोगाउन र दुहवीलाई चिनाउनकै लागि महोत्सव आयोजना गरिएको हो। 'पहिला- पहिला दुहवीलाई खेलकुद होस् वा अन्य हरेक ढंगले चिन्थे,' उनले भने, 'अहिले त लहानभन्दा पश्चिमका कसैले पनि दुहवीलाई चिन्दैनन। त्यसैले दुहवीलाई चिनाउँनकै लागि महोत्सव सञ्चालन गर्न लागिएको हो।' उनका अनुसार पहिला-पहिला भारतका ग्यान्टोक, कालिम्पोङ, दार्जेलिङ, कोलकता, थिम्पु, कटिहारका लगायतका खेलाडी प्रतिष्पर्धाका लागि दुहवीमा आउदा यस ठाउँले निकै प्रसिद्धी कमाएको थियो।

महोत्सवमा वाल उद्यम, लिटल ट्यालेन्ट सो, राष्ट्रियस्तरका कलाकार सीताराम कट्टेल, कुन्जना घिमिरे, कोमल ओली, इन्दिरा जोसीलगायतले मनोरञ्जनात्मक कार्यक्रम पनि प्रस्तुत गर्नेछन। दुहवी पशु बजारको रुपमा पूर्वमै चिनिएको दुहवीमा महोत्सवको अवसरमा पशु प्रदर्शनी पनि रहनेछ।

महोत्सवमा दुई करोड बराबरको कारोबार हुने अपेक्षा गरिएको छ। महोत्सवमा पूर्वका झापा, मोरङ, सुनसरी, सप्तरीसहित भारतका समेत बासीन्दा सहभागी हुने पत्रकार सम्मेलनमा जानकारी दिइयो।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ५ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस