काठमाडौं- जिल्ला प्रशासन कार्यालय काठमाडौंले जोखिममा रहेका बालबालिकाको उद्धारपछि ‘आमाघर'की सञ्चालिका दिलशोभा श्रेष्ठमाथि लागेका गम्भीर आरोपको थप अनुसन्धान जिम्मा प्रहरीलाई दिएको छ।अनुमति नै नलिई जोखिमपूर्ण अवस्थामा राखिएका ३४ बालबालिकाको बुधबार उद्धार गरेपछि जिल्ला प्रशासनले श्रेष्ठमाथि लागेका ‘यौन दुराचार'लगायत आरोपमा आफूलाई प्राप्त उजुरी, संलग्न प्रमाण र अनुगमनमा फेला परेका तथ्यसहित थप अनुसन्धानको पाटो केलाउने जिम्मा महानगरीय प्रहरी परिसर काठमाडौंलाई सुम्पेको हो।
काठमाडौंका प्रमुख जिल्ला अधिकारी वसन्तराज गौतमले पहिलो प्राथमिकता बालबालिकाको उद्धार भएकाले त्यहीँबाट काम सुरु गरेको जानकारी दिँदै अन्य आरोपमा प्रहरीबाट अनुसन्धान गराउने निर्णय भएको बताए। ‘हाम्रो पहिलो प्राथमिकता जोखिममा रहेका बालबालिकाको उद्धार गर्नु थियो, त्यो पूरा भयो,' उनले बुधबार नागरिकसँग भने, ‘बाँकी विषयको अनुसन्धान अब प्रहरीले गर्छ।'
प्रहरीले जिल्ला प्रशासनमा आएको उजुरी, प्रमाण र अनुगमन क्रममा फेला परेका तथ्यलाई केन्द्रमा राखेर अनुसन्धान अघि बढाउने जनाएको छ। यसका लागि अपराध अनुसन्धानमा पोख्त प्रहरीको संयुक्त टोली बनाउने र अन्य प्रहरी युनिटसँग सहकार्य गरी अघि बढ्ने जानकारी काठमाडौं परिसरका प्रमुख एसएसपी रमेश खरेलले दिए।
‘आमाघरकी सञ्चालिकामाथि लागेका आरोप र पेस गरिएका प्रमाण अत्यन्त संवेदनशील भएकाले हामीले गम्भीर रूपमा लिएका छौं,' उनले भने। अनुसन्धानको सुरुवात आमाघरबाट उद्धार गरिएका बालबालिकाबाटै गर्ने उनले बताए।
‘त्यहाँको अवस्था हेर्दा बालबालिका मानसिक तनावमा रहेको देखिन्छ, त्यसैले केही समय उनीहरूको मानसिक र स्वास्थ्य अवस्थामा बढी ध्यान दिन्छौं,' खरेलले नागरिकसँग भने, ‘उनीहरूको अवस्थामा सुधार आएपछि हामी थप अनुसन्धान सुरु गर्छौं।'
श्रेष्ठमाथि यौन दुराचारसँगै अनुमति नलिई बालगृह सञ्चालन गरेको, कानुनी प्रक्रिया पूरा नगरी बालबालिकालाई विदेश पठाएको, संस्थाको नाममा आउने आर्थिक तथा भौतिक सहयोग व्यक्तिगत रूपमा खर्च गरेको, आफन्तका नाममा अचल सम्पत्ति जोडेको, संस्थाका बालबालिकालाई घरेलु कामदारका रूपमा पठाउने गरेको र संस्थाको सम्पर्कमा आएका युवतीको शारीरिक तथा मानसिक शोषण गर्ने गरेको उजुरी परेको थियो। यसै आधारमा जिल्ला प्रशासनले अनुसन्धान अघि बढाएको हो।
श्रेष्ठको फोन–संवादको रेकर्ड लगायत प्रमाणसहित १० दिनअघि परेको उजुरीको सत्यतथ्य बु‰न केन्द्रीय बाल कल्याण समिति र प्रहरीसँग मिलेर अनुगमन गर्दा गैर कानुनी रूपमा बालबालिका राखेको र उनीहरू जोखिममा रहेको फेला परेको गौतमले बताए। गम्भीर प्रकृतिका आपराधिक घटनाको अनुसन्धान प्रहरीको क्षेत्राधिकारमा पर्ने भएकाले जिम्मा दिइएको उनले जानकारी दिए।
यसबीच दुई वर्ष आमाघरमै बसेकी एक दृष्टिविहीन महिलाले त्यहाँ बस्दाको तीतो अनुभव पोखेकी छन्। ‘आमाघरमा बस्दा बाहिरबाट मान्छे आउँथे, उनीहरू अगाडि हुँदा आमा (दिलशोभा) अंगालो मारेर रुनु हुन्थ्यो, उनीहरू गएपछि कहिल्यै राम्रो व्यवहार गर्नुभएन,' उनले बुधबार नागरिकसँग भनिन्।
संस्थामा रहेका र राम्ररी हिँडडुल गर्न सक्नेलाई बाहिर काममा पठाउने गरेको बताउँदै उनले भनिन्, ‘त्यहाँ बसेकाहरू थुप्रैलाई काम गर्न जाऊ भन्दै बाहिर पठाउनुहुन्थ्यो, कहाँ पठाइन्थ्यो, त्यो चाहिँ थाहा छैन।' आफूलाई पनि बाहिर जानू भनेपछि आमाघर छाडेको उनले बताइन्। उनी अहिले कलंकीमा बस्छिन्।
त्यस्तै, एक १५ वर्षीया किशोरीले ६ महिना आमाघर बस्दा आफूलाई ‘एकजना बूढासँग बिहे गर्न दबाब दिइएकाले छाडेको' बताएकी छन्। भारत, आसामकी ती किशोरी सोलुमा हजुरबासँग बस्दै आएकी थिइन्। उनलाई राम्रो हुन्छ भन्दै हजुरबाले नै आमाघर ल्याएर छाडेका थिए। ‘आएको केही दिन त राम्रै व्यवहार भयो, केही दिनपछि एउटा बूढालाई ल्याएर त्यहीसँग जा भन्दै मलाई फकाउन थाल्नुभयो,' उनले नागरिकसँग भनिन्, ‘पहिला त मलाई त्यस्तो केही लागेको थिएन। बारम्बार त्यो बूढोसँग जा, सुख पाउँछेस् भनेर कर गर्न थालेपछि डर लाग्यो।'
श्रीमतीको मृत्यु भइसकेका ती वृद्धले सम्पत्ति नामसारी गर्दिने लोभ देखाएर बिहे गर्न उकासिएको उनले बताइन्। ‘६ महिना बसेपछि डर लाग्यो, अनि अर्कै संस्थामा गएँ,' उनले भनिन्।