निष्ठापूर्वक पाँच दशक
२७ माघ २०७०
•
११ मिनेट पाठ
निष्ठापूर्वक पाँच दशक
काठमाडौं– तत्कालीन राजा महेन्द्रले जननिर्वाचित सरकारलाई अपदस्थ गरेपछि नेपाली कांग्रेसले सुरु गरेको प्रजातान्त्रिक आन्दोलनमा होमिएर राजनीतिक यात्रा सुरु गरेका ७४ वर्षे सुशील कोइरालालाई पाँच दशकपछि प्रधानमन्त्री हुने मौका मिल्यो।

२०४५ यता निरन्तर नेपाली कांग्रेसको केन्द्रीय समितिमा रहेका उनी करिब चार वर्षअघि सम्पन्न पार्टीको बाह्रौं महाधिवेशनबाट सभापति निर्वाचित भएका हुन्। २०७० मंसिर ४ मा सम्पन्न संविधानसभा निर्वाचनमा उनकै नेतृत्वमा कांग्रेस सबैभन्दा ठूलो पार्टी भयो भने कोइराला स्वयं चितवन ४ र बाँके ३ गरी दुई ठाउँबाट निर्वाचित भए।
संसदीय दलको नेताका लागि माघ १२ मा भएको मतदानमा वरिष्ठ नेता शेरबहादुर देउवालाई पराजित गरेपछि उनको प्रधानमन्त्री यात्राको बाटो खुलेको थियो। दोस्रो ठूलो दल एमालेसहित अन्य दलले समर्थन गरेपछि सोमबार कोइराला दुई तिहाइ बहुमतका साथ प्रधानमन्त्रीमा निर्वाचित भए। 
विसं १९९६ साउन २८ गते मोरङ विराटनगरमा जन्मेका कोइरालाले राजाको 'कु' पछि भारत निर्वासनमा रहेका बिपी कोइरालाको सहयोगीका रूपमा राजनीतिक यात्रा प्रारम्भ गरेका थिए। कोइराला प्रजातान्त्रिक आन्दोलनका पक्षमा निरन्तर सक्रिय रहे। बिपीसँगको लामो संगत र प्रजातान्त्रिक आन्दोलनमा लागेकैले उनी आफ्ना हरेक भाषणमा लोकतन्त्रप्रतिको निष्ठा दोहोर्यामइरहन्छन्। प्रशंसक मात्र होइन, आलोचकसमेत लोकतन्त्रप्रति उनको निष्ठाको खुलेर प्रशंसा गर्छन्। 
कांग्रेस उपसभापति रामचन्द्र पौडेलको भनाइमा 'कोइराला भद्र र निष्ठावान नेता हुन्।' कोइरालालाई थोरै बोल्ने धेरै काम गर्ने नेताको संज्ञा दिँदै पौडेलले भने, 'उहाँ (कोइराला) धेरै लामो तर्क र वक्तव्यबाजीमा विश्वास गर्नुहुन्न। सारभूत कुरा गर्ने र सारभूत काम गर्ने नेता हुनुहुन्छ।' पौडेलले उनलाई नेपालको प्रजातान्त्रिक आन्दोलनको प्रतिनिधि भएको बताए। 
त्यसो त कोइराला आलोचनामुक्त छैनन्। आलोचकहरूले उनलाई सानो घेरामा विश्वास गर्ने नेताको रूपमा हेर्छन्। खुला राजनीतिमा धेरै पछि प्रवेश गरेका कोइरालालाई पार्टीभित्रै पनि समाजका विभिन्न आयामस“ग टाढा रहेको र खुला राजनीतिक संस्कारलाई अ“गाल्न नसकेको आरोप लाग्ने गरेको छ। विशेषगरी गिरिजाप्रसाद कोइरालाको कार्यकालमा सहयोगीका रूपमा काम गरेकाले पनि पार्टीभित्रैको अर्को समूहले यस्तो आरोप लगाउने गरेको हो। जस्तो कि, २०५७ को पोखरा महाधिवेशनअघि महामन्त्रीको हैसियतमा उनले १६ वटा जिल्ला कार्यसमिति विघटन गरेका थिए। त्यसपछि पार्टीभित्रैको प्रतिस्पर्धी समूहले त्यस्तो आरोप लगाउन थालेको थियो। 
कोइरालालाई कुनै लोकतान्त्रिक आन्दोलनले भन्दा पनि निरन्तरको राजनीतिक लगावले नेतृत्वमा पुर्याकएको हो। त्यति मात्र होइन, राजनीतिक इमानदारी र नैतिकताको सवालमा उनी समकक्षीभन्दा माथि छन्। संविधानसभाको पहिलो निर्वाचनमा पार्टीले हार बेहोरेपछि उनले कार्यबाहक सभापतिबाट राजीनामा दिएका थिए, तर स्वीकृत भएन। दोस्रो संविधानसभामा उनकै नेतृत्वमा कांग्रेस सबैभन्दा ठूलो दलको रूपमा पुनर्स्थापित भयो, जुन उनको राजनीतिक यात्राको महत्वपूर्ण उपलब्धि बन्न पुग्यो। यही उपलब्धिको जगमा उनी मुलुकको कार्यकारी प्रमुख हुन सफल भएका छन्।
अब प्रधानमन्त्रीका रूपमा उनको राजनीतिक परीक्षणसमेत हुनेछ। उम्मेदवारी प्रस्ताव गर्ने क्रममा कांग्रेस उपसभापति पौडेलले भने, 'कोइरालाले नेतृत्वको अवसर पाए कृषि क्रान्ति, पर्यटन विस्तार र जलस्रोतको विकास गरेर मुलुकलाई समृद्ध राष्ट्र बनाउनुहुनेछ।' 
यता, एमाले संसदीय दलका नेता केपी शर्मा ओलीले प्रस्तावप्रति समर्थन गर्दै भनेका थिए, 'जनताको चाहना र अपेक्षा के के हुन् भन्ने बुझेर नै कोइरालाले उपयुक्त नेतृत्व गर्नुहुनेछ।'
कोइरालाका सामु यतिखेर एक वर्षमा संविधान लेखनको वातावरण बनाउने, सुशासन दिने र मुलुकलाई समृद्धिको बाटोतर्फ अघि बढाउने चुनौती छन्। 
कोइराला २०६८ असोजमा भएको १२ औं महाधिवेशनमा देउवालाई पराजित गर्दै सभापति भएका हुन्। २०५९ सालमा कांग्रेस विभाजन हुनअघि नै उपसभापति र महामन्त्रीलगायतका जिम्मेवारी सम्हालेका कोइराला २०६४ असोजमा नेपाली कांग्रेस र नेपाली कांग्रेस प्रजातान्त्रिकको एकीकरणसँगै कार्यबाहक सभापति भएका थिए। 
अविवाहित कोइरालाले २०१६ अघि नै बनारसमा नृत्य र फोटोग्राफीसम्बन्धी प्रशिक्षण लिएका थिए। कोइराला कोरियोग्राफी सिक्न र हलिउडमा काम गर्न अमेरिका जाने अन्तिम तयारीमा रहेका बेला तत्कालीन राजा महेन्द्रले २०१७ पुस १ गते जननिर्वाचित सरकार अपदस्थ गरेका थिए। त्यसका विरुद्ध कांग्रेसले थालेको आन्दोलनमा होमिए, उनी अमेरिका गएनन्।
जागिरका क्रममा सुशीलका बुबा बोधप्रसाद र आमा कुमुदिनीदेवी नेपालगन्ज पुगेका थिए। बोधप्रसाद त्यहाँ जिल्ला वन अधिकृत थिए। कोइराला परिवार लामो समय त्यहाँ बसेकाले सुशील उतै अडिए। उनका भाइ अशोक अहिले विराटनगरमै बस्छन् भने अरुण र विजय नेपालगन्जमा। अरुण र अशोक दुवै कांग्रेसमा सक्रिय छन्। सुशीलका छ–छजना दाजुभाइ–दिदीबहिनी छन्। बिपी र गिरिजाप्रसाद कोइरालाका भाइका रूपमा सुशीललाई कांग्रेसका नेता तथा कार्यकर्ताले हेर्ने गरेका छन्। सुशीलकी आमा बिपी/गिरिजाका आमाकी बहिनी हुन्।
कहिले, के भए?
२०१२ सालमै पार्टी सदस्यता लिएका सुशील कोइरालालाई २०४५ मंसिर १३ गते तत्कालीन कार्यबाहक सभापति कृष्णप्रसाद भट्टराईले केन्द्रीय सदस्यमा मनोनीत गरेका थिए। सोही वर्ष उनले विदेश विभाग प्रमुखको जिम्मेवारी सम्हाल्ने मौका पाए। २०४८ को झापा महाधिवेशन र २०४९ को केन्द्रीय समिति पुनर्गठनपछि पनि कोइराला केन्द्रीय सदस्यमा मनोनीत भए। २०५३ मा काठमाडौं महाधिवेशनमा उनी मध्यपश्चिमबाट केन्द्रीय समितिमा निर्वाचित भए। तत्कालीन पार्टी सभापति गिरिजाप्रसाद कोइरालाले उनलाई 
२०५५ असोज २० गते उपसभापति मनोनीत गरेका थिए भने २०५६ साउन १० गते महामन्त्री मनोनीत भए। २०५७ मा भएको पोखरा महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित भएका कोइराला २०५७ जेठ १७ गते पुनः महामन्त्रीमा मनोनीत भए। ललितपुरमा भएको ११ औं महाधिवेशनपछि उनलाई फेरि उपसभापतिकै जिम्मेवारी दिइयो। 
२०६४ असोजमा नेपाली कांग्रेस र नेपाली कांग्रेस प्रजातान्त्रिकबीच एकीकरण भएपछि कोइराला कार्यबाहक सभापति भए। २०६८ असोज ५ गते काठमाडौंमा सम्पन्न १२ औं महाधिवेशनबाट उनी सभापति बने। 
२०४८ र २०५६ को निर्वाचनमा बाँकेबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित कोइराला ०५१ को मध्यावधि र २०६४ को संविधानसभा निर्वाचनमा पराजित भएका थिए। कोइराला २०५८ मा भएको संसदीय दलको निर्वाचनमा शेरबहादुर देउवासँग पराजित भएका थिए। पछिल्लो संविधानसभामा चितवन र बाँकेबाट कोइराला निर्वाचित भएका कोइराला यसपटक संसदीय दलको नेतामा देउवालाई १६ मतले पछि पार्दै निर्वाचित भए। प्रजातन्त्र पुनर्स्थापनाको आन्दोलनका क्रममा उनले नेपाल र भारतमा गरी ६ वर्षभन्दा बढी जेलजीवन बिताएका थिए।
अर्को समाचार
तराई-मधेसमा श्रद्धा र निष्ठापूर्वक मनाइने छठ
०८ कार्तिक २०८२
•
४ मिनेट पाठ
तराई-मधेसमा श्रद्धा र निष्ठापूर्वक मनाइने छठ
तीन दशक अघिसम्म पूर्वी जिल्लाबाट नोकरी गर्न जिल्लामा आएका तीन चार परिवारले मात्र जिल्लामा छठ पर्व मनाउने गर्दथे । मूल घर पूर्वको तराई जिल्लामा भई कपिलवस्तुको तौलिहवाका विभिन्न कामले बस्दै आएका दुई चार घरले मात्र मनाउने गरिएको छठ बिगत १० वर्ष यता जिल्लाका विभिन्न जातजातिहरुले मनाउन थालेका छन् । मैथिली मधेसी जनजाति, मुस्लिम लगायतका जनजातिले समेत  छठ पर्व उल्लासकासाथ मनाउन थाले पछि यस्ले जिल्लामा धार्मिक सदभाव छर्ने गरेको छ ।  

छठ पर्व जिल्लामा एकता र सदभावको बनेको छ । मैथिली पहाडी र अवधी समुदायलाई पर्वले जोडेको छ । केही वर्ष अघिसम्म पूर्वी तराईका केही जिल्लाहरुमा सीमति छठ पर्व अहिले समावेशी बन्दै गएको हो । अहिले तराईका जिल्लाहरुमा समेत विभिन्न जात जातिहरुले समेत मनाउन थालेपछि यो पर्व समावेशी र सांस्कतिक पर्वकारुपमा विकासित हुँदै गएको हो । सिराहा, सप्तरी, पर्सालगायका जिल्लाहरु मनाइने गरिएको पर्व देशकै राजधानी काठमाडौंसहित पहाडी जिल्ला लगायतका अन्य तराईका जिल्लामासमेत धुमधामसँग मनाउन थालिए पछि यो पर्व धार्मिक सदभावका रुपमा स्थापित हुँदै गएको हो ।  

पहिले पूर्वी क्षेत्रका मधेस समुदायका व्यक्तिले मात्र मनाउने छठ अहिले पडाडी, नेवार, मधेसी, दलित मुस्लिम, जनजाति लगायतमा समेत लोकप्रिय बन्दै गएको पाईएको छ । अराध्य देव सूर्यको आराधना र उपासना गरी मनाईने छठ पर्व शनिबारदेखि सुरु भई मंगलबार सम्पन्न हुँदैछ । सोमबार परेको छठको पूजाकालागि विशेष घर घरमा तयारी गरिएको छ । जिल्लाको उत्तरी भेगमा रहेको गोरुसिंगे, चार नम्बर, चन्द्रौटा लगायतमा छठ पर्व मनाउनेको संख्या हरेक वर्ष बढ्दै गएको छ ।  

अधिकारर्मी रबि ठाकुरले बिगत १० वर्ष अघिसम्म पूर्वी जिल्लाबाट कपिलवस्तु आएका परिवारले मात्र छठ पर्व मनाउने गरेको बताए । तर बिगत केही वर्ष यता छठ जिल्लाका हिन्दूर, मुस्लिम समुदायले मनाउन थाले पछि यसले मैथिली, पहाडी र अवधि र भोजपुरीलाई जाडने काम गरेको बताए ।  

कपिलवस्तु नगरपालिका– १ की नेवार समुदायकी समा शाक्यले एक दशक अघिदेखि छठ पर्व मनाउदै गएको बताईन । माईती घरमा छठ पर्वको बारेमा सुनेपनि पर्व मनाउने तर्फ कुनै चासो नदिएकी उनले मधेसी, पहाडीहरुसँगै एकैसाथ छठको पर्व मनाउँदा निकै रमाईलो लाग्ने गरेको बताईन । विभिन्न जात जातिहरुले एकैसाथ पर्व मनाउँदा सांस्कृतिक आदानप्रदान समेत हुने उनी बताउँछिन । यशोधरा गाउँपालिकाकी बिन्दबासिनी हरिजनले जमुहरा नदीमा सबैसँग सामुहिक पूजा गर्ने गरेको बताईन । यस पटक पनि छठ पूजाको तयारी गरेकी उनले मधेसी पहाडी सबै जातजातिसँग सामुहिकरुपमा पर्व मनाउन पाउँदा खुशी लागेको बताईन । ‘सबै जना नदीमा गएर पुजा गर्छौ कुनै भेदभाव छैन,’ उनले भनिन ।  

कपिलवस्तु नगरपालिका वडा नम्बर १ का अध्यक्ष माहोम्मद जाहिद खाँले छठ लोकप्रिय बन्दै गएको बताए । धनी, गरीब, हिन्दू मुस्लिम, महिला पुरुष, पहडी मधेसी सबै वर्ग समुदायले अंगाल्न थालेको यो पर्वले मुलुकको वर्तमान अवस्थामा सामाजिक समानता कायम गर्न मद्दत पुग्ने उनको विश्वास छ ।  

सञ्चारकर्मी मनोज पौडेलले  जातिय, वर्गीय, मुद्दामा विभाजित वर्तमान समयमा यो पर्वले सामाजिक एकता र धार्मिक सहिष्णुतालाई कायम गर्न यसले मद्दम मिल्ने बताए ।  

पूर्वीय संस्कृतिमाथि बिस्तारै पश्चात्यको पकड बढिरहेको बेला यो पर्वको ब्रतालु र श्रद्धालु बढनुले पनि यो पर्वको झन महत्व बढदै गएको मानवअधिकारकर्मी राम दयाल ठाकुर बताउछन् । यो पर्वको महत्व र लोकप्रियताको कदर गर्दै राज्यले समेत यो पर्वलाई राष्ट्रिय पर्वको रुपमा मान्यता दिनु पर्ने उनको माग छ ।  

छठ पर्व वैज्ञानिक दृष्टिले पनि महत्वपूर्ण रहेको केही चिकित्सकहरु बताउँछन् । उनीहरुका अनुसार विशेष गरी छठमा सूर्यको उपासना गरिने र त्यही सूर्यको किरणमा भिटामिन डी पाईने भएकाले प्राणी जगतलाई प्रत्यक्ष र अप्रत्यक्ष जीवन प्रदान गरिहेको हुन्छ । त्यसैले छठ पर्वमा गरिने सूर्यको आराधनाले छाला सम्बन्धी रोग निको हुने समेत जनविश्वास छ ।  

ठ पर्वको पहिलो दिन अर्थात कार्तिक शुक्ल चौथीको दिनदेखि सुरु हुने गर्दछ । पहिलो दिनलाई नहान खान भनिन्छ । यस दिन विशेष शुद्धाशुद्धी अपनाईनछ । यस दिनदेखि श्रद्धालुहरुले लसुन, प्याज, मसुरोको दाल, कोदो लगायतको परिकारहरुको परित्याग गरी अरुवाको चामलको भात, रहरको दाल र लौकाको तरकारी बनाएर खाने गरिन्छ । दोस्रो दिन अर्थात पञ्चमीलाई खरना भनिन्छ । यस दिन ब्रतानलुहरु दिनभर उपवास बसी बेलुका चन्द्रमाको दर्शन गरी सकेपछि माटोको नयाँ चुलो र भाडामा सख्खर, दुध र चामलको खीर पकाईन्छ । केराको पातमा राखेर खीर छठी मातालाई चढाईन्छ र त्यसलाई प्रसादकोरुपमा ग्रहण गर्ने गरिन्छ ।  

पर्वको तेस्रो दिन अर्थात षष्ठीलाई सझियाघाट भनिन्छ । पर्वको मुख्य दिनकारुपमा रहेको यस दिन बिहानै तेल र ध्युमा चामलको ठेकुवा र कसार लगायतका परिकार पकाई पाच थरिका मिठाई, उखु, अदुवा, नरिबल, मुला, सुथनी, सुपारी, ल्वाङ,  सुकमेल लगायतका सामाग्रीहरु राखिन्छ । सो सामाग्रीहरु बासको टोकरी, सुपोमा राखेर जल, गाईको दुधसहित छठ पर्व मनाउने घाट वा जलासयमा पुगेर पूजापाठ गरी अस्ताउँदो सूर्यलाई अध्र्य दिई  घर फर्कने गर्दछन् ।  

कतिपय ब्रतालुहरु घर नफर्कि रातभर बस्ने गर्छन् । भाकल बसेका केही ब्यक्तिहरुले माटोका देवीदेवताका मुर्तिहरु बनाई पूजाआजा गर्नछन् जसलाई कोशिया भनिन्छ । कार्तिक सप्तमीका दिन उदाउँदो सूर्यलाई अध्र्य दिए पछि यो पर्व बिधिवतरुपमा सम्पन्न हुने गर्दछ ।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ५ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस