२५ करोडको वैदेशिक रोजगार बचतपत्र आउँदै
२५ फागुन २०७०
•
८ मिनेट पाठ
२५ करोडको वैदेशिक रोजगार बचतपत्र आउँदै
काठमाडौं- नेपाल राष्ट्र बैंकले २५ करोड रुपैयाँबराबरको पाँचवर्षे 'वैदेशिक रोजगार बचतपत्र' निष्कासन गर्ने भएको छ। मुलुकबाहिर (भारतसहित अन्य देशमा) रोजगारी गरिरहेका र रोजगारीबाट फर्केको चार महिना नपुगेको नेपाली नागरिक वा गैरआवासीय नेपालीले 'वैदेशिक रोजगार बचतपत्र, २०७५ ख' खरिद गर्न सक्नेछन्।

'वार्षिक ९ प्रतिशत ब्याज दिने गरी २५ करोड रुपैयाँबराबरको वैदेशिक रोजगार बचतपत्र निष्कासन गर्दैछौं,' राष्ट्र बैंकका एक अधिकारीले आइतबार नागरिकसँग भने, 'यसबाट पाइने ब्याज प्रत्येक ६ महिनामा भुक्तानी हुन्छ भने ब्याज कर तिर्नुपर्दैन।'
उनका अनुसार आगामी चैत ५ देखि २४ सम्म बिक्री खुला हुनेछ भने त्यसको ५ दिनपछि ३० गते बचतपत्र निष्कासन गरिने छ। खरिद गरिएको बचतपत्रको साँवा २०७५ चैत ३० मा भुक्तानी गरिने छ। 
'न्यूनतम ५ हजार रुपैयाँ र अधिकतम कूल निष्कासित रकमको सीमामा नबढाई ५ हजार रुपैयाँले भाग गर्दा निःशेष भाग जाने अंकमा जति हुन्छ, त्यतिबराबरको बचतपत्र खरिद गर्न पाइन्छ,' उनले भने, 'खरिद गरिएका बचतपत्रलाई धितो राखेर नेपालस्थित बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिन पनि पाइन्छ।'
बचतपत्रलाई नगद सरह मानिन्छ। आवश्यक पर्दा यसलाई जुनसुकै बैंक वा वित्तीय संस्थामा दिएर नगद लिन सकिन्छ। 
ती अधिकारीका अनुसार भारतसहित अन्य देशमा रोजगारीमा संलग्न वा रोजगारीबाट फर्केको चार महिना नपुगेका नेपाली नागरिक वा गैरआवासीय नेपालले आफू वा आफ्नो परिवारको सदस्यको नाममा वा परिवारका सदस्यको नाममा मात्र खरिद गर्न पाइन्छ। बचतपत्र खरिद गर्नेले चाहेको समयमा इजाजतपत्र प्राप्त बजार निर्मातामार्फत बिक्री गर्न सकिने छ। 
बचतपत्र खरिदकर्ताले रकम बुझाएकै मितिबाट निष्कासन मितिभन्दा अघिल्लो दिनसम्मको खण्डित अवधिको सोही ब्याज दरले हुन आउने ब्याज रकमसमेत भुक्तानी पाउने छ। 'राष्ट्र बैंकबाट इजाजत प्राप्त 'क', 'ख' र 'ग' वर्गका बैंक तथा वित्तीय संस्था वा इजाजत प्राप्त बजार निर्माताबाट ब्याज भुक्तानी लिन सकिने छ,' ती अधिकारीले भने, 'यो बचतपत्र स्टक वा प्रमिसरी नोटका रूपमा खरिद गर्न सकिने छ।'
उनका अनुसार रीतपूर्वक पेस नभई अस्वीकृत भएका आवेदनसँग जम्मा हुन आएको रकम बिक्री एजेन्टबाट सक्कल आवेदन तथा कागजपत्र प्राप्त भएको सात दिनभित्र बिनाब्याज सम्बन्धित बिक्री एजेन्टमार्फत आवेदकलाई फिर्ता गरिने छ। बिक्री खुला अवधिमा सबै बिक्री नभई बाँकी भए वा धेरै बिक्री भए खुला बजार सञ्चालन समितिले निर्णय गरी आवश्यक व्यवस्था गरिने छ। 
वैदेशिक रोजगार बचतपत्र बिक्री गर्न इजाजत प्राप्त एजेन्टमा सनराइज बैंक, सेन्चुरी कमर्सियल बैंक, प्रभु विकास बैंक, श्री इन्टरनेसनल मनी एक्सप्रेस (आइएमई), प्रभु मनी ट्रान्सफर, सिटी एक्सप्रेस मनी ट्रान्सफर र सेवा एक्सप्रेस गरी सात वित्तीय संस्था तोकिएको ती अधिकारीले जानकारी दिए।
ओमान, कतार, इजरायल र संयुक्त अरब इमिरेट्स (युएई) मा रहेका नेपालीले सनराइज बैंक, कतार, युएई, कुबेत, साउदी अरब, बहराइन, मेलेसिया, अस्ट्रेलिया, इजरायल, अमेरिका र बेलायतका नेपालीले सेन्चुरी कमर्सियल तथा अमेरिका, मलेसिया र कतारमा रहेका नेपालीले प्रभु विका बैंकमार्फत बचतपत्र खरिद गर्न पाउने छन्। 
त्यसैगरी मलेसिया, युएई, साउदी अरब, कतार, अमेरिका, बेलायत, जापान, बहराइन, रुस, अस्ट्रेलिया, इजरायल र कुबेतका नेपालीले आइएमइबाट, मलेसिया, कतार, बहराइन, साउदी अरब र अमेरिकाका नेपालीले प्रभु मनीबाट, जापान, मलेसिया, कतार र अमेरिकाका नेपालीले सिटी एक्सप्रेस एवं कतारका नेपालीले सेवा एक्सप्रेसबाट बचतपत्र किन्न सक्नेछन्। 
केन्द्रीय बैंकले गत तीन वर्षदेखि वैदेशिक रोजगारमा गएकालाई लक्ष्य गर्दै बचतपत्र निष्कासन गर्दै आए पनि अनुमानभन्दा निकै कममात्र बिक्री भएको छ। आर्थिक वर्ष २०६६/६७ मा पहिलो पटक १ अर्ब रुपैयाँबराबरको वैदेशिक रोजगार बचतपत्र निष्कासन गरिएको थियो। तर, सुरुवाती वर्षमै जम्मा ४० लाख रुपैयाँबराबरको मात्र आवेदन परेको थियो। 
आर्थिक वर्ष २०६७/६८ मा ५ अर्बबराबरको बचतपत्र निष्कासन गरिएको थियो। तर, केन्द्रीय बैंकले अनुमानभन्दा ठ्याक्कै विपरीत त्यसबेला ३३ लाख ८० हजार रुपैयाँको आवेदन परेको थियो। गत आर्थिक वर्ष २०६९/७० मा भने १ अर्बको बचतपत्र निष्कासन गरिएपछि ८६ लाख ६० हजार रुपैयाँबराबरको आवेदन परेको थियो। सरकारले वर्षभरको खर्च सञ्चालन गर्ने क्रममा आन्तरिक ऋण उठाउन ऋणपत्र जारी गर्छ। 
'वैदेशिक रोजगारीमा गएकाहरूले पठाएको रकम (रेमिट्यान्स) उत्पादनमूलक क्षेत्रमा लगानी गर्ने उद्देश्यले बचतपत्र ल्याउने गरिएको छ,' राष्ट्र बैंकका ती अधिकारीले भने, 'रेमिट्यान्सलाई बैंकिङ च्यानलमार्फत स्वदेश ल्याउन पनि यस्तो बचतपत्र निष्कासन गर्ने गरिएको छ।' 
विगतमा प्रचारप्रसार र ब्याज दर कम भएपछि यस्तो बचतपत्रप्रति आकर्षण कम हुने गरेको राष्ट्र बैंकको अनुमान थियो। त्यसपछि गत असारमा निष्कासन गरेको बचतपत्रमा साढे १० प्रतिशत ब्याज दर तोकिएको थियो। तैपनि खरिद भने न्यून परिमाणमा भएको थियो। 
केन्द्रीय तथ्यांक विभागका अनुसार रेमिट्यान्सका रुपमा भित्रिएको कूल रकममध्ये ९४ प्रतिशतभन्दा बढी उपभोगमा खर्च हुने गरेको छ।
अर्को समाचार
कांग्रेस सभापति देउवाले संसदमा भने : बाँस्कोटामाथि छानबिन नहुनु गम्भीर
१८ फागुन २०७६
•
४ मिनेट पाठ
कांग्रेस सभापति देउवाले संसदमा भने : बाँस्कोटामाथि छानबिन नहुनु गम्भीर
 काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सेक्युरिटी प्रिन्टिङ प्रेस प्रकरणमा पूर्वसञ्चारमन्त्रीले राजीनामा दिएको हप्तादिन वित्दा पनि छानबिन सुरु नहुनु गम्भिर विषयमा भएको बताएका छन्।

प्रतिनिधिसभा बैठकमा समय लिएर बोल्दै देउवाले पूर्व सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले राजीनामा दिएको हप्ता दिन भन्दा बढी समय भएपनि छानबिन सुरु नहुनुको पछाडि गम्भिर नियत लुकेको बताए। उनको सार्वजनिक भएको अडियोमा 'हामी’ भनेर कसलाई भनिएको हो ? भन्ने विषयमा प्रधानमन्त्रीले प्रष्ट पार्नुपर्ने माग गरे। 'हप्ता पुग्दा पनि छानबिन नहुनुको पछाडि गम्भिर नियत छ। अडियो प्रष्ट सुनिन्छ। हामी भनेर कसलाई भनेका हुन ? हामी भित्र को को पर्छन ? प्रधानमन्त्रीले प्रष्ट पार्नुहोस’, उनले भने।

छानबिन सुरु नहुँदै प्रधानमन्त्रीले अडियो नक्कली हो भन्दै अभिव्यक्ति दिएपछि छानबिन प्रभावित हुन्छ की हुँदैन भन्दै उनले प्रश्न समेत गरे। 'छानबिन गर्ने निकायले छानबिन गर्नुभन्दा पहिले नै प्रधानमन्त्रीले अडियो नक्कली भन्नुभयो। त्यसले छानबिन प्रभावित हुन्छ की हुँदैन्। छानबिन हुनुभन्दा पहिले तपाईले निणर्य दिनुभयो भने तर्पाइको बोलिको विश्वसनियता कमजोर भएन् ?’, देउवाले प्रश्न गरे। 

सभापति देउवाले सेक्युरिटी प्रिन्टिङ प्रेस प्रकरणको अनियमितताबाट ध्यान अन्त मोड्न सरकारले नेपाल ट्रष्टको स्वेतपत्र लिएको आरोप समेत लगाए। 'नेपाल ट्रष्टको स्वेतपत्रले सेक्युरिटी प्रेस प्रकरणबाट मुलुकको ध्यान मोड्ने प्रयत्न भएको छ। गोकर्ण रिसोर्टको ध्यान मोड्ने प्रयत्न भएको  छ। टेलिकमको प्रकरणमा अर्बो भ्रष्टाचार भएको कुरा आएको छ। एनसेलले ४ अर्बमा सकेको काम एनटिसीर्लाइ १२ अर्ब कसरी लाग्यो ?’, देउवाले प्रश्न गरे।

उनले नेपाल ट्रष्टको स्वेतपत्रमा उल्लेख भएजस्तो आफु प्रधानमन्त्री भएको समयमा कुनै निर्णय नभएको प्रष्टिकरण दिए। राजनीतिक पूर्वाग्रहका कारण आफ्नो नाम जोडिएको उल्लेख गर्दै उनले स्वेतपत्रप्रति आपत्ति जनाए।

देउवाले सरकारले पेट्रोलियम पदार्थमा करले जनतालाई भार बढेको भन्दै तत्काल कर हटाउन आग्रह गरे।

सभापति देउवाले कोरोना भाइरस विश्वका ५० भन्दा बढी देशमा फैलिएको उल्लेख गर्दै आवश्यक पूर्व तयारी गर्न सरकारको ध्यानाकर्षण पनि गए। विश्व स्वास्थ्य संगठन डब्ल्युएचओले समेत नेपाल कोरोनाको उच्च जोखिममा रहेको भनेकाले सरकारले पूर्वतयारीर्लाइ तिव्रता दिनुपर्ने देउवाले बताए। विदेशमा रहेका नेपालीहरुलाई सतर्क रहनपनि देउवाले आग्रह गरे।

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली भने अनुपस्थित थिए। संसदीय मान्यता अनुसार प्रधानमन्त्री बोल्दा विपक्षी दलको नेता र विपक्षी दलको नेता बोल्दा प्रधानमन्त्री उपस्थित हुने परम्परा भएपनि प्रधानमन्त्री भने आजको बैठकमा अनुपस्थित रहे।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ५ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस