काठमाडौं- अर्थमन्त्री रामशरण महतले बजेटले लक्ष्य गरेअनुसार चालू आर्थिक वर्षमा आर्थिक वृद्धिदर ५.५ प्रतिशत पुग्ने बताएका छन्। उनले यो वर्ष कृषि र सेवा क्षेत्रमा आएको सुधारका कारण बजेटले राखेको आर्थिक वृद्धिको लक्ष्य पूरा हुने अनुमान गरिएको बताए।'मौसमी अनुकूलताका कारण वर्षे र हिउँदे बालीमा सकारात्मक प्रभाव परेको र पशुजन्य उत्पादनसमेत बढेकाले समग्र कृषि क्षेत्रको वृद्धिमा सुधार हुने देखिन्छ,' अर्थ मन्त्रालयमा शुक्रबार चालू आर्थिक वर्षको बजेटको मध्यावधि समीक्षा सार्वजनिक गर्दै मन्त्री महतले भने, 'कृषिसँगै सेवा क्षेत्रमा पनि सुधार आएकाले बजेटले तोकेको आर्थिक वृद्धि पूरा हुने अनुमान गरिएको छ।'
उनका अनुसार अहिले सेवा क्षेत्रको वृद्धिदर ६ प्रतिशत छ भने कृषि क्षेत्रको वृद्धि दर ५ प्रतिशतभन्दा माथि पुगेको छ। मन्त्री महतका अनुसार यस वर्ष धानको १२ र मकैको १० प्रतिशतले उत्पादन बढेको छ।
उनले अहिलेसम्म औद्योगिक क्षेत्रको वृद्धि सन्तोषजनक नभए पनि राजनीतिक वातावरणमा सुधार आएको र औद्यौगिक श्रम सम्बन्धमा पनि सुधार आएर लगानीको वातावरण बनेकाले आर्थिक वृद्धिमा सहयोग पुग्ने दाबी गरे। 'विगत केही वर्षयता मुलुकको आर्थिक वृद्धिको दर औसतमा ४.२१ प्रतिशतमात्र छ,' मन्त्री महतले भने, 'यसले सन् २०२२ सम्ममा मुलुकलाई विकासशील राष्ट्रमा पुर्याऔउन सक्दैन। यसका लागि कम्तिमा पनि ७–८ प्रतिशतको आर्थिक वृद्धि आवश्यक पर्छ।'
अर्थमन्त्री महतले यस वर्ष समयमै बजेट आए पनि हालसम्म पुँजीगत बजेट खर्चको अवस्था राम्रो नभएको जानकारी दिए। 'कुल पुँजीगत बजेटमध्ये ६ महिनासम्ममा जम्मा ११ अर्ब १७ करोड रुपैयाँ खर्च भएको छ,' उनले भने, 'यो १९ प्रतिशतमात्र हो।'
उनले सरकारले प्राथमिकता दिएका राष्ट्रिय गौरवका र पहिलो प्राथमिकता प्राप्त (पी १) आयोजनामा नै काम हुन नसकेको बताए। अर्थ मन्त्रालयले यस्ता आयोजनाका लागि पर्याप्त बजेट विनियोजन गरे पनि कतिपय आयोजनाले दुई प्रतिशत बजेट पनि खर्च गर्न नसकेको उनले बताए।
'राष्ट्रिय गौरवका आयोजनाका लागि मात्र २१ अर्ब ५० करोड रुपैयाँ विनियोजन गरिएको छ,' उनले भने, 'खर्च भने ३ अर्ब पनि हुन सकेको छैन। समस्या यस्तैमा छ।' उनले खर्च गर्न नसक्ने मन्त्रालयको बजेट कटौती गरी खर्च गर्नसक्नेलाई दिइने बताए।
अर्थमन्त्री महतले मुलुकको आर्थिक विकास गर्ने हो भने सबै क्षेत्रबाट आयोजनामा हुने अवरोध बन्द गर्नुपर्नेमा जोड दिए। राजनीतिक पार्टी र स्थानीय तहबाट विभिन्न नाममा आयोजना निर्माणमा अवरोध हुने गरेको जानकारी दिँदै उनले यस्तै रवैया कायम रहेसम्म समयमा आयोजना सम्पन्न गर्न नसकिने बताए। 'अहिले पनि सिक्टा सिँचाइ, अपर कर्णाली जलविद्युतजस्ता विभिन्न आयोजनामा अवरोध गरिएको छ,' उनले भने।
उनले राजस्व संकलन भने लक्ष्यअनुसार भएको जानकारी दिँदै कुल राजस्व असुलीमा आयकर र मूल्य अभिवृद्धि कर (भ्याट) को अंश बढ्दै गएको बताए। कुल राजस्वमा आयकर र भ्याट बढी असुल हुनु अर्थतन्त्र राम्रो हुँदै गएको संकेत हो,' उनले भने।
बढ्दो आयात र घट्दो निर्यातका कारण मुलुकको व्यापारिक अवस्था पनि अहिले समस्यामा रहेको महतले बताए। चालू आवको पहिलो ६ महिनामा निर्यात १५ प्रतिशतले बढ्दा आयात २३ प्रतिशतले बढेको जानकारी दिँदै उनले २४ प्रतिशतले व्यापार घाटा बढेको बताए।
'डरलाग्दो आयातका कारण गत वर्ष मुलुकले ४ खर्ब ८० अर्ब रुपैयाँको व्यापार घाटा व्यहोरेकामा यस वर्ष बढेर ५ खर्ब ५० अर्ब रुपैयाँ पुग्ने अवस्था देखिन्छ,' उनले भने। महतले अहिले मुलुकको शोधनान्तर बचत राम्रो अवस्थामा रहे पनि व्यापार घाटा कम नभएकाले धेरै दिन धान्न नसक्ने बताए। आयातलाई प्रतिस्थापन गर्दै निर्यातलाई बढाउन नसके अर्थतन्त्रमा सुधार गर्न नसकिने उनको भनाई छ। महतले पहिले आयातका तुलनामा निर्यातको अंश ६० प्रतिशतसम्म पुर्यासएकामा अहिले झरेर १३ प्रतिशतमा आएको जानकारी दिए। मन्त्री महतले रेमिटेन्स र अन्य कारणले सर्वसाधारणको आय वृद्धिसँगै उपभोगको संरचनामा वृद्धि भएकाले आयात बढेको बताए।
लामो राजनीतिक संक्रमणका कारण मुलुकमा लगानीको वातावरण नभएको बताउँदै उनले भने, 'अहिले सरकार र बैंकिङ दुवै क्षेत्रमा प्रशस्त तरलता छ, यसलाई कसरी लगानी गर्ने भन्ने चुनौती छ।' उनले निजी क्षेत्रबाट पनि आयोजना नआएको बताए। लगानी नआएको मात्र होइन, आएकामा पनि उत्पादकत्व कम भएको उनले जानकारी दिए। लगानी र उत्पादकत्व नबढेसम्म आर्थिक वृद्धि हुन नसक्ने उनको धारणा छ।
मन्त्री महतले कर चुहावट गर्नेलाई सरकारले कुनै पनि बहानामा नछाड्ने बताए। उद्योगी व्यवसायीका केही समस्या छन् भने तिनलाई समाधान गर्न सरकार तयार रहेको भन्दै उनले राजस्व चुहावटको प्रश्नमा सम्झौता नगर्ने दाबी गरे। महतले लामो समयदेखि सरकारको बोझ बन्दै आएका सार्वजनिक संस्थानको समस्यालाई पनि निराकरण गर्नुपर्नेमा जोड दिए। 'अहिलेका ३७ संस्थानमध्ये २१ वटा घाटामा छन्,' उनले भने, 'प्रत्येक वर्ष दायित्व बढिरहेको छ। बन्द संस्थानका कर्मचारीलाई पनि सरकारले तलबभत्ता दिनुपर्ने अवस्था छ।'
पूरक बजेट आउँदैन
अर्थमन्त्री महतले नयाँ सरकार गठन भए पनि यस वर्षका लागि पूरक बजेट नआउने जानकारी दिए। उनले चालू आर्थिक वर्षको पाँच महिनामात्र बाँकी रहेकाले पूरक बजेट ल्याउने सोच नभएको बताए। 'नयाँ कार्यक्रम ल्याएर कार्यान्वयन गर्ने समय पनि छैन,' उनले भने, 'छोटो समयमा नयाँ कार्यक्रम ल्याउँदा एकातिर अनावश्यक दवाब बढ्छ भने अर्कोतिर अनियमितता बढाउँछ।' उनले आगामी वर्षका लागि भने चाँडो बजेट ल्याउन प्रयास गर्ने जानकारी दिए। 'बजेट ल्याउने कुरा अर्थ मन्त्रालयको मात्र निर्णयले हुँदैन, उनले भने, 'यसका लागि मन्त्रिपरिषदले निर्णय गर्नुपर्छ।'
बजेट ३८ अर्ब घट्ने अनुमान
अर्थ मन्त्रालयले चालू आर्थिक वर्षमा पुँजीगत खर्च नबढ्नाले कुल बजेटमा ३८ अर्ब रुपैयाँ खर्च नहुने अनुमान गरेको छ। सरकारले यस वर्ष ५ खर्ब १७ अर्ब रुपैयाँको बजेट ल्याएकोमा मध्यावधि समीक्षामार्फत बजेटको आकार ३८ अर्ब रुपैयाँले खुम्च्याएर ४ खर्ब ७९ अर्ब रुपैयाँमा झारेको हो। यो कुल बजेट विनियोजनको ९२.६३ प्रतिशतले कम हो। अर्थ मन्त्रालयका अनुसार चालूमा २२ अर्ब र पुँजीगत बजेटमा १४ अर्ब रुपैयाँ कम खर्च हुने अनुमान गरिएको छ।