बेलायतमा लुकेका आरोपी समात्‍न ‘डिफ्युज नोटिस'
२१ फागुन २०७०
•
७ मिनेट पाठ
बेलायतमा लुकेका आरोपी समात्‍न ‘डिफ्युज नोटिस'
काठमाडौ- चितवनमा नौ वर्षअघि मारिएका कृष्णप्रसाद अधिकारीको हत्यामा संलग्न भनिएका रुद्र आचार्यविरुद्ध अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल) ले ‘डिफ्युजन नोटिस' जारी गरेको छ। नेपाल प्रहरीको आग्रहमा इन्टरपोलले आफ्ना सबै सदस्यराष्ट्रका नाममा पक्राउका लागि सूचना गरेको हो।चितवन प्रहरीले अधिकारी हत्याको अनुसन्धान अघि बढाएपछि जाहेरीमा नामै नपरेका अन्य तीनजना हत्यामा संलग्न रहेको पाइएको थियो। नयाँ खुलेका तीनैजना माओवादी नेता–कार्यकर्ता हुन्। उनीहरूको खोजी गर्दा आचार्यले नै गोली हानेको विवरण खुलेको प्रहरी स्रोतले बतायो।
माओवादी सशस्त्र द्वन्द्वमा सक्रिय आचार्य हाल बेलायतको नर्दन आयरल्यान्डमा रहेको प्रमाण फेला परेपछि इन्टरपोलमार्फत नेपाल ल्याउन अन्तर्राष्ट्रिय प्रहरीको सहयोगका लागि बुधबार ‘डिफ्युज नोटिस' जारी भएको स्रोतले जानकारी दियो।
नेपाल प्रहरीको आधिकारिक वेबसाइट ‘nepalpolice.gov.np' अनुसार अनुसन्धानले अभियुक्त देखाएको, तर अदालतमा मुद्दा नपुगेको अवस्थामा यस्तो नोटिस जारी गरिन्छ। इन्टरपोल सदस्यराष्ट्रले अभियुक्तको आपराधिक रेकर्ड र खोजी गरिरहेको अभियोग खुलाउँदै नोटिस जारी गर्न आग्रह गरेपछि इन्टरपोलले आफ्ना सदस्यराष्ट्रहरूलाई अभियुक्तको खोजी गर्न निर्देशन दिन्छ।
स्रोतका अनुसार प्रहरीको अनुसन्धानमा अधिकारीको हत्यामा आचार्यसँगै ऋषि लामिछाने र ज्ञानबहादुर श्रेष्ठको संलग्नता खुलेको छ। खोजी क्रममा लामिछाने माओवादी द्वन्द्वकालमै भिडन्तमा मारिएको पुष्टि भयो भने श्रेष्ठको पहिचान खुल्न सकेन। भिडन्तमा मारिएका माओवादी कार्यकर्ताको शव मुचुल्का अनुसन्धान गर्दा लामिछानेको विवरणसमेत फेला परेको प्रहरी स्रोतले बतायो। 
एसएलसी दिएर हजुरबुबा–हजुरआमालाई भेट्न गोरखा फुजेलबाट चितवन आएका १८ वर्षीय कृष्णप्रसादको २०६१ जेठ २४ गते हत्या भएको थियो। हत्यामा पार्टीको संलग्नता स्वीकार गरे पनि माओवादीले ‘द्वन्द्वकालीन घटना' भन्दै अनुसन्धान प्रक्रियाको विरोध गरेपछि घटनाले राजनीतिक रङ लिएको थियो। त्यसैको प्रभावले कृष्णप्रसादको हत्याविरुद्ध जाहेरी परे पनि लामो समय अनुसन्धान रोकिएको थियो।
सरकारले समेत द्वन्द्वकालीन विषय भन्दै अनुसन्धान अघि बढाउन आनाकानी गरेपछि कृष्णप्रसादका बाबु नन्दप्रसाद र आमा गंगामाया आमरण अनशन बसेका थिए। अनशन अन्त्यको एकमात्र सर्त घटनाको अनुसन्धान र दोषीलाई कारबाही बनाएपछि उनीहरूको माग पूरा गर्न बाध्य हुँदै सरकारले अनुसन्धानका लागि प्रहरीलाई निर्देशन दिएको थियो। त्यसपछि उनीहरूले अनशन तोडेका थिए। तर, अनुसन्धान प्रक्रिया चित्तबु‰दो नभएको र जाहेरीमा परेकालाई प्रहरीले पक्राउ गर्दै छाड्दै गरेपछि उनीहरू पुनः अनशनमा छन्। पछिल्लोपटक अधिकारी दम्पती अनशन बसेको एक सय ३० दिन नाघिसकेको छ।
हत्याको तेस्रो दिन नै नन्दप्रसादले निवेदन दिएका भए पनि जिल्ला प्रहरी कार्यालय चितवनले अनुसन्धान अगाडि बढाउन २०६२ मंसिर २६ गते मृतकका दाजु नुरप्रसादले ‘भाइको हत्यामा संलग्न' भन्दै ११ जनाको नाम किटेर दिएको जाहेरीलाई मुख्य आधार बनाएको थियो। उनले जाहेरीमा फुजेल–६ का छविलाल पौडेल, मेघनाथ पौडेल, फुजेल–७ का विष्णु तिवारी, सुभ›ा अधिकारी, सीता अधिकारी, हिमलाल अधिकारी, कालीप्रसाद अधिकारी, रामप्रसाद अधिकारी, भीमसेन पौडेल र भरतपुर–९ का परशुराम पौडेललाई आरोप लगाइएको छ। जाहेरीमा उल्लेख भएका मध्ये रामप्रसाद अधिकारी र परशुराम पौडेललाई पक्राउ गरे पनि उल्लेखनीय उपलब्धि फेला परेन। प्रहरीको दाबीअनुसार जिल्ला अदालतले दुवैलाई न्यायिक हिरासतमा राखेर अनुसन्धान अघि बढाउन अनुमति दिए पनि मुद्दा प्रक्रियाका क्रममा जिल्ला सरकारी वकिलको कार्यालयले प्रमाण नपुगेकाले अदालतमा लैजान नसकिने भन्दै दुवैलाई हाजिरी जमानीमा छाड्न आदेश दिएको थियो। अलग–अलग मितिमा पक्राउ परेका दुवै २५–२५ दिन हिरासत रहेर मुक्त भए। 
भदौ २१ गते पक्राउ परेका रामप्रसादको रिहाइलगत्तै नन्दप्रसाद र गंगामायाले आमरण अनशन थालेका थिए। त्यसपछि दबाबमा परेको सरकारले अनुसन्धानमा जिल्ला तहको प्रहरीसँगै डिआइजी गणेश राईको संयोजकत्वमा केन्द्रीय तहमा समेत अनुसन्धान समिति बनाएको थियो। हत्या अभियोगको मिसिलमा गोली कसले हानेको हो भन्ने किटान गर्ने प्रमाणको अभावमा मुद्दा प्रक्रिया रोकिएको थियो। स्रोतका अनुसार पछिल्लो अनुसन्धानबाट भने गोली हान्नेकै पहिचान भएकाले मुद्दा प्रक्रिया तथ्यमा पुगेको छ।
प्रहरीका अनुसार पहिलो निवेदनमा कसैको नाम उल्लेख थिएन। कृष्णप्रसादको हत्या भएकाले त्यसमा संलग्नको खोजी गरी कारबाही गरिपाऊँ भन्ने मात्रै थियो। करिब एक वर्षपछि नुरप्रसादले जाहेरी दिँदा ११ जनाको नाम उल्लेख गरियो। तीमध्ये नौजना उनका आफन्त हुन्। माओवादी कार्यकर्ता लगाएर भाइको हत्या गराइएको नुरप्रसादले दाबी गर्दै आएका छन्।


अर्को समाचार
कांग्रेस सभापति देउवाले संसदमा भने : बाँस्कोटामाथि छानबिन नहुनु गम्भीर
१८ फागुन २०७६
•
४ मिनेट पाठ
कांग्रेस सभापति देउवाले संसदमा भने : बाँस्कोटामाथि छानबिन नहुनु गम्भीर
 काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सेक्युरिटी प्रिन्टिङ प्रेस प्रकरणमा पूर्वसञ्चारमन्त्रीले राजीनामा दिएको हप्तादिन वित्दा पनि छानबिन सुरु नहुनु गम्भिर विषयमा भएको बताएका छन्।




प्रतिनिधिसभा बैठकमा समय लिएर बोल्दै देउवाले पूर्व सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले राजीनामा दिएको हप्ता दिन भन्दा बढी समय भएपनि छानबिन सुरु नहुनुको पछाडि गम्भिर नियत लुकेको बताए। उनको सार्वजनिक भएको अडियोमा 'हामी’ भनेर कसलाई भनिएको हो ? भन्ने विषयमा प्रधानमन्त्रीले प्रष्ट पार्नुपर्ने माग गरे। 'हप्ता पुग्दा पनि छानबिन नहुनुको पछाडि गम्भिर नियत छ। अडियो प्रष्ट सुनिन्छ। हामी भनेर कसलाई भनेका हुन ? हामी भित्र को को पर्छन ? प्रधानमन्त्रीले प्रष्ट पार्नुहोस’, उनले भने।

छानबिन सुरु नहुँदै प्रधानमन्त्रीले अडियो नक्कली हो भन्दै अभिव्यक्ति दिएपछि छानबिन प्रभावित हुन्छ की हुँदैन भन्दै उनले प्रश्न समेत गरे। 'छानबिन गर्ने निकायले छानबिन गर्नुभन्दा पहिले नै प्रधानमन्त्रीले अडियो नक्कली भन्नुभयो। त्यसले छानबिन प्रभावित हुन्छ की हुँदैन्। छानबिन हुनुभन्दा पहिले तपाईले निणर्य दिनुभयो भने तर्पाइको बोलिको विश्वसनियता कमजोर भएन् ?’, देउवाले प्रश्न गरे। 

सभापति देउवाले सेक्युरिटी प्रिन्टिङ प्रेस प्रकरणको अनियमितताबाट ध्यान अन्त मोड्न सरकारले नेपाल ट्रष्टको स्वेतपत्र लिएको आरोप समेत लगाए। 'नेपाल ट्रष्टको स्वेतपत्रले सेक्युरिटी प्रेस प्रकरणबाट मुलुकको ध्यान मोड्ने प्रयत्न भएको छ। गोकर्ण रिसोर्टको ध्यान मोड्ने प्रयत्न भएको  छ। टेलिकमको प्रकरणमा अर्बो भ्रष्टाचार भएको कुरा आएको छ। एनसेलले ४ अर्बमा सकेको काम एनटिसीर्लाइ १२ अर्ब कसरी लाग्यो ?’, देउवाले प्रश्न गरे।

उनले नेपाल ट्रष्टको स्वेतपत्रमा उल्लेख भएजस्तो आफु प्रधानमन्त्री भएको समयमा कुनै निर्णय नभएको प्रष्टिकरण दिए। राजनीतिक पूर्वाग्रहका कारण आफ्नो नाम जोडिएको उल्लेख गर्दै उनले स्वेतपत्रप्रति आपत्ति जनाए।

देउवाले सरकारले पेट्रोलियम पदार्थमा करले जनतालाई भार बढेको भन्दै तत्काल कर हटाउन आग्रह गरे।

सभापति देउवाले कोरोना भाइरस विश्वका ५० भन्दा बढी देशमा फैलिएको उल्लेख गर्दै आवश्यक पूर्व तयारी गर्न सरकारको ध्यानाकर्षण पनि गए। विश्व स्वास्थ्य संगठन डब्ल्युएचओले समेत नेपाल कोरोनाको उच्च जोखिममा रहेको भनेकाले सरकारले पूर्वतयारीर्लाइ तिव्रता दिनुपर्ने देउवाले बताए। विदेशमा रहेका नेपालीहरुलाई सतर्क रहनपनि देउवाले आग्रह गरे।

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली भने अनुपस्थित थिए। संसदीय मान्यता अनुसार प्रधानमन्त्री बोल्दा विपक्षी दलको नेता र विपक्षी दलको नेता बोल्दा प्रधानमन्त्री उपस्थित हुने परम्परा भएपनि प्रधानमन्त्री भने आजको बैठकमा अनुपस्थित रहे।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस