काठमाडौं- महिलाको आर्थिक सबलीकरणका लागि प्रमुख राजनीतिक दलहरुले प्रतिबद्धता जनाएका छन्। नीति निर्माणमा महिलाको आर्थिक सवाल उठाउन दलहरूले लिखित प्रतिबद्धता व्यक्त गरेका हुन्। १०४औं अन्तर्राष्ट्रिय नारी दिवस तथा आफ्नो १०औं वार्षिकोत्सवमा महिला उद्यमी महासंघ नेपालले आयोजना गरेको कार्यक्रममा नेपाली कांग्रेस, नेकपा एमाले, एकीकृत नेकपा माओवादी, राप्रपा नेपाल र मधेसी जनाधिकार फोरम नेपालका नेताहरुले हस्ताक्षर गरेको ६ बुँदे प्रतिबद्धता सार्वजनिक गरियो।
प्रतिबद्धतामा कांग्रेस सभापति सुशील कोइराला, एमालेका अध्यक्ष झलनाथ खनाल, राप्रपा नेपालका अध्यक्ष कमल थापा र फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले हस्ताक्षर गरेका छन्। आगामी संविधानमा महिलाको आर्थिक समानता कायम गर्न देशभरका महिला उद्यमीको तर्फबाट महासंघले राजनीतिक दलसँग विभिन्न बुँदामा प्रतिबद्धता मागेपछि प्रमुख दलहरूले लिखित प्रतिबद्धता दिएका हुन्।
कार्यक्रममा प्रधानमन्त्री तथा कांग्रेस सभापति कोइरालाले उक्त प्रतिबद्धताका साथै उद्यमशीलतामार्फत महिलाको आर्थिक सशक्तीकरणका लागि पेस गरिएको प्रस्तावसमेत सार्वजनिक गरेका थिए।
प्रतिबद्धतामा औद्योगिक नीति २०६७ चाँडो कार्यान्वयन ल्याइ त्यसअन्तर्गतको महिला उद्यमशीलता विकास कोष प्रभावकारी रूपमा लागू गरिने, महिलाद्वारा सञ्चालित लघु, साना तथा मझौला उद्योग व्यवसाय प्रवर्द्धनका लागि स्पष्ट सरकारी नीति कार्यान्वयन गरिने तथा स्थानीय महिलाका लागि उद्यमशीलता विकास तालिम, प्रविधि, निर्यात व्यापार नीतिबारे प्रशिक्षण दिन र पँुजीका लागि विशेष कार्यक्रम ल्याउने उल्लेख छ।
लैंगिक उत्तरदायी बजेटको अवधारणा कार्यान्वयन गर्ने, वित्तीय क्षेत्रमा कार्यरत सम्पूर्ण संघ–संस्थालाई महिलाको आर्थिक सशक्तीकरणसँग सम्बन्धित प्रगति विवरण सार्वजनिक गर्ने व्यवस्था गराउने, राष्ट्रिय तथा स्थानीय स्तरमा महिलाद्वारा उत्पादित वस्तुका लागि छुट्टै बजार व्यवस्था गरी महिलाका उत्पादनलाई बढावा दिने तथा महिलाद्वारा सञ्चालित उद्योग व्यवसायको प्रवर्द्धनका लागि स्पष्ट सरकारी नीति तर्जुमा गरी कार्यन्वयन गर्ने, महिलाद्वारा सञ्चालित उद्योग, व्यवसाय तथा कृषिजन्य उत्पादनमा विशेष कर तथा भ्याट छुटको व्यवस्था गर्ने प्रतिबद्धता त्यसमा छ।
त्यसैगरी महिला उद्यमीहरुद्वारा उत्पादित गुणस्तरीय उत्पादनलाई सरकारी निकायले प्रयोग गर्ने व्यवस्था गरी उनीहरुलाई प्रोत्साहित गर्ने प्रतिबद्धता नेताहरुले गरेका छन्।
कार्यक्रममा प्रधानमन्त्री कोइरालाले महिला उद्यमीले देशको आर्थिक विकासमा टेवा पुर्यागएको औंल्याउँदै महिलामा म गर्छु र सक्छु भन्ने प्रतिबद्धता भयो भने हरेक क्षेत्रमा अगाडि आउन सक्ने बताए। 'अहिले आर्थिक क्षेत्रमा मात्र होइन हरेक क्षेत्रमा महिलालाई अवसर छ, प्रतिबद्धतासहित आए नेतृत्व लिन सक्छन्' कोइरालाले भने, 'उद्यमशीलताको विकासले आफूलाई सिर्जनशील मात्र बनाउँदैन, अरुका लागि रोजगारीसमेत सिर्जना गर्छ।' यस्तो क्षेत्रमा महिलाको योगदान रहेकोले आफूले महिलालाई सम्मान गर्ने गरेको कोइरालाले बताए।
एमाले अध्यक्ष झलनाथ खनाल, राप्रपा नेपालका महासचिव चन्द्रबहादुर गुरुङ, एकीकृत नेकपा माओवादीका नेता वर्षमान पुन, मधेसी जनअधिकार फोरम नेपालकी सभासद तथा महासंघका निवर्तमान अध्यक्ष छायाँ शर्माले महिला उद्यमशीलताका लागि आफ्नो र पार्टीको तर्फबाट पूर्ण रुपमा सहयोग गर्ने आश्वासन दिए। नेपाल उद्योग वाणिज्य महासंघ उपाध्यक्ष भवानी राणाले महिला उद्यमीका लागि उचित वातावरण हुनुपर्नेमा जोड दिइन्।
कार्यक्रममा महासंघ अध्यक्ष रीता भण्डारीले नेपालको महिला उद्यमशीलताको अवस्था र सुधार गर्नुपर्ने विषयमा कार्यपत्र प्रस्तुत गरेकी थिइन्।
महिलाको हक अधिकार तथा आर्थिक क्षेत्रमा योगदान पुर्यािएको भन्दै कार्यक्रममा महिला उद्यमी संघ बाँके र ललितपुर संघकी शान्ता लामालाई सम्मान गरिएको थियो।
महासंघले पेस गरेको नीतिगत सुधार, व्यवसाय प्रवर्द्धन र बजार विस्तार, नेपालको निर्यात व्यापार नीति र महिला वित्तीय स्रोतमा सहज पहुँचका लागि गरिएका सिफारिसमा सक्रिय हुन र छलफल गरी नीति नियममा समेट्न आग्रह गरिएको छ। महासंघले नेपाली महिलाले भोग्दै आएको शोषण तथा हिंसाका साथै असुरक्षित वैदेशिक रोजगारीमाथिको बाध्यात्मक निर्भरता न्यूनीकरण गर्दै स्वदेशभित्रै रोजगारी एवं स्वरोजगारका अवसरको सिर्जना गर्नुपर्नेमा जोड दिएको छ।
दिगो तथा समावेशी आर्थिक विकास र आर्थिक वृद्धिका माध्यमबाट शान्तिपूर्ण एवं समृद्धशाली राष्ट्र निर्माणको उपयुक्त वातावरण सिर्जना गर्न महासंघको प्रस्ताव सहयोगी हुने अपेक्षा गरिएको छ।