काठमाडौं– 'गुणस्तरीयतामा दिगोपना' भन्ने नाराका साथ शुक्रबारदेखि 'नेपाल फर्मा एक्स्पो २०१४' सुरु भएको छ। नेपाल औषधि उत्पादक संघको आयोजनामा काठमाडौंको भृकुटीमण्डपमा सुरु भएको एक्स्पोको पहिलो दिनमै पाँच हजारले अवलोकनक गरेका छन्। डाक्टर, नर्स, चिकित्सा विज्ञानका विद्यार्थीलगायत अन्य उपभोक्ताको उत्साहजनक उपस्थिति रहेको संघका महासचिव तथा प्रदर्शनीका संयोजक दीपक दाहालले जानकारी दिए। एक्स्पो उद्घाटन स्वास्थ्यमन्त्री खगराज अधिकारीले गरेका थिए।
प्रदर्शनीमा नेपाली तथा भारतीय औषधी कम्पनी गरेर १ सय ६ स्टल छन्। नेपालको औषधि उद्योग क्षेत्रको विकास र प्रबर्द्धनका लागि सहयोगी हुने दाहालले बताए। प्रदर्शनीमा सम्बन्धित विधाको डाक्टर, फर्मासिस्ट, स्वास्थ्यकर्मी, उद्यमी, सम्बन्धित विधामा अध्ययन गरिरहेका विद्यार्थी गरी करिब ३० हजार अवलोकनकर्ताको उपस्थिति रहने आयोजकको दाबी छ।
प्रदर्शनीमा विभिन्न औषधि उत्पादन र प्याकेजिङ गर्ने उपकरण, फाइन केमिकल, ड्रग, वतावरण नियन्त्रण उपकरण, प्रयोगशालाका उपकरण आदि राखिएको छ। गुणस्तर नियन्त्रण संयन्त्र तथा अन्य सेवा प्रदायकलाई एउटै स्थानमा ल्याएर अन्तर्त्रि्कया गराउने प्रदर्शनीको उद्देश्य रहेको दाहालले जानकारी दिए। संघले प्रदर्शनीमा रक्तदान, निःशुल्क दन्त परीक्षण शिविरसमेत समावेश गरेको छ। प्रदर्शनीमा इन्टर फर्मास्युटिकल तथा जुनियर डाक्टर फुटसल नकआउट गेम पनि आयोजना हुनेछ। प्रदर्शनी आइतबारसम्म चल्नेछ।