काठमाडौं- घरजग्गा व्यवसायको प्रमुख थलो काठमाडौं उपत्यकासहित तराई र सहरोन्मुख जिल्लामा किनबेचमा सुधार आएपछि यसबाट प्राप्त हुने राजस्व ३० करोड रुपैयाँले बढेको छ। चालु आर्थिक वर्षको माघमा काठमाडौं उपत्यकाका मालपोत कार्यालय र बाहिर जिल्लामा गरी ६९ करोड ५३ लाख रुपैयाँ राजस्व उठेको छ। यो सरकारले तोकेको लक्ष्यभन्दा ३० करोडले बढी हो।भूमिसुधार तथा व्यवस्थापन विभागका अनुसार माघमा काठमाडौं उपत्यकाका पाँच मालपोत कार्यालयले २६ करोडभन्दा बढी राजस्व उठाएका छन्। चालु आर्थिक वर्षका अन्य महिनाभन्दा यो त्यत्ति धेरै भने होइन। तर, तराई क्षेत्रका जिल्लाहस्ले भने माघमा राजस्व उच्च दरले उठाएका छन्।
कास्कीसहित तराईका करिब एक दर्जन जिल्लाले एक करोड रुपैयाँभन्दा बढीका दरले राजस्व असुली गरेका छन्। कास्की एक्लैले चार करोड ११ लाख रुपैयाँ उठाएको छ।
'घरजग्गा कारोबारबाट माघमा उत्साहजनक राजस्व उठेको छ,' विभागका तथ्यांक अधिकृत राजु बस्नेतले सोमबार नागरिकसँग भने 'यसपटक राजधानी उपत्यकामा भन्दा बाहिरका जिल्लामा किनबेच बढेको देखिएको छ।' उनका अनुसार रुपन्देही, चितवन, मोरङ, सुनसरी, बाँके, दाङ, बारा, धनुषा, झापालगायत जिल्लाले विगतभन्दा धेरै राजस्व संकलन गरेका छन्।
विभागका अनुसार उपत्यकाका पाँच जिल्ला र कास्कीबाहेक २ करोडभन्दा बढी राजस्व उठाउनेमा चार जिल्ला परेका छन्। बढी उठाउनेमा दोस्रोमा परेको रुपन्देहीले २ करोड ५३ लाख र तेस्रोमा पर्ने चितवनले २ करोड ४७ लाख रुपैयाँ असुली गरेका छन्। यस्तै मोरङले २ करोड ३२ लाख रुपैयाँ संकलन गरेको छ भने सुनसरीले २ करोड ११ लाख उठाएको छ।
'जिल्लाहरुमा राजस्व संकलनमा आएको सुधारले सरकारले पनि माघमा लक्ष्यभन्दा ३० करोड रुपैयाँ बढी उठाएको छ,' उनले भने। बस्नेतका अनुसार मुलुकभरका मालपोत कार्यालयबाट सरकारले माघमा मात्र ३९ करोड ७४ लाख रुपैयाँ राजस्व उठाउने लक्ष्य तोकेको थियो। असुली भने ६९ करोड ५३ लाख रुपैयाँ भएको छ। यो लक्ष्यको एक सय ६२ प्रतिशत हो। गत वर्ष माघमा भने ३९ करोड ४८ लाख रुपैयाँ उठेको थियो।
विभागका अर्का कर्मचारी तुलसीराम वैद्यका अनुसार दाङले एकै महिनामा एक करोड ६२ लाख रुपैयाँ उठाएको छ। यस्तै धनुषाबाट पनि एक करोड २६ लाख रुपैयाँ उठेको छ। पूर्वी जिल्ला झापाले पनि माघमा एक करोड १३ लाख रुपैयाँ असुलेको छ। बाँके र बाराले पनि एक करोडभन्दा बढी उठाएका छन्।
माघमा उठेको यो राजस्वले लामो समयदेखि मन्दीमा रहेको घरजग्गा कारोबारमा विस्तारै सुधार आउन थालेको संकेत गरेको बस्नेतले बताए। 'चालु आर्थिक वर्षदेखि नै संकलन राम्रो हुँदै आएकोमा माघमा राजस्व उच्च भएको हो,' उनले भने।
चालु आर्थिक वर्षदेखि नै राजस्वमा परेको सकारात्मक प्रभावले अहिलेसम्म सरकारी लक्ष्यभन्दा धेरै राजस्व उठेको छ। सरकारले चालु आर्थिक वर्षको पहिलो ६ महिनामा रजिस्ट्रेसन दस्तुरबापत २ अर्ब १४ करोड रुपैयाँ उठाउने लक्ष्य राखेकामा दुई अर्ब ८७ करोड रुपैयाँ असुली भएको छ। यो लक्ष्यको एक सय ३४ प्रतिशत हो।
'सरकारले चालु आर्थिक वर्षभरका लागि ४ अर्ब ५७ करोड रुपैयाँ राजस्व उठाउने लक्ष्य राखेकामा ७ महिना (माघ) सम्ममै साढे तीन अर्बभन्दा बढी उठेको छ,' बस्नेतले भने 'यही हिसाबले उठे वर्षमा ५ अर्बभन्दा माथि पुग्ने देखिन्छ।'
गत वर्षको यही अवधिमा (७ महिना) २ अर्ब ८९ करोड रुपैयाँ राजस्व असुली भएको थियो।
विभागका अनुसार चालु आवमा राजस्व संकलन बढे पनि घरजग्गा किनबेचमा विगतमा जस्तै लगानीकर्ताको आकर्षण बढ्न सकेको देखिँदैन। राजस्वमा सुधार आएअनुसार किनबेच बढेको देखिँदैन। बस्नेतले भविष्यमा नाफा हुने देखेर अझै घरजग्गामा लगानी गर्नेहरु नआएको बताए। आवासका लागि घरजग्गा जोड्नेहरु अहिले बढ्न थालेकाले राजस्वमा प्रभाव देखिएको हो। उनका अनुसार विगतमा घरजग्गा कारोबारमा मन्दी आउँदा मूल्य घट्ने अनुमान गर्दै आवासका लागि खरिद गर्नेहरु पनि हच्केका थिए। अहिले अब मूल्य नघटने अनुमान गर्दै घरजग्गा खरिद गर्न थालेको देखिन्छ।
चार वर्षदेखि खस्केको यो व्यवसायमा गत वर्षदेखि झिनो सुधार आएकाले संविधान सभाको निर्वाचनपछि थप सुधार आउने व्यवसायीको अपेक्षा थियो।
घरजग्गा कारोबार नसम्हालिने गरी बढेको देखेपछि राष्ट्र बैंकले २०६६ पुसमा बैंक तथा वित्तीय संस्थालाई यो क्षेत्रमा गर्ने लगानीमा सीमा लगाएको थियो। यसपछि कारोबार क्रमशः घट्दै गएको हो। सीमापछि बैंकहरुले लगानी घटाउँदा कारोबार ८० प्रतिशत र मूल्य ३०–४० प्रतिशतसम्मले घटेको थियो।