काठमाडौं- 'सिरियल किलर' चाल्स शोभराजविरुद्ध हत्यासम्बन्धी दोस्रो घटना ब्युँतिने भएको छ। ३४ वर्षदेखि अलपत्र क्यानेडेली नागरिक लरेन्ट अर्मान्ड क्यारियर हत्याको मुद्दा भक्तपुर प्रहरीले खोतलेको हो। शोभराज काठमाडौंमा भएको कोन्नी ब्रोनिचको हत्या अभियोग पुष्टि भएपछि केन्द्रीय कारागारमा छन्। ब्रोनिचको हत्या हुनु एक दिनअघि भक्तपुरमा लरेन्ट मारिएका थिए।
२०६० मा चाल्स काठमाडौंमा पक्राउ परेपछि उनीमाथि कोन्नीको हत्या र नक्कली राहदानी अभियोगमा अनुसन्धान अगाडि बढेको थियो। सोही अभियोगमा उनीविरुद्ध काठमाडौं जिल्ला अदालतले जन्मकैद फैसला गरे पनि जिल्ला अदालत, भक्तपुरमा रहेको अर्को हत्या अनुसन्धान फाइल अघि बढेको थिएन।
महानगरीय प्रहरी परिसर, भक्तपुरले एक महिनाअघि २०३३ मा तामेलीमा परेको हत्या मुद्दा ब्युताउँदै चाल्ससँग बयान सकाएको छ। माघको दोस्रो साताबाट भक्तपुर प्रहरीले चाल्ससँग बयान सुरु गरेको थियो।
अनुसन्धानमा संलग्न अधिकारीका अनुसार उनलाई पहिलोचोटि केन्द्रीय कारागारबाट भक्तपुर प्रहरी कार्यालयमा लगेर बयान लिन गरिएको प्रयास सफल हुन सकेन। सरकारी वकिलसहितको बयानमा उनले कागजमा लेखेर 'यसबारे मलाई केही थाहा छैन, म बोल्दिनँ' भनेर टारेका थिए।
दोस्रोपटक बयान लिन भक्तपुर लगिएका चाल्स बोल्न तयार भए पनि हत्या अभियोग सकारेनन्। उनले यसबारे आफूलाई केही जानकारी नभएको दावी गरेका थिए। तर, बयानकै क्रममा प्रहरीले कोन्नी र लरेन्ट चिनजानका रहेको तथ्य फुत्काए।
'थाहा छैन भनेर टार्न खोज्दाखोज्दै उनले यी दुवैजना एकै ठाउँमा बस्ने गरेको बताए' अनुसन्धानरतस्रोतले भन्यो, 'यसले शोभराज उनीहरुबारे जानकार रहेको देखियो।'
भक्तपुर प्रहरीप्रमुख एसपी जगतमान श्रेष्ठले चाल्सको बयान सकिएको पुष्टि गर्दै 'सरकारी वकिलको कार्यालयमा प्रहरी अनुसन्धानको रायसुझाव बुझाउने अन्तिम चरणमा रहेको' जानकारी दिए।
'बयान सकियो, अब सरकारी वकिलको कार्यालयमा रायसुझावसहितको प्रतिवेदन बुझाउँछौं,' उनले नागरिकसँग भने।
२०३२ साल पुस ६ गते अरनिको राजमार्गको दक्षिणी भेगमा अनुहार डढेर चिन्नै नसक्ने बनाएर फालेको अवस्थामा लरेन्टको शव फेला परेको थियो। नग्न र अनुहार चिन्नै नसक्ने गरी डढाएर फालेको शव त्यतिबेला कसको भन्ने खुल्न सकेको थिएन।
२०३२ पुस ८ गते मनोहरा खोलामा उस्तै प्रकृतिको अर्को शव फेला परेपछि अनुसन्धानका क्रममा शव कोन्नी र लरेन्टको भएको खुलेको थियो। उनीहरु २०३२ मंसिर २८ बाट काठमाडौं झोछेको ओरियन्टल लजमा बस्दै आएको पनि तथ्य फेला परेको थियो।
अनुसन्धानमा खटिएको प्रहरीले होटल सोल्टी ओवराय (अहिलेको सोल्टी होटल) मा बसेका हेन्रिकस विन्ताजा र कुकी हेमकरमाथि शंका गरेको थियो। होटलमा फेला परेको सामग्रीका आधारमा यी दुवै नाम फेरेर बसेका चाल्स र उनकी श्रीमती भएको खुले पनि उनी फरार भएकाले प्रहरीले दुवै मुद्दा तामेलीमा राखेको थियो।
शोभराज २०६० असोज २ गते रोयल क्यासिनोमा जुवा खेल्दाखेल्दै पक्राउ परेका थिए। डकुमेन्ट्री बनाउने र हस्तकलाको व्यापार गर्न आएको दाबी गरे पनि शोभराजमाथि प्रहरीले कोन्नी हत्या अभियोगमा अनुसन्धान बढाएको थियो।
भक्तपुर प्रहरीले २०६२ वैशाख २३ मा मिसिलको नक्कली लगे पनि प्रक्रिया अगाडि बढाएको थिएन।