काठमाडौं- केन्द्रीय बैंकले चालु आर्थिक वर्षमा मूल्य वृद्धिदर साढे आठ प्रतिशतमा सीमित रहने संशोधित अनुमान गरेको छ। नेपाल राष्ट्र बैंकले चालु वर्षको मौद्रिक नीतिमा मूल्य वृद्धि आठ प्रतिशतमा रहने अनुमान गरेको थियो। राष्ट्र बैंकमा सोमबार मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा सार्वजनिक गर्दै गभर्नर युवराज खतिवडाले मूल्य वृद्धि साढे आठ प्रतिशतसम्म पुग्ने बताए।'चालु आर्थिक वर्षको ६ महिनासम्ममा औसत मूल्य वृद्धिदर ९.१ प्रतिशतमा छ,' गभर्नर खतिवडाले भने, 'वर्षको अन्त्यसम्ममा यसमा सुधार आई ८.५ प्रतिशत रहने अनुमान गरिएको छ।' अर्थ मन्त्रालयले शुक्रबार बजेटको मध्यावधि समीक्षा गर्दै चालु आवमा मुलुकको आर्थिक वृद्धिदर ५.५ प्रतिशत पुग्ने अनुमान गरेको छ।
चालु आवको पुस महिनामा भने मूल्य वृद्धिदर ९.७ प्रतिशत पुगेको छ। गैरखाद्य तथा सेवा समूहको मूल्य वृद्धि कम (६.९) भए पनि खाद्य तथा पेय पदार्थको मूल्य (१२.९) बढेकाले समग्र मूल्य वृद्धिमा चाप परेको हो।
राष्ट्र बैंकले केही समयअघि तोकेको स्प्रेड दरबारे विवाद भइरहेका बेला
गभर्नर खतिवडाले बैंक तथा वित्तीय संस्थाका लागि तोकिएको स्प्रेडदर कुनै पनि बहानामा परिवर्तन नगर्ने जानकारी दिए। 'विकसित मुलुकहरुमा यस्तो दर ३–४ प्रतिशत मात्र हुन्छ,' खतिवडाले भने, 'यहाँका बैंक तथा वित्तीय संस्थाले कृषिमा लगानी बढाउने आसमा मात्र ५ प्रतिशत तोकिएको हो।' उनले आफू ३ प्रतिशत स्प्रेडदरको पक्षमा रहेको बताए। गभर्नर खतिवडाले ५ प्रतिशतको स्प्रेड दर तोक्नु नै राष्ट्र बैंकको लचिलो नीति भएको दाबी गरे। उनले क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाहरुले चालु आर्थिक वर्षको अन्त्यसम्ममा स्प्रेड दरलाई ५ प्रतिशतको सीमामा ल्याउने विश्वास व्यक्त गरे।
बैंक तथा वित्तीय संस्थाका अधिकारी भने खुला बजारको सिद्धान्तअनुसार राष्ट्र बैंकले स्प्रेडदर तोक्न नहुने बताउँछन्। प्रतिस्पर्धाले नै बजारको दरलाई नियन्त्रण गर्ने हुनाले दर तोक्ने काम बैंकहरुलाई छाड्नु पर्ने उनीहरुको तर्क छ।
गभर्नर खतिवडाले अहिले अर्थतन्त्रमा कुनै समस्या नआएको भन्दै उच्च तरलता व्यवस्थापन गर्ने चुनौती भने प्रमुख रुपमा रहेको बताए। 'अहिले आर्थिक क्रियाकलाप सन्तोषप्रद छन्। शोधनान्तर बचत उच्च रहनुका साथै बैकिङ क्षेत्रमा उच्च तरलताको स्थिति रहेकाले अल्पकालीन ब्याजदर घट्दै गएका छन्,' उनले भने, 'तर यही तरलतालाई कसरी उत्पादन क्षेत्रमा लगानी गर्ने भन्ने चुनौती छ।' राष्ट्र बैंकका अनुसार पुससम्ममा सरकारको ७७ अर्ब ६४ करोड रुपैयाँ खर्च नभएर त्यसै थन्किएको छ। करिब यस्तै रकम बैंकहरुले पनि लगानी गर्न नसकेर राखेका छन्।
गभर्नर खतिवडाले तरलता व्यवस्थापनका लागि विदेशी संस्थालाई स्थानीय मुद्रामा ऋणपत्र जारी गर्ने व्यवस्था मिलाउने र दीर्घकालीन रुपका सरकारी ऋणपत्र जारी गर्ने कार्यक्रम राखिएको जानकारी दिए। खतिवडाले बैंक तथा वित्तिय संस्थाहरुलाई कम ब्याज पाइने ऋणपत्र खरिद गर्नुभन्दा ब्याज घटाएर भए पनि निजी क्षेत्रमा कर्जा प्रवाह गर्न सुझाए।
गभर्नर खतिवडाले बैंक तथा वित्तीय संस्था एक आपसमा गाभ्ने वा गाभिने नीति कार्यान्वयनमा आएको भन्दै एउटा बैंक तथा वित्तीय संस्थाले अर्को त्यस्तै संस्था प्राप्त गर्ने (एक्युजिसन) विनियमावली तयार भई पारित हुने क्रममा रहेको जानकारी दिए।
उनले वित्तीय प्रणालीमा चुनौतीका रुपमा रहेको बहुबैकिङ कारोबारलाई निरुत्साहित गर्न जारी निर्देशनको अनुगमन भइरहेको बताए। सेयर धितोमा प्रवाह हुने कर्जाको परिमाण एवं सेयर मूल्यमा आउने उतारचढाव हेरेर मार्जिन लेन्डिङसम्बन्धी अहिलेको व्यवस्थामा आवश्यकताअनुसार पुनरावलोकन गर्ने पनि उनले जानकारी दिए। यस्तै बैंक तथा वित्तीय संस्थाहरुले कायम गर्नुपर्ने अनिवार्य नगद अनुपात (सिआरआर) को व्यवस्थालाई पनि चलाइएको छैन।
गभर्नर खतिवडाले बैकिङ क्षेत्रको तरलतामा हुने उतारचढावको दीर्घकालीन व्यवस्थापन गर्न उपयुक्त उपकरण जारी गर्ने व्यवस्था मिलाउने जानकारी दिए।
उनले वैदेशिक रोजगार फर्म वा कम्पनीले उसले विदेश पठाएको कामदारको संख्याका आधारमा आवश्यक खर्चका लागि वार्षिक १० देखि २० हजार अमेरिकी डलर सटहीको सुविधा दिने व्यवस्था मिलाएको बताए। यस्तै वैदेशिक रोजगारीका लागि खुला गरिएका थप मुलुकका मुद्राको सटही सुविधा दिने व्यवस्था अन्तर्गत कुवेती र बहराइनी दिनारलाई खरिद गर्ने व्यवस्था मिलाइएको छ।
गभर्नर खतिवडाका अनुसार इजाजत प्राप्त मनिचेन्जरले आफूले सटही गरेको भारतीय रुपैयाँ राष्ट्र बैंकमा जम्मा गर्न ल्याए एक सय भारुमा १५ पैसाका दरले बट्टा दिने व्यवस्था गरिएको छ।
गभर्नर खतिवडाले अहिलेको आर्थिक अवस्थालाई हेर्दा चालु आवको अन्त्यसम्ममा मुद्रा प्रदाय १८, कूल आन्तरिक कर्जा १४.६ तथा निजी क्षेत्रतर्फको कर्जा प्रवाह १७ प्रतिशतले बढ्ने संशोधित अनुमान गरिएको बताए।
गभर्नर खतिवडाले समस्याग्रस्त बैंक तथा वित्तीय संस्थाको समाधान गर्न छुट्टै विभाग गठन गरेको जानकारी दिए। उनले समस्याग्रस्त संस्थासम्बन्धी फ्रेमवर्क स्थापना गरिएको र यसैअनुरुप छुट्टै समस्या समाधान विभाग गठन भएको बताए।