काठमाडौं– अर्थमन्त्री रामशरण महतले निजी क्षेत्रको व्यवसाय विकासमा आएका समस्या समाधान गर्न क्षमताले भ्याएसम्म सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्। नेपाल गलैंचा निकासीकर्ता संघको नवौं वार्षिक साधारणसभा उद्घाटन गर्दै अर्थमन्त्री महतले व्यवसायी तथा उद्यमीको समस्या पहिचान गरी व्यवसाय विकासका लागि पहल गर्ने बताएका हुन्।'अहिले नयाँ सरकार निर्माण भएको छ, राजनीतिक अवस्था पनि सुध्रने क्रममा छ,' उनले भने, 'समस्या लिएर आउनुस्, सरकारले समाधान गर्नेछ।' निर्यातबिना देशको आर्थिक भविष्य अन्धकार रहेकाले गलैंचाजस्तो प्रमुख वस्तुलाई प्रबर्द्धन गर्नुपर्ने र उत्पादन बढाउनुपर्ने उनले बताए। अर्थतन्त्रको विकासका लागि आर्थिक पुनर्जागरण अत्यावश्यक भएको उनको भनाइ छ।
नेपाली गलैंचाको व्यवसाय खस्कँदै गएकाले स्वदेशी उत्पादनले स्वदेशमै बजार नपाएको व्यवसायीले बताएका छन्। बजारमा नेपालीभन्दा भारतीय गलैंचा बढी खपत हुने भएकाले स्वदेशमा बजार पाउन मुस्किल भएको उनीहरुले बताए।
'नेपाली गलैंचा उत्पादन गर्दा लागत बढी हुने हुनाले महँगो पर्छ,' संघका अध्यक्ष अनुपबहादुर मल्लले भने, 'त्यसैले भारतीय गलैंचाले बजार लिएको छ।' भारतीय गलैंचाभन्दा नेपाली गलैंचा ४० प्रतिशत महँगो भएको उनले बताए। नेपाली गलैंचा निर्यात पनि खस्किएको संघले जनाएको छ। वार्षिक ३३ लाख वर्गमिटर गलैंचा निर्यात गर्दै आएको संघले हाल ६ लाख वर्गमिटरमात्रै निर्यात गरिरहेको संघका मल्लले बताए।
कच्चा पदार्थको अभाव, जनशक्तिको कमी, उत्पादन लागतलगायत विभिन्न समस्याका कारण नेपाली गलैंचा उद्योगको अवस्था दयनीय रहेको मल्लले बताए। हाल नेपालबाट अमेरिका, अस्ट्रेलिया, जर्मनी, फ्रान्सलगायत राष्ट्रमा गलैंचा निर्यात भइरहेको संघले जानकारी दिएको छ।
कार्यक्रममा उद्योग वाणिज्य महासंघका अध्यक्ष प्रदीपजंग पाण्डेले पुरानो आर्थिक नीतिलाई परिमार्जन गरी समयसापेक्ष बाउनुपर्ने बताए।