डगमगाएन नेपाल
०४ चैत्र २०७०
•
७ मिनेट पाठ
डगमगाएन नेपाल
चित्तागोङ (बंगलादेश)-'एउटा एमेच्योर खेलाडीका रूपमा विश्वकप खेलिरहेका छौं, त्यसमा देशका लागि सक्दो योगदान दिनु नै हाम्रा लागि त्यही नै गौरव हो,' शरद भेषावकरले खेल सकिएपछि दिएको यो प्रतिक्रियाले विश्व ट्वान्टी–२० मा आएर खेल्नु नेपालका लागि कति ठूलो सफलता हो भन्ने प्रस्ट्याउँछ।




स्वाभाविक नै थियो, टेस्ट खेल्ने राष्ट्रविरुद्धको पहिलो भेटमा नेपालले बंगलादेशसँग ठूलो अपेक्षा गरेको थिएन। जाहुर अहमद चौधरी स्टेडियममा टिमले जुन प्रदर्शन गर्योप, त्यही नै नेपालका लागि जित बराबर थियो। टस हारेको नेपालले ५ विकेट गुमाई १ सय २६ रन बनायो। बंगलादेशले २७ बलअघि लक्ष्य पूरा गरिदियो।

'सीमित स्रोत र सुविधा भएको हाम्रो मुख्य पक्ष भनेको टिम स्पिरिट हो,' शरदले भने, 'यु–१९ मा हामीले धेरै पटक ठूला टोलीसँग खेलेका थियौं। टेस्ट खेल्ने टोलीसँग पहिलोपल्ट खेलियो। हामीले निकै मिहिनेत गरेका थियौं, तर नतिजा हाम्रो पक्षमा आएन। हामीले जुन अवसर पायौं, त्यसमा रमाएका छौं।'

नेपालको सुरुआत राम्रो रहेन। सुवास खकुरेल ८ र सागर पुन १२ रन बनाई आउट भए। पहिलो बलमै ३ रन जोडेका उपकप्तान ज्ञानेन्द्र मल्ल २ चौका प्रहार गरी १३ रनमा आउट भए। कप्तान पारस खड्का र शरदले चौथो विकेटमा ८५ रन जोडेपछि नेपालले आफ्नो हिसाबमा राम्रो स्कोर बनायो। यो साझेदारी आइसिसीको आधिकारिक प्रतियोगितामा नेपालको सबैभन्दा ठूलो हो। अघिल्लो दिन ज्ञानेन्द्र र पारसले हङकङविरुद्ध ८० रन जोडेका थिए।

'ज्ञानेन्द्रको विकेट हामीलाई महŒवपूर्ण थियो, किनभने उनी उत्कृष्ट फर्ममा थिए। ज्ञानेन्द्र आउट भएपछि हामीलाई केही अप्ठेरो भयो,' नेपालका प्रशिक्षक पुबुदु दासानायकेले भने, 'पारस र शरद १५ ओभरसम्म टिके १ सय रन बनाउने योजना थियो, तर त्यसअनुसार हाम्रो ब्याटिङको अन्त राम्रो भएन। तर पूरा प्रदर्शनबाट म खुसी छु, किनभने हामीले बलियो टोलीविरुद्ध राम्रो ब्याटिङ प्रदर्शन गर्यौंर। प्राविधिक रूपमा हाम्रो खेल धेरै राम्रो भयो।'

पारसले ४१ रन बनाए। अघिल्लो खेलमा हङकङविरुद्ध पनि यही स्कोर बनाएका पारसले ३५ बल खेल्दा ५ चौका प्रहार गरे। दुईपटक स्टम्पआउट हुनबाट जोगिएका शरदले ४० रन बनाए। उनले ४३ बल खेल्दा ५ चौका हाने। अन्तिम ओभरअगाडि क्रस गर्न खोज्दा लेग साइडबाट स्टम्प उडेको थियो। अन्तिम ओभरको पहिलो बल डट खेलेका शरदले दोस्रोमा एक रन लिए। त्यसपछिको बल वाइड भए पनि विनोद भण्डारीले पछिल्लो चार बलमा कुनै रन बनाउन सकेनन् र अन्तिम बलमा १ रन लिन खोज्दा शरद रनआउट भए।

बंगलादेशका मुख्य हतियार शकिब अल हसन थिए। देब्रेहाते शकिबले ४ ओभरमा २२ रनमात्र दिए पनि कुनै विकेट लिन सकेनन्। अल अमन हुसैन म्यान अफ द म्याचमा चुनिए। तीव्र बलर हुसैनले ४ ओभरमा १७ रनमात्र खर्चेर २ विकेट लिएका थिए। बंगलादेशको मुख्य हतियार स्पिन भए पनि नेपाली ब्याट्सम्यान तीव्र बलरमा केही कमजोर देखिएकाले बंगलादेशले हुसैनसहित तीव्र बलिङमै जोड दिएको थियो। नेपालले विनोद भण्डारीअघि शरदलाई पाँचौं नम्बरमा ब्याटिङमा पठाउने यही एक कारण थियो।

'साँच्चै भन्ने हो भने हामीलाई यस्तो घाँसे विकेटमा खेल्ने बानी पनि छैन,' शरदले भने। म्यान अफ द म्याच हुसैनले शीतका कारण नेपाल र बंगलादेशका स्पिनरलाई निकै अप्ठेरो परेको बताए।

हङकङसँग नेपालले पावर प्लेको पहिलो ६ ओभरमा ४४ रन जोडेको नेपालले बंगलादेशविरुद्ध ३८ रनमात्र जोड्यो। सोमपाल कामीको पहिलो ओभरमा १ चौका र १ छक्कासहित १३ रन जोडेको बंगलादेशले त्यही पावर प्लेमा बिनाक्षति ५३ रन जोडेर खेल आफ्नो नियन्त्रणमा लिएको थियो। ओपनरद्वय तमिम इकबालले २२ बलमा २ चौका र १ छक्कासहित ३० र अनामुल हकले ३३ बलमा ५ चौका र २ छक्कासहित ४२ रन बनाए। इकबाललाई वसन्त रेग्मीले आउट गरे भने हकलाई सागर पुनले शानदार फिल्डिङमा रनआउट गरे।

नेपालले मंगलबारको खेलमा कुनै छक्का प्रहार गर्न सकेन। त्यसको तुलनामा बंगलादेशले ८ छक्का प्रहार गर्योब। शकिब एक्लैले ४ छक्का हाने। शक्ति गौचनलाई एकै ओभरमा ३ छक्का प्रहार गरेका शकिबले १८ बल खेल्दा १ चौकासहित अविजित ३७ रन बनाए। सबिर रहमान २२ रनमा अविजित रहे।

लगातार दोस्रो विजयले बंगलादेशको सुपर टेनमा पुग्ने सम्भावना बलियो भएको छ। नेपाल र अफगानिस्तानले १–१ विजय पाएका छन्। हङकङले दुवै खेल हारिसकेको छ। बिहीबार नेपाल र अफगानिस्तान तथा बंगलादेश र हङकङबीच खेल हुनेछ।
अर्को समाचार
कांग्रेस सभापति देउवाले संसदमा भने : बाँस्कोटामाथि छानबिन नहुनु गम्भीर
१८ फागुन २०७६
•
४ मिनेट पाठ
कांग्रेस सभापति देउवाले संसदमा भने : बाँस्कोटामाथि छानबिन नहुनु गम्भीर
 काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सेक्युरिटी प्रिन्टिङ प्रेस प्रकरणमा पूर्वसञ्चारमन्त्रीले राजीनामा दिएको हप्तादिन वित्दा पनि छानबिन सुरु नहुनु गम्भिर विषयमा भएको बताएका छन्।




प्रतिनिधिसभा बैठकमा समय लिएर बोल्दै देउवाले पूर्व सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले राजीनामा दिएको हप्ता दिन भन्दा बढी समय भएपनि छानबिन सुरु नहुनुको पछाडि गम्भिर नियत लुकेको बताए। उनको सार्वजनिक भएको अडियोमा 'हामी’ भनेर कसलाई भनिएको हो ? भन्ने विषयमा प्रधानमन्त्रीले प्रष्ट पार्नुपर्ने माग गरे। 'हप्ता पुग्दा पनि छानबिन नहुनुको पछाडि गम्भिर नियत छ। अडियो प्रष्ट सुनिन्छ। हामी भनेर कसलाई भनेका हुन ? हामी भित्र को को पर्छन ? प्रधानमन्त्रीले प्रष्ट पार्नुहोस’, उनले भने।

छानबिन सुरु नहुँदै प्रधानमन्त्रीले अडियो नक्कली हो भन्दै अभिव्यक्ति दिएपछि छानबिन प्रभावित हुन्छ की हुँदैन भन्दै उनले प्रश्न समेत गरे। 'छानबिन गर्ने निकायले छानबिन गर्नुभन्दा पहिले नै प्रधानमन्त्रीले अडियो नक्कली भन्नुभयो। त्यसले छानबिन प्रभावित हुन्छ की हुँदैन्। छानबिन हुनुभन्दा पहिले तपाईले निणर्य दिनुभयो भने तर्पाइको बोलिको विश्वसनियता कमजोर भएन् ?’, देउवाले प्रश्न गरे। 

सभापति देउवाले सेक्युरिटी प्रिन्टिङ प्रेस प्रकरणको अनियमितताबाट ध्यान अन्त मोड्न सरकारले नेपाल ट्रष्टको स्वेतपत्र लिएको आरोप समेत लगाए। 'नेपाल ट्रष्टको स्वेतपत्रले सेक्युरिटी प्रेस प्रकरणबाट मुलुकको ध्यान मोड्ने प्रयत्न भएको छ। गोकर्ण रिसोर्टको ध्यान मोड्ने प्रयत्न भएको  छ। टेलिकमको प्रकरणमा अर्बो भ्रष्टाचार भएको कुरा आएको छ। एनसेलले ४ अर्बमा सकेको काम एनटिसीर्लाइ १२ अर्ब कसरी लाग्यो ?’, देउवाले प्रश्न गरे।

उनले नेपाल ट्रष्टको स्वेतपत्रमा उल्लेख भएजस्तो आफु प्रधानमन्त्री भएको समयमा कुनै निर्णय नभएको प्रष्टिकरण दिए। राजनीतिक पूर्वाग्रहका कारण आफ्नो नाम जोडिएको उल्लेख गर्दै उनले स्वेतपत्रप्रति आपत्ति जनाए।

देउवाले सरकारले पेट्रोलियम पदार्थमा करले जनतालाई भार बढेको भन्दै तत्काल कर हटाउन आग्रह गरे।

सभापति देउवाले कोरोना भाइरस विश्वका ५० भन्दा बढी देशमा फैलिएको उल्लेख गर्दै आवश्यक पूर्व तयारी गर्न सरकारको ध्यानाकर्षण पनि गए। विश्व स्वास्थ्य संगठन डब्ल्युएचओले समेत नेपाल कोरोनाको उच्च जोखिममा रहेको भनेकाले सरकारले पूर्वतयारीर्लाइ तिव्रता दिनुपर्ने देउवाले बताए। विदेशमा रहेका नेपालीहरुलाई सतर्क रहनपनि देउवाले आग्रह गरे।

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली भने अनुपस्थित थिए। संसदीय मान्यता अनुसार प्रधानमन्त्री बोल्दा विपक्षी दलको नेता र विपक्षी दलको नेता बोल्दा प्रधानमन्त्री उपस्थित हुने परम्परा भएपनि प्रधानमन्त्री भने आजको बैठकमा अनुपस्थित रहे।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस