काठमाडौं- नेपाललाई लगानीको आर्कषक गन्तव्य बनाउन सरकार र निजी क्षेत्रको सहकार्यमा पहिलो पटक फागुन १२ गते 'आर्थिक शिखर सम्मेलन' हुने भएको छ। नेपाल उद्योग वाणिज्य महासंघको पहलमा हुन लागेको तीन दिने सम्मेलनमा अमेरिका, बेलायत, भारत, चीन, जापान, मलेसिया, सिंगापुर, बंगलादेश, श्रीलंका, अस्ट्रेलिया, फिलिपिन्स, जर्मनी, थाइल्यान्ड लगायत मुलुकका सफल व्यवसायीहरुको सहभागिता रहनेछ।
'सम्मेलनमा मुलुकमा लगानीको वातावरण तयार गर्न महत्वपूर्ण भूमिका खेल्नेछ,' महासंघद्वारा बिहीबार आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष सुरज वैद्यले भने, 'आर्थिक एजेन्डालाई प्राथमिकता दिन सम्मेलनले सहयोगी भूमिका खेल्ने विश्वास छ।' उनले लगानीका लागि नीतिगत समस्याका बारेमा समेत छलफल हुने जानकारी दिए।
'लगानीका लागि नीतिगत समस्या छन्। कुनैपनि लगानीकर्ताले लगानी गर्दा निश्चित प्रतिफल हेर्छ,' वैद्यले भने, 'तर यहाँ कुनैपनि नीति लामो समयसम्म परिवर्तन हुँदैन। सम्पत्ती शुद्धिकरण निवारण ऐन भने रातारात संसदबाट पास हुन्छ। तर व्यवसायिक ऐन भने पास गर्न कसैलाई पनि चासो हुँदैन। यस्ता नीतिगत समस्याका बारेमा पनि छलफल हुनेछ।' उनका अनुसार सम्भावित लगानीयोग्य क्षेत्रहरु पर्यटन, कृषि र ऊर्जामा आवश्यक नीतिगत सुधारका लागि पहल गरिनेछ।
उनले मुलुक राजनीतिक एजेन्डामा मात्रै अल्झेर बस्न नसक्ने बताउँदै अब आर्थिक एजेन्डालाई प्राथमिकतामा राख्न सम्मेलन सहयोगी हुने बताए।
'सरकार बनेको चार महिना भइसकेको छ। तर अहिलेसम्म सरकारले पूर्णता पाउन सकेको छैन,' वैद्यले भने, 'राजनीतिक मुद्दाले मात्रै प्राथमिकता पाउँदा आर्थिक एजेन्डा ओझेलमा परेर अर्थतन्त्र अझै समस्यामा परेको छ।' उनका अनुसार सम्मेलनलाई वार्षिक रुपमा अघि बढाइनेछ।
सम्मेलनमा स्ट्यार्न्डर्ड चार्टड बैंक बेलायतका उपाध्यक्ष थोमस ह्यारिस, अमेरिकी सहयोग नियोग(युएसआईएडी)का प्रशासक राजीव शाह, भारतीय उद्योग परिसंघका अध्यक्ष अजय श्रीरामले समेत सहभागी हुने महासंघले जनाएको छ। परिसंघको एक उच्चस्तरीय प्रतिनिधिमण्डल समेत सम्मेलनमा सहभागी हुन आउने महासंघले जानकारी दियो।
मार्चमा व्यवसायिक सम्मेलन
महासंघले चैत ९ गते व्यवसायिक सम्मेलन गर्ने भएको छ। यो सम्मेलनमा मलेसियाका पूर्व प्रधानमन्त्री महाथीर मोहम्मदले प्रमुक्त वक्ता हुने महासंघका अध्यक्ष वैद्यले जानकारी दिए।
'हामीले यो सम्मेलनलाई लगानी केन्द्रित गरेका छौ। महासंघले २७ वटा परियोजना छनौंट गरेको छ,' उनले भने, 'तीन खर्ब रुपैयाँका आयोजनाहरु हामीले छनौंट गरेका छौ। सम्मेलनमा केही भएपनि लगानी सम्झौंताहरु गर्ने लक्ष्य राखेका छौ।' उनका अनुसार पर्यटन, जलस्रोत र कृषिलाई प्राथमिकतामा राखेर लगानीको लागि आह्वान गरिनेछ।