कहाँ छन् सञ्जय साह?
१८ चैत्र २०७०
•
१० मिनेट पाठ
कहाँ छन् सञ्जय साह?
काठमाडौं-प्रहरी सुराकीका अनुसार जनकपुर बम विस्फोटका 'मुख्य योजनाकार' सभासद सञ्जय साह उपत्यकाभित्रै छन्। प्राविधिक अनुसन्धानमा भने उनी नेपालपारि पुगिसके।

आखिर कुन सूचना सत्य हो?

डेढ वर्षअघि जनकपुरमा पाँचजनाको ज्यान जाने गरी बम विस्फोट भएको घटनामा मुख्य योजनाकार देखिएका सभासद साहको खोजीमा सुराकीलाई पत्याउने कि प्राविधिक अनुसन्धानलाई भन्नेमा प्रहरी नै अन्योलमा परेको छ।

साह जहाँ देखिन्छन् त्यही पक्राउ गर्न प्रहरीले सबै जिल्ला प्रहरी कार्यालयमा पत्राचार गरेको छ। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको एक टोली एक सातादेखि साह लुकेर बसेको स्थान पहिल्याउन दिन–रात खटिरहेको छ। तर, न उनी फेला परेका छन् न उनीबारे विश्वस्त सूचना नै।

२०६९ जेठ १८ गते जनकपुरको रामानन्द चोकमा भएको बम विस्फोटका योजनाकार देखिएका मुकेश चौधरी एक महिनाअघि नेपाल प्रहरीको नियन्त्रणमा आउँदा सद्भावना पार्टीका उपाध्यक्षसमेत रहेका साह ललितपुरको नखिपोटमा थिए।

डेढ वर्षअघि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको अनुसन्धानमा चौधरीसँग साहको सम्पर्क खुलेको थियो। स्थानीयस्तरबाट आएको जानकारीमा समेत साह नाम पोलिएपछि प्रहरीले उनलाई अनुसन्धान दायराभित्र पारेको थियो। तर, प्रहरीले पक्राउ गरेको थिएन।

चौधरी पक्राउ परे पनि प्रहरीले तत्काल साहको खोजी नगरी पक्राउ परेको घटना गोप्य राखेको थियो र विस्तृत अनुसन्धानपछि खुल्ने अन्य व्यक्तिलाई पक्राउ गरेर विवरण सार्वजनिक गर्ने तयारी गरेको थियो। सोही योजनाअनुसार ब्युरो टोलीले साहलाई काठमाडौंमा ल्याएर सोधपुछ जारी राखेकै बेला सूचना चुहिएपछि प्रहरीले चौधरीको बयानबाट उनी र साहबीच समन्वयकर्ताको काम गरेको खुलेका ओम यादवलाई जनकपुरमा पक्राउ गरेको थियो। त्यसपछि मात्रै प्रहरीले चौधरी पक्राउ परेको विवरण खुलाएको थियो।

स्रोतका अनुसार यादव पक्राउ परेपछि साह नखिपोटबाट भीमसेनगोला सरेका थिए। यादव पक्राउ परे पनि प्रहरीले उक्त घटनामा साह संलग्न रहेको विवरण सार्वजनिक गरेको थिएन। चार दिनसम्म साह भीमसेनगोला क्षेत्रमै थिए। प्रहरीले पक्राउको तयारी गरेलगत्तै उनी प्रहरी निगरानी छल्दै भीमसेनगोला क्षेत्रबाट बेपत्ता थिए।

प्रहरीले पछिल्लो समय उनी स्थलमार्ग हुँदै पटना पुगेको विवरण पाएको छ। प्रहरीले विश्लेषण गरिरहेको प्राविधिक अनुसन्धानले समेत उनी स्वदेशमा नभएको देखाएको स्रोतले बतायो।

साहको खोजीमा खटिएको सिआइबीका एसएसपी उत्तम कार्कीले अनुसन्धानमा बम विस्फोटका मुख्य योजनाकार साह नै देखिएको जानकारी दिँदै उनको खोजीमा प्रहरी सक्रिय रहेको बताए। 'अहिले उनको खोजी गरिरहेका छौं, पक्राउ परेपछि अन्य तथ्य खुल्छ,' उनले भने।

धनुषा प्रहरी प्रमुख उत्तम सुवेदीले चौधरीलाई हिरासतमा राखेर संगठित अपराध अभियोगमा अनुसन्धान सुरु गरिएको जानकारी दिए। साहको अवस्थाबारे उनको जवाफ थियो– खोज्दैछौं।

विस्फोट गराउन ८ लाख

जनकपुर बम विस्फोटको अनुसन्धानमा खटिएको प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो टोलीले घटना योजनाबारे मुकेश र साहबीच भएको टेलिफोन संवाद उतिबेलै फेला पारेको थियो।

स्थानीयले अनुसन्धानमा खटिएका प्रहरी अधिकारीलाई साह र जिल्ला विकास समितिका कर्मचारी जीवनाथ चौधरीबीचको दुश्मनीलाई घटनाको कारण बताउँदै त्यस घटनामा साह संलग्न रहेको सूचना दिएका थिए। तर, तत्कालीन गृह मन्त्रालयको नेतृत्टव साह अनुकूल भएकाले प्रहरीले स्थानीयको दाबी र फेला परेको अपुष्ट दोहोरो टेलिफोन संवादलाई मूल आधार बनाएन र साह पक्राउ परेनन्।

ब्युरोको प्रारम्भिक अनुसन्धानमा संलग्न स्रोतअनुसार चौधरीसँग सम्पर्कमा देखिएका नेपाली फोन नम्बर र स्थानीयबाट प्राप्त जानकारीले साहको सम्बन्धबारे केही विवरण प्रारम्भिक अनुसन्धानमै खुलेको थियो।

चौधरी फरार रहेकाले र उक्त संवाद आफ्नो नभएको साहले दाबी गरेपछि प्रहरीले उनलाई अनुसन्धान दायरा ल्याउन सकेन। स्रोतका अनुसार चौधरीसँग साहसँगै जीवनाथको समेत सम्पर्क भएको विवरण फेला परेको थियो।

उनीहरूको चौधरीसँग सम्पर्कको कारण नखुलेपछि ब्युरोले डेढ वर्षअघि पत्रकार सम्मेलन गरेर घटनाका योजनाकार चौधरी रहेको विवरण सार्वजनिक गर्दै पक्राउ परेका जयप्रकाश चौधरी, सुरेशकुमार कर्ण र मुकेशकुमार कर्णलाई सार्वजनिक गरेको थियो।

सहयोगी पक्राउ परेपछि मुकेश चौधरी नेपाल–भारत सीमावर्ती क्षेत्रमा बस्दै आएका थिए। फागुन दोस्रो साता उनी नेपाल प्रहरीको नियन्त्रणमा आएपछि घटनाको अनुसन्धानलाई पुनः ब्युँतिएको थियो।

स्रोतका अनुसार चौधरी नियन्त्रणमा आएपछि प्रहरीले उनलाई गोप्य रूपमा काठमाडौंमा राखेर घटनाका सबै पाटो खुलेपछि मात्रै सार्वजनिक गर्ने रणनीति बनाएको थियो। सोही योजनाअनुसार सिआइबीले मुकेशलाई काठमाडौंमा ल्याएर अनुसन्धान सुरु गरेको थियो।

तर, अनुसन्धानबाट तथ तथ्य खुल्नुअघि नै चौधरी पक्राउको सूचना चुहिएपछि प्रहरीले उनलाई काठमाडौंमा सार्वजनिक नै नगरी जिल्ला प्रहरी कार्यालय धनुषा पठाएको थियो।

'चौधरी पक्राउ पर्दा साह काठमाडौं उपत्यकामै थिए,' उच्चस्रोतले नागरिकसँग भन्यो, 'चौधरी र साहबीच सहजकर्ताको काम गरेका ओम यादव पक्राउ परेपछि भने उनी एकाएक बेपत्ता भए।'

स्रोतअनुसार धनुषा लगिएका चौधरीले घटनामा साहको संलग्नताबारे प्रस्ट्याउँदै विस्फोटको योजना आफूले बनाएको र त्यसका लागि आवश्यक पर्ने विस्फोटक पदार्थसँगै आर्थिक सहयोग यादव र साहले गरेको बयान दिए।

अनुसन्धानस्रोतका अनुसार चौधरीले उनलाई यादवले साहसँग सम्पर्क गराएर बम विस्फोटको काम दिएको र त्यसवापत ८ लाख रुपैयाँमा सहमति भएको बयान दिएपछि यादव पक्राउ परेका हुन्।

यादव र चौधरीको बयानबाट घटनाको मुख्य योजना साहले बनाएको देखिएपछि धनुषा प्रहरीले पहिलो पटक घटनामा साहको संलग्नता रहेको औपचारिक विवरण सार्वजनिक गरेको थियो। 'सभासदसमेत भएकाले उनी भागिहाल्लान् भन्ने लागेको थिएन,' एक उच्च प्रहरी अधिकारीले नागरिकसँग भने, 'पर्याप्त आधारपछि पक्राउ गर्ने तयारी थियो, तर उनी भागिहाले।'

मिसटार्गेट

मिथिला राज्यको माग गर्दै शान्तिपूर्वक धर्नामा बसिरहेको समूहनजिकै बम विस्फोट गराइएको थियो। विस्फोटमा परी धर्नामा बसेककाको मृत्यु भयो। तर, चौधरीले प्रहरीलाई दिएको बयानअनुसार साहले जिविसका कर्मचारी जीवनाथ चौधरीको हत्याका लागि उनलाई पैसा दिएका थिए।

बम विस्फोट हुनुअघि जीवनाथ धर्नास्थलमै थिए। उनको हत्या गर्न चौधरीले आफ्ना सहयोगीलाई बम पड्काउन निर्देशन दिए, तर पड्कनुअघि नै जीवनाथ त्यहाँबाट हिँड्नाले धर्नाकारी परे।
अर्को समाचार
कांग्रेस सभापति देउवाले संसदमा भने : बाँस्कोटामाथि छानबिन नहुनु गम्भीर
१८ फागुन २०७६
•
४ मिनेट पाठ
कांग्रेस सभापति देउवाले संसदमा भने : बाँस्कोटामाथि छानबिन नहुनु गम्भीर
 काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सेक्युरिटी प्रिन्टिङ प्रेस प्रकरणमा पूर्वसञ्चारमन्त्रीले राजीनामा दिएको हप्तादिन वित्दा पनि छानबिन सुरु नहुनु गम्भिर विषयमा भएको बताएका छन्।

प्रतिनिधिसभा बैठकमा समय लिएर बोल्दै देउवाले पूर्व सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले राजीनामा दिएको हप्ता दिन भन्दा बढी समय भएपनि छानबिन सुरु नहुनुको पछाडि गम्भिर नियत लुकेको बताए। उनको सार्वजनिक भएको अडियोमा 'हामी’ भनेर कसलाई भनिएको हो ? भन्ने विषयमा प्रधानमन्त्रीले प्रष्ट पार्नुपर्ने माग गरे। 'हप्ता पुग्दा पनि छानबिन नहुनुको पछाडि गम्भिर नियत छ। अडियो प्रष्ट सुनिन्छ। हामी भनेर कसलाई भनेका हुन ? हामी भित्र को को पर्छन ? प्रधानमन्त्रीले प्रष्ट पार्नुहोस’, उनले भने।

छानबिन सुरु नहुँदै प्रधानमन्त्रीले अडियो नक्कली हो भन्दै अभिव्यक्ति दिएपछि छानबिन प्रभावित हुन्छ की हुँदैन भन्दै उनले प्रश्न समेत गरे। 'छानबिन गर्ने निकायले छानबिन गर्नुभन्दा पहिले नै प्रधानमन्त्रीले अडियो नक्कली भन्नुभयो। त्यसले छानबिन प्रभावित हुन्छ की हुँदैन्। छानबिन हुनुभन्दा पहिले तपाईले निणर्य दिनुभयो भने तर्पाइको बोलिको विश्वसनियता कमजोर भएन् ?’, देउवाले प्रश्न गरे। 

सभापति देउवाले सेक्युरिटी प्रिन्टिङ प्रेस प्रकरणको अनियमितताबाट ध्यान अन्त मोड्न सरकारले नेपाल ट्रष्टको स्वेतपत्र लिएको आरोप समेत लगाए। 'नेपाल ट्रष्टको स्वेतपत्रले सेक्युरिटी प्रेस प्रकरणबाट मुलुकको ध्यान मोड्ने प्रयत्न भएको छ। गोकर्ण रिसोर्टको ध्यान मोड्ने प्रयत्न भएको  छ। टेलिकमको प्रकरणमा अर्बो भ्रष्टाचार भएको कुरा आएको छ। एनसेलले ४ अर्बमा सकेको काम एनटिसीर्लाइ १२ अर्ब कसरी लाग्यो ?’, देउवाले प्रश्न गरे।

उनले नेपाल ट्रष्टको स्वेतपत्रमा उल्लेख भएजस्तो आफु प्रधानमन्त्री भएको समयमा कुनै निर्णय नभएको प्रष्टिकरण दिए। राजनीतिक पूर्वाग्रहका कारण आफ्नो नाम जोडिएको उल्लेख गर्दै उनले स्वेतपत्रप्रति आपत्ति जनाए।

देउवाले सरकारले पेट्रोलियम पदार्थमा करले जनतालाई भार बढेको भन्दै तत्काल कर हटाउन आग्रह गरे।

सभापति देउवाले कोरोना भाइरस विश्वका ५० भन्दा बढी देशमा फैलिएको उल्लेख गर्दै आवश्यक पूर्व तयारी गर्न सरकारको ध्यानाकर्षण पनि गए। विश्व स्वास्थ्य संगठन डब्ल्युएचओले समेत नेपाल कोरोनाको उच्च जोखिममा रहेको भनेकाले सरकारले पूर्वतयारीर्लाइ तिव्रता दिनुपर्ने देउवाले बताए। विदेशमा रहेका नेपालीहरुलाई सतर्क रहनपनि देउवाले आग्रह गरे।

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली भने अनुपस्थित थिए। संसदीय मान्यता अनुसार प्रधानमन्त्री बोल्दा विपक्षी दलको नेता र विपक्षी दलको नेता बोल्दा प्रधानमन्त्री उपस्थित हुने परम्परा भएपनि प्रधानमन्त्री भने आजको बैठकमा अनुपस्थित रहे।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस