अवरुद्ध आर्थिक एजेन्डाले प्राथमिकता पाउने आस
२७ माघ २०७०
•
७ मिनेट पाठ
अवरुद्ध आर्थिक एजेन्डाले प्राथमिकता पाउने आस
काठमाडौं- नेपाली कांग्रेसका सभापति सुशील कोइराला प्रधानमन्त्री निर्वाचित भएपछि झन्डै दुई दशकदेखि अवरुद्ध आर्थिक एजेन्डाले फेरि प्राथमिकता पाउने आस निजी क्षेत्रले गरेको छ। मुलुकमा प्रजातन्त्र पुनर्स्थापना (२०४६) पछि बनेको नेपाली कांग्रेसको सरकारले निजी क्षेत्रलाई अगाडि लगाएर लगानीको वातावरण बनाएको भन्दै सोही पार्टी सत्तामा आएकाले आफूहरु थप उत्साहित बनेको निजी क्षेत्रका अगुवाहरुले बताए।उनीहरुले खुला र उदार अर्थतन्त्रको पक्षपाती कांग्रेसले अवरुद्व आर्थिक एजेन्डालाई अघि बढाउन सके निजी क्षेत्रबाट लगानीका लागि कुनै समस्या नरहेको जानकारी पनि दिए।
'अबको सरकारले द्वन्द्वका कारण रोकिएको आर्थिक सुधारका कार्यक्रमलाई अघि बढाउनुपर्छ,' नेपाल उद्योग परिसंघका प्रेसिडेन्ट एमिरेट्स विनोद चौधरीले सोमबार नागरिकसँग भने, 'द्वन्द्वको समयमा तात्कालीन सरकारले आर्थिक सुधारका कार्यक्रमलाई अघि बढाउन डराएकाले मुलुकले यो दुर्गति भोगेको हो। अब त्यही एजेन्डालाई अघि बढाउनुपर्छ।' 
२०४६ सालको प्रजातन्त्र पुर्नस्थापनापछि आएको कांग्रेस सरकारले उदार अर्थनीति अबलम्बन गर्दै निजी क्षेत्रलाई विश्वासमा लिएर सुधारवादी योजना अघि सारेको थियो। सुधारवादी योजनाले निजी क्षेत्रको दायरा फराकिलो बनेको थियो भने लगानी विस्तार भएको थियो। त्यतिबेला नै सरकारी स्वामित्वका संस्थान निजीकरणको प्रक्रिया सुरु भएको थियो। 
'तात्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको सरकारसँगै निजी क्षेत्रको अभ्युदय भएको थियो,' चौधरीले भने, 'द्वन्द्व सुरु भएपछि एमालेको सरकारले सामाजिक एजेन्डालाई अघि बढायो। तर आर्थिक सुधारको कार्यक्रम अबरुद्ध भयो।' उनका अनुसार आर्थिक सुधारका योजना अवरुद्ध भएकाले ठूला लगानी आउन सकेन। उनले आर्थिक सुधारका कार्यक्रम अघि बढाउन अहिले सुनौलो अवसर भएको बताउँदै यसलाई अघि बढाएर जनताको आकांक्षा पूरा गर्नेतर्फ लाग्न सुझाव दिए। 
'अहिलेको सरकारले विगतमा आर्थिक सुधार एजेन्डा अघि बढाएकाले निजी क्षेत्रमा आत्मविश्वास पलाएको छ,' उनले भने, 'निजी क्षेत्र उत्साहित छ।' उनले सार्वजनिक संस्थान थलिएर बसेको र संस्थानको सेवा पाउन नसकेर उपभोक्ता आहत भएको बताए।
नेपाल उद्योग वाणिज्य महासंघ (नेउवामहासंघ) का उपाध्यक्ष पशुपति मुरारकाले नयाँ प्रधानमन्त्रीले आर्थिक एजेन्डालाई प्राथमिकताका साथ अघि बढाउने अपेक्षा निजी क्षेत्रले राखेको बताए।
'यो सरकारले संविधान र आर्थिक एजेन्डालाई सँगै लैजाने अपेक्षा गरेका छौं। कोइराला प्रधानमन्त्रीको रुपमा आएपछि निजी क्षेत्रलाई नैतिक बल प्राप्त भएको छ,' उनले भने, 'यो उत्साहलाई अहिलेको सरकारले निरन्तरता दिनुपर्छ।' मुरारकाले सरकार चलाउने र संविधान बनाउने कामलाई छुट्टाछुट्टै रुपमा अघि बढाउन सुझाव दिँदै यसले जनतामा आत्मविश्वास पलाउने बताए। उनले सुधारका कार्यक्रम अघि बढाएर संविधान र सुशासन कायम राख्न सके लगानीको लागि कुनै समस्या नरहेको बताए। 
परिसंघका उपाध्यक्ष हरिभक्त शर्माले कांग्रेसले घोषणापत्रमा उल्लेख गरेका आर्थिक सुधारका कार्यक्रम कार्यान्वयन गर्न सके लगानीकर्ता आश्वस्त हुने प्रतिक्रिया दिए। 
'प्रधानमन्त्रीको रुपमा आउनुभएका कोइराला इमानदार छविका हुनुहुन्छ। तर उहाँ इमानदार मात्रै भएर हुँदैन मुलुकको आर्थिक विकासको लागि साहसी पनि बन्नुपर्छ,' उनले भने, 'तीन वर्षमा लोडसेडिङ अन्त्य गर्ने, लगानीमा नीतिगत सुधार र प्रशासनिक सुधारको काम तत्कालै अघि बढाउनुपर्छ। यसले लगानीकर्तालाई हौस्याउँछ।'
उनले एक वर्षमै संविधान जारी गर्नेतर्फ सरकारको ध्यान जानुपर्ने र यसले मुलुकलाई सही बाटोमा डोर्या उन सहयोग पुग्ने बताए। 
'अहिले कामकाजीदेखि व्यवसाय गर्नेसम्मलाई जीउधनको सुरक्षा हुनुपर्छ भन्ने हो। घरमा, काम गर्ने थलोमा सुरक्षित छु भन्ने महसुस हुन सके लगानीका लागि वातावरण बन्छ,' शर्माले भने, 'भ्रष्टाचार नियन्त्रण, कर्मचारीतन्त्रमा सुधारलाई प्राथमिकतामा राख्नुपर्छ।'
उनले सबै नेपाली सुरक्षित रहेको महसुस गर्नेबित्तिकै विश्वभरबाट लगानी ओइरिने दाबी गरे। 
'हाम्रा नागरिक सुरक्षित छन् भन्ने सन्देश जानेबित्तिकै विश्वभरका लगानीकर्ता ओइरिन्छन्,' शर्माले भने, 'योसँगै भ्रष्टाचारमा शून्य सहनशीलता आवश्यक छ। पुरानो औद्योगिक ऐन/नियममा सुधार हुन आवश्यक छ।'
अर्को समाचार
कांग्रेस सभापति देउवाले संसदमा भने : बाँस्कोटामाथि छानबिन नहुनु गम्भीर
१८ फागुन २०७६
•
४ मिनेट पाठ
कांग्रेस सभापति देउवाले संसदमा भने : बाँस्कोटामाथि छानबिन नहुनु गम्भीर
 काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सेक्युरिटी प्रिन्टिङ प्रेस प्रकरणमा पूर्वसञ्चारमन्त्रीले राजीनामा दिएको हप्तादिन वित्दा पनि छानबिन सुरु नहुनु गम्भिर विषयमा भएको बताएका छन्।

प्रतिनिधिसभा बैठकमा समय लिएर बोल्दै देउवाले पूर्व सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले राजीनामा दिएको हप्ता दिन भन्दा बढी समय भएपनि छानबिन सुरु नहुनुको पछाडि गम्भिर नियत लुकेको बताए। उनको सार्वजनिक भएको अडियोमा 'हामी’ भनेर कसलाई भनिएको हो ? भन्ने विषयमा प्रधानमन्त्रीले प्रष्ट पार्नुपर्ने माग गरे। 'हप्ता पुग्दा पनि छानबिन नहुनुको पछाडि गम्भिर नियत छ। अडियो प्रष्ट सुनिन्छ। हामी भनेर कसलाई भनेका हुन ? हामी भित्र को को पर्छन ? प्रधानमन्त्रीले प्रष्ट पार्नुहोस’, उनले भने।

छानबिन सुरु नहुँदै प्रधानमन्त्रीले अडियो नक्कली हो भन्दै अभिव्यक्ति दिएपछि छानबिन प्रभावित हुन्छ की हुँदैन भन्दै उनले प्रश्न समेत गरे। 'छानबिन गर्ने निकायले छानबिन गर्नुभन्दा पहिले नै प्रधानमन्त्रीले अडियो नक्कली भन्नुभयो। त्यसले छानबिन प्रभावित हुन्छ की हुँदैन्। छानबिन हुनुभन्दा पहिले तपाईले निणर्य दिनुभयो भने तर्पाइको बोलिको विश्वसनियता कमजोर भएन् ?’, देउवाले प्रश्न गरे। 

सभापति देउवाले सेक्युरिटी प्रिन्टिङ प्रेस प्रकरणको अनियमितताबाट ध्यान अन्त मोड्न सरकारले नेपाल ट्रष्टको स्वेतपत्र लिएको आरोप समेत लगाए। 'नेपाल ट्रष्टको स्वेतपत्रले सेक्युरिटी प्रेस प्रकरणबाट मुलुकको ध्यान मोड्ने प्रयत्न भएको छ। गोकर्ण रिसोर्टको ध्यान मोड्ने प्रयत्न भएको  छ। टेलिकमको प्रकरणमा अर्बो भ्रष्टाचार भएको कुरा आएको छ। एनसेलले ४ अर्बमा सकेको काम एनटिसीर्लाइ १२ अर्ब कसरी लाग्यो ?’, देउवाले प्रश्न गरे।

उनले नेपाल ट्रष्टको स्वेतपत्रमा उल्लेख भएजस्तो आफु प्रधानमन्त्री भएको समयमा कुनै निर्णय नभएको प्रष्टिकरण दिए। राजनीतिक पूर्वाग्रहका कारण आफ्नो नाम जोडिएको उल्लेख गर्दै उनले स्वेतपत्रप्रति आपत्ति जनाए।

देउवाले सरकारले पेट्रोलियम पदार्थमा करले जनतालाई भार बढेको भन्दै तत्काल कर हटाउन आग्रह गरे।

सभापति देउवाले कोरोना भाइरस विश्वका ५० भन्दा बढी देशमा फैलिएको उल्लेख गर्दै आवश्यक पूर्व तयारी गर्न सरकारको ध्यानाकर्षण पनि गए। विश्व स्वास्थ्य संगठन डब्ल्युएचओले समेत नेपाल कोरोनाको उच्च जोखिममा रहेको भनेकाले सरकारले पूर्वतयारीर्लाइ तिव्रता दिनुपर्ने देउवाले बताए। विदेशमा रहेका नेपालीहरुलाई सतर्क रहनपनि देउवाले आग्रह गरे।

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली भने अनुपस्थित थिए। संसदीय मान्यता अनुसार प्रधानमन्त्री बोल्दा विपक्षी दलको नेता र विपक्षी दलको नेता बोल्दा प्रधानमन्त्री उपस्थित हुने परम्परा भएपनि प्रधानमन्त्री भने आजको बैठकमा अनुपस्थित रहे।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ५ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस