चित्तागोङ (बंगलादेश)-विश्वकप ट्वान्टी–२० क्रिकेटमा नेपाली खेलाडीले देखाएको ऐतिहासिक खेलको सम्मानस्वरुप नेपाल रिपब्लिक मिडियाले १६ खेलाडी, प्रशिक्षक र सहायक प्रशिक्षकलाई ‘नागरिक नायक घोषणा गर्दै एक–एक लाखका दरले १८ लाख रुपैयाँ बराबरको पुरस्कार प्रदान गर्ने निर्णय गरेको छ।बंगलादेशमा जारी विश्वकप ट्वान्टी–२० क्रिकेटमा हङकङलाई फराकिलो अन्तरले हराउँदै विजयी सुरुआत गरेको नेपालले बिहीबार चिरप्रतिद्वन्द्वी अफगानिस्तानलाई पराजित गरेको छ। टेस्ट खेल्ने घरेलु टोली बंगलादेशसँग पनि उत्कृष्ट प्रदर्शन गर्न सफल नेपाली राष्ट्रिय क्रिकेट टोलीले विश्वकपको पहिलो यात्रामै हासिल गरेको यो ऐतिहासिक सफलता हो।
बिहीबार पराजित गरेको अफगानिस्तान त्यही टोली हो जसले दुई साताअघि मात्र एसिया कप एकदिवसीयमा बंगलादेशलाई पराजित गरेको थियो। आयरल्यान्डसँगका खेलबाहेक वर्ष २०१३ मा अफगानिस्तानले अन्य एसोसिएट टोलीसँग खेलेका २८ मध्ये २६ खेल जितेको थियो। २००४ को पहिलो भेटयता नेपालले अफगानसँग एकदिवसीय र ट्वान्टी–२० गरी सबै खेल हारेको थियो।
ट्वान्टी–२० मा नेपालको अफगानिस्तानमाथि यो पहिलो विजय हो। यसअघि अफगानिस्तानसँग खेलेका सबै ६ ट्वान्टी–२० खेलमा नेपाल हारेको थियो। बंगलादेश आउन नोभेम्बरमा भएको छनोट प्रतियोगिताको सेमिफाइनलमा पनि अफगानिस्तानले नेपाललाई समूह चरण र सेमिफाइनलमा पराजित गरेको थियो।
‘विजय हात पार्न आज हामीले सबै आधार तयार पारेका थियौं, किनभने यस खेलले हामीलाई ठूलो अर्थ राख्थ्यो,' कप्तान पारस खड्काले भने, ‘विश्वकपमा आएर दुई खेल जित्नु हाम्रा लागि ठूलो उपलब्धि हो। अफगानिस्तानलाई हराउन सक्छौं भन्ने विश्वास हामीमा थियो, तर खेल जित्न कागजमा मात्र राम्रो भएर पुग्दैन।'
जितको श्रेय सिंगै टिमलाई दिँदै उनले भने, ‘सुवास खकुरेल, ज्ञानेन्द्र मल्ल र शरद भेषावकरले ब्याटिङमा राम्रो गरे, विकेट नियमित लिइरहेका थियौं, जितेन्द्रले पहिलो २ ओभरमा राम्रो बलिङ गर्यो, समग्रमा आज हाम्रो खेल नै राम्रो थियो।'
नेपालले दुई विजयका साथ समूहमा दोस्रो स्थानमा रही प्रतियोगिताको अन्त्य गर्योम। पहिलो खेलमा हङकङलाई पराजित गरेको नेपाल अर्को खेलमा बंगलादेशसँग पराजित भएको थियो।
अन्तिम दुई ओभरको तनाव
अफगानिस्तानलाई अन्तिम २ ओभरमा विजय पाउन ३० रन आवश्यक थियो। जितेन्द्र मुखियाले समिउल्लाह सेनवारीलाई आउट गरी ६ रनमात्र दिए। अन्तिम ओभरमा नेपालले विजय हात पार्न अफगानिस्तानलाई २४ रन बनाउन दिनुहुन्नथ्यो।
अन्तिम ओभर गर्न सोमपाल कामीको हातमा बल थियो। उनको पहिलो दुई बलमा अस्घार स्टानिकजाईले लङअनमा चौका प्रहार गरे। ज्ञानेन्द्र मल्लसँग त्यो दुवै बलमा क्याच लिने अवसर थियो। तर उनले रन जोगाउने हिसाबमा बल रोक्न खोज्दा पनि चौका भयो। तेस्रोमा स्टानिकजाईले दुई र चौथो बलमा चौका प्रहार गरे।
स्टानिकजाई ४९ रनमा खेलिरहेका थिए। अफगानिस्तानलाई २ बलमा १० रन चाहिन्थ्यो। उनले लङअनमा प्रहार गरेको बलमा यसपटक ज्ञानेन्द्र चुकेनन्। उनले लिएको क्याचसँगै नेपालको विजय निश्चित भइसकेको थियो। अन्तिम बल औपचारिकतामात्र थियो। छोटो रनअपमा बलिङ गरेका सोमपालले कुनै रन दिएनन्।
जितेन्द्रको योर्कर
‘अफगानिस्तानसँग जित्नु ठूलो उपलब्धि हो, विश्वकप भएकाले यो अझ विशेष छ,' म्यान अफ द म्याच जितेन्द्र मुखियाले भने। उनले ४ ओभरमा १८ रन खर्चेर मात्र ३ विकेट लिए। उनले हङकङसँगको पहिलो खेलमा पनि २ विकेट लिएका जितेन्द्रले योर्करको वर्षा गराउँदै अफगानिस्तानलाई अप्ठेरोमा पारेका थिए।
जितेन्द्रले पाँचौं ओभरमा लगातार २ विकेट लिएर नेपाललाई विजयको बाटो देखाए। सोमपालले करिम सादिकलाई ८ रनमा बोल्ड गरेको अवस्थामा जितेन्द्रले मोहम्मद सेहजाद र नाजिबुल्लाह जादरानलाई लगातार बलमा आउट गरे। हङकङविरुद्धको अघिल्लो खेलमा म्यान अफ द म्याचमा चुनिएका सेहजाद ६ रन बनाई आउट भए। सोमपालले लङअनमा राम्रो क्याच लिई उनलाई पबेलियन पठाए।
शक्ति गौचनले एकै ओभरमा पूर्वकप्तान नवरोज मंगल र वर्तमान कप्तान मोहम्मद नाबीलाई आउट गरेसँग नेपालले अफगानिस्तानमाथिको दबाब चरम बनाएको थियो। ९ ओभरमा ५० रन बनाउँदा ५ विकेट गुमाएको अफगानिस्तानबाट साफिक उल्लाह र स्टानिकजाईले सहज हार मान्न दिएनन्। साफिक उल्लाहले ३२ बल खेली ३ चौका र १ छक्का प्रहार गरी ३६ रन बनाए।
स्टानिजकाई अर्धशतकभन्दा १ रनअगाडि चुक्दा उनले ४ चौका र १ छक्का प्रहार गरे। ‘१४–१५ ओभरभित्र खेल सिध्याएर सुपर–टेनका लागि सम्भावना बनाइरहन चाहन्थ्यौं, तर हाम्रो ब्याटिङ नाटकीय पतन भयो,' बंगलादेशका ब्याट्सम्यान सफिक उल्लाहले भने, ‘नेपालले आज हामीले भन्दा राम्रो खेल्यो।'
सुवासको अर्धशतक
नेपालले पावर प्लेमा ४५ रन जोडेर राम्रो सुरुआत गरेको थियो। सागर पुन फेरि असफल भए। उनी ८ रनमा आउट भए। तथापि, सुवास खकुरेल र ज्ञानेन्द्रले सानदार प्रदर्शन गरी नेपाललाई राम्रो सुरुआत दिलाए। सेनबारीको एकै ओभरमा तीन चौका र १ छक्का प्रहार गरेका ज्ञानेन्द्र १३ बलमा आउट भए। रिभर्स स्विप गर्न खोज्दा उनी नाबीको बलमा आउट भए।
कप्तान पारस खड्काको मिडल स्टम्प १ रनमै असराफले उडाइदिए। सुवास र शरदले तेस्रो विकेटमा ७६ रनको साझेदारी गरे। सुवासले ५६ रन जोडे। नेपालको ट्वान्टी–२० विश्वकपमा यो पहिलो अर्धशतक हो। हङकङसँग ज्ञानेन्द्रले ४८ रन जोडेका थिए। सुवासले ५३ बल खेली ६ चौका र १ छक्का प्रहार गरे। शरदले ३७ रनको अर्को उपयोगी इनिङ्स खेले। १९औं ओभरमा आउट हुनुअघि उनले ३२ बल खेली ५ चौका प्रहार गरे।
अघिल्ला खेलमा जस्तै नेपालको इनिङ्स राम्रो हुन सकेन। विनोद भण्डारी फेरि अन्तिम ओभरमा चुके।